२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

संघीयताको विरुद्धमा हुङ्कार गर्नु दिवा सपना हो


८०८७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० मंसिर २९, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • नेपाली जनताहरू व्यक्तिगत स्वार्थको लागि नभई मुलुकको हितको खातिर निरन्तर लागि रहेका हुन्छन् । मुलुकमा आमूल परिवर्तन गरी समृद्ध नेपाल निर्माणको लागि शताब्दीऔँ देखि त्याग गर्दै बलिदानी दिन समेत पछि नपर्दा ति महान नेपाली जनताले बगाएको रगतको कारण मुलुकमा आमूल परिवर्तनहरू भए । मुलुकमा दलमाथिको प्रतिबन्ध राजा वीरेन्द्रले लगाउनको कारण नेपाली जनताको शक्ति नै हो भने लोकतन्त्र हुँदै गणतन्त्र प्राप्ति गर्नु पनि नेपाली जनताले बगाएको रगत नै हो । जन चाहना अनुसार निर्माण भएको जन संविधानको आधारमा राजतन्त्रको अन्त्य भयो । हालको समयमा मुलुकको हित नचाहने पक्षले चुरी फुरी गर्नु नौलो हैन तर सो चुरीफुरीलाई नेपाली जनताले कसरी नियाली रहेकाछन् भन्ने विषय प्रमुख हो ।

    संघीयताल मुलुक धरापमा पार्यो संघीयताको अन्त्य गर्दै राजालाई मुलुकको बागडोर जिम्मा दिनुपर्छ भन्दै कुर्लनेहरू मुलुकको हित गर्न खोजेको हो की स्वार्थ ? बुझ्न जरुरी रहन्छ । होला मुलुकमा संघीयता लागू भएको ७ वर्षको अवधिमा जन चाहना अनुसार कार्य हुन सकेन तर संघियताले निर्धारण गरेको मार्ग त सुनौलो भन्नेमा कसैको दुईमत नहोलान् । मुलुकमा संघीयता लागू भएपछिको दुर्गम बस्तिहरुमा भएको विकास निर्माण ‚ जातीय तथा लिंगीय आधारमा हुने बिभेदको अन्त्य ‚ समानुपातिक तथा समावेशिता ‚ निम्न बर्गको संरक्षण साथै अवसर ‚ आरक्षण कोटा निर्धारण गरी प्रदान गरिएको अवसरहरू ‚ सिंहदरवारको अधिकार गाउँगाउँमा लगायतका उपलब्धीहरू कुन माध्यमबाट हासिल भयो भन्ने विषयमा नेपाली जनताहरू अन्जान नहोलान् ।

    हुन सक्छ संघीयता लागू गर्ने क्रममा केही सामान्य कमीकमजोरी नभएको भन्न नसकिएला तर सुधार गर्न सकिन्छ कि सकिन्न भन्ने विषय प्रमुख हो । सामान्य कमिकमजोरीलाई सुधार्दै नेपाली जनताको चाहना अनुसार अगाडि बढ्दा मुलुकको हित हुन्छ की ? मुलुकको हित नचाहने केही पक्षले सडकमा उफ्रिदैमा संघीयता खारेज हुन सम्भव होला र ? मुलुकमा आमूल परिवर्तन गर्ने वा नगर्ने भन्ने विषयमा सम्पूर्ण अधिकार नेपाली जनतामा निहित छ । जनताले राजतन्त्र या अन्य केही चाहन्छन् भने असम्भव भन्ने हुदैन । तर परिवर्तनको लागि विधि र प्रकृया उत्तिकै महत्वपूर्ण रहन्छ ।

    नेपाल र नेपाली जनताको हितको खातिर परिवर्तन नै चाहेमा विधि र प्रकृयामा अगाडि बढ्न जरुरी छ । जस अन्तरगत सामान्यतया कम्तिमा तीन विकल्प अनिवार्य रहन्छ । व्यवस्था परिवर्तनको लागि चालु सांसदको दुई तिहाइबाट संविधान संसोधन ‚ २ करोड ९१ लाख जनसंख्या लाई आधार मान्दै जनप्रदर्शन वा सशस्त्र आन्दोलन । नेपाली जनताको शताब्दीऔँ त्याग र बलिदानीको आधारमा हासिल गरेको उपलब्धिलाई राजावादीहरूले हरण गर्न खोजेको छ । सडकमा केही व्यक्तिगत स्वार्थको आधारमा दौडने झुन्डको हल्लाको भरमा परिवर्तन असम्भव भन्ने विषयमा नेपाली जनताले राम्रोसँग बुझेका छन् । परिवर्तनको लागि उल्लेखित कम्तिमा तीन आधार मध्य कुनै एकमा टेकेर अगाडि बढ्ने दर्बिलो आधार नहुनाले संघीयताको विरुद्धमा हुङ्कार गर्नु दिवा सपना सरह हो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार