२०८१ बैशाख १, शनिबार | Sat, 13, Apr, 2024

देशको प्रगति नहुनुको कारण ,तै चुप मै चुप प्रवृत्ति


८००० पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७७ भाद्र २७, शनिबार मा प्रकाशित ३ साल अघि
  • ✍️ केशर मल्ल
    हामीले नयाँ नेपाल देख्न कुनै नयाँ जन्म लिनु पर्दैन । कुनै नयाँ पुस्ता जन्मनु पर्दैन। यदि अहिलेको पुस्ताले साँच्चै सपनालाई साकार पार्न लागिपर्ने हो भने नयाँ नेपाल बनाउन शताब्दी कुर्नुपर्दैन।अहिलेको पुस्ता सबैभन्दा भाग्यमानी पुस्ता हो , हामीसँग अरुले निर्माण गरेर उपहारस्वरूप छोडेर गएको सुन्दर देश छ । अहिलेको पुस्ता सबैभन्दा चुनौतीको पुस्ता हो हामीसँग यो देशलाई बचाउने हाम्रै हातमा छ।

    वास्तविक रुपमा हामी सबैभन्दाउत्कृष्ट जीवन पाएका छौं किनकी हामीसँग जति अवसर त्यतिनै चुनौति छन् । सोच्ने र गर्ने दुवै समय हामीसँग छ । पहिला नयाँ नेपाल निर्माणको लागि केही बलिया दुरगामी विचार र व्यवहार चाहिन्छ । आखिरमा जतिनै फराकिला रुखका हाँगा देखिएपनि मुल जरा कति बलियो छ भन्नेमा निर्भर पर्छ। जति नै ठूला सपना देखेपनि हामी अहिले कुन धरातलमा र यात्रामा यात्रामा छौ भन्ने कुराले निर्धारण गर्छ । नयाँ नेपालको अवधारणाको आधार तयार गर्नुभन्दा पहिला हाम्रो वास्तविक सोच र व्यवहारको कुरालाई नियाल्नुपर्छ ।

    शुरुवात र सम्भावनाको बिन्दु भन%A%0ै स%Aारात्मक सोचको यातहो। हामीसंग सकारात्मक सोच हुनुमा नै आधा भन्दा बढीको काम त्यहीँ भैसकेको हुन्छ । नयाँ सोचबाट नै कामको अन्कुरण हुने हो जसरी जरा पछि बोट जमिनमा बलियो भएर अडिएको हुन्छ ! आज चेतना र उत्तरदायित्वको अभाव नै समस्याका मुलजरा भएको छ । यो जरालाई फैलन नदिनका लागि समाजका बुझेका युवा नेतृत्व ,अगुवा अगाडि आउनु पर्छ । देशको नेतृत्व युवाको हातमा पर्नुपर्छ । युवा तयार हुनुपर्छ।

    आजका मान्छेसंग एक किसिमका साझा रोग छन् ! मानसिक र शारीरिक रोग। ति हुन, हरेक कुरामा वाहना बनाउने । जिम्मेवारीबाट पन्छिने प्रवृत्ति । समाज र देशप्रति उत्तरदायी हुने कामहरुमा गैरजिम्मेवार अभिव्यक्ति र आचरण । जिम्मेवारीपूर्ण कामहरूमा मैले मात्र किन गर्ने, मैले गरेर केहि हुँदैन,अरुले नगरे मैले किन गर्ने ,मेरो मात्र विषयको कुरा हो र,अरुलाई चासो छैन मलाई किन चासो , फाइदा नहुने काम किन गर्ने.,अरुले गरिहाल्छन नि मलाई के को चिन्ता इत्यादी ! यी विचारहरु कतै /कोहि अनौठो लोकबाट निस्केका होइनन् , हाम्रै मगज ,मुख या दाजुभाइ ,आफन्त र समाजबाट प्राय बोलचाली र ब्यवहारमा प्रस्तुत हुने कुरा हुन । एक छिन सोच्दा र सुन्दा फरक लाग्ला तर विल्कुल यस्ता आचरणको हामी प्राय भक्तजन हौं ।

    बोली विचार हामी संग यस्तो हुँदा समाजको रुपान्तरणको आशा हामी के गर्न सक्छौ ? नतिजा कस्तो हुन्छ होला ? समाजको र देशको बारेमा,वास्तविकता कोहि कसैले नसुन्ने , कसैले बोल्दैनन्, कसैले केहि नगर्ने ,बुझ्न् नचाहने हो भने समाजमा मानव भएर रहनुको कारण के हुनसक्छ ? अनि सहि होस् या गलत सबै कुरामा तै चुप मै चुप भए त बाकि सबै समाज होस् या राष्ट्र अस्तव्यस्त हुने भयो होइन र ? हामी नयाँ युवा र पुस्ताको के काम ? मानिसको दिल र दिमागले आफ्नो स्वार्थ र फाइदाका लागि मात्र सिमित जिम्मेवारीमा केन्द्रित हुनु आजको आवश्यकता हो त ? के यस्तो कुराले हाम्रो इतिहास संरक्षण होला र ! के हामी ले इतिहास लेख्न सकौला त?

    यसरि नियालेर हेर्दा,आजको परिदृश्य र वास्तविक परिस्थितिमा हाम्रो प्रवृत्तिले न सुन्दर समाज बन्न सक्छ न त कल्पना नै गर्न सकिन्छ। अबपनी पछौटे र अल्छी, दुरुस्त उस्तै हामी भैरहने हो भने एउटै नतिजा निस्कने छ -अस्तव्यस्त समाज, हत्याहिंसाको विवेकहीन मानव ! आजको हाम्रो तै चुप मै चुप बानीले बिग्रेको समाज र देश हो ।हाम्रो मानसिकतामा सदैव यो रहिरहेको छ कि मैले सबैभन्दा पहिला मेरो लागि मात्र बन्नुपर्छ/गर्नुपर्छ, मैले यस्ता काम समाजका लागि किन गर्ने जसबाट मलाई फाइदा हुँदैन, मैले नगरे अरुले गरिहाल्छ नि, मैले नगर्दैमा मैले न बोल्दैमा केनै असर पर्छ र ! वास्तवमा यसको प्रत्यक्ष दुरगामी असर कालान्तरको विकास मा परिरहेको छ । हामीहरुले यो कुरा बुझ्न् छोडिरहेका छौं, कि यो सिंगो देश मेरो हो, मैले यो देशको संरक्षण गर्नुपर्छ, मैले नगरे कसैले केहि गर्दैनन् । हामी धेरै विकास र उन्नति चाहन्छौ तर हाम्रो परिवर्तनमा योगदान भने सुन्य छ ।अनि हामीले गर्यौ के,आश गर्ने कहिलेसम्म अरुबाट ?

    मैले नबिगारेको कुरा किन बनाउने ,अरुले गर्ने काम मैले किन गर्ने जस्ता अनागरिक क्रियाकलापले आज समाजको स्वरुपमा परिवर्तन आउन सकेको छैन । यस्ता बानी विचार नभएका कोहि ल हामी सायद छैनौं होला । यस्ता ब्यक्तिले न आफ्नो लागि न त समाजको लागि न त देशका लागि केही योगदान गर्न सक्छन् नै । अमानवीय सोचका व्यक्ति समाजमा रहनु कुनै अर्थ छैन तर हाम्रो समाजमा सबैभन्दा बढी यस्ता व्यक्तिहरु छन् जसकारण समाज र राष्ट्रको अस्तित्व र अर्थ धमिलिदै गएको छ।गलतलाई गलत र सहिलाई सहि भन्ने सोच ,विचार र ब्यवहार भएका नागरिक अगुवा र युवाको निकै जरुरत छ ।
    हरेक बच्चा र युवाहरूलाई आफ्नो अधिकार , कर्तव्य र स्रोत सम्पत्तिको बारेमा सभ्य नागरिकले ब्यवहारिक रुपमा चेतना हस्तान्तरण गर्ने हो भने मात्र यहाँ तेरो र मेरो ,फाइदा र घाटा भन्ने जस्ता तुच्छ सोचको कमि हुन जान्छ र समाजको मुहार फेरिन सक्छ। हाम्रो नकारात्मक धारणा र टिकाटिप्पणी देश र नेताहरु प्रति छ। स्वाभाविक यसको कारण हामी आफै हौं भन्ने कुरालाई सच्याउँदै अगाडि बढ्नुपर्ने हुन्छ।हामी गाली मात्र गर्छौ तर सल्लाह – सुझाव दिदैनौ र फेरि चिन्तन गर्न छोडिदिन्छौ ।आफ्नो कर्तव्य भने बिर्सिरहेका हुन्छौं ।‌

    यस्ता प्रवृत्ति जब हाम्रो मानव समुदाय र मानव मस्तिष्कबाट मेटिने छन् तब मात्र नयाँ सुन्दर देशको नाम हाम्रो पुस्ताले लेख्न सक्नेछ । नयाँ नेपाल बनाउन कोहि नयाँ मान्छे जन्मिनु पर्दैन । हाम्रो पुरानो सोच र ब्यवहार नयाँ भए पुग्छ । नेपाललाई स्विजरल्याण्ड बनाउन आवश्यक छैन, नेपाललाई नेपाल जस्तै बनाउन सक्ने नेतृत्वको मात्र खाँचो छ । प्राकृतिक स्रोतसाधनको आधुनिक तरिकाले प्रयोग गर्नसके निकै अगाडि बढ्न सकिन्छ ।

    यदि समयअनुकूल समाज रुपान्तरणको अभियानमा विवेकशील व्यक्तित्वहरु एकजुट भएर लागिपर्ने हो भने समग्र राष्ट्रलाई सुन्दर बनाउन कुनै कठिनाई हुन सक्दैन। माथि उल्लेखित कुराहरू निकै स-साना देखिए पनि आज तिनै कुराहरुले नै देश बदलिन सकेको छैन । नयाँ नेपालको अवधारणा र आधार तब तयार हुनेछ जब सबै नेपालीमा नयाँ सोच र व्यवहार विजारोपण हुनेछ ।देशको उन्नति र प्रगति हामीले मन र मस्तिष्क बाट हराएको खण्डमा सजिलै देश आजको गर्नसक्ने युवा पुस्तक हातमा पर्नसक्छ। अबको उज्यालो नयाँ नेपाल बनाउने जिम्मा आजको पुस्ताको हातमा छ । यो चुनौती भित्रको मीठो अवसरलाई हामीले स्वीकार्नुपर्छ । मर्नु भन्दाअघि केहि गरेर देखाउने युवाको खाँचो छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार