२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

भौतिक दूरी कायम गर्दै स्वाथ्य जोखिमबाट बचौं


६७३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० माघ २, मंगलबार मा प्रकाशित ३ महिना अघि
  • पछिल्लो समयमा आएर कोभिड–१९ को सब भेरियन्ट जेएन १ को जोखिम बढेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तो प्रकारको रोगबाट जागिने सवै भन्दा पहिलो र सजिलो उपाय भनेको भौतिक दूरी कायम गर्नु हो । भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिदा यस्तो प्रकारको रोगबाट बच्ने संभावना धेरै रहन्छ । पछिल्लो समयमा कोरोना रोगलाई सामान्य ढंगबाट हेर्ने गरेको पनि पाइन्छ तर रोग रोग नै हो शतर्क अपनाउदा जोखिमबाट बच्न सकिन्छ ।

    कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको आग्रहलाई व्यवहारमा उतार्न जरुरी रहन्छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभएपनि छिमेकि मुलुकमा रोग पुस्टि भएकोले संक्रमण फैलिने जोखिम छ । त्यसैले भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिन जरुरी रहन्छ ।

    कोभिड–१९ को संक्रमण भएका व्यक्तिहरु सीमा नाकामा फाट्ट फुट्ट देखा परेका छन् । ‘पछिल्लो समय छिमेकी मुलुकहरुमा पुष्टि भएको ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन.१ जीन सिक्वेन्सिङ प्रविधिबाट हालसम्म नेपालमा पुष्टि भएको छैन । कोभिड—१९ को सब भेरियन्टको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै प्रवेश विन्दुका सम्पूर्ण हेल्प डेस्क, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु, सम्पूर्ण सरोकारवालाहरु मार्फत स्क्रिनिङ र निगरानीको थालनि गर्नु स्वागत योज्ञ कार्य हो । भोज, पार्टीजस्ता भिडभाड हुने स्थानमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हात सरसफाइमा विशेष ध्यान दिदा रोगको संक्रमण नहुन सक्छ ।

    सामान्यतः भाइरसले आफ्नो प्रतिलिपीकरण गर्दै जान्छ । यो प्राकृतिक पनि हो । यो अवस्थामा स–सना म्युटेसन पनि हुने गर्दछ । म्युटेसन हुँदै गएपछि भाइरसको नयाँ स्वरुपको विकास हुन्छ । जसलाई नयाँ भेरियन्टको उत्पति भएको मानिन्छ । कोभिड–१९ को नयाँ भेरियन्ट जेएन–१ मा परिवर्तित जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने खतरा बढ्छ । विज्ञहरुका अनुसार ओमिक्रोनकै सबभेरियन्ट भएकाले डेल्टाजस्तो घातक नहुने अनुमान गरिएको छ । तर पनि भातिक दुरी कायम राख्दै रोगको संक्रमणबाट जोगिन सचेत हुन आवश्यक रहन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार