२०८० फागुन २१, सोमबार | Mon, 04, Mar, 2024

मण्डलेको ताण्डव , गणतान्त्रिक शिक्षाको पाठ नपढाउदाको परिणाम


१८५६५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० मंसिर ९, शनिबार मा प्रकाशित ३ महिना अघि
  • भनिन्छ शिक्षा राष्ट्रको प्रकाश हो ! अँध्यारो बाट उज्यालो तर्फ फर्काउने , मुलुक र जनता प्रति समर्पित उच्च नैतिकवान र क्षमतावान राष्ट्रप्रेमि लगनशील र कर्मठ दस्ता तयार पार्ने एउटा आणविक भट्टि हो शिक्षा ! कुनै देशलाई ध्वस्त पार्नु छ भने त्यो देशको शिक्षा प्रणाली लाई ध्वस्त पारे हुन्छ भन्ने एउटा खास कथन आम रुपमा प्रचलित नै छ । अहिलेको सन्दर्भमा पुरातनवादी , पुनरोत्थानबादि , प्रतिक्रियाबादि , पश्चगामि मण्डले शक्तिले जुन ढंगबाट मुण्टो उठाउने कुचेष्टा गर्न खोजेको छ यसको विरुद्ध हजारौं शहिदहरुको बलिदानिपुर्ण रगतको आहालबाट उठेर मण्डलेका काला कर्तुतहरु ऐकेक उजागर गर्दै जनजनमा सुसूचित गर्नुपर्ने अभिभारा बुझ्दै सम्पूर्ण प्रगतिशील , जनवादी , देशभक्त शिक्षकहरुलाई एकपटक जोडबलले घचघच्याउन मन लागेको छ तसर्थ ।

    प्रिय शिक्षक मित्रहरु ! गणतन्त्र तपाई हामी सबैको , महान नेपाली जनताको मुक्तिको तन्त्र हो , स्व तन्त्र हो ! कुनै दास तथा मण्डले सामन्तको तन्त्र हैन भनेर हामीले पाठ्यक्रममा गणतन्त्र पढाउन भुल्यौ , मण्डलेको ज्यादती र आतंक भुल्यौ , भिमदत्त पन्तको टाउको काटेर लिङ्गो गाडेर टुडिखेलमा झुण्डाएको कथा सुनाउन भुल्यौ , पिस्कर काण्डमा मण्डलेले गरेको नरसंहार नयाँ पुस्तालाई था छैन , अलौ पर्व के हो ? मकैको खेती के हो ? बुझाएनौ ।

    गणतन्त्र आउदाबित्तिकै २० बर्षमै चकाचक हुन्छ स्विजरल्याण्डनै हुन्छ भनेर अलि धेरै नै पुलकित भई खोक्यौ ,,, तर त्यसको ट्रान्जिसनल फेज हुन्छ ,,,, समय लाग्छ भन्ने विषय भुल्यौ , गणतन्त्रको घोषणा भएर पनि संविधान बनाउन निकै समय लाग्यो । हामीले गणतन्त्र घोषणा पछिको ट्रान्जिसनल फेज पार गर्नै लगभग १० बर्ष लाग्यो । अझै कति धेरै कानुन अपुरा छन् , बन्न बाँकी छन र सबै व्यवस्थापन हुन्छन् अब लगभग लगभग व्यवस्थाको जग बसायौ – अवस्था परिवर्तनको लडाइँ अब भिषण सुरु गर्छौ र हामी नै हौ भनेर भन्न , सुनाउन , सिकाउन सकेनौ । यो यथार्थ नेता–कार्यकर्ता , दलहरु , गणतन्त्र पक्षधर आमसञ्चार जगत र जनताले मनन गर्दै अघि बढ्नुपर्छ ।

    केही विभिन्न दल भित्रका तिव्र प्रतिक्रियावादी र पछिल्लो कान्छो राजनीतिक पुस्ता जसलाई केही थाहा छैन विगतको – मात्रै आगतमा उसलाई चकाचक चाहिएको छ , उसलाई नेपाली राजनीतिक सामाजिक संरचनाको अवस्थिति थाहा छैन – तर आजै र अहिल्यै सबथोक चाहियो भन्छ । त्यसलाई हामीले बुझाउन सक्नुपर्छ सामाजिक विकास विना मानविय विकास हुँदैन । एकाएक सबै पूरा हुदैन ।

    आधारभुत सामाजिक विकासमा गणतन्त्र प्राप्ति पछि अभुतपुर्व सफलता हासिल गरेको छौ र अब भने मानविय विकासमा फड्को मार्ने उचित समय छ र हामी त्यसैमा दत्तचित्त छौ । ठुला ठुला क्षमताका बुढिगण्डकि जस्ता आयोजना हरु सम्पन्न गर्दै हामीलाई आवस्यक उर्जा विकास गर्दैछौ । उद्योग हरुका लागि विशेष औद्योगिक क्षेत्र र उद्योगमैत्रीपूर्ण वातावरण बनाउदै छौ । जनताका उत्पादन सहज बजार पहुँचका लागि शडक संरचना व्यापक गरेका छौ , खानेपानी घरघर पुग्दै छन । विशाल क्षमताको सुनकोसी मरिन डाईभर्सनबाट तराई सिंचित गरि सुन फलाउन लागेका छौ , सुरुङ युगमा मुलुक प्रवेश गराएको छौ , अब यसले नौविसे नाकढुङ्गा सफल हुनासाथ अन्यत्र क्षेत्रमा पनि व्यापकता पाउछ । कामहरु धमाधम हुदैछन् ।

    मण्डलेहरुले गणतन्त्रले उद्योग खायो भन्छन् ! यो झुठ हो । यो देशको उद्योग बेच्ने क्ष्ःँ भित्राउने र सम्झौता गर्ने, सुरुवात गर्ने पनि तत्कालीन राजतन्त्र हो – मिति सहित तथ्य र प्रमाण सहित यो विषय सुरक्षित छ – तिनकै सम्झौता र नितिको परिपुरक रामशरण , प्रकाशसरण महतहरु अमेरिका देखि पढेर यहाँ त्यो लागू गर्न सहायक भएका हुन । तिनका गल्तीको भारी गणतन्त्रले बोक्दैन – यसले हाम्रो आफ्नो हिसाबले लय पक्रन्छ र अघि बढ्छ । उद्योग बेच्ने राजशाहि हुन , यिनिहरुले देश यति खोक्रो बनाएका थिए कि रनिङ बजेट संचालन गर्न , कर्मचारी लाई तलव भत्ता खुवाउन , सेना पुलिसलाई तलव दिन , भाईभारदारमै पैसा बाड्न समेत अभाव भएकोले यिनिहरुले क्ष्ःँ सँग उद्योग निजिकरण गर्ने सर्तअनुसार पैसा झिकाएका हुन (आहुती) ।

    एकथरी पञ्चे राजतन्त्रमा देश आत्मनिर्भर थियो भन्छन् – त्यो गलत – यदि आत्मनिर्भर थियो भने जनताको पेट किन भोको थियो ? १ गाँस ढिडो खान किन धौ धौ थियो ? जनताको चप्पल किन्ने हैसियत किन थेन ? राजाका रैती बन्न नसके डकैती करार गर्थे , चार पाटा मुडेर डाडा कटाउथे , यी सामन्ती हरु सम्झदा पनि आङ सिरिङ्ग हुन्छ । अहिल्यै गएर अवशेष निमिट्यान्न पारौं झै हुन्छ । हुन्छ हुँदैन ? छातिमा हात राखेर मनन गरौं ।

    भएका सरकारि उद्योग चौपट पार्ने पञ्चे र काङ्ग्रेस हो ६२–६३ अगाबै सिध्याएका हुन । तिनको पुनरोत्थान भने अब गणतन्त्रले गर्छ , गर्नकै लागि मेगा प्रोजेक्ट हरु लन्च गरिराछ । सम्पन्न नहुदै आजै र अहिल्यै ले भनेर पाईने कुरो होईन । खेती रोप्दैमा ३ सय मुरि धान चाहियो भनेर पाईन्न ! त्यसलाई गोडमेल आवस्यक हेरचाह र उसको म्याचुरिटि पिरियड त जसरि पनि कुर्न सक्नुपर्छ । बच्चा पेट आउदैमा आजै गर्भाधान गरिहाल , झारिहाल बाहिर भनेजस्तो हिसाबले समृद्धि आउदैन ।

    हिजो २ रुप्पे उपार्जन नहुने गाँउका डाँडाकाँडामा आज सहज यातायात र बजारिकणमा सहजिकरणका कारण , धेरथोर अनुदान र टेवाका कारण ३०–४०–५० औ टनेल खेती दनन भएका , मनग्गे आम्दानी यहिँ भएको उदाहरण छन – समाजवाद यहि हो ! यहाँ केही छैन रोजगारी दे भन्नेहरुका सबैभन्दा पहिला पाखुरा र तिघ्रा नापजाँच गरि तिनलाई जोखेर तिनका खेतिपाति तौरतरिका र लगाव हेरेर साँच्चिकै उसको श्रोत साधन र क्षमताले नसक्ने रेछ भने दिनुपर्छ , हो । यो राज्यको दायित्व हो । यसलाई मनन गर्नुपर्छ ।

    तर अब कोरिया नगए पनि गाँउका खोरिया कोपर्न राम्रोसँग जानेमा यहि उपलब्धि छ । २–५ रोपनि मात्रै हुनेले पनि बर्षको ५–७–१० लाखनै कमाउन चाहिँ विदेश जान पर्दैन । तर यहाँ बर्षदिनको अथवा सिजनको पनि ; खेतिको कमाईबाट
    बिटो समाएर ठिटो जुवातास र मद्यपानमा रमाई चिलिमच्याट पार्ने र भोलिदेखि फेरि खाते पितेमै ऋण काढ्ने अनि भट्टि चोक चौतारीमा सरकार खराब , नेता चोर , गणतन्त्र खराब भन्ने एउटा चिलिमदोर्जे जमात नि मौजुदा छ । जो बढि हल्ला गर्छ । गणतन्त्रको विविध उपलब्धि छन् – अभुतपुर्व उपलब्धि छन् – यो अवस्थामा हामीले पुगाएको हो ! गणतन्त्रको उपलब्धि हो ! जनतालाई चाहिएको के ? केशब बडाललाई गोलभेडे मन्त्री भन्नेहरुनै टमाटर खेतीबाट महल बनाउन सफल भएको उदाहरण यहि पाँचखालमा छ ! तसर्थ मान्छेलाई जति भए पनि नपुग्ने , दरिद्र चिन्तनले देश बन्दैन , जागिरे मानशिकता त्याग स्वरोजगारिमा फोकस गर भन्नुपरो !

    लेखक/ बिजय अधिकारी , पाँचखाल –२ , काभ्रेपलान्चोक

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार