२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

पशुपन्छिको वध गर्ने र चाडपर्व मनाउने तथ्यलाई हामीले स्विकार गर्नु पर्छ


१११३६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ कार्तिक ७, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • –दिनेश राज खरेल
    आजको समयमा बलिप्रथालाई विभिन्न तरिकाले व्याख्यागर्न थालिएको छ । बलि भन्नाले पशु हत्यागर्ने नियतहो कि यो एउटा प्रचलनहो भन्ने कुराको स्पष्ट उल्लेख भएको पाईदैन ।
    पशु अधिकारकर्मिहरुले बलिलाई निषेध गरेकाछन् । पशु अधिकार, मानवियता र बाँच्नपाउने अधिकारको हकलाई सहि मान्न सकिन्छ तर बलिप्रथालाई नै बन्देज गर्न भने सकिदैन । बलिभन्ने वित्तिकै पशु हिंशा नै भन्ने सोच र मान्यता रहि आएको छ । यो प्रचलन आजको समाजले विकास गरेको होइन । बलिप्रथा प्राचिनकालमा वैदिक आर्यसमाजले अनुशरणगर्दै आएको कुरा संस्कृति विदहरुले बताएका छन् ।
    नेपालमा वलिप्रथाको विरोध दशैको समयमा उठ्ने गरेको छ । हिन्दु धर्म संस्कृतिमा देविलाई वलिदिने चलन छ । वलिलाई मांसहारीहरुले हाँस, कुखुरा, परेवा, बोका, राँगा जस्तापशुलाई भोग लगाउने र त्यसैलाई प्रसादको रुपमा ग्रहणगर्ने परम्परा छ । मानिसले आफूले खाने चिज भगवानलाई चढाउने र त्यसलाई प्रसाद स्वरुप खाने गर्दछ । देविभागवतमा पशुवलिलाई हिंसा हैन भनिएको छ । सवै प्रकारका हिंसालाई बलि नै मान्न सकिदैन किनकी भाव र गराईको भिन्नतामा विष्लेषण गर्नु जरुरी हुन्छ । शास्त्रअनुसार पशुलाई बलिदिँदा कानमामन्त्र फूकेर मात्र बलिदिइन्छ । पशुको कानमा मन्त्र सुनाएर पवित्र पारेपछि पशु नै भएपनि स्वर्ग जाने र त्यस प्रकारको वलि हिंसा नहुने वताईन्छ ।
    संस्कृतिविद हरिराम जोशीका लेखहरु अध्ययन गर्ने हो भने आर्य समाजले विभिन्न युग वा चरणमा मासुलाई प्राथमिकतामा राखेको पाइन्छ । पूर्वकालमा आर्यहरु गाई, गोरु तथा भेडाको मासु खान्थे । अतिथि सत्कारका रुपमा मासुको प्रयोग गरिन्थ्यो । जोशीका अनुसार अनन्ताउपनिषद कालमा आर्यहरुको भोजन मासु नै हुन्थ्यो । र्वहदाख्याको पनिष्दमा उल्लेख भए अनुसार पण्डित, प्रसिद्ध, सभ्य, लोकप्रिय पुत्र प्राप्तिको लागी आमाले गोरुको मासुमा घ्यू र भात खानुपर्ने वर्णन गरिएको छ । सुत्र कालमा ऋषीहरुको सत्कारमा मासु प्रयोग गरिन्थ्यो अगस्त्य ऋषीमासु मन पराउथे । श्री रामचन्द्रका भाई भरतको स्वागतका निमित्त ब्रम्हण ऋषीभारद्धाजले अनेक पशुपन्छिको मासु तयार गर्न लगाएका थिए । जयद्रथको सत्कारमा द्रौपदिले खरायो, भालु आदि जनावरको मासु पकाएकी थिइन् ।
    बुद्धकालीन समयमा पनि मासुको प्रचलन थियो । वौद्ध भिक्षुहरु भिक्षाटन वाट प्राप्त मासु ग्रहण गर्दथे । वुद्धले मासु खानुलाई नभई जीव हिंसालाई पाप मानेकाछन् । वुद्धको समयमा पनि समारोह तथा उत्सवहरुमा मानिसले हाँस, कुखुरा, मयुर, परेवाको मासु खाने गरेको पाइन्छ । यसरी इस्लाम धर्ममा पनि काटमार गर्ने चलन छ । मुस्लिम धर्मावलम्बिहरुले इदको समयमा कुर्वानीलाई महत्वदिने गरेकाछन् । कुर्वानीमा पशु बध गर्ने गरिन्छ । त्यहि कुर्वानी गरिएको पशुपन्छिको मासु ग्रहणगर्ने गरेको पाइन्छ । मुस्लिमि देशहरुमा विशेषत इस्लामहरुले उँट वध गर्छन भने नेपालमा खसि काटिने चलन छ ।
    इसाई समुदायले पनि चाडवाडमा काटमार गर्ने गरेकाछन् । संस्कृति विद डा. जगमान गुरुङले आफ्नो लेखमा उल्लेख गरे अनुसार इसाइहरुले सुतुरमूर्गा जातको पन्छि काटेर पर्व मनाउने गर्दछन् । यसरी समग्रमा वलिप्रथाको सकारात्मक र नकारात्मक सहि विष्लेषण गर्न अलिगाह्रो छ । सवै धर्म र समुदायमा पशुपन्छिको वध गर्ने र चाडपर्व मनाउने तथ्यलाई हामीले स्विकार गर्नु पर्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार