२०८२ माघ २५, आईतबार | Sun, 08, Feb, 2026

ठुलो संस्था ‚ ठुलो पूजी ‚ धेरै सदस्य हुदैमा संस्था राम्रो हुने होइन रहेछ —अधिकारी 


१०६३५ पाठक संख्या
  • २०८२ मंसिर ७, आईतबार मा प्रकाशित २ महिना अघि
  • सदस्य स्वस्थ हुनु भनेको संस्था पनि स्वस्थ हुनु हो ‚

    खाने गाँस कटाएर सहकारीमा बचत गर्ने वानिको विकास गर्नुपर्छ ,

    बाहलवाला सञ्चालक समिति रहँदासम्म २६ हजार सदस्य र २ आवर भन्दा वडिको व्यालेन्स सिट पुर्याउने कार्यक्रम तय गरेका छौं ।

    एहि सञ्चालक समितिको कार्यकालमा व्रान्डिङ्ग भैसक्ने अनुमान गरेका छौँ ।

    ९० प्रतिशत सदस्यहरू सकृय रहेनन् भने सहकारी संस्था आफै निष्कृय हुँदै जान्छ
    सङ्ख्यात्मक हैन ‚ चाहे पुँजीको हिसाबले चाहे सदस्यको ‚ अबको सहकारीले लागि गुणात्मक आवश्यक रहन्छ .

    व्यक्तिगत व्यापार गर्नेे ढङ्गबाट बुझ्दा सहकारी अभियानमा समस्या आएको छ
    अबको अवस्थामा सदस्यले चाहेको राम्रा सामुदायिक सहकारी संस्था मात्रै बाँच्नेछन्, व्यवसायिक संस्था विस्तारै पलाएन हुनेछन .

    सहकारी संस्थालाई केहि सहकारी सञ्चालकहरुले व्यक्तिगत व्यापार गर्नेे ढङ्गबाट बुझ्दै अगाडि बढ्दा समस्या आएको हो । नीति विधि र पद्धतिको आधारमा अगाडि बढ्नुको वदला पारदर्शिता विना सहकारीले कार्य गर्दा सहकारी अभियानमा समस्या आएको छ । सहकारी संस्थामा ९० प्रतिशत सदस्यहरू सकृय रहेनन् भने सहकारी संस्था आफै निष्कृय हुँदै जान्छ । सहकारीहरु सहजढंगबाट सञ्चालन हुन सङ्ख्यात्मक हैन ‚ चाहे पुँजीको हिसाबले चाहे सदस्यको ‚ अबको सहकारीले लागि गुणात्मक आवश्यक रहन्छ । अबको अवस्थामा सदस्यले चाहेको राम्रा सामुदायिक सहकारी संस्था मात्रै बाँच्नेछन्, व्यवसायिक संस्था विस्तारै पलाएन हुदैजानेछन् भन्ने बिषयमा आर्थिक विकास मित्र बचत सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत ठाकुर नाथ अधिकारीसंग इस्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश ।

    आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था स्थापना (२०६२) को प्रमुख उद्देश्य के थियो र आजसम्मको यात्रा कस्तो रह्यो ?

    २०६१ पुष ५ गते सहकारी संस्था दर्ताको लागि ३९ जना सदस्यको प्रारम्भिक भेलाबाट सुरुगरेको संस्थामा हाल ११ हजार ४ सय ८८ शेयर सदस्यहरू रहेको छ । ४ हजार ५ सय भन्दा बडि बालवचत कर्ता रहेका छन् । दुवै गर्दा झन्डै १६ हजारको साझा थलोको रुपमा रहेको छ आर्थिक विकास मित्र बचत तथा ऋण सहकारी संस्था । ०६१ मा अभियान सुरुगरेपनि ०६२ मंसिर २४ गते डिभिजन कार्यालय भक्तपुरबाट वैधानिकता प्राप्त भएको थियो । संस्था सञ्चालन गर्ने क्रममा हाम्रो प्रमुख उद्देश्य भनेको संस्थाको मुख्य कार्यालय र सेवाक्षेत्र भित्रका सदस्यहरूका आर्थिक ‚ सामाजिक र संस्कृति समेत तीन कुरालाई प्राथमिकता दिदैँ पहिलो रोजाईको वित्तिय कारोबार गर्ने संस्था आर्थिक विकास हुनुपर्छ भन्ने हो । सुरुवाती अवस्थाबाट हाल सम्म सोही अभियान र लक्षका साथमा निरन्तर रुपमा अगाडि बढेका छौँ ।

    काभ्रेपलाञ्चोक जिल्लाभरि कार्यक्षेत्र विस्तार गर्दा संस्थाले सामना गरेका प्रमुख चुनौती र सफलता के–के रहे ?

    सुरुवातीको क्रममा ५ वटा गाउँपालिकाहरूलाई कार्यक्षेत्र बनाएर सुरु गरेका थियौँ । पछाडि दायरा अलि फराकिलो हुनुपर्छ ‚ जिल्ला भरि कार्यक्षेत्र भएमा काम गर्न सजिलो हुन्छ भन्ने लागि रहेकै थियो । तथापि कार्यक्षेत्र विस्तार गर्नैपर्छ भनेर हिँडेनौ तर संयोगवश सहकारी संस्था एककीरण गर्ने क्रममा जिल्लाभरी कार्यक्षेत्र भएको मित्र बचत तथा ऋण सहकारी संस्थासँग मर्जगरेउ । जिल्लाभरि कार्यक्षेत्र हुँदा कुनैपनि समस्याको बारेमा सोच्नुपरेको अवस्था छैन । सकारात्मक साथै राम्रो भएको छ ।

    हालको शेयर पूँजी (रु. १० करोड २३ लाख)‚ जगेडा कोष (रु. ९ करोड २ लाख)‚ र बचत रकम (रु. ८१ करोड ४८ लाख) लाई कसरी दिगो सहकारी संरचनामा उपयोग गर्दै हुनुहुन्छ ?

    हामलेि शेयर सदस्यहरुलाई ठुलो खालको बचत भन्दापनि बचत माफर्त स्थाइत्व कसरी गराउन सकिन्छ र सोही बचत माफर्त समृद्धि कसरी दिन सकिन्छ भन्ने हो । पैसा हुने मान्छेले त बैंकमा साथै अन्य वित्तिय संस्थाहरुमा राख्नुहुन्छ तर सहकारीले भने बचत गर्न सिकाउछ ‚ नहुने मान्छेले अझ वडि जोड गर्नुपर्छ । हामिले खाने गाँस कटमएर सहकारिमा बचत गर्नुपर्छ । तवमात्रै हाम्रो भविश्य बन्छ र बुडेसकालको लागि साहारा हुन्छ । नियमित बचतलाई प्राथमिकता दिएकाछौं र संरचनापनि सोही अनुसार मिलाउदै अगाडि बढेका छौँ । ठुलो वचतलाई भन्दा साना बचतलाई प्राथमिकता दिदैँ निम्न आएस्रोत भएकालाई समेट्दै उनिहरुको जिवन स्तर उकास्दै जाने अभियानमा रहेका छौँ ।

    संस्थाको हालको वित्तीय अवस्थालाई अन्य जिल्लास्तरीय सहकारीहरूसँग तुलना गर्दा कस्तो देखिन्छ ?

    असाध्यै गम्भिर प्रश्न ‚ साथै चुनौति पुर्ण पनि हो एक हिसाबले भन्दाखेरी । अर्को हिसाबले भन्दाखेरी हाम्रो संस्थाको जिल्लाभरी कार्यक्षेत्र हुनु सवल पक्ष र अवसर पनि हो । हामी जिल्लामा मात्रै नभएर राष्ट्रिय रुपमै अभियानमा साथै अब्बल रहेका संस्थाहरु काभ्रेपलाञ्चोक जिल्लामा रहेका छन् र तिनै संस्थाहरुसंग हाम्रा कार्यक्रमहरु नीति नियमहरुको साथमा संगसंगै अगाडि बडिरहेका छौं । राष्ट्रिय रुपमा अभियानमा रहेका सहकारीले सेवा दिने सदस्यहरु र हामिले सेवा दिने सदस्यहरू लगभग दोहोरो पना जस्तै रहेको छ । तथापि त्यति हुदाहुदै पनि हामिलाई के महसुस छ भने ! ठुलो संस्था हुदैमा ‚ ठुलो पुजि हुदैमा ‚ धेरै सदस्य हुदैमा संस्था राम्रो हुने होइन रहेछ । संस्थामा सदस्यले मेरो संस्था भनेर अपनत्व फिल गर्नप¥यो । सहकारी संस्था अरु वित्तिय संस्था प्राइभेट कम्पनि जस्तो होइन । यो चाहि सामुदायिक संस्था हो‚ सङ्ख्यात्मक भन्दा गुणत्मकताको कुराले धेृरै फरक पार्छ । शेयर सदस्यसंग कती एकाकार हुदै जान्छौ भन्ने विषय महत्वपुर्ण रहन्छ । बिशेष गरि पाँचखाल क्षेत्रमा संस्था भएको नाताले पाँचखाल नै मुख्य रुपमा कार्यक्षेत्र हो । संस्थामा पाँचखालकै बडि शेयर सदस्यहरू हुनुहुन्छ र उहााहरुलाई अझ वढि सन्तुष्ट बनाउने प्रयत्न गरिराखेका छौँ ।

    भविष्यमा शेयर पूँजी र जगेडा कोष विस्तारको योजना के छ?

    शेयर पुजी त आफैमा पुजी हो र पछिल्लो परिवेसमा आएर शेयर पुजिप्रति संस्थाको बुझाई केछ भने ‚ विना व्याजमा शेयर सदस्यले लगानि गर्नुभएको र संस्थाले परिचालन गर्नेपुजी अवस्यमभावि हो । तर कंम्पनिको शेयर जस्तो सहकारिको शेयर हैन । कुनै कारणवस शेयर सदस्यहरू संस्थाबाट वाहिरिनु प¥यो भने आफ्नो बचत जसरिनै शेयर रकम पनि फिर्ता लान पाइन्छ । त्यसैकारणले पनि शेयरलाई जोड दिदा दिदैपनि धेरै भोलुममा शेयरमा जानु हुदैन । संस्थाको मजवुतीको लागि जगेडा कोषलाई वडि जोडदिनु पर्छ । जस्ले गर्दा संस्थाको जोखिमलाई कम गर्छ साथै संस्थाको प्राणको रुपमा रहन्छ । आगामि बर्षमा १० प्रतिशत भन्दा माथि कोषको व्यवस्थापन गर्ने लक्ष लिएका छौं ।

    स्वास्थ्य उपचारमा प्रदान हुँदै आएको सुविधाको दायरा कति छ ? आगामी वर्षमा थप के विस्तार गर्ने योजना छ ?

    स्वास्थ्य क्षेत्रमा निरन्तराता दिदै थप सुविधा प्रदान गर्ने लक्ष लिएका छौं । यो सिर्षकमा संस्थाले मात्रै सघाउने नभइ सहभागिता मुलक बनाउदै अगाडि बढ्छौं । संस्थामा जो आवद्ध हुनुहुन्छ उहाले सदस्यता लिदा सदस्यता राहतकोष भनेर दुइहजार कोषमा राख्नुहुन्छ । सो बाट आर्जित व्याजबाट सदस्यहरुको उपचारमा सहयोग गर्छौ । सदस्यता राहत कोषमा जम्मा गरेको रकम संस्थाबाट कुनै कारणले हट्नु परेको अवस्थामा फिर्ता गर्छौ । सदस्य विरामि हुदा १५ हजार भन्दा बडि खर्च गर्नुपर्ने अवस्था आएमा संस्थाले ७ हजार पाँच शय प्रदान गर्छौ । महिला सदस्यको हकमा दुइ सन्तान हुदाको अवस्था सम्मा बच्चाको नाममा रु पाँच सयको शिशु कोपिला बचतको नाममा खाता खोल्दिछौ र सुतकेरि खुराकी भनेर एक हजार पाँचसय नगद प्रदान गर्छौ । सदस्यको एक लाखको विमा गरेका छौ तर सो विमाको लागि राहतकोषमा जम्मा गर्नुपर्दैन । सदस्य आफैले किरिया गर्नुपरेको अवस्थामा घरमै पुगेर कृया खर्च प्रदान गर्छौ र सदस्य आफै वित्नुभयो भने आसृत परिवरलाई १५ हजार प्रदान गर्छौ ।

    संस्थामा आवद्ध शेयर सदस्यहरुको उपचारमा सहजताको लागि पाँचखालमा रहेको पाँचखाल पोलि क्लिनिकमा उपचार गर्नेको लागि औसधिमा १० प्रतिशत ‚ अन्य उपचारमा २० प्रतिशत सम्म छुटको व्यवस्था मिलाएका छौं । त्यसैगरि बनेपा चारदोवाटोमा रहेको सि.डब्लु सि भन्ने पोलिक्लिनिकमा पनि उपचारको क्रममा २० प्रतिशत सम्म छुटको व्यवस्था मिलाएका छौं । त्यसैगरि वनेमामा रहेको शिर मेमोरियल अस्पतालमा पनि उपचारमा सुविधाको व्यवस्था मिलाएका छौं । यस्तो प्रकारको सुविधाहरु अझ थपदै जाने तयारि गर्दैछौं । सदस्य स्वस्थ हुनु भनेको संस्था पनि स्वस्थ हुनु हो ।

    घरदैलोमै सहकारी सेवा पु¥याउने रणनीति कस्तो छ ? यस्को प्रभावकारिता कस्तो देखिएको छ ?

    पछिल्लो समय (ऐलेको समय) भनेको चाहि सेवाग्रहि सम्बन्धित ठाउंमा आएर सेवालिने भन्दा सेवा प्रदायक चाही घरघरमै गएर सेवा दिनुपर्ने भन्ने नया कन्सेभको बिकास भएको छ । यो विषयलाई प्राय सवै सहकारी संस्थाले अवलम्बन गर्दै आएको छ । हामीले यो विषयलाई बडि मध्यनजर राखेका छौं । संस्थाको तफर्बाट के गर्दा सेवाग्राहिलाई सहज हुन्छ हामि सोहि ढङ्गबाट अगाडि बढ्न सक्छौ ।

    सहकारी क्षेत्रमा पारदर्शिता मुख्य चुनौती मानिन्छ ‚ संस्थाले पारदर्शिता र विश्वसनीयता कायम गर्न कस्ता नीतिहरु अवलम्बन गरेको छ ?

    यकदमै जटिल एवं अहिलेको समसामयिक र यतिखेरको सहकारि अभियानमा देखिएका समस्याको कारक तत्व भनेकै पारदर्शिताको कुरा हो । जुन संस्थामा पारदर्शिता हुदैन तव त्यस्तो संस्था टिक्दै टिक्दैन । हामिले (आर्थिक विकास मित्र ) हाम्रो संस्थाको बारेमा कार्यक्रमको बारेमा सदस्यहरुलाई जानकारी गराउन सकेनौ भने उहाँहरु त्यो सुचनाबाट विमुख हुनुहुन्छ । जव सुचनाबाट विमुख हुन्छ तव मनमा शंका उपसंका पैदा हुनु नौलो होइन । संस्थागत गतिविधिका बारेमा संस्थाले गरेका कार्यको बारेमा ‚ संस्थाले गरेको खर्चवर्चको बारेमा सवै शेयर सदस्यहरुमा जानकारी हुन जरुरी रहन्छ ।

    संस्थागत धेरै कुराहरु पनि छन् ‚ संस्थाको संरचनामा केकस्ता कसरि व्यवस्था गरिएको छ भन्ने कुरापनि महत्वपुर्ण कुरा हो । सहकारी भन्ने वित्तिकै स्वनियमनमा चल्लनुपर्छ ‚ जुन सहकारी संस्थाले आफुलाई कसरि सुशाशन युक्त साथै पारदर्शिता बनाउने भनेर आफैले नीति बनाउंछ । सोहि आधारमा सहयात्रीहरु रहेका हुन्छन् ( लेखा समिति‚ लेखा समिति‚ आन्तरिक लेखा समिति) । हामी प्रोवेसन ब्राण्मा आवद्ध भएका छौ उहाँहरुवाट प्रत्तेक ती तीन महिनामा निग्रानि र सुझाव दिने गरेको हुन्छ । हामिले गरेको राम्रो कामलाई सदस्यले विस्वास गर्नुभएको छ ‚ हामि उहाँहरुको विस्वसलाई कायम राख्न तयार छौं ।

    मिस–कलबैंकिङ्ग र प्रविधिमैत्री सेवाको विस्तार कति प्रभावकारी देखिएको छ ?

    यतिखेरको जमाना भनेको प्रविधिको जमाना हो । अव प्रविधि भन्दा बाहिर रहेर हामिले कुनैपनि काम गर्न सक्दैनौ । यतिखेर जे आमरुपमा प्रचलनमा चलेको छ ति सवै खालको प्रविधिहरु अपनाएका छौं । अझ मिसकल बैकिंङ्ग लाई प्राथमिकता दिनु भनेको जस्ले मोबाइल बैंकिङ्ग चलाउंदैन ‚ जो एन्टरनेट सुबिधावाट टाडा रहेका सदस्यहरुले फोनको माध्यमबाट आफ्नो ब्यालेन्स थाहा पाउनको लागि सहज रहोस भन्ने हो । पछिललो समयमा आर्थिक कारोबार गर्दा नगद बोक्नुपर्ने बाध्यकारी अवस्थाबाट मुक्त हुने वातावरण निर्माण गरेका छौं प्रबिधिको माध्यमबाट आर्थीक कारोवारके व्यवस्था मिलाएका छौं जसले गर्दा बैकिङ्ग क्षेत्रसंग प्रतिस्पर्दा वनाउन सहज भएको छ ।

    संस्थाको रणनीतिक योजनाहरु के कस्ता बनाउनु भएको छ ?

    नयाँ सञ्तालक समिति निर्वाचित भएर आउनुभएको छ ‚ उहाँहरुको कार्यकाल ४ बर्षको हुन्छ ‚ आफ्नो कार्यकालमा केकस्ता कार्यहरु गर्ने भन्ने विषयमा बृहत छलफल गर्दै ४ बर्षे रणनीतिक कार्यहरु बनेको छ । सो रणनीतिमा जे—जे कुराहरु गर्ने भनेर निर्माण गरेका छौं बाषिर्क रुपमा खण्डिकरण गर्दै आफ्नो नीति तथा कार्यक्रममा समावेस गर्दै अगाडि बढेका छौं । बाहलवाला सञ्चालक समिति रहँदासम्म २६ हजार सदस्य र २ अवर भन्दा वडिको ब्यालेन्स सिट पु¥याउने कार्यक्रम तय गरेका छौँ । रहि सञ्चालक समितिको कार्यकालमा ब्रान्डिङ भैसक्ने अनुमान गरेका छौँ । बिधि र प्रविधिलाई प्रयोग गरेर अव्वल संस्था बनाउने साथै अत्याधुनिक भवन बनाउने कार्यक्रम तय गरेका छौं ।

    संस्थाको कार्यक्षेत्रमा आर्थिक विकासमा सहकारी क्षेत्रले कस्तो योगदान दिदै आएको छ ?

    यहाले जुन प्रस्न राख्नुभयो यो असाद्धै जटिल पनि छ ‚ हाम्रो अभियान र उद्देश्य भनेकै आर्थिक विकास मित्रमा आबद्ध सदस्यहरुको हित र सदस्यले आर्थिक रुपमा आफुलाई सक्षम र सवल बनाउन सक्नुभयो भने आम रुपमा वित्तिय रुपमा उहाँहरु जव सफल हुनुहुन्छ तव संस्थापनि सफल हुन्छ । सदस्यले कर्जाको कारोबार गर्नुहुन्छकी गर्नुहुन्न त्यो महत्वपुर्ण कुरा हैन । जस्ले जुन उद्देश्यले जुन व्यवसायको लागि कर्जा लिनुहुन्छ त्यो कति उपयोग र उपलब्धि भयो जिवनस्तरमा कति परिवर्तन भयो त्यो चाहि महत्वपुर्ण हो ।

    पछिल्लो समयमा प्राय सवै संस्थामा सदस्यहरू निस्किृय रहेको पाइन्छ ‚ सायद आर्थिक विकास मित्रमा पनि होला त्यस्ता निष्कृय सदस्यलाई सुन्नामा झार्नको लागि केहि उपायहरु अपनाउनु भएको छ ?

    हो निस्चयनै पछिल्लो समयमा संस्थाको गम्भिर विषय पनि हो र हामिले कसरि सदस्यहरुलाई बडिभन्दा बडिलाई सकृयता बनाउने भन्ने हो । अहिले नै हामी पछाडितिर फर्किएर निष्कृय सदस्यलाई विदागर्ने तिर नजाउंहोला । मेरो र संस्थाको अभियानको क्रममा जोड भनेको चाहि सदस्यहरुलाई कसरि सकृय बनाउने भन्ने नै हो । सदस्य किन निष्कृय भयो सोको पहिचान गर्नु पहिलो प्राथमिकतामा राख्नुपर्छ । हामिले सवै प्रयास गर्दा सकृय हुन चाहनुभएन भने सम्मान पुर्वक विदाइ गर्न सक्छौं ।

    संस्थामा आवद्ध भएका सदस्यहरू कम्तिमा ९० प्रतिशत सकृय हुनुपर्छ । यदि ९० प्रतिशत सदस्यहरू सकृय रहेनन् भने सहकारी संस्था आफै निष्कृय हुँदै जान्छ । त्यसैले हामिले सय प्रतिशतनै सकृय पु¥याउने ढंगले अगाडि बढ्दै गर्दा ९० प्रतिशत सकृय हुदापनि राम्रो मान्नु पर्छ । बाँकी १० प्रतिशत क्रमस चरणबद्ध ढंगमा सकृय गराउनेमा लागिरहन्छौ । हामिले निष्कृय रहेकाहरुलाई कुनै न कुनै तरिकाले सम्पर्क गरिनै रहेका छौ । यदि भएन भने हामिलाइ के थाहा छ भने सङ्ख्यात्मक हैन ‚ चाहे पुँजीको हिसाबले चाहे सदस्यको ‚ अबको सहकारिको लागि गुणात्मक आवश्यक रहन्छ ।

    सामाजिक क्षेत्रमा संस्थाको तफर्बाट के कस्तो योगदान पु¥याउदै आएको छ ?

    हाम्रो उद्देश्य भनेकै आर्थिक ‚ सामाजिक र साँस्कृतिक हो । यि तीन कुराहरु नभइकन सहकारी संस्था बाच्नै सक्दैन । त्यसैले हाम्रो चासो भनेको समुदाय प्रतिको पनि चासो हो । समुदायलाई के को आवश्यकता छ ? त्यो पनि हाम्रो सरोकारको बिषयहुन जान्छ । त्यसै कुरालाई हामिले मध्यनजर राख्दै समुदायले सरोकार राख्ने बिषयमा समुदायको हितको नीम्ति समुदायलाई सहजिकरण र सहयोग गर्ने कुरामा साथ सहयोग दिनु पर्छ । यसै क्रममा संस्कृतिपनि संगसंगै जोडिएको हुन्छ ‚ संस्कतिको संरक्षण शेयर सदस्य तथा गैह्र शेयर सदस्यको सुविधाको लागि पनि कार्य गर्दै आएका छौं ।

    संकृतिको संरक्षण गर्ने क्रममा दशैमा पिंङ्गको व्यवस्था ‚ फोहोरमैला व्यवस्थापन व्यवस्था ‚ हरेक महत्वपुर्ण स्थानमा आवश्यकताको आधारमा सौजन्य गर्दै आएका छौं । यतिखेरको समस्या भनेको समुदायको चासो र हित विपरित लागेको कारणले गर्दा केहि सहकारी संस्थामा समस्या आएको छ । सहकारि संस्थाहरु कम्पनि तथा व्यवसायिक मोडलमा चलाउंन खोजियो र व्यक्तिगत व्यापार भन्ने ढङ्गबाट बुझ्दा सहकारी अभियानमा समस्या आएको छ । अबको अवस्थामा सदस्यले चाहेको राम्रा सामुदायिक सहकारी संस्था मात्रै बाँच्नेछन् व्यवसायिक ढङ्गबाट सञ्चालन भएका संस्था विस्तारै पलाएन हुनेछन् ।

    अन्तमा संस्थाको कार्यक्षेत्रमा बसोवास गर्ने शेयर सदस्य र अन्यलाई केहि सुझाव दिन चाहनु हुन्छ ?

    सुझाव दिन चाहन्छु ‚ सहकारी संस्था भनेर मात्रै हुदैन सहकारीमा दसस्य बन्दै गर्दा संस्थाको बारेमा राम्रोसंग अध्ययन गर्नुहोला । मैले काम गरेको ‚ म सहभागि रहेको संस्था सवैले राम्रो भन्नु स्वभाविकै हो । संस्थामा आवद्ध हुदैगर्दा संस्थाको आर्थिक पक्ष के —कस्तो छ ? सुशासनको विषय के कस्तो छ ?संस्था वलियो हुने आधारहरु के के छन् ? यावत विषयको मापन गरेर संस्थामा आबद्ध हुन जरुरी छ । सहकारिमा आवद्ध हुनुपर्छ हुनेक्रममा राम्रोसंग पहिचान गरेर मात्रै सहभागि रहनुहोला ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार