२०८० फागुन १५, मंगलबार | Tue, 27, Feb, 2024

गुफामा रमाउने अजिवको मान्छे


८२९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ आश्विन २२, बिहिबार मा प्रकाशित ३ साल अघि
  • –दिनेशराज खरेल
    कहिलेकाहि समाजमा यस्तो व्यक्ति भेटिन्छन्, जोसँग मानिसलाई भेट गर्ने समय अभाब छ । अनावश्यक गफिनु समय दुरुपयोग हुन्छ । समाज भन्दा भित्र गुफामा रहने मन हुन्छ । सामाजिक संजालमा छाउनु र फोटो राख्नु व्यर्थ लाग्छ । सायद, मेरो मोवाइलको घण्टि हजारौ पटक वजे होलान् । उहाँसँग भेट गर्न मैले महिनौं प्रतिक्षा गर्नु प¥यो । कोरोना कहरको बीचमा भेट्नु उचित थियो वा थिएन तर, एक घण्टामात्र घरको गेट खोलेर दुर्लभ भेट दिनु् भयो । किनभने, यो कलम धारीको कचकचलाई नकार्न सक्नु भएन होला । नेपथ्यको पर्दा खोलेर देखाउन खोज्दा देखिन नचाहने अजिवको मान्छे ।

    उहाँले भेट नदिदा मेरो मन निराश थियो । तैपनि निरन्तर दैलो ढकढक्यार्इ रहेको थिएँ । त्यसमा मेरो स्वार्थ लुकेको थियो । त्यो दैलोको आग्लो खोलेर कोठाभित्र छिर्नु थियो र त्याँहाको बस्तु स्थिति बुझ्नु थियो । यथार्थता केलाउनु थियो । गहिराईमा पुगरे गुदि निकाल्नु थियो । केहि नयाँ सिद्धान्त र दर्शनको ज्ञान प्राप्तगर्ने अभिलाषा पुरा गर्नु पर्ने थियो । मत्यो गुफामा खुसुक्क छिरें ।
    म दैलोमा टाउको ठोकिएला भनेर होसियारी अपनाउँदै भित्र छिरेँ । म कुन र कस्तो ठाउँमा आईपुगे झैं लाग्यो । मन आनन्दले भरिएर आयो । म बोल्नै सकिन । छक्क परें । कोठामा भित्ता कतै खाली थिएनन् । भूईमा मुलायम कार्पेट र गलैचा ओछ्याइएको थियो । पाहुनाका लागी सोफासेट सजाईएको छ ।

    कलात्मक वुट्टा कुँदिएको टेवलले कोठामा थप आकर्षण दिएको थियो । टेवलमाथि ल्यापटप ठडिएको देखिन्छ । ठूलो झ्यालवाट आएको प्रकाशसँगै कोठामा पोतिएको सेतो रङ्गले थप उज्यालो प्रदान गरेको थियो । भित्तामा साइज साइजका फ्रेमहरु झुण्डिएका छन् । ति लगभग ४०/५० वटा जतिहोलान् । ती सबै शुभकामना, सम्मान र कदर पत्र हुन् । त्यहाँ खिलराज रेग्मी देखि लालबाबु पण्डित, स्वर्गिय राष्ट्रकवि माधव प्रसाद घिमिरे देखि युवाकवि तथा साहित्यकारहरु लाई देख्न सकिन्छ । ति शु्भकामना र सम्मान विभिन्न संघ–संस्था तथा साहित्यिक प्रतिष्ठानवाट प्राप्तभएका हुन् । भित्ताको दराजमा मिलाएर सजाईएका पुस्तकका ठेलिहरु देख्न सकिन्छ । ती पुस्तकहरु आध्यात्मिक, धार्मिक, सांस्कृतिक, दार्शनिक र नैतिक शिक्षाका हुन् । त्यहाँ श्रीमद्भागवत गीता, रामायण, चार वेद, अठार पुरान, निती शास्त्र, सहिंता र साहित्यका अमूल्य रस पानगर्न पाइन्छ । सायद यो एउटा गोप्य पुस्तकालय हो । जहाँजो कोहिलाई अनुमति छैन ।

    भित्ताको अर्काे दराजमा केहि सय प्रकाशित कृतिहरु छन् । ती विक्रिका लागी राखिएको हो । यि पुस्तकहरु आत्रेय यग्जिस्टेन्स म्यानेजमेन्ट प्रा.लि.ले प्रकाशन गरेको हो । लेखकको प्रचलित नाम डि.पी.आत्रेय हो । उँहाको जन्म स्वर्गिय पिता चुडामणि पौडेल र आमा बौद्धमाया पौडेलको गर्भवाट सुनसरी जिल्लाको हाल बराह क्षेत्र नगरपालिकामा भएको हो ।

    लेखक आत्रेयका तिनवटा कृति प्रकाशित भईसकेका छन् । पहिलो व्यवस्थापन शास्त्रीय शिद्धान्तमा आधारित चिना । दोस्रो पञ्चतत्वमय अस्तित्व व्यवस्थापन शास्त्र र तेस्रो अस्तित्व व्यवस्थापन कविता संग्रहहो । साह्रै सामान्य देखिनुहुने लेखक आत्रेयका ६–७ वटा प्रकासोन्मुख कृतिहरु रहेका छन् । सबैको पाण्डु लिपि तयार भईसकेका छन् । कोरोना महामारीले ति कृति प्रकाशित हुन पाएका छैनन् । ती मध्य अस्तित्व व्यवस्थापनको दर्शन, अस्तित्व व्यवस्थापन शास्त्रको सिद्धान्त, शिक्षाको विकासमा अस्तित्व शास्त्रको चमत्कारिक उपयोगिता पुस्तक छिट्टै वजारमा ल्याउने तयारी गरिरहनु भएको छ । उहाले लेख्दै गर्नु भएको पुस्तक“नेपालको राष्ट्रिय झण्डाको महत्व र विशेषता ” । यो पुस्तककालागि रातभरी नसुति मेहनत गरेको बताउनु हुन्छ ।

    आत्रेयले अन्य पुस्तकमा पनि मेहनत गर्नु भएको उहाँका पुस्तकको गुदिवाट थाहा पाउन सकिन्थ्यो । अस्तित्व व्यवस्थापन कविता संग्रहमा संग्रहित कविता बुझ्न यो कलमधारीलाई २÷३ पटक पढ्नु परेको थियो । एक घण्टाको बसाइमा उहाँले स्वर्गिय राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई वारम्बार सम्झनु भयो । किन ? मेरो प्रश्नमा उत्तर दिदै २०७५ चैत्र ३१ गते राष्ट्रकविले लेखिदिनु भएको शुभकामना देखाउनु भयो । स्वर्गिय राष्ट्रकविले शुभकामना लेख्दिनु भएको रहेछ –“ नेपाली साहित्यकारहरु मध्ये विश्व साहित्यकै दिशा, प्रवाह र लक्ष्यलाई नेतृत्व र निर्देश गर्न सक्ने अद्भूत र विलक्षण प्रतिभाका रुपमा उदितहुनु भएको छ ।”

    सरल ब्यक्तित्वका धनि, स्पष्टबक्ता, मिजासिलो स्वभावका लेखकसँग गफिनु मलाई मजा आइरहेको थियो । उहाँकि अर्धाङ्गिनीले खाजामा बनाउनु भएको मिठो हलुका र चियाको सुगन्धित बास्नाले वातावरण लाई झन उर्जामय बनाएको थियो । अर्धाङ्गिनी निर्मला पौडेलले पनि हाम्रो बहसमा थपहौसला प्रदान गर्नु भएको थियो । मलाई लागेको थियो लेखकका पत्निहररु यस्ता हुँदैनन् तर श्रीमतिपौडेल आफै एउटा लेखिका भएको आभाष गराइदिनु भयो । एक छोरा र एक छोरीकी आमा श्रीमति पौडेको प्रेरणाले उर्जा थपिएको अनुभव सुनाउन पनि विर्षनु भएन ।

    तीन बर्षिया छोरीको चकचकले आजितभएको पनि देखियो । तिनीहाम्रा नजिक आउथिन । कहिले मोबाइल त, कहिले ल्यापटप, कहिले किताब कापि त कहिले कलम चलाई दिन्थिन । कपिको पाना च्यातिदिने हो कि ? कता पु¥याईदिने कहिले कलम चलाई दिन्थिन । कपिको पाना च्यातिदिने हो कि ? कता पु¥याईदिने हो ? कलमको निप टेवलमा घोटिदिनवा मोवाइलमा गीत बजाउन थाल्ने । त्यो बालक्रिडाले मलाई झन रोमाञ्चित बनाइरहेको थियो । रातभरी लेख्ने पढ्ने गर्नुहुन्छ । हाम्रो रातउहाँको दिनहो भने हाम्रो दिन उहाँको रातहो भनी छोरा रुपेशले पोल खोलिदिनु भयो । उहाँको आँखाका डिलमा देखिने अनिन्द्राको कालो धब्बाले यो कुराको स्पस्टोक्ति दिइरहेको थियो ।
    लेखक आत्रेयका शुभकामना, सम्मानपत्र तथा कदरपत्रहरुलाई नियाल्दा शास्त्रिय अध्येयता, चिन्तक, अन्वेशक भएको प्रष्ट हुने थियो । पुस्तक र कृति देख्दा कति साहित्यकारको उपाधि दिने ठाउँ प्रसस्तै छन् । साथै नजिकवाट चिन्नेहरुले कुशल व्यवस्थापक र परामर्शदाता पनिभन्दा रहेछन् । मैले अन्तरंग साक्षात्कार गरिरहदा उहाँलाई एक आध्यात्मिक दार्शनिक भएको अनुमान लगाउन गाह्रो भएको थिएन ।

    एक घण्टाको समय पार गर्दै हामी एक घण्टा पन्ध्र मिनेट बसिसकेका थियौं । घडिको समयले नेटो काटिसकेको थियो । म हतार–हतार घर फर्किए । उहाँले दैलोको आग्लो लगाउनु भयो । म घर आइपुग्दा साँझ परिसकेको थियो । मेरो घर दैलोको आग्लो लागी सकेको थियो । दैलो फेरि ढकढक्याँए ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार