
युवा स्वरोजगारको लागि १० प्रतिशतमा कर्जाको व्यवस्था गर्दै आएका छौँ । यस्तो ढङ्गको सुविधा एकल महिलामा समेत छ ।
अन्यको तुलनामा युवा तथा एकल महिलालाई दुई देखि तीन प्रतिशत कममा कर्जाको व्यवस्था गर्दै आएका छौं ।
संस्थाले लगानी गरेकोबाट प्रतिफल राम्रो नआउनु नै संस्थालाई धराप पार्नु हो । १० देखि ४० प्रतिशत सम्मको शेयर सदस्य उपचारमा छुटको व्यवस्था मिलाएका छौँ ।
सामाजिक रुपमा पिछडिएको वर्गहरू हाम्रो शेयर सदस्य नै नभएपनि हामिले सक्ने सहयोग गछौँ ।सदस्यले बचत फिर्ता मागेमा १० मिनेटमा फिर्ता दिन्छौ ।
कर्जा माग भएको अवस्थामा सम्पूर्ण प्रकृया सकेर ७ दिन भित्र लगानी गरिसक्छौ ।संस्थामा खराब ऋणिको अवस्था धेरै थियो‚ संस्थाले नाफा कमाउन सकेको थिएन भने हामिले लाभांश वितरण गर्न सक्दैन थियौ ।
संस्था स्थापना कालदेखि आज सम्म कर्जा असुलीको लागि लिलामी प्रकृयामा जानुपरेको अवस्था छैन । साना ननिहरूले चक्लेट खानुपर्छ भनेर जोगाएको पैसा ‚ वृद्ध बृद्धाले आफ्नो खुराकी खर्चबाट जोगाएर राखेको पैसा संस्थामा बचत गरेको हुन्छ ।
साना ननिहरूले चक्लेट खानुपर्छ भनेर जोगाएको पैसा ‚ वृद्ध बृद्धाले आफ्नो खुराकी खर्चवापत जोगाएर राखेको पैसा ‚ आमाहरूले तातोपानी तताउने भाँडो किनौँला भनेर सञ्चित गरेको पैसा सहकारी संस्थाहरूमा बचत गरेको हुन्छ । यसरी सहकारीमा बचतको प्रकृया सुरु हुन्छ त्यसैले सदस्यले वचत फिर्ता मागेमा १० मिनेट भित्र फिर्ता दिने वातावरण मिलाउनु पर्छ भने कर्जा माग भएको अवस्थामा सम्पूर्ण प्रकृया सकेर ७ दिन भित्र लगानी गर्नुपर्छ ।
संस्थाले लगानी गरेकोबाट प्रतिफल राम्रो नआउनु नै संस्थालाई धराप पार्नु हो । सामाजिक रुपमा पिछडिएको वर्गहरू हाम्रो शेयर सदस्य नै नभएपनि हामिले सक्ने सहयोग गछौँ । संस्थामा खराब ऋणिको अवस्था धेरै थियो‚ संस्थाले नाफा कमाउन सकेको थिएन भने लाभांश वितरण गर्न सक्दैन थियौ । संस्था स्थापना कालदेखि आज सम्म कर्जा असुलीको लागि लिलामी प्रकृयामा जानुपरेको अवस्था छैन । युवा स्वरोजगारको लागि १० प्रतिशतमा कर्जाको व्यवस्था गर्दै आएका छौं । यस्तो ढङ्गको सुविधा एकल महिलामा समेत छ । अन्यको तुलनामा युवा तथा एकल महिलालाई दुइ देखि तीन प्रतिशत कममा कर्जाको व्यवस्था गर्दै आएका छौं । १० देखि ४० प्रतिशत सम्मको शेयर सदस्य उपचारमा छुटको व्यवस्था मिलाएका छौं । भन्ने विषयलाई लिएर स्वेच्छा सहकारी संस्थाको प्रमुख सन्तोष नापितसँग इस्वरी राजकुमार मैनालीले गरेको कुराकानी अंश ।
सन्तोष सर ‚ नमस्कार । पाँचखाल नगरपालिका मा अवस्थित स्वेच्छा सहकारी संस्थाको प्रमुखको हैसियतमा संस्थाबारे सङ्क्षेपमा जानकारी गराइदिनुहोस् न ।
प्रश्नको लागि धेरै धेरै धन्यवाद ‚ स्वेच्छा सहकारीको स्थापना २०६५ सालमा हामी तीन जना साथीभाइ पूर्व अध्यक्ष राजन श्रेष्ठ ‚ हालको कोषाध्यक्ष सुनिल सापकोटा र म सन्तोष नापित समेतले संस्था सञ्चालन गर्ने सोचका साथ अगाडि बढेउ । वित्तिय पँहुचको अभाव भएको स्थान तथा सामाजिक रुपमा पिछडिएको व्यक्तिहरूलाई ‚ एकल महिलाहरूलाई ‚ खेती किसानी गर्नेहरूलाई सानुसानु पुँजीबाट पनि आर्थिकरूपमा सम्पन्न गराउन सकिन्छ भन्ने सोचका साथ सहकारी स्थापना गर्ने लक्षका साथमा तयारी गरियो । त्यसैलाई अनुसरण गर्दै एक बर्ष निकै मेहनत गर्नुपर्यो ।
जुन समयमा सहकारी दर्ताको लागि २५ जना चाहिन्थ्यो सो २५ जना जुटाउनपनि निकै गारो भयो । प्रयास अगाडि बढाउंदै गर्दा सहकारी डिभिजन कार्यालय धुलिखेलमा २०६७ साल असार १५ गते २९ जना संस्थापक शेयर सदस्यको सहभागिता सहित प्रतिसदस्य १० हजार संकलन गरेर दुइ लाख ९० हजार शेयर पुंजि स्थापना गरेर दर्ता गर्न सफल भयौं । आर्थिक कारोवार तथा बजारीकरण साथै कायालयको समेत सुरुवात ०६७ साल साउन २ गते आइतबारवाट सुरुवात गरेउ ।
सहकारी संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य विपन्न तथा कृषकको हित साथै छरिएर रहेको पुजीलाई केन्द्रिकृत उद्देश्यले स्वेच्छा सहकारी संस्था संञ्चालन गर्नुभयो हाल पनि सोहि उद्देश्यका साथ अगाडि बढ्नु भएको छ ?
अवश्यपनि ‚ हामिले जुन उद्देश्यका साथमा संस्था सञ्चालन गरेका थियौं ‚ सोहि आधारमा निरन्तर अगाडि बढ्दै छौं । हाम्रो प्रमुख सोच नै पिछडिएका क्षेत्रमा गएर साना किसान तथा महिलाहरूलाई महिला उद्देमिमा ल्याउनेकि सोरोजगार वनाउने कि भन्ने लक्ष राखेका थियों । सोहि लक्षअनुसार हामी निरन्तर अगाडि बढ्दै छौं । सहकारीमा पछिल्लो समयमा आएको उतारचडावको वावजुदमा पनि सदस्यसंग भएको राम्रो संबन्ध र संस्थाले प्रदान गरेको विस्वासको कारणले पनि हामी निरन्तर रुपमा फड्को मादै यो अवस्था सम्म आउन सफल भएका छौं ।
संस्था स्थापनाकालदेखि हाल सम्मको अवस्थामा आइपुग्दै गर्दा संस्थाले लिएको उद्देस्य पुर्ण रुपमा पुरा भयो जस्तो लाथ्छ ?
केहि मात्रामा गारो हुनु केहि समस्या पनि हुन सक्छ ‚ हामिले धेरै लक्ष पुरा गरिसकेका छौं । १५ बर्षको लामो अन्तरालमा सोचे भन्दा वडि लक्षहरु थपिदै गएको पनि छ । किनकि सो समयमा हामिले मझौला तथा साना व्यवसायिहरुलाई विकास गर्दै लाने भन्ने थियो पछिल्ला समयमा ठुला व्यवसायिहरुलाई पनि साथमा लिएर अगाडि बढ्नुपर्छ भन्ने भयो । अव साना तथा ठुला व्यवसायिहरु बैंकिङ्ग क्षेत्रमा मात्र नभई सहकारीमा आउनु पर्छ है भन्ने हो । सहकारि माफर्त दिगो बिकासको लक्षहरु प्राप्त गर्न सक्नुपर्छ भन्ने सोच राखेकोले साना व्यवसायि तथा ठुला व्यवसायिलाई पनि साथ लिएर अगाडि बढेका छौं ।
सुन्नमा आएको छ ‚ स्वेच्छा सहकारीले शेयर सदस्यता ह्वारह्वारती दिदैन ‚ संख्यात्मक भन्दा पनि गुणात्मकलाई प्राथमिकता दिन्छ ‚ के यो सत्य हो ? तपाईले संस्थाको जिम्मेवारी सम्हाल्दै गर्दा के कस्ता परिवर्तनहरु ल्याउनु भयो ?
जुन कुरा बजारमा तपाईले सुन्नुभयो यस्तो कुरा बजारमा चलेको भनेर सुन्न पाउदा म हर्सित भए । हामिले प्रत्यक्ष रुपमा अनुगमन गर्दा राम्रो नराम्रो कारा सुन्छौ तर तपाईले राम्रो मात्र सुन्नुभएछ । हामिले समाजमा वसि सकेपछि केहि परिवर्तन ल्याउनु पर्छ भनेर नै हामिले सहकारिको स्थापना गरेका हौं । यहि समाजमा बसेर सामाजिक रुपमा पिछडिएका व्यक्तिलाई उत्थान गर्नु हाम्रो कर्तव्य हो । पैसालाई पैसा नसोच्ने त्यसलाई पुजी सोत्नुपर्छ । सो पुजीलाई लगानी गरेपछि बल्ल आम्दानिको स्रोत खुल्छ । पैसा सोचेउ भने कहिल्यै आम्दानि गर्न सक्दैनौ । कर्जा सदुपयोगिताको लागि मात्रै हो ‚ कर्जाको माग आउछ तव मसिनो ढंगबाट बुझ्छौ उचितको लागि हो या अनुचित हो पत्तालगाउंछौं र सोहि आधारमा लगानी गछौंै । जसले गर्दा लगानी कर्ताले सजिलैसंग प्रतिफल आउनसकोस । संस्थाले लगानी गरेकोबाट प्रतिफल राम्रो नआउनु नै संस्थालाई धराप पार्नु हो ।
संस्थामा रहेको शेयर रकम ‚ जगेडाकोष र १५ करोड ९५ लाखभन्दा बढी बचत संकलन हुनु सहकारीप्रतिको विश्वासको सूचक हो यो सवै हुनुको प्रमुख कारण शेयर सदस्यको विश्वास जित्नु हो यसरी विस्वास जित्नुको प्रमुख कारण के होला ?
यो उपलब्धी हासिल गर्नुमा पहिलो कारण संस्थाको शेयर सदस्यको माया साथै योगदान नै हो । यसरि संस्थामा संस्थाको हितको लागि जुन ढङ्गको कार्य गर्नु भो उहाँहरु प्रति धन्यवाद व्यक्त गर्दछु । पछिल्लो विकसित प्रविधिहरुलाई संस्थाले अवलम्बन गर्दै निरन्तर अगाडि बढ्दै जानेक्रममा शेयर सदस्यहरुको मन जित्न सफल भयौं । हाम्रो प्रमुख कार्य नै शेयर सदस्यता विचमा पारदर्शीता हो । जसले गर्दा उहाँहरुमा आफ्नोपन कायम भएको छ । पछिल्लो समयमा कतिपय सहकारी संस्थाहरु पलायन भएका छन् यसो हुनुको प्रमुख कारण नै पारदर्शिताको साथमा कार्य गर्न नसक्नु जसले गर्दा शेयर सदस्यहरुले आफ्नोपन कायम नगर्नु हो ।
पछिल्लो समय सहकारी क्षेत्र निकै जोखिम अवस्थामा रहेको छ यस्तो जटिक अवस्थामा पनि तपाईले शेयर सदस्यको मन जित्न सक्नुको थप कारण के होला ?
सदस्यहरुको मन जित्नु र उहाँहरुको साथ पाउनु भनेकै विस्वास जित्नु हो । उहाँहरुको विस्वास चित्नुको प्रमुख कारण पारदर्शिता नै हो । साथै छिटो छरितो ढंगबाट सेवा सुविधा प्रदान गर्नु हो । शेयर सदस्यले स्वेच्छा सहकारीसंग गरेको कारोवार अनलाईन ढंगबाट स्वयं सदस्यले हेर्ने वातावरण मिलाएका छौ । उहाँहरुले गरेको कारोवार हेर्न स्वेच्छा एपमा गएर तुरुन्तै जान्न सकिन्छ । त्यतिमात्रै नभएर कारोवारको मेसेज सिस्टमको समेत व्यवस्था गरेका छौं । संस्थामा कारोवार हुनुसाथ शेयर सदस्यको मोवाइलमा सुचना मिल्छ । जुन सुचनामा सो दिन भएको कारोबार र खातामा रहेको रकमको सुचना प्रदान गर्छ । त्यतिमात्रै नभएर बिभिन्न खाले अनलाईन कारोवार गर्ने व्यवस्था समेत मिलाएका छौँ ‚ जसले गर्दा घरमै वसेर ‚ धारा ‚ वत्ति‚ टेलिफोन लगाइत प्लेटको टिकेटको लागि समेत व्यवस्था मिलाएका छौं ।
संस्थामा हाल कति जना शेयर सदस्य हरु रहेका छन् ?
अशार मसान्तसम्मको अवस्थालाई नियाल्दा १३८८ जना शेयर सदस्यहरु हुनुहुन्थ्यो । हालको अवस्थामा आईपुग्दा १५८० जना पुग्नुभएको छ । अशार मसान्तबाट हाल सम्म दुईसय जना शेयर सदस्य बृद्धि गरिसकेका छौं ।
सहकारीको समग्र अवस्था हेर्दा निकै राम्रो भएको पाईयो । पछिल्लो समयमा ठुला ठुला नाम चलेका सहकारीहरुले पनि लाभांश वितरण गर्न सकेको छैन । स्वेच्छा सहकारीले लाभांश वितरण गरेको छ कि छैन ?
त्यस्तो धेरैत वितरण गर्न सकेका छैनौ तर पनि अरु सहकारीको जस्तो उतार चडाव भने छैन । सुन्न आएको छ धेरै सहकारीहरुले लाभांश वितरण गरेन तर हामिले संस्था स्थापना कालबाटै हालसम्म लाभांश वितरण गर्दै आएका छौं । यस वर्ष विगतको भन्दा केहि कम भयो तर पनि ८ प्रतिशतले वितरण गरेका छौं । संस्थाले राम्रो कमाई गर्न सकेपछि लाभांश वितरण गर्ने हो ‚ संस्थाको सकारात्मक कार्यको लागि संञ्चालक समितिको पनि उत्तिकै भूमिका रहेको छ । उहाँहरुको मेहनत दिन रात नभनि संस्थाको काममा निरन्तरता दिनुले पनि उपलब्धि हो । सक्षम सञ्चालक समितिको कारणपनि संस्थालाई राम्रो ढंगबाट सञ्चालन गर्ने अवसर मिलेको छ ‚ उहाहरुको मार्ग निर्देशन पनि सफलताको पहिलो कारण हो ।
स्वेच्छा सहकारीले आफ्नो कार्यक्षेत्रमा समुदाय विकासमा धेरै सेवा प्रदान गरेको छ भन्ने सुन्नमा आएको छ ‚ के–कस्ता योगदान दिँदै आएको छ ?
यो सहकारी संस्था यहि समुदायको हो ‚ यहि समुदायमा बसोवास गर्ने स्थानियहरुको हितको लागि कार्य गर्दै आएका छौं । हामि यहि समेदायमा टिक्नु पर्छ ‚ यहि समुदायको मन जित्नुपर्छ ‚ त्यसैले गर्दा सामुदायिक क्षेत्रको विभिन्न क्षेत्रमा कार्य गर्दै आएका छौं र गर्छौ पनि । शेयर सदस्यको हितको लागि स्वास्थ्य उपचार कोषको व्यवस्था गरेका छौं । पाँचखालमा रहेको पाँचखाल पोलिक्लिनिक एण्ड डाइग्योष्टिक सेन्टरमा सम्झौता गरेका छौं जहाँ रोगको प्रकृति अनुसार १० देखि ४० प्रतिशत सम्मको शेयर सदस्य उपचारमा छुटको व्यवस्था मिलाएका छौं । शेयर सदस्यहरु सुत्केरी भएमा पोषण भत्तादेखि लिएर नवजात शिशुको नाममा एक हजारको खाता सुरुवाती गरिने व्यवस्था मिलाएका छौं । मृत्यु संस्कारमा पनि साथ दिने गरेका छौं । त्यसैगरि सामाजिक रुपमा पिछडिएको वर्गहरू हाम्रो शेयर सदस्य नै नभएपनि हामिले सक्ने सहयोग गछौं । विपदको अवस्थामा सहयोग गर्नको लागि संस्थाको शेयर सदस्य नै हुनुपर्छ भन्ने छैन । उहाँहरुलाई पनि संस्थाले सक्ने सम्मको सहयोग गर्छौ ।
पछिल्लो समयमा आएर सहकारीहरुमा प्रमुख रोगको रुपमा शेयर सदस्यहरु निस्कृय भएको पाईन्छ ‚ स्वेच्छा सहकारीमा निस्कृय सदस्यको अवस्था कस्तो रहेको छ ?
हाम्रो सहकारी संस्थामा त्यस्तो समस्या छैन । केही शेयर सदस्यहरु वैदेशिक रोजगारी साथै बसाई सराई गएको अवस्थाले गर्दा एक सय जना निस्कृय रहेको छ । वैदेशिक रोजगारीमा गएकाहरु सम्पर्कमै हुनुहुन्छ उहाहरुले आफ्नो कारोवारलाई निरन्तरता दिने तयारीमा हुनुहुन्छ । हामी छिटै निस्कृयको संख्या ५० मा झार्दै छौ । कहि समयपछि यस संस्थामा निस्कृय सदस्यको संख्या सुन्नामा झर्छ ।
युवा स्वरोजगार र कृषि क्षेत्रमा सहकारीको भूमिकाको विषयमा के कस्तो सोच अगाडि बढाउनु भएको छ ?
पछिल्लो समयमा युवाहरु वेदेसिक पलाएनको संख्या ह्वात्तै बढेको छ । हामिले युवाहरुलाई स्वदेसमै रहने वातावरण वनाउन निकै प्रयास गर्दै छौं । संस्थाले युवा स्वरोजगार प्रवर्धनको लागि युवामा (१८ बर्ष देखि ३५ बर्ष सम्मको) विषेश सहुलियत प्रदान गर्दै आएका छौ । यो उमेर समुहको युवाहरुले शेयर सदस्य बनेर बचत तथा कर्जाको कारोवार गर्नेलाई बिषेश सहुलियत दिनु नै युवाहरुलाई स्वदेसमै आत्मनिर्भर गराउनु हो । संस्थाले युवा स्वरोजगारको लागि १० प्रतिशतमा कर्जाको व्यवस्था गर्दै आएका छौं । यस्तो ढङ्गको सुविधा एकल महिलामा समेत छ । अन्यको तुलनामा युवा तथा एकल महिलालाई दुइ देखि तीन प्रतिशत कममा कर्जाको व्यवस्था गर्दै आएका छौं ।
यस सहकारी संस्थाले संख्यात्मक भन्दा गुणत्मकलाई प्राथमिकता दिदै अगाडि बढेको छ भन्ने सुनिन्छ के यो सत्य हो ?
यस सहकारी संस्थाले संख्यात्मक भन्दापनि गुणात्क ढंगले अगाडि बढ्नुपर्छ भन्ने हो । संख्या वढाउने तर प्रतिफल राम्रो दिन नसक्ने हो भने संख्या बढ्नु को कुनै अर्थ रहन्न । संस्थामा रहेका शत प्रतिशत सदस्यसंग समन्वय गर्नु पर्छ । यो सहकारीको सिदान्त हो । सवै सदस्यलाई समान र पारदर्सि ढङ्गको सुबिधा दिनुपर्छ । सवैलाई समान व्यवहार नगर्दा सवै सदस्यसंग समन्वय नहुदा सहकारी क्षेत्रमा समस्या आएको हो । हामी संख्या वढाउनेलाई भन्दा गुणस्तरतालाई प्राथमिकता दिन्छौ । हामिले सवै खालको सेवा सुविधा cAan ढंगबाट प्रदान गर्दै आएका छौं । संस्थाले दिएको अनलाईन सेवा वैंकमा हो वा अन्य सहकारीमा हो भने न्यूनतम ५ सय लाग्छ तर हामीली कुनै शुल्क लिएका छैनौ । कुनै सदस्यले वचत फिर्ता मागेमा १० मिनेट भित्र फिर्ता दिन्छौ । आवश्यक रहेको अवस्थामा सदस्य रहेको स्थामै पनि रकम उपलब्ध गराउने व्यवस्था मिलाएका छौं । कर्जा माग भएको अवस्थामा सम्पुर्ण प्रकृया सकेर ७ दिन भित्र लगानी गरिसक्छौ ।
धेरै संस्थाहरूमा समयमा कर्जा नउठेको भन्ने व्यापक हल्ला छ ‚ लिलामिको सुचनाहरु लाईन लागेको पाइन्छ । स्वेच्छामा यस्तो जोखिम कर्जा कति छ ?
यस सहकारी संस्थामा जोखिम कर्जा अत्यन्त न्यून अवस्थामा रहेको छ । सुरुको केहि समय घरजग्गामा लगानी गरेका थियो । सो लगानिमा रिक्स हुने सम्भावना बडि भएकोले त्यस्तो लगानिलाई न्यूनिकरण गर्दै व्यवसायमा प्राथमिकता दिएका छौं जस्ले गर्दा समस्या छैन । व्यवसायमा लगानी गर्दा सानुसानु पुजी तर दिन दिनै प्रतिफल आउंछ र चलायमान बनाउन सहज भएको छ । हामिले ठुला लगानिलाई भन्दा साना लगानिलाई प्राथमिकता दिदै आएका छौं । यदि संस्थामा खराब ऋणिको अवस्था धेरै थियो‚ संस्थाले नाफा कमाउन सकेको थिएन भने हामिले लाभांस वितरण गर्न सक्दैन थियौं ।
संस्थामा रहेका जेष्ठ नागरिकहरुलाई तिर्थाटन गराउने ‚ बनभोज लाने जस्ता विबिध कार्य गर्दै आउनुभएको छ भन्ने सुन्नमा आएको छ के यो सत्य हो ?
यकदम सत्यहो ‚ जेष्ठ नागरिक हाम्रो अभिभावक हो । उहाँहरुको सम्मान गर्नु हाम्रो दायित्व हो । उहाँहरुको आशिर्वादले संस्थाको विकास हुन्छ । ६८ बर्ष पार गरिसक्नुभएका जेक्ष्ठ सदस्यहरुको जन्मोत्सव कार्यहरु गरिने गरेका छौं । त्यो उमेरका सदस्यहरुलाई हौसला प्रदान गर्छौ । तिर्थाटन बनभोज कार्यमा समेट्नुका साथै संस्थामा बोलाएर जन्मत्सव मनाउने गर्छौ यदि उहाहरु आउन असमर्थ भएमा घरैमा पुगेर जन्मउत्सव मनाउने गरेका छौ । हामिले बर्षमा एक पटक बनभोज कार्यक्रम गर्छौ सो कार्यमा संस्थाको शेयर सदस्यहरु मात्रै नभएर भावि शेयर सदस्यले पनि सहभागिता जनाउन सक्नुहुन्छ । सो कार्यक्रममा संस्थाले गरेका राम्रा कार्य र सुधार्नुपर्ने बिषयमा छलफल समेत गर्ने गरेका छौं । सो समयमा प्राप्त सुझावलाई अनुसरण गर्छौ ।
संस्था स्थापनाको समयमा निकै चुनौती मोल्नुपर्यो भन्नुभयो ‚ संस्था स्थापना कालवाट हाल सम्म कर्जा असुलि प्रकृयाको लागि लिलामी प्रकृयामा जानुपर्ने अवस्था आयो कि आएन ?
संस्था सञ्चालनको क्रममा उतार चडाव आउनु नौलो हैन तर कर्जा अशुलिको लागि कानुनि प्रकृया अपनाउंदै लिलामी प्रकृयामा जानुपर्ने अवस्था आएको छैन । कहिले काहि सक्षम अवस्थामा रहेको सदस्य असक्षम हुन पनि सक्छ त्यस्तो अवस्थामा समस्याको निराकरणको वातावरण निर्माण गर्छौ । साना ननिहरूले चक्लेट खानुपर्छ भनेर जोगाएको पैसा ‚ बृद्ध बृद्धाले आफ्नो खुराकी खर्चबाट जोगाएर राखेको पैसा संस्थामा स्वास्थ्य उपचारको लागि भनेर बचत गरेको हुन्छ । त्यस्तो रकम सहकारीले भनेको समयमा फिर्ता दिन सकेने निकै समस्या आउछ । संस्था स्थापनाको १५ बर्षको अवधिमा मात्र एक जनामा कर्जा असुलिमा सामान्य समस्या आएको थियो । दुईपक्ष विच वसेर सल्लाह गर्दै गर्दा दुई महिनाको समय माग्नुभयो तर ३७ दिनको दिनमा असुलि भयो ।
सञ्चारमाध्यम माफर्त स्वेच्छा सहकारी संस्थाको सदस्य र भावि सदस्यहरुलाई केहि सुझाव दिन चाहनु हुन्छ की ?
यस सहकारी संस्थामा आवद्ध सम्पूर्ण सदस्यहरु साथै भावि शेयर सदस्यहरुलाई सञ्चारमाध्यमको माध्यमबाट धन्यवाद भन्न चाहन्छु । संस्थामा आवद्ध भएर बचत तथा कर्जाको कारोवार गर्दै संस्थाको हितमा कार्य गदैै आर्थिक रुपमा सवल बन्न सफल हुनुभएकोमा पुन धन्यवाद व्यक्त गदैछु । भावि सदस्यहरुको साथ र सहयोगले संस्थालाई वलियो बनाउन तथा टिकाउन साथ र सहयोगको साथै अमुल्य सल्लाह र सुझावको अपेक्षा गर्दछौं । तपाई सम्पुर्णको सुझाव र सल्लाहको आधारमा संस्था अझ सक्षम र वलियो बन्ने छ । जसवाट संस्थाले समय ;fGble{s सेवासुबिधा साथै कर्जा प्रवाहमा सहजता प्रदान गर्ने छौं । यस सहकारी संस्था स्थानिय भएकोले हामी स्थानिय स्तरमा रहेका दाजुभाई दिदि वहिनी‚ बुवा आमावाट चलेको संस्थामा कर्मचारी देखि सञ्चालक समिति सवै स्थानिय भएकोले निर्धक्का साथ कारोवार गर्नुस सो सम्पूर्ण कारोवारको पारदर्सिताको जिम्मा हामी स्वयं लिन्छौं ।
प्रतिक्रिया दिनुहोस