२०८१ बैशाख २७, बिहिबार | Thu, 09, May, 2024

बैशाख १५ देखि २१ गतेसम्म को राशिफल


४१०९ पाठक संख्या
  • २०८१ बैशाख १५, शनिबार मा प्रकाशित १ हफ्ता अघि
  • मेष

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ

    यो सातामा प्राय: सबै दिनहरू भाग्यशाली भएर देखा पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । व्यावसायिक योजनाको सम्भावना पनि छ । हरियो रङ्गको पहिरनले चुनौतीबाट मुक्त हुन सहयोग पुर्‍याउनेछ । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग गुलाबी वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व श्रीकृष्णजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

    बृष

    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो

    यो हप्तामा चुनौतीको सामना गरी गलत निर्णय लिन पुगिएला सचेत रहनुहोला । गरेको कार्यमा अवरोध आउला । सामान हराउने वा चोरी हुने भय छ । यात्रा गर्ने अवसर पनि जुट्नेछ । साताको मध्यबाट छोटो समयमा विशेष उपलब्धि हासिल गर्न सकिनेछ । यो साताका लागि शुभ अङ्क १,८ र शुभ रङ्ग खैरो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व सूर्यनारायणको दर्शन गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    मिथुन

    का, कि, कु, घ, ङ, छ, के, को, हा

    यो साता एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै रहनेछ । मध्य सातामा प्रेममा बाधाका साथै मन कमजोर रहला । आज आर्थिक कारोबारमा विवाद बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग रातो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    कर्कट

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो

    यो साता कार्यक्षेत्रमा अरुले गरेका भनेका कुरा चित्त नबुझ्ला । मालसामान हराउन सक्छ, होसियार रहनु पर्छ । आम्दानीमा पनि कमी आउनेछ । मध्य सातामा विद्या र बुद्धिको विकास हुनेछ । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । यो साताका लागि शुभ अङ्क ३, ८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

    सिंह

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे

    यो साता नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । हर्ष र प्रसन्नता छाउनेछ । प्रेमप्रसङ्गमा रमाइलोपन आउनेछ । घरजग्गाको कारोबारमा विशेष सफलता मिल्नेछ । आकस्मिक धनलाभ हुनसक्छ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिव भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    कन्या

    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो

    यो साता महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । परोपकारी कार्यमा संलग्न भइनेछ । धन हात पर्ने र भौतिक सुख मिल्नेछ राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । साताको अन्त्यमा शेयर बजार तथा व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । यो साताका लागि शुभ अङ्क ३, ५ र शुभ रङ्ग नीलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि शिवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    तुला

    रा, रि, रु, रे, रो, ता, ति, तु, ते

    यो साता भाग्यले साथ दिनेछ । महत्त्वपूर्ण कामको जिम्मेवारी आइलाग्नसक्छ । शुभकार्यको चर्चा चल्ने र नयाँ कार्यको योजना बन्नेछ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गर्नाले राम्रो हुनेछ ।

    बृश्चिक

    तो, ना, नि, नु, ने, नो, या, यि, यु

    यो साता बढी मिहिनेतले बढी फाइदा मिल्नेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ विशिष्ट व्यक्तिबाट हौसला प्राप्त हुनेछ । मनोरञ्जन पनि होला । साताको अन्त्यमा आफन्तसँग खिन्नता बढ्नसक्छ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यो साताका लागि शुभ अङ्क २, ८ र शुभ रङ्ग गुलाबी वा पर्पल हो । कुनै शुभकर्म गर्नु पूर्व महासरस्वतीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

    धनु

    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे

    यो साता कला र गलाको प्रभाव बढ्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । कृषि क्षेत्रबाट सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

    मकर

    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि

    यो साता ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । साताको मध्यबाट गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । आफन्तको सल्लाह, सहयोग र हौसला पाईनेछ । घरमा अतिथिको आगमन हुनेछ । यो साताका लागि शुभ अङ्क ४, ७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

    कुम्भ

    गु, गे, गो, सा, सि, सु, से, सो, दा

    यो हप्ता शुभ समाचार सुन्न पाइएला । समाजमा प्रभाव पार्न सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । प्रेमीले नयाँ प्रस्ताव राख्न सक्छन् । वैदेशिक क्षेत्रको काम पनि विस्तारै अघि बढ्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

    मीन

    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि

    यो साता मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । नसोचेको ठाउँबाट धन हात पर्नसक्छ । प्राविधिक कार्यमा सफलता मिल्नेछ मध्य सातामा जिद्दीपना बढ्न सक्छ । साताको मध्यमा पुनर्मिलनको योग छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार