२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

तेमाल सरकारकाे आ.व. २०८०/०८१ काे बजेट


१०७९१ पाठक संख्या
  • २०८० आश्विन १६, मंगलबार मा प्रकाशित ६ महिना अघि
  • आ.व. २०८०।०८१ को राजश्व र आयव्यय अनुमान तथा गाउँसभाको १३ ‌औ अधिवेशन

    मिति २०८० आषाढ १४ गतेका दिन तेमाल गाउँपालिका, गाउँसभाको १३ औं अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष तथा बजेट तथा कार्यक्रम तर्जुमा समितिकका संयोजक श्री दलमान थोकरज्यूले प्रस्तुत गर्नु भएको आ.व. २०८०।०८१ को राजश्व र आयव्यय अनुमान तथा बजेट कार्यक्रम

    सभाका अध्यक्ष एवं गाउँपालिका अध्यक्ष ज्यू,

    सभाका प्रमुख अतिथि माननीय संघीय सांसद सुर्यमान दोङज्यू,

    सभाका सदस्यज्यूहरु

    नेपालमा संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संरचनामा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सहित नेपालको संविधान २०७२ जारी भई संघीयता कार्यान्वयन‌को अभ्यास भएको १८ बर्ष पूरा भएको भईसकेको छ । यस अवधिमा संविधान र  कानून बमोजिम स्थानीय तह संघ र प्रदेश सभाको पहिलो कार्यकाल समाप्त  भएर दोस्रो कार्यकालको प्रथम वर्षको अनुभाव सहित तततत् तहका निर्वाचित निकाय तथा पदाधिकारीहरुको संविधानले निर्दिष्ट गरेको संघीयता कार्यान्वयनमा  जुटिरहेको छ। संघीय गणतन्त्र  स्थापनार्थ  जीवन  उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहिदहरु प्रति शिर झुकाइ हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु ।

    न्यायपूर्ण आन्दोलनको क्रममा घाइते तथा अपांङ्ग हुनुभएका सबैको शिघ्र स्वस्थ्य लाभको कामना सहित उच्च सम्मान व्यक्त गर्न चाहन्छु । साथै  संघीय गणत‌न्त्र एवं सामाजिक न्याय प्राप्तिको आन्दोलनको अगुवाइ  गरी वेपत्ता हुनुभएका  सम्पूर्ण गणतान्त्रिक योद्धाहरु प्रति उच्च सम्मान सहित स्मारण गर्न चाहन्छु।

    संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र नेपालको राज्य शक्तिको प्रयोग पनि तीन तहले गर्ने उल्लेख छ । नागरिकहरुको मौलिक हकको संरक्षण  तीन तहले नै गर्ने गरी संविधानले नै राज्यशक्तिको बाँड‌फाँड गरिएको छ।

    गाउँ सभाका अध्यक्षज्यू एवं सदस्यज्यूहरु 

    काभ्रेपलाञ्चोक‌ जिल्लाको तेमाल गाउँपालिका नेपालको दर्शनहरु‌ मध्ये वौद्ध दर्शनको उर्वरायुक्त तपोभूमि भएको अवगत‌ नै छ । हाम्रो पुर्खाहरुले संरक्षण गरी जोगाएर  हामीलाई हस्तन्तरण गरेर छोडेर गएको बौद्ध दर्शन लाई नेपाल र  विश्वमाझ चिनाउन प्रचार गर्न र स्थापित गर्न सक्यो भने अशान्तिबाट शान्तिको मार्गमा डोर्‍याउन तेमाल गाउँपालिकाले एक महत्वपूर्ण उदहरणीय चिनारी  एवं पहिचान दिन सक्छ। यतिमात्र नभएर गरु पद्म संम्भावाले ध्यान गरेको  गेलुङ पहरा, तोङसुमकुण्ड, पोखरी  एवं ह्यारीनाग जस्ता पवित्र स्थाल बुद्धको आत्माको रुपमा प्रख्यात बोद्धिचित्तामाला पनि यही क्षेत्रमा पाइन्छ । यसको समुचित  संरक्षण विकास प्रचार गर्न सक्यो भने तेमाल गाउँपालिका देशमा छुट्टै पहिचान स्थापित गर्न सकिन्छ। पालिकाको आर्थिक, सामाजिक विकास सहितको दिगो विकासको लागि तेमाल गाउँपालिका भित्र थुप्रै संभावना तथा अवसरहरु रहेका छन भने केही समस्या र चुनौतिहरु पनि देखिएका छन । अवसरहरूको पूर्ण उपयोग गर्दै तथा समस्याहरु र चुनौतीहरुलाई चिर्दै अगाडी बढ्ने हामी सबैले साझा प्रयत्न गर्नेछ भन्ने कुरामा विश्वास्त छु ।

    हामीले शुरु गरेको सुशासन सहितको विकास  आजको आवश्यकता गुणस्तरयुक्त पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारमा हाम्रो प्रथामिकता भन्ने नारालाई केन्द्र राखेर सडक पूर्वाधारलाई प्रथमिकता दिई काम अगाडी बढाइ रहेको छौं ।  यादपि उल्लेखित नारालाई केन्द्रमा राख्दै गर्दा सम्मानित गाउँसभाको १३ औ अधिवेशन सुशासन सहितको विकास आजको आवश्यकता ‍गुणस्तरयूक्त पूर्वधार, शिक्षा, स्वास्थ्य र रोजगार हाम्रो प्रथामिकता भनेर १३ औ गाउँसभाले गुणस्तरयुक्त पूर्वाधारलाई जोड दिएको अवगत गराउन चाहन्छु । सबै नागरिकहरुलाई सडक सञ्जाल मार्फत लाभ वितरण गर्ने पालिकाको यो कार्यप्रति सबैको सकारात्मक प्रतिक्रिया पाइरहेका छौ । सड‌क पूर्वाधारको गुणस्तर एवं मापदण्ड अनुसारका कार्य भयो कि भएन ? यसतर्फ हामी बेलैमा सचेत र सर्तक हुन जरुरी छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ मा गाउँपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा स्थानीय स्तरको विकासका लागि आवाधिक, बार्षिकरणनीतिगत विषयक्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन योजना बनाई लागू गर्नुपर्ने व्यवस्था रहेको छ । त्यसैगरी अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ दफा  १६ मा स्थानीय तहले सार्वजानिक खर्चको विवरण तयार गर्नुपर्ने व्यवस्था गरेको छ  र दफा १७ मा यस्तो विवरण तयार गर्दा अगामी तीन आर्थिक वर्षमा हुने खर्चको प्रक्षेपण सहितको मध्यकालीन खर्च संरचना तयार गर्नुपर्ने व्यवस्था रहेको छ।

    माथि उल्लेखित  व्यवस्था अनुसार दिगो पूर्वधार र उच्च आर्थिक वृद्धि एवं विकासका नयाँ आधारशिला निर्माण गर्न, आर्थिक सामाजिक स्थिरता तथा समष्टिगत नीति तथा बजेटमा प्रथमितकता र  उद्देश्य सँग तादम्यता कायम गर्न हाम्रो घोषित उद्देश्य अनुसार माध्यमकालीन खर्च संरचना बनाउने, अवाधिक योजना बनाउने एवं गाउँपालिकाको स्पष्ट गरुयोजना  निर्माण गरी अगाडी बढ्नै पर्छ ।

    गरु पद्म संभावाले तपस्या गरेको यस तेमाल‌को पवित्रा तपोभूमिलाई धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्रका रुपमा घोषणा गर्न योजनाबद्ध ढंगले अगाडी बढ्नुपर्ने हुन्छ । त्यसैले विश्वास समझदारी  एवं सहकार्य एकले अर्कोलाई विश्वास, टीममा एकरुपता  बाँकी कार्यकाल फालदायी बनाउन मेहनत गरौं ।

       

    अन्त्यमा, प्रस्तुत बजेट तर्जुमा गर्ने चरणमा पत्यक्ष तथा परोक्ष क्रममा सहयोग पुर्याउनु हुने सम्पूर्ण गाउँपालिका तेमालबासीहरुमा धन्यवाद दिन चाहान्छु । यो बजेट तर्जुमाका रुपमा हरबखत अमूल्य सुझावका साथ सहयोग दिनु हुने गाउँपालिका स्थित वडा अध्यक्षज्यूहरु, गाउँसभा सदस्यज्यूहरु, राजनैनिक दल, नागरिक समाज, विभिन्न संघसंस्था, कर्मचारीहरु, विषयगत समितिमा रहेर योगदान पुर्याउनु हुने सम्पूर्ण सदस्य महानुभावहरु, व्यवसायी, उद्यामी, समाजसेवी, बुद्धिजीवि, सञ्चारकर्मी लगायत सबै प्रति हार्दिक धन्यवाद दिदै प्रस्तुत वजेट, निति तथा कार्यक्रमले यस गाउँपालिकाको कार्य प्रक्रियालाई छिटो, छरितो, पारदर्शी तथा नियमसंगत रुपमा पथप्रदर्शन गर्ने कुरामा विश्वास राख्दै तेमाल गाउँपालिकाको तर्फबाट सम्पूर्ण उपस्थित महानुभावहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । यसै आय र व्यय तथा विषयगत समेटिएको रातो पुस्तिका शिघ्र सार्वजनिक गरिने व्यहोरा यस सम्मनित गाउँसभा समक्ष जानकारी गराउछु ।

    दलमान थोकर, उपाध्यक्ष

    मितिः २०८०।०३।१२

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार