२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

गुणस्तरीय शिक्षा प्रदान गर


६८६५ पाठक संख्या
  • २०८० कार्तिक १८, शनिबार मा प्रकाशित ५ महिना अघि
  • करिव चार दशक अगाडिको शिक्षा र हालको शिक्षामा ठुलो भिन्नता खडा भएको छ । विगतमा विद्यार्थीहरूले हासिल गरेको शिक्षा व्यवहारिक थियो । कलिला बालबालिकालाई ( काँचो माटोलाई ) प्रदान गरिने शिक्षाले उनीहरूमा आमूल सकारात्मक अवस्था आएको पाइन्थ्यो । जसले गर्दा व्यवहारिक पक्ष , सामाजिक पक्ष , पारिवारिक पक्ष , नैतिक तथा धार्मिक पक्षमा लगाव भएको पाइन्थ्यो । जसले गर्दा अभिभावकहरूले काँचो माटोलाई सोन्दर्यता रूप दिनको लागि विद्यालयमा पठाउने गरिन्थ्यो । पछिल्लो समयमा आएर घोकन्ते शिक्षाले गर्दा बालबालिकाको चेतनाको विकास हुन सकेको छैन ।

    राज्यले शिक्षामा ठुलो परिणाममा लगानी गरेपनि सोचे जस्तो उपलब्धि हासिल हुन नसक्दा निजी स्तरबाट सञ्चालन भएको शैक्षिक व्यापार फस्टाएको छ । राज्यले गरेको लगानी बाट उपलब्धि नहुनाको प्रमुख कारण सम्बन्धित पक्षको कमजोरी , असक्षमता साथै कामचोर प्रबिद्धि हो । २१ औं शताब्दीमा समय सुहाउँदो आधुनिक गुणस्तरीय शिक्षाको आवश्यक छ तर समुदायक विद्यालयमा अध्यापन गराउने क्रममा सो विषयमा ध्यान पुग्न नसक्दा समस्या खडा भएको हो । विद्यार्थीले आधुनिक गुणस्तरीय शिक्षा चाहन्छन् तर विगतमा धुलौटे , सिलोट माध्यमबाट शिक्षा हासिल गरेका गुरुवर्णबाट प्रदान गरिने शिक्षामा आधुनिक शिक्षाको आशा पुर्ती नहुनु नौलो हैन ।

    राज्यले शिक्षा क्षेत्रमा प्राथमिकता दिदै जुन ढंगले लगानी गरेको छ , त्यसमा व्यवस्थापन साथै समय सुहाउँदो शिक्षाको लागि पहल गर्न जरुरी रहन्छ । आधुनिक गुणस्तरीय शिक्षा हासिल गर्ने विद्यार्थी मुलुकको गहना हो , त्यस्तो अमूल्य गहनाको संरक्षण गर्नु राज्यको दायित्व हो । तर सम्बन्धित पक्षले सो विषयमा ध्यान नदीमा विद्यार्थीको भविष्य अन्धकार तर्फ धकेलिनुबाट जोगाउनको लागि निजी स्तरबाट सञ्चालन हुने शैक्षिक व्यापारमा सहभागिता हुनुको विकल्प रहेन । सामुदायिक विद्यालयमा सक्षम शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्ने विषयमा स्थानीय तहको समेत खासै भूमिका निर्वाह हुन सकेको छैन ।

    स्थानीय तहमा रहेका विद्यालयहरू स्थानीय तहको सरकारकै मातहतमा रहेका हुन्छन् । तर स्थानीय सरकारले विद्यालयको अवस्था तथा विद्यालयबाट प्रदान गरेको शिक्षाको गुणस्तरको बारेमा कुनै चासो दिएको पाइन्न । सामुदायिक विद्यालयहरूको सुधारको बारेमा स्थानीय तहको सरकारले चासो नदिनु भनेको शैक्षिक व्यापारमा लामबद्ध रहेका नीजि स्तरका विद्यालयलाई सघाउनु हो । सामुदायिक विद्यालयमा आधुनिक गुणस्तरीय शिक्षा हासिल गर्ने वातावरण निर्माण नगर्नुले निम्न आयस्रोत भएका बालकालिका गुणस्तरीय शिक्षाको अवसरबाट बञ्चित हुनु सरह हो । सबै खाले जनतालाई समान व्यवहार गर्दै निम्न आयस्रोत रहेका निमुखाको संरक्षण गर्ने हो भने स्थानीय तहका जनप्रतिनिधिहरूले सामुदायिक विद्यालयमा आधुनिक गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण निर्माण गर्न जरुरी रहन्छ ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार