२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

काभ्रेको बिहाबरमा बैशाख १५ देखि पर्यटन कार्यक्रम सुरुहुदैँ


५२६१ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २२, बिहिबार मा प्रकाशित ६ साल अघि
  • काभ्रे/ पनौतीमा रहेको कुशादेवी क्षेत्र विकास समितिले पर्यटन प्रबर्धनका लागि बैशाख १५ देखि बैशाख १७ सम्म पर्यटन महोत्सव आयोजना गर्न लागेको छ| बिहाबर क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र अन्य आकर्षणहरूलाई बढावा दिनको लागि पनौती नगरपालिकासँगको सहकार्यमा यो कार्येक्रम आयोजना गर्न लागिएको हो |

    समितिको सचिव पुर्षोत्तम अधिकारी भन्छन “यस्ता एतिहासिक कार्येक्रम गर्नाले बिहाबार क्षेत्रको पर्यटनमा टेवा पुग्नुका साथै स्थानिय जनताको आर्थिक उन्नतिमा समेत टेवा पुग्नेछ” | यस्तो कार्यक्रम गर्नाले बिदेशी पर्यटकलाई पनि आकर्षित हुनेछन भन्ने कुरामा स्थानिय जनता पनि आशावादी छन् |  “अन्य क्षेत्रमा, हामी बिस्तारै पैदल यात्रा र साइकल चलाउने ट्रेलर निर्माण गर्दैछौं” अधिकारीले थप्नुभयो |

    फुल्चोकी, नागिडाडाँ ,गुर्दुमडाडाँ, रानिकोट लगायतका गन्तब्यहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकका लागि आकर्षणको रुपमा रही आएको छ । अगाडी बढेपछि पैदल यात्रा र साइकल ट्रयाक  पहिले नै फुलकोकी र महाभारत क्षेत्रमा धेरै स्थानहरुमा निर्माण गरिएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार