२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

आरति कति -कति


४२९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित ३ हफ्ता अघि
  • आकाश रुदैन खुलेर हास्तैन रमाउन
    बुध्दिको उपयोग द्रष्टा श्रष्टाले रुचाउन
    किचोलाले खिचोला मेट्दा न्यायमा पुराण भो
    अस्मिता बिचार गर्दै सिमानामा दमन थियो

    धेरैले धेरै थोक बोल्छन् धेरैको आबाजमा
    थोरैले थोरै बुझ्लान् कमाउनिष्टको बिबेकमा
    बिचार मारेर घोत्लिन्छन् बिश्वासमा सुदखोर झन्
    सहकारी समृध्दिको सप्ना साकार झुलाउनेर त छन्

    आकार बिबेचना ब्याख्यात्मक टिपणी के गरोस
    भूमिका भद्रताको रोदन नाथु तुल्य दिमाग भरोस
    निश्चल निराकार भ्रष्टाचार एकसाथ घुम्छन् केगरी
    बिश्लेषण बिचारोत्तेजक अर्थहिन नहुन क्यैगरी

    चुनाव चानचुने हैन चुत्राको बोटमा भुत्रो टिपने
    बिकेकाछन् मासु भातमा बजेट योजना मिसाउने
    अलमलभो बिबेकानन्द पञ्चबर्षे प्रपञ्चमा तर
    निर्क्योल गर्दैन निष्ठाले पद्दतिको धरातल सरासर

    कणकणमा कारुणिक क्रान्ति मोडल फेर्न आतुर
    शान्तिले शनिश्चरबार बिश्राम लिदैन याद गर
    पत्थर पथको पन्थि बामपन्थी भाँचियौ बिचबिचमा
    प्रतिद्वन्दी पत्थर फ्याक्छ सडक आन्दोलन सरै नर

    अतितको आरती मस्जिद मोठमा हुदैन खैकिन
    निरुत्साहित बेदना थप्नै सृष्टिमा झन् बोझ थपाउन
    बृध्दले बथान खोज्नु खोजेकै हो समाजको पन
    सारथी समाचार लेख्लान हण्डि जे छ बचाउन ।

    शम्भुप्रसाद न्यौपाने बनेपा ६ बुडोल काभ्रेपलाञ्चोक

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार