२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

झर्दैनन् तारा बिहानि पख यहा मिर्मिरे नभए


४५७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८१ बैशाख ८, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • झर्दैनन् तारा बिहानि पख यहा मिर्मिरे नभए
    बन्दैन देश दुई चार सपुत नेपालमा मरेर नगए
    आकाश भरि उडेको बादल धरातल छोड्दैन
    उम्रेर आउन धर्तिपुत्र देश बचाउ गराउने जो भए

    बिश्राम छैन चौतारो चिन्न माथबरी जोगाउन
    आश्रम छैन बृध्द र बृध्दा सम्मानित गराउन
    नरोउन आमा भक्तिको पुजा ढुङ्गाले नबुझ्दै
    समानताको कदरपत्र सस्कारले बचाउन

    कर्मेष्टि ऐले च्यादर ओढ्न आतुर देखिन्छन्
    बिद्वानहरु घमण्ड बोकि पर्देश हानिन्छन्
    यि थोत्रा बुढा गाउ घर कुर्ने खेत बारी बाँजिए
    चुनौति थाम्दै घरबार धान्दै नीयति चुलिन्छन्

    धुतेर खाने ति भ्रष्ट जति युरोपका दास भए
    पौरख चैन बिबेकहिन नेताका सुबिधा धेर भए
    माटोको माया बिश्लेषण गर्दै युवाले देश हाकुन
    देश बाचे पुग्छ समृध्दि आउछ ज्ञान बुध्दि पलाए ।

    शम्भुप्रसाद न्यौपाने बनेपा ६ बुडोल काभ्रेपलाञ्चोक

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार