२०८१ जेष्ठ ७, सोमबार | Mon, 20, May, 2024

संमृद्ध मुलुकको मियो भनेकै राजनीति हो


५३३० पाठक संख्या

राम कुमार बस्नेत सचिव पशुपति धर्मशाला संरक्षण समिति सचेत मानिस अवसरको भोको हुन्छ, उसले अवसर पाउने

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन ८, बुधबार मा प्रकाशित ५ साल अघि
  • राम कुमार बस्नेत
    सचिव
    पशुपति धर्मशाला संरक्षण समिति

    सचेत मानिस अवसरको भोको हुन्छ, उसले अवसर पाउने वितिकै सदुपयोग गर्छ । त्यहि मध्येका होनाहार युवा योद्घा भनेर चिनिन्छन् रामकुमार बस्नेत । स्कुल जिवनदेखि नै केहि न केहि फरक भावना बोकेको व्यक्तित्व रामकुमार बस्नेत सामाजिक रुपमा स्थापित युवा हुन् । स्कुल जिवनमा पनि थुप्रै सामाजिक सेवामा आफुलाई ढाल्न सफल भएका उदाहरण उनका सहपाठीहरु बताउँछन् । स्कुल जिवन पछिका यात्रा पनि उहाँका लागि सामाजिक सेवामै केन्द्रित रहयो ।

    फरक यति स्कुल जिवन खुल्ला रुपमा बित्यो भने त्यसपछिका २५ वसन्त राष्ट्र सेवाको रुपमा बित्यो । नेपाली सेनामा प्रवेश गरेर राष्ट्र र राष्ट्रियता सम्बन्धी अतुलनीय योगदान पु¥याएका बस्नेत आर्किटेक बन्न सफल भए । सिभिल इन्जिनियरका रुपमा ख्याति कमाउदै प्राविधिक तर्फको इन्चार्जको जिम्मेवारी सम्हाल्दै सैनिक क्षेत्रमा उदाहरणिय व्यक्तित्वको रुपमा आफूलाई स्थापित गर्न सफल भए । आफ्ना डिग्रिलाई सामाजिक क्षेत्रमा सेवाकै भावनाले समर्पन गरेका उदाहरण प्रसस्तै छन् । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको भवनको डिजाइनदेखि पशुपतिनाथ धर्मशाला सम्मका थुप्रै मठ मन्दिर अपार्टमेन्ट सम्मको अनुभवका धनि बस्नेतको जन्म पिता टेक बहादुर बस्नेत र माता चेली कुमारी बस्नेतको कोखबाट २०२९ साल असार १५ गते जन्मेका हुन् । पनौती नगरपालिकाका सुचिकृत डिजाइनर मुलुकका थुप्रै सामाजिक संघ संस्थाको नेतृत्वमा बसी मानविय सेवा पु¥याएको तथ्य ज्यूँकात्यूँ छ ।

    रेडक्रसका आजिवन सदस्य देखि लियो, रोटरी, लायन्स जस्ता संस्थाको नेतृत्व समालि सकेका बस्नेत संग धर्म सस्कृतिका बारेमा अझ धेरै चाख रहेको पाइन्छ । आफुलाई धार्मिक अनुयायीको रुपमा स्थापित गर्न चाहने बस्नेत संग थुप्रै यस किसिमका अनुभवहरु छन् । २५ वर्षिय अनुशासित जिवन यात्रा पछिको सामाजिक सेवा अनुकरणिय पाटोकै रुपमा लिएको बताउँछन् बस्नेत । उनै बस्नेत संग श्री पशुपतिनाथ धर्मशाला निर्माण देखि आजसम्मका उतावचढावका बारेमा प्रभातफेरी साप्ताहिक र प्रभातफेरी अनलाइनका लागि केहि समय अघि गरिएको साक्ष्यात्कारको सम्पादीत अंश पाठक सामु पस्कने जमर्काे गरेका छौँ –स.


    तपाई त सेनाको मान्छे सामाजिक जिवन कतिको सहज लाग्छ ?

    सेना नै सामाजिक रुप हो । सेना भनेकै समाज रुपान्तरणको अभिन्न अंग हो । त्यसैले त्यहाँ असहज भन्ने नै हुन्न सेवाभावमा । त्यसैले त सेना भनिन्छ, कर्मठ रुपको सेना जसको प्रेरणा भन्नुपर्छ म यो स्थानमा आइपुगेको छु समाजमा । सेनामा पनि नेपाली सेना भनेपछि विश्वमान चित्रमा छुट्टै पहिचान पाउँछ । जहाँ इमान्दारी, कर्तव्यनिष्ठा, दायित्वबोध र जिम्मेवारीको उत्सर्ग भनेर लिने गरिन्छ । विश्वका सम्पन्न मुलुकहरु नेपाली सेना भनेपछि अत्यन्तै गौरवान्ति महशुस गर्दछन् । विश्वका शक्ति सम्पन्न राष्ट्रहरुको आँखा नेपाली सेनामै रहेको छ ।

    विश्वमा गोरखाली र सगरमाथाको देश भनेर चिनाउने अरु कोही छ भने त्यो नेपाली सेना छ । जसको कारणले नेपाली सेनाको महत्वका बारेमा धेरै कुराहरु गरिरहुनुपर्छ भन्ने लाग्दैन । जसले नेपाली माटो सुहाउदो श्रम शक्ति उत्पादन गरेको छ भन्दा पनि हुन्छ । कुनैपनि सेना निवृत्त भइसकेपछि सामाजिक सेवामा नलागेको उदाहरण पाइदैन । जसको प्रतिविम्व म स्वयम् हुँ ।

    राजनितिक जिवनका बारेमा केहि बताउन मिल्छ ?

    हिजो भए मिल्दैनथ्यो, तर आज समय फेरिएको छ । कति कुराहरु सहज रुपमा लिन सकिन्छ । मेरो राजनितिक जिवन भनेकै सामाजिक सेवा हो । हुनत बहुलवादी संस्कारमा जोकोहि पनि राजनिति भन्दा फरक हुन सक्दैन । त्यसैले म पनि अछुतो छैन । म पनि एउटा आस्थामा हुर्केको छु । म सेनाबाट निवृत्त भएर आएपछि राष्ट्र सेवकले अरु के नै गर्न सक्छ र ? सेना भित्रको एकतन्त्रिय संस्काबाट धेरै कुरा सिकेको छु ,सिकाएको छ । त्यसैले प्रजातान्त्रिक संस्कार स्वीकार्नु मेरो कर्म हो ।

    प्रजातान्त्रिक मुल्य र मान्यताको ओकालत गर्नु मेरो धर्म हो । जस अन्तर्गत समाजका विभिन्न क्रियाकलापमा सकारात्मक भूमिकामा सधै अग्र स्थानमा रहेको हुन्छु । जसले मलाई समाजसंग हातेमालो गर्न प्रेरित गरेको छ । यो नै मेरो राजनितिक संस्का हो । तर हाम्रो मुलुकमा राजनितिक संस्कार छैन । जसका पछिल्ला क्रियाकलापले पुष्ठि गर्छ । आफुले गरे जे पनि राम्रो अरुले गर्दा राम्रो पनि नराम्रो हेर्ने संस्कारको चरम उत्सर्ग छ । त्यो नै राजनितिको गलत संस्कार हो राजनितिक पार्टीहरुमा राम्राको सम्मान गर्ने संस्कार नै छैन । विशेष गरी अहिलेको सत्ताधारी पार्टीसंग आवद्घ रहेका नेता तथा कार्यकर्ता त्यसका उदाहरण हुन् । हामी प्रजातान्त्रिक विचारमा विश्वास गर्नेहरु त हाम्रालाई होइन राम्रालाई अगाडी बढाउनुपर्छ भन्ने पक्षमा छौँ । हेर्न सक्नुहुन्छ सामाजिक संघ संस्था हुन या राजनितिक फोरममा हाम्रो भन्दा पनि राम्रो हेर्दै आएका छौँ ।

    हो यसलाई भनिन्छ असल राजनितिक संस्कार तर सत्ताधारी पार्टीमा आजसम्मको क्रियाकलापले त्यो संस्कार पाएन पनि देखेन पनि जसको कारण मुलुक गम्भिर दुर्घटना तर्फ धकेलिदै छ । त्यसका बारेमा कहिल्यै सोचेनौ ँ । यो अहमतावादी सोच भन्दा भाथि उठ्न आवश्यक छ । यदि त्यसो गर्न सकिएन भने तपाई हामी नै संकटमा नपर्ला भन्न सकिदैन । हुन त साथीहरुले कांग्रेसले उसको धर्म निभायो भन्लान आज प्रत्येक नेपालीले छातीमा हात राखेर सोच्ने दिन आएको छ । यहाँ कांग्रेस, कम्युनिष्टको कुरा होइन, नेपालीको आस्था माथिको कुरा छ । अहिले मुलुक आर्थिक संकटमा पर्दैछ, भुकम्प पिडित ऋणमा डुम्दै छन् । आर्थिक अवस्था नाजुक बन्दैछ दातृ निकायहरु एकपछि अर्काेले हात झिक्दै गएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरु ओजेलमा परिरहेका छन् । विकास बजेटको खर्च दिनप्रतिदिन खस्किदै छ । यो सबैको दोष भनेको निति हो । हामीले के बुझन आवश्यक छ भने समग्र मुलुकको मियो भनेको राजनिति हो ।

    त्यो राम्रोसंग अगाडी बढ्न सकेन भने त्यसको असर मुलुकको सिंगो अर्थतन्त्रमा पर्छ । अरु त के भनौँ सानो मुख ठुलो कुन्नी के भने जस्तै, तपाईको आशाय तर्फ जाऔँ । म नेपाली कांग्रेसको क्रियाशिल सदस्यका रुपमा छु । सेवामै छदा भुमिगत रुपमै मैले नेपाली कांग्रेसका अग्रज दिपक बस्नेतबाट २०६२  सालमै क्रियाशिल सदस्य लिएको हुँ । अझ भन्नुपर्दा २०४६ सालको जनआन्दोलनमा नेविसंघको तर्फबाट होमिएको थिए । सेवा निवृत्त भएपछि मात्र सार्वजनिक रुपमा मैले कांग्रेस भएको घोषण गरेको हुँ । २०६९ सालदेखि मात्र सार्वजनिक राजनितिक जिवन निर्वाह गर्दै आएको छु । तत्कालिन अवस्थामा निर्वाचनताका नेपाली कांग्रेस जिल्ला समिति काभ्रेले जुन जिम्मेवारी दियो त्यसलाई आत्मसात् गर्दै आएँ । चुनाव प्रचारप्रसार समितिमा रहेर होस् वा नेपाली कांग्रेस जिल्ला संगठन समितिको प्रशिक्षक प्रशिक्षण विभागको सह संयोजकमा रहेर अनवरत रुपमा समाज रुपान्तरणमा लागि परेको छु । हाल म पनौती नगरपालिका वडा नं. ४ नेपाली कांग्रेस वडा समितिको कार्यवाहक सभापतिका रुपमा क्रियाशिल छु । त्यस्तै तत्कालिन सरकारले मेरो लगाव, इमान्दारिता र कर्मशिलको आधारमा पनौती नगर विकास समितिको अध्यक्षको जिम्मेवारी समेत दिएको छ ।

    —निकै लामो राजनैतिक पृष्ठभुमि बताउनुभयो अब अलिकति विषय बस्तु परिवर्तन गरौँ ।तपाइ त श्री पशुपतिनाथ धर्मशाला निर्माण तथा संरक्षण समितिमा बसेर काम गर्नुभएको थियो होइन ?

    हो, म लामो समयदेखि धर्मशाला निर्माण समितिको सचिव भएर भुमिका निर्वाह गर्दै आएको छु । धर्मशालाको बारेमा जुन अफावह चलाउने दुस्प्रयास गर्न खोज्नुभएको थियो त्यसलाई सामुहिक प्रयासबाट समाधान गरियो । २०६२ सालबाट श्री पशुपतीनाथ धर्मशाला निर्माण समितिमा सचिवको रुपमा प्रवेश गरे । आजसम्म पनि त्यही जिम्मेवारीमा छु । सवाल दायित्वको छ म ठोकुवाको साथ भन्छु धर्मशाला साँच्चिकै धर्मशालाका रुपमा स्थापित भएको छ ।

    धर्म संस्कारलाई जिवन्त दिने सवालमा अग्रगामी छलाङ पार गर्न हामी सक्षम भएका छौं । समितिले धर्मशाला निर्माणका लागि जुनजुन क्रियाकलाप ग¥यो त्यसको सार्वजानिक लेखापरिक्षण गरेका छौं । अभैmसम्म बिल भर्पाई अभिलेख हामीसँग सुरक्षित छन् । खासै त अडिट पछिका बिल भर्पाई पाउन मुस्किल हुन्छ अन्य निकायमा । तर हामीले रजिष्टर देखि बिल भर्पाइ अहिलेसम्म तन्दुरुस्त राखेका छौं । कसैलाई केही शंका लाग्छ भने कुनैपनि बेला हेर्न सक्नुहुन्छ । सस्तो लोकप्रियताको लागि नगद र जिन्सीको घोषणा गर्नेहरुले अहिलेसम्म बचन पूरा गरेका छैनन् । त्यो पनि हेर्न सक्नु हुन्छ । हाम्रा प्रत्येक काम पारदर्शिपूर्ण छन् । हामी सार्वजानिक लेखा परिक्षणमा विश्वास गर्छौं । यो संगमस्थलमा निर्माण गरिएको श्री पशुपतिनाथको मन्दिर वरीपरी जुन ६४ महादेव, कुमार, गणेश, भैरव, हनुमान लगायतका मूर्तिहरु स्थापना गरेका छौं । त्यसले पनौतीलाई थप ऐतिहासिक धार्मिक स्थलका रुपमा पहिचान दिएको छ ।

    विशेष गरी यो पुण्य भूमिमा बालाचतुर्दशी, शिवरात्री, श्रीपञ्चमी, महिलाहरुको महान चाड तीज जस्ता महान पर्वहरुमा मेला भर्न सजिलो होस् भनी धर्मशालाा निर्माण गरका हौं । श्रद्धालु भक्तजनहरुको सहयोगले नै पशुपति मन्दिर यथार्थ मै पशुपतिको झझल्को मेट्न सफल भएको विशेष गरी यो पुण्य भूमिमा बालाचतुर्दशी, शिवरात्री, श्रीपञ्चमी, महिलाहरुको महान चाड तीज जस्ता महान पर्वहरुमा मेला भर्न सजिलो होस् भनी धर्मशालाा निर्माण गरका हौं । श्रद्धालु भक्तजनहरुको सहयोगले नै पशुपति मन्दिर यथार्थ मै पशुपतिको झझल्को मेट्न सफल भएको छ । फेरिपनि कुनै व्यक्तिहरुलाई धर्मशाला सम्बन्धि केही बुभ्mनु छ भने किताब खुल्ला छ पढ्न सक्नु हुन्छ भन्न चाहान्छु ।

    —कुरा त अलि कडै आयो यस भित्र केही छ की के हो ?

    खास त्यस्तो केही छैन । फेरि भक्तजनहरुको आस्थामा चोट पुग्ने गरी केही समय अगाडि छदम्भेषमा केही दुष्प्रयास हुन खोजेको थियो । त्यस तर्पm भने इङिकत गरे कै हो । धार्मिक भावना राखेर सेवामा समर्पित भएका देवालयमा राजनीतिक रङ्ग पोत्न खोज्नु कतिको मानवीय धर्म हो ? त्यसैले पनि केही शब्द आएका हुन् । किनकी सस्तो लोकप्रियताको लागि सार्वजानीक समारोहमा आएर प्रतिस्पर्धामा रकम उद्घोष गर्ने तर व्यवहारीक रुपमा भने अनुहार नै नदेखाउने यस्ता आचरण भएका नेता तथा कार्यकर्ताहरुले विष बमन गर्न खोज्नु कतिको न्यायसंगत होला ? प्रश्न यहाँ छ । अहिले पनि समितिका साथिहरुले ऋण बोकी राख्नु भएको छ । त्यसका बारेमा भने कसैको बोल्ने हिम्मत छैन । तर संस्था माथि घावा बोल्न भने पछि नपर्ने संस्कारका विरुद्ध हो मेरो अभिव्यक्ति । त्यसैले अन्य तह र तप्काका व्यक्तित्वहरुसँग मेरो कुनै गुनासो छैन ।

    —भन्नाले कस–कसले बोलेका कुरा पूरा गरेनन् भन्न मिल्छ ?

    त्यो चाहि अलि असम्भव । किनकी कसैको निजी जीवनका बारेमा बोल्नु न्यासंगत नहोला । बरु बचन पूरा गरेका व्यक्ति वा संस्थाका बारेमा भने भन्न मिल्छ । पनौती नगरपालिका जतिबेला जन प्रतिनिधी थिएन त्यतिबेला निश्पक्ष ढंगबाट आप्mनो उपस्थिति जनाए । अझ भन्नै पर्दा बरिष्ठ प्रशासकीय अधिकृत इन्द्र प्रसाद अधिकारीले आप्mनो नगरपालिकामा हुने कुनै पनि सामाजिक कार्यका लागि कुनै किसिमको तुष बाँकी राख्नु भएन । त्यस्तै तत्कालीन सांसद शिवप्रसाद हुमागाई मार्पmत् दशौं लाख नगद र जिन्सी प्राप्त भए । यथार्थमा भन्नु पर्दा यो संरचना श्रद्धालु भक्तजनहरुको अथाह स्नेहले आज यहाँ आइपुगेको छ । तसर्थ निर्माण समिति सम्पूर्ण भक्तजनहरुप्रति आभारी छ ।

    —आज जुन अबस्थामा धर्मशाला छ त्यसको कूल लागत भन्न सकिन्छ ? कि सकिदैन ।

    सकिदैन । किनकी यसको अचल सम्पत्ती राज्यसँग सरोकार राख्छ । त्यस्तै व्यक्तिगतरुपमा आपूmखुशी धेरै लगानी छ । कुनैपनि व्यक्तिलाई उसको निजी कारोवारको बारेमा सोध्न उचित नहोला । त्यसैले पनि एकिन भन्न सक्ने अवस्था छैन । जस्तो हरिजीले स्ल्याब बिछ्याउनु भयो । कति खर्च गर्नु भो भनेर सोध्ने विषय हो ? सकैले कुनैै संरचना बनाइ दिन्छु भनेर आउँछ भने समितिले सर्वसम्मत स्वीकार्नुको विकल्प छैन । तपाईले पनि पिताका नाममा यसो गर्छु भनेर आउनु भयो भने हवस् भन्नुको विकल्प छ ? त्यसैले ठ्क्कै यति खर्च भो भन्न सकिदैन । तर सहयोगी हातहरुबाट प्राप्त रकमको अभिलेख भने हामीसँग सुरक्षित छ । अनुमानित झन्डै पौने दूई करोड बराबरको रकम त खर्च भयो की भन्ने लाग्छ ।

    —तपाईले यि कुरा गरिरहँदा केहि प्रश्नहरु पनि उब्जिएका छन् । के समाधान दिन सक्नु हुन्छ ?

    पक्कै पनि दिन सक्छु । मसँग सम्बन्धित हुन् भन्ने नै लाग्छ । तपाई केहि महिना अघिको घटनालाई लक्षित गर्न खोज्नु भएको होला । केहि त माथि नै समाधान गरि सके । केहि सम्बोधन गर्ने प्रयास गर्छु । जहाँसम्म पशुपतिनाथ धर्मशाला संरक्षण समिति गठन गरिएको छ त्यसको अध्यक्ष भनेको समाजसेवी राजनीतिज्ञ पनि हुनु हुन्छ भक्तबहादुर श्रेष्ठ । अर्काे समितिमा आएका अड्चनहरुका बारेमा भन्नु पर्दा धार्मिक संस्थामाथि घावा बोल्ने काम पनि भए । गुण्डगर्दीदेखि लिएर ज्यान मार्ने धम्कीसम्म आए । धर्मशालामा ताल्चा लगाउने कामसम्म भयो । यस्ता घृणित खेल खेल्नेहरुलाई स्थानिय समाजले विस्तारै चिन्दै छ । यस्ताखालका दुस्कर्म गर्नेहरु एक दिन यो समाजबाट नाङ्गिने छन् भन्ने नै हो । जसको पछिल्लो उदाहरण श्रद्धालु भक्तजनहरुले प्रस्तुत गरिसकेका छन् ।

    —अन्तमा केही छुट्यो की ?

    हुनत कहिले पनि पूरा हुन्न चाहाना । मेरा लागि अत्यन्तै खुशीको क्षण २०४६ सालको जनआन्दोलनमा सरीक भएँ । जुन बेला विद्यार्थी जीवनको जोशजाँगरले भरीपूर्ण थिएँ । अनि २०६२÷०६३ सालको जनआन्दोलन २ मा पनि उभिन सफल भएँ । यो नै मेरो जीवनको खुशीको शिखर हो भने एस.एल.सी. पछिको यात्रा नेपाली शेनाको प्राविधिक फाँटमा जुन जिम्मेवारी निभाउन पाएँ त्यो नै मेरा लागि गौरवको विषय हो । मेरो एउटा अठोट कोशिस गर्नु पर्छ असफलता भन्ने केहि हुँदैन भन्ने थियो । प्रयास छोड्नु हुन्न सफलता मिल्छ । म जुन हाइफाइमा आज पुगेको छु त्यो सबै मेरो र परिवारको संघर्षको प्रतिफल हो ।

    हामी सामान्य परिवारका व्यक्तिहरु आज जुन अवस्थामा पुगेका छौं त्यसमा घर परिवार रहनसहन समाज र नेपाली सेनाप्रतिको लगाव नै मान्नु पर्छ । जसको प्रेरणाले आज यहाँसम्म पु¥याएको छ । मेरो सम्पत्ति भनेकै समाज साथीभाई हुन् । त्यसैले जो जे भएतापनि पहिलो दायित्व समाजप्रति हुनु पर्छ भन्ने लाग्छ । सवाल मेरा भावनाहरुलाई सार्वजनीकरण गर्ने प्रभातफेरि साप्ताहिक र प्रभातफेरि अनलाईनप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै समाज रुपान्तरणमा शसक्तरुपमा प्रभातफेरिको टिम सफल रहोस् भन्न चाहान्छु । जस्तो नारा उस्तै व्यवहारको अपेक्षा राख्दछु ।—धन्यवाद

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार