२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

लाज बेचिन्छ याहा कङ्गालको सुन्दर मुहारमा


६१६३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • आखा देख्दैन ऊ खुट्टा भाचिदा पनि
    कान सुन्दैन ऊ निर्जिव भएरै पनि
    भाचिएका छन हात पाउ बिर्षदैन परिबेशले
    भन्दैछ मान पाउदिन भ्रष्टाचारीले बास गरेपछी

    लाज बेचिन्छ याहा कङ्गालको सुन्दर मुहारमा
    खुट्टा तानिन्छ यहा ईमान नैतिक बेचिएपछी
    घृणा गर्छन् उस फेरी कुर्सी मोह बाँडिदा
    लाज पस्कन्छ उ फेरी मतियार संग प्रताडिदा

    चुम्बकले चुस्कि मार्छ कुरी कुर्सीमा रमाउदा
    घुमाउछ कुर्सीलाई जया जातक उचालिदा
    प्रेरणा कतै छैन बिवस्ताले कुर्सी बाँच्नु छ
    नमस्कार गर्दैन कुर्सीलाई भ्रष्टलाई नपस्किदा

    बार्ता बर्बर्ता बदनियत बद्नामले उ बाँचेको
    लक्षउन्मुख देखिन्न वा वा हा हा कुर्सी पचाएको
    हेला भएको कुर्सी जात जादैन प्रभातमा
    थोतृई झुतृई मिल्काउदा अनादर पचाएको

    हतियार रोजगार ब्यापार जे जो चल्छ चलाउनु
    बिबेक हराएको ममता भुल्दै जिम्मेवारी वचाउनु
    निष्ठाको फुर्फुर फक्रीदा धर्खराउन्न त्यो कतै पनि
    बाँचुला जति कुर्सी थोतृदै भ्रष्ट आचरण लजाउनु

    निरन्तर निराकार पद्दति अब बिचलित भयो
    पत्याउन सक्दिन पुनर्निमाण थकित यो
    ब्याख्या बक-बक बकिन्छन् माष्टर ममता प्रयास
    आद्योपान्त आचरण खोज्दा कुर्सी भाचिने भयो

    गतिको पर्बाह क्यै छैन कसुरदार बफ्फादर हुदा
    तस्बिर तपस्या हैन कुर्सी जोगाउने तरखर हुदा
    कुर्सीको गुनासोमा कुर्सीकै प्रगति चुमुन
    हारेको कुर्सीले पोखिनु बिकल्प बहाएक नहुदा ।

    जाजुल्य तारा हराउन्नन् चन्द्रमा छुने खुबि के थियो
    थेचरो बिचरो कुर्सी समबेदना भत्काउन्न त्यो
    निरिहमा सम्मान गर्न बात लाग्ला गरिवको
    सिसि टिभि फुटेज फ्याक्ला प्रमाण वन्ला बिस्वासको ।

    कुर्सी -कुर्सीले आन्दोलन गर्न पर्ने छ
    अन्यायमै रह्यो कुर्सी बिबस्ता पखाल्नु छ
    बिचलन प्रचलन सबथोक पचाउनु छ कुर्सीले
    बिद्याका धरोहर बस्ने बिद्वान बचाउनु पर्छ कुर्सीले ।

    शम्भुप्रसाद न्यौपाने
    बनेपा ६ बुडोल काभ्रेपलाञ्चोक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार