२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

जुवातास नियन्त्रणमा प्रहरीको स्वागत योग्य भूमिका


९६९९ पाठक संख्या
  • २०८० मंसिर ७, बिहिबार मा प्रकाशित ५ महिना अघि
  • जुवातासको कारण नेपालमा बिभिन्न खाले घटनाहरू मात्रै नभएर आत्महत्या‚ सम्बन्ध विच्छेद‚ हत्या ‚ मानसिक रोग जस्ता घटनाहरू समेत हुने गरेका धेरै उदाहरण छरपस्टै छन् । समाजमा हुनेगरेको उल्लेखित घटनाहरूको नियन्त्रणको लागि जुवातास खेल्ने कुरोलाई निर्मूल गर्नुको विकल्प रहन्न भन्ने उद्देश्यले प्रहरीको अभियान स्वागत योज्ञ कार्य हो । विशेष गरेर नेपालीहरूको महान पर्वहरूमा खेलिने जुवातासले गर्दा परिवारमा समेत विकराल अवस्था आउनको साथै पर्व नै खल्लो हुने गरेको अवस्थालाई समेत प्रहरीले नियाली रहेको छ ।

    जसको कारण प्रहरीको मनोबल घट्दो छ । यसरी राम्रो कार्य गर्दै गर्दा कानुनलाई हातमा लिएर पद र शक्तिको दुरुपयोग गर्दै कानुनी दायरामा ल्याउनु पर्नेलाई उन्मुक्ति दिन जुन कार्य नेपाल र नेपालीको लागि घातक हो । नेपाल र नेपालीको हितको खातिर कार्य गर्ने जिम्मेवारी पाएका (जनप्रतिनिधिहरु) पक्षले कानुनको रक्षकको भूमिका निर्वाह गर्नु पर्नेमा कानुनलाई हातमा लिएर विचारको आधारमा ‚ नातागोता ‚ साथीभाइ भन्दै उन्मुक्ति दिलाउने कार्य समाजमा आत्महत्या बढ्दो छ ‚ द्वन्द्व निम्तदो छ ‚ अशान्ति व्याप्त छ ‚ पारिवारिक कलह छ यि शवको प्रमुख कारण मध्यको एक जुवा तास समेत भएकोले नियन्त्रणको लागि जुन ढङ्गको भूमिका प्रहरीले निर्वाह गरेको छ फैलँदै गएको विकृतिमै कमी आउने आशामा नेपाली जनता रहेका छन् ।

    सामाजिक विकृतिको अन्त्य गर्दै समाजमा फैलिएको बिभिन्न प्रकारका समस्यालाई समाधान गर्ने कार्यमा प्रहरीले पूर्ण रुपमा सकृयता देखाउँदै गर्दा प्रहरीमा हौसलाको बदलामा निरासता पैदा भएको छ । नेपाल र नेपाली समाजको हितको खातिर कार्य गर्दै गर्दा पूर्ण रुपमा कानुनी प्रकृयामा अगाडि बढ्न बिभिन्न बाधा अड्चन खडा हुने गरेको छ । जसले मुलुकलाई अन्धकार तफर् धकेल्छ भन्ने विषयमा सचेत छन् नेपाली जनता । दसैँको घटस्थापनादेखि कोजाग्रत पूणिर्मा सम्मको अवधिमा देशभरबाट १६० जना जुवाडे पक्राउ परेका थिए भने तिहारमा पक्राउ पर्ने जुवाडेहरूको सङ्ख्या (कार्तिक २५ देखी ३० सम्म) देशभरबाट ३६९ जना रहेका छन् । घटस्थापनादेखि कोजाग्रत पूणिर्मा सम्म प्रहरीले २१ वटा जुवा खालबाट ३१ लाख ६ हजार ३१९ रुपैयाँ नगद बरामद गरेको थियो । त्यसैगरी तिहारको समयमा जुवा खालबाट ५३ लाख ८७ हजार ९६१ रुपैयाँ बरामद गरेको थियो । यसरी प्रहरीले सकृयता देखाउँदै गर्दा प्रहरीलाई हौसला दिनुको बदलामा जुवा खालबाट पक्राउ परेकाहरूलाई छुटाउन ठुलो चलखेल हुने कार्यले गर्दा प्रहरीको मनोबल गिरेको हो ।

    जुवा खालबाट बरामद रकम सुरुमा धरौटी खातामा बस्छ‚ मुद्दा फैसला भएपछि राजस्व खातामा जान्छ ।’ थुनछेक बहस हुँदा प्रमुख जिल्ला अधिकारीले तोक्ने धरौटी रकम मुद्दा फैसला हुँदा फिर्ता वा थप हुनसक्छ । मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अनुसार पहिलो पल्ट जुवा खेल्ने वा खेलाउनेको मुद्दा प्रमुख जिल्ला अधिकारीले सुनुवाइ गर्छन् । पहिलो पटक जुवा खेल्नेलाई तीन महिनासम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था छ । दोस्रो पटक जुवा खेलेको पुष्टि भएमा त्यस्ता जुवाडेहरूलाई अदालतमा पेस गर्नुपर्छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था भएपनि व्यवहारमा उतार्ने विषयमा हुने गरेको अवरोधलाई अन्त्य गर्दै राम्रो काम गरेकोमा प्रहरीलाई हौसला दिने ढङ्गको कार्य गर्न जरुरी छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार