२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

राजनीतिक इमान्दारिता कायम गर


७०५३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ फागुन १३, शनिबार मा प्रकाशित १ साल अघि
  • नेपाली जनताहरू समृद्ध नेपाल निर्माण भएको हेर्न चाहन्छन् ‚ जुन चाहना पूर्ण गराउनको लागि जनताले निकै ठुलो त्याग गरेका छन् । जनताले आफ्नो व्यक्तिगत जीवनको कुनै पर्वाह नगरी मुलुकको हितको लागि कार्य गर्ने आशामा दलहरूलाई साथ र सहयोग गरेका छन् । जसको कारण मुलुकमा बिभिन्न खाले राजनीतिक परिवर्तनहरू भए ।  सो कार्यको लागि जनताले बलिदानी दिन पनि पछि परेनन् आखिर केका लागि ? नेपाल र नेपालीको हितको लागि । तर जनताले जे सोचेका थिए सो सत्य सावित हुन सकेको छैन । त्यसो हुनुको पछाडि मूल कारण भनेको राजनीतिक बेइमानी साथै स्वार्थका दृष्टि ।

    झण्डै ८ दशकको इतिहासलाई केलाउँदै आउँदा नेपाली आमाको मुहारमा चमक ल्याउनको लागि नेपाली जनताले दलहरूलाई साथ सहयोग साथै आवश्यक पर्दा कुखुराको माउले चल्लालाई शिकारी पंक्षीबाट जोगाए जसरी जोगाउन पनि पछि परेनन् । त्यसरी जोगाउँदै गर्दा ति सम्रक्षकहरुको हातमा हतकडी लाग्नु‚ सुरक्षाकर्मीले यातना दिदै कारागारमा कोच्दै गर्दापनि मुलुकको हित विपरित स्वार्थलाई अंगालेनन् जनताले । बिभिन्न खाले प्रलोभन देखाउँदै गर्दा आफ्नो इमान्दारीलाई लत्यायनन् जनताले । यदि जनताले आफ्नो इमान्दारितालाई लत्याएका थिए भने दलहरूलाई राम्रै धक्का सुनिश्चित थियो ।

    नेपाली जनताले बहुमतको ढंगबाट सरकार चलाएर जनताको सपना साकार पार्न निर्देश नगरेका होइनन् । जुन सरकारले जन चाहना अनुसारको कार्य गर्नुको बदला दलगत तथा व्यक्तिगत स्वार्थमा डुबुल्की मार्दै गर्दा दलहरू मिलेर मुलुक निर्माणको लागि निर्देश गरे । तर दलहरूले जनताले दिएको अधिकारको दुरुपयोग गर्दैछन् । मिलेर मुलुक निर्माणमा ध्यान छैन‚ सरकार निर्माण र ढाल्ने विषयमा मात्रै ध्यान केन्द्रित भएको छ । जुन मुलुकको हित विपरित साबित हुन्छ । मुलुकको हितको खातिर कार्य गर्ने हो भने जनताले दिएको अधिकार प्रयोग गर्दै अगाडि बढ्न जरुरी रहन्छ ।

    मुलुकमा संघीयता लागू भएपछि बनेको पहिलो सरकार मिलिजुली नै थियो । झण्डै दुईतिहाइको नजिकमा रहेर कम्युनिष्टहरूको मिलेमतोमा सहमतिको आधारमा सरकार बन्यो । तर राजनीतिक बेइमान मौलाउंदै जाँदा सरकार ढल्यो । सरकारमा सहकार्य गर्दै गरेका दलहरूमै नेपाली काँग्रेस नेतृत्वमा सरकार बनाउन सघाए । जुन कार्य नेपाली जनताको नजरमा त्यति पाच्य थिएन । त्यसैगरी संघीयता लागू भएपछिको दोस्रो निर्वाचनमा पनि जनताले मिलेर काम गनै निर्देश गरे । जस अनुसार पहिलो दललाई पाखा लगाउदै मिलेर सरकार बन्यो । जव विश्वासको मत लिदै गर्दा देखिएको अकल्पनिय दृश्य नेपाली जनताको लागि खसिको क्षण थियो ।

    सरकारले विश्वासको मत लिदै गर्दा नेपाली काँग्रेसले सघाउनु जनताले निर्देश गरे अनुसार हो । तर पछिल्लो समयमा सरकार ढाल्ने खेल हुनु सान्दर्भिक रहन्न । सहमतिलाई अक्षरशः पालना गर्दै राजनीतिक इमान्दारितालाई आत्मसात गर्दै मुलुकको हितको लागि कार्य गर्न जरुरी रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार