२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

बेमौसमी बाद्यधुन बजाई बन भोज खाँदा


४३४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० चैत्र २७, मंगलबार मा प्रकाशित २ हफ्ता अघि
  • मुक्तक ५

    ऊ आफ्नु पन खोज्न आएको थियो
    रोलक्रम मिलाई सहजता मिलायो
    पबित्र पनको महान सिढी चढेर जाउ
    राजर्शी भोजन ! भजन नजप्नु पर्थ्यो

    ज्ञान बिबेक सुरताल रोदन समाधिताको
    लक्ष पैल्याउन बटुवा बिटुलो सबारको
    निन्दा निसन्देह जरुरी सम्झना उमेरले
    बर्षेर आयो बरियता नेतृत्वमा सन्सारको

    मुल्य मान्यता पथ पौच पदको समान्ता
    आचरण सुध्द कम्युनिष्टहरुमा प्रखर्ता
    अदृष्यशक्ति हाबि हुनुहुन्न भन्दथे उतारी
    समान समदृष्टि सुदखोरमा पलाई उदार्ता

    बिद्रोहको जाल नफ्याक्नु पर्थ्यो बर्बर्ता
    द्वादस दन्कियो दन-दन आगो बिबस्ता
    औचित्य पुष्टि समाजडस्न सुदखोरहरुले
    बेमौसमी बाद्यधुन बजाई बन भोज खाँदा

    कुन्साङ काका समृध्दिको पाठ घोक्न भागे
    फलाम काट्न फलफुल नैबेद्यको भोग लागे
    आदर्शमा अनर्थ आद्य शक्ति समिकरण भै
    नपाउन समाज डस्न भनि आन्दोलन गर्न लागे

    शम्भुप्रसाद न्यौपाने बनेपा बुडोल काभ्रेपलाञ्चोक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार