२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

पनौती नगरपालिकाको आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम


१०८४३ पाठक संख्या
  • २०८० कार्तिक २१, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • पनौती नगरपालिकाको १३ औं नगरसभामा प्रमुख श्री रामशरण भण्डारीद्धारा प्रस्तुत पनौती नगरपालिकाको आ.व. ०८०/०८१ को नीति तथा कार्यक्रम सम्बन्धी बक्तब्य

    गरिमामय नगरसभामा उपस्थित नगर उप प्रमुखज्यू, प्रमुख प्रशासकीय अधिकृतज्यू, सम्पूर्ण वडाका वडाअध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु, सञ्चारकर्मी, कर्मचारी मित्रहरू तथा उपस्थित सम्पूर्ण महानुभावहरूमा हार्दिक न्यानो अभिवादन ।

    ऐतिहासिक, साँस्कृतिक, पूरातात्विक तथा विविधतायुक्त नगर, भूगोल, वातावरण, जातजाति तथा धार्मिक रुपमा समेत विविधता युक्त पनौती नगरपालिकाको १३ औं नगरसभा बैठकको यस गरिमामय क्षणमा उपस्थित सबै नगरसभा सदस्यज्यूहरुमा हार्दिक स्वागत गर्दछु । सहकार्य, सहमति र एकतालाई आत्मासाथ गर्दै अघि बढिरहेको बर्तमान परिप्रेक्ष्यमा प्रजातन्त्र प्राप्ति, पुनर्प्राप्ति र लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गर्नु भएका वीर शहिदहरु तथा पनौतीका सुपुत्र शहीद सगुन ताम्राकार लगायत सम्पूर्ण ज्ञात अज्ञात शहिद प्रति भावपूर्ण श्रदाञ्जली अर्पण गर्दछु ।

    नेपालको संविधानको धारा ५६ को उपधारा (१) ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको व्यवस्था गरेको छ । संविधानतः व्यवस्था भएको ३ तहको संरचना मध्ये सबै तहको अधिकार क्षेत्र संविधानले नै प्रष्ट ब्यवस्था गरेको छ ।

    धारा ५९ ले दिएको अधिकारको प्रयोग गरि यस नगरपालिकाले प्रत्येक वर्ष आफ्नो वार्षिक वजेट तथा नीति बनाउदै आएको छ । धारा २२३ बमोजिम गठित नगर सभामा धारा २३० को उपधारा(१) अनुसार आगामी बर्षको राजश्व र व्ययको अनुमान स्थानीय कानून बमोजिम पेश गरि पारित गराउनुपर्ने व्यवस्था रहेकोमा स्थानीय सरकार संचालन ऐन २०७४को दफा १९ मा भएको व्यवस्था बमोजिम आह्वान भएको यस गरिमामय नगरसभामा नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम नीति प्रस्तुत गरेको छु ।

    पनौती नगरको विकास र सम्बृद्धिमा योगदान पुर्याउनुहुने सम्पूर्ण आदरणीय अग्रज महानुभावहरुप्रति आदरभाव सहित कृतज्ञता प्रकट गर्दछु । हामीलाई जिम्मेवारी सुम्पेर सुशासन र सम्बृद्धिको सपना देख्नुहुने समस्त मतदाता, आमाबुबा, दिदि-बहिनी, दाजुभाइ, राजनीतिक पार्टी, राजनीतिकर्मी प्रति अन्तर हृदयले कृतज्ञता प्रकट गर्दै आदरणीय आम मतदाताहरुको अपेक्षा अनुरुप कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

    पनौती नगरलाई समृद्ध बनाउने अभियानमा आम मतदाता, उद्यमी व्यवसायी, प्राज्ञिक / बौद्धिक वर्ग राजनीतिदल, सामाजिक संघ संस्था, विभिन्न क्षेत्रका विशेषज्ञ, निजी क्षेत्र, पेसाकर्मीहरु तथा सम्पूर्ण शुभेच्छुकज्यूहरुबाट रचनात्मक सल्लाह सुझाव तथा सहयोगको नगरका सम्पूर्ण पक्षबाट रचानात्मक सहयोगको अपेक्षा राख्दछु।

    शिक्षा, स्वास्थ्य,जात जाति, जनजाति, पिछडिएको वर्गको हक हितलाई ध्यान दिँदै लक्षित, स्वरोजगार मुलक कार्यक्रम, महिला, युवा खेलकुद, धर्म संस्कार संस्कृति, सम्बर्धनको कार्य सहित सचितिर्थधाम सहितको गौरवमय पनौती क्षेत्रको विकास तथा खानेपानी, पूर्वाधार निर्माण, सिंचाई, कृषि, धार्मिक पर्यटनलाई विशेष ख्याल गर्दै वन वातावरण, बालमैत्री कार्यक्रम, मानवअधिकार, जेष्ठ नागरिक जस्ता क्षेत्रलाई प्राथमिकतामा राख्नुका साथै पनौती नगरको दीगो विकासको आधार, गतिशिल अर्थतन्त्र, प्रविधि र पूर्वाधार भन्ने नारालाई सार्थक बनाउने ध्येय सहित सम्बृद्ध पनौती निर्माणको अभियानमा यो नीति तथा कार्यक्रम तय गरिएको छ।

    नगर सभा सदस्यज्यूहरु,

    अब म आगामी आर्थिक वर्ष २०८०/८१ का प्राथमिकता प्राप्त प्रमुख कार्य र सो को नीतिगत ब्यवस्थाको बारेमा चर्चा गर्दछु।

    • सघन शहरी विकासको रणनीति अवलम्बन गरि पर्यटन, प्रवर्धन, सडक पूर्वाधार, खानेपानी र सूचना प्रविधि क्षेत्रका पूर्वाधारलाई जोड दिइने छ ।
    • दीगो स्थानीय आर्थिक विकासको निम्ति नीजि क्षेत्र, सहकारी, गैर सरकारी संस्था र स्थानीय समुदायसंग साझेदारीमा प्रभावकारि क्षमता विकास, उत्पादन वृद्धि, उद्यम विकास, बजारीकरण, रोजगारी सृजना तथा पूर्वाधार निर्माणका कार्यक्रमहरु संचालन गरिने छ।
    • पनौती-बनेपा सडक, पनौती-खोपासी, मल्पी, कुशादेवी, नमोबुद्ध सडकको सौन्दर्य तथा हरितकरण गरी पनौती आवागमनलाई सहज र रमणीय बनाउन सडक खण्डको मुख्य मुख्य स्थानमा टोल विकास संस्था प्रवर्द्धन गरी स्थानीय संघ संस्थाहरुको सहकार्यमा सार्वजनिक नीजि साझेदारी अर्न्तगत वृक्षारोपण, पार्क, सडकवत्ती व्यवस्थापन र फोहोरमैला व्यवस्थित गरिनेछ ।
    • पनौती नगरपालिका क्षेत्रमा संचालित ऐतिहासिक खानेपानी योजनालाई प्राकृतिक र आधुनिक प्रविधिबाट प्रशोधन गरी नगर भित्रका सम्पूर्ण जनतालाई शुद्ध र गुणस्तर युक्त पिउनेपानीको व्यवस्था गर्न आधारशिला तयार गरिने छ । साथै काभ्रे उपत्यका खानेपानी योजना अझै पनि अधुरो रहेको हुँदा सम्पन्न गर्न आवश्यक व्यवस्था मिलाउनुका साथै नगरले आफ्नै स्रोत साधनहरुको प्रयोग गरी खानेपानीमा जनताको पहुँच पुर्याइने छ ।
    • पनौती नगर भित्र रहेको पूरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सुचिकरणका लागि कार्यहरु अघि बढिसकेको र थप कार्यलाई जोड दिइने छ साथै सम्पदा मैत्री घर तथा भौतिक संरचना निर्माण सबलीकरण एवं प्रोत्साहनलाई यो वर्ष पनि निरन्तरता दिइ धार्मिक पर्यटकीय नगरको रुपमा विकास गरिनेछ ।
    • वसपार्कको व्यस्थापनमा केहि चुस्तता आइसकेको र पनौती बसपार्कलाई अझ व्यस्थित गरिने छ ।
    • पनौती शिरानचौरमा निर्माणाधिन रंगशालालाई पूर्णता दिनको लागि सरोकारवाला पक्षहरुवीच संवाद र सहकार्य गरि निर्माण कार्यलाई अघि बढाइने छ।
    • स्वीकृत योजना संचालन गर्नुपूर्व विनियोजित वजेटका आधारमा प्राथमिकता निर्धारण गरि क्रमशः कार्यान्वयन गरिने छ।
    • नदी एवम् खानीजन्य स्रोतको उत्खनन्, प्रशोधन ओसार पसारलाई व्यवस्थित गरिनेछ ।
    • वडा नं २ र १२ का प्रभावित क्षेत्र सिमांकन गरी खानीजन्य क्षेत्र घोषणा गरिने छ ।
    • खानी जन्य उत्पादन बोक्ने ट्रक टिपर लगायतलाई व्यवस्थित गर्न कोरिडोर सडक निर्माण र मर्मतलाई निरन्तरता दिइने छ ।
    • प्रत्येक वडा कार्यालयहरुसम्म पक्कि सडकको पहुँच पुर्याइने छ ।
    • वडा कार्यालय लगायत सार्वजनिक स्थलहरुमा CC क्यामेरा जडान गरिने छ।
    • खानी प्रभावित क्षेत्रका सडकहरुको स्तरोन्नतीको लागि विशेष बजेटको व्यवस्था गरिनेछ।
    • अधिकांश ढलको पहुँच विस्तार नभइसकेको क्षेत्रमा सोकपिट बनाउन प्रेरित गर्दै लेदो फोहोर व्यवस्थापनका लागि विद्यमान सक्सन मेशिनको क्षमता बढाइ प्रभावकारी संचालनको व्यवस्था गरिनेछ साथै विभिन्न स्थानमा पटक- पटक ढल नाली जाम हुने समस्यालाई समाधान गर्न जेटिङ्ग मेशिनको प्रबन्ध गरिनेछ।
    • वैकल्पिक उर्जाको प्रयोगलाई वढावा दिइनेछ । यसको प्रवर्द्धनका लागि बैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र जस्ता संस्था संग सहकार्य गरिनेछ ।
    • नगर क्षेत्रको जग्गालाई भू-उपयोग ऐन २०७६ र भूउपयोग नियमावली २०७९का आधारमा जग्गाको वर्गीकरणको बाँकी कार्यहरु सम्पन्न गरिने छ ।
    • जोखिमयुक्त र अनुपयुक्त स्थानहरुमा घर संरचना बनाउन निषेध गरिनेछ । भूउपयोग सूचना केन्द्र स्थापना गरी भू-उपयोग सम्बन्धी सूचना संकलन गरिनेछ ।
    • उद्योग वाणिज्य संघको सहकार्यमा आर्थिक क्षेत्रको विकासकालागि विभिन्न मेला, महोत्सव प्रदर्शनी आयोजना गरिनेछ ।
    • पनौती नगर भित्रका ऐतिहासिक, पूरातात्विक, धार्मिक, सांस्कृतिक र रमणीय पर्यटकीय क्षेत्रको विकासका लागि संरक्षण संवर्द्धन र प्रवर्द्धनका कार्यक्रमहरु संचालन गरिनेछ।
    • नगरपालिकाका कर्मचारीहरुको कर्मचारी कल्याण कोषलाई थप व्यवस्थित गरिने छ।
    • पर्यटकीय क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्न संचालन हुने तारे होटल / रिसोर्ट जिपलाइन बञ्जी जम्प लगायतका क्षेत्रको प्रर्वद्धनका लागि पहुँच मार्ग, खानेपानी, विद्युत, एवं थप पूर्वाधारको विकास गरिनेछ।
    • अर्न्तराष्ट्रिय स्तरका शिक्षण संस्थाहरु ( विद्यालय, क्याम्पस) निर्माणका लागि आर्कषित गरिनेछ । सोका लागि जग्गा प्राप्तिमा सहजिकरण पहुँचमार्ग, खानेपानी, विद्युत लगायतका पूर्वाधारको विकास गरिनेछ।
    • विपद्को सामना गर्न विपद् व्यवस्थापनमा सहयोग पुऱ्याउने सामाग्रीहरुको भण्डारणलाई यथासक्य वडागत रुपमै व्यवस्थापन गरिनेछ ।
    • सार्वजनिक सम्पत्तिको अतिक्रमण रोक्न विवरण अद्यावधिक गरी नापजाँच, सिमाङ्कन नामाङ्कन गराई ठहर भए बमोजिम आवश्यक कारवाही अघि बढाइनेछ ।
    • जंगली जनावरको अतिक्रमणबाट हुने क्षति, प्राकृतिक विपद् बाट हुने क्षतिलाई यकिन गरी स्रोत साधनको सीमा भित्र रहि आवश्यक राहत सहयोग प्रदान गर्ने व्यवस्था मिलाईनेछ, भविष्यमा थप क्षति हुन नदिन जोखिम न्यूनिकरण योजनालाई प्रभावकारी कार्यान्वन गरिनेछ ।
    • नगरपालिका विपद जोखिम नक्सांकन तथा विपद व्यवस्थापन कार्ययोजना तयार गरिनेछ ।
    • वित्तिय अनुशासनलाई सुदृढ गर्दै नगरपालिकालाई बेरुजूलाई न्यूनिकरण गरिने छ।
    • कर दस्तुर संकलन, व्यवसाय दर्ता, व्यवसाय प्रवर्द्धन लगायत स्थानीय विकास निर्माणमा स्थानीय उद्योग वाणिज्य संघ सँग साझेदारी गर्ने नीति अख्तियार गरिनेछ ।
    • कर असुली प्रकृयालाई सरल र करदाता मैत्री बनाइनेछ । र उत्कृष्ट करदातालाई पुरस्कृत र सम्मानीत गरिने नीति लिइने छ।
    • जार अनुगमन र नियमनकार्यलाई थप प्रभावकारी बनाइनेछ ।
    • रोजगारी सिर्जना गर्नका लागि पनौती नगरभित्र उद्योग व्यवसाय स्थापना गर्नका लागि विशेष प्रोत्साहन गरि व्यवसायमैत्री नगरको रुपमा विकास गरिनेछ ।
    • सार्वजनिक यातायातको क्षेत्रलाई मर्यादित, सुरक्षित एवं भरपर्दी बनाउन सम्बन्धित सेवा प्रदायकहरुसँग समन्वय गरि स्तरीय सेवाको सुनिश्चितता गरिनेछ।
    • नगर सडक विकास गुरुयोजना (MTDP) आवश्यक संशोधन गरिनेछ ।
    • सुरक्षित र गुणस्तरिय सडक पूर्वाधार निर्माणको नीति लिइने छ।
    • सडक संजाललाई web based information system मार्फत अद्यावधिक गरिने छ।
    • स्वास्थ्य संस्थामा नै सुत्केरी हुने दरलाई शतप्रतिशत पुर्याउन प्रोत्साहनका थप कार्यक्रम संचालन गरिने छ। आधारभूत स्वास्थ्य सेवालाई घरदैलोमुखी “जेष्ठ नागरिक स्वास्थ्य सेवा” कार्यक्रमलाई निरन्तरता दिइने छ।
    • स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन एकीकृत स्वास्थ्य पूर्वाधारको नीतिलाई अवलम्बन गरिनेछ  ।
    •  ग्रामीण क्षेत्रको यातायातलाई सहज र सर्वसुलभ बनाउनका लागि साना तथा मझौला सवारी संचालनमा प्रोत्साहन गरी सवारी संचालनका लागि आवश्यक वातावरण तयार गरिनेछ ।
    • विभिन्न खाले विपद् एवम् प्रकोपको सामना गर्न विपद् व्यवस्थापन कोषको वृद्धि एवं परिचालन गरिने छ।
    • मानव अधिकार तथा न्यायमैत्री नगर घोषणालाई घोषित विषय वस्तुको हासिल उपलब्धीको समीक्षा गरि थप उपलब्धी प्रगतीका लागि कार्यक्रमिक तवरले अघि बढिनेछ ।
    • तरकारी बजार क्षेत्रलाई व्यवस्थित गरिने छ साथै देशका अन्य ठूला शहरमा रहेका तरकारी तथा कृषि बजार सँग आवद्ध गराइनेछ ।
    • साना तथा मझौला कृषकहरुलाई कृषि बजारसंग सोझै जोड्नका लागि एक वडा एक कृषि तथा पशु बजार केन्द्र स्थापना गरि online मार्फत कृषि तथा पशुजन्य व्यापार गर्ने नीतिमा जोड दिइने छ।
    • कृषक पशुपालक पर्यटन व्यवसायी र उत्पादन उद्योगीहरुलाई प्रोत्साहनका लागि कार्यविधि बनाई प्रत्येक वडा र नगरस्तरमा सम्मान र प्रोत्साहन गरिने छ ।
    • पनौती नगरपालिकामा गरिँदै आएको सुन्तला खेतिमा देखिएको रोगले खेति नै विस्थापनहुने अवस्थामा पुगेका कारण रोगका विषयमा अध्ययन गरि वैकल्पिक फलफूल खेतिको सम्भाव्यता अध्ययन गरिने छ ।
    • अलैची, कुचो, सुन्तलाका उन्नत जातको विउ भित्र्याइने छ।
    • नक्सापास प्रकृयामा Online पद्धतिको अवलम्बन सहित Digitize गर्ने प्रकृया थालनी गरिनेछ।
    • डिजिटल पनौतीको अवधारणालाई पूर्णता दिनका लागि पनौती नगरको प्रशासनिक संरचनालावई पूर्ण डिजिटल बनाइने छ ।
    • बालबालिका तथा युवालाई लक्षित गरि लागु औषध दुर्व्यसनी, जातिय विभेद, सामाजिक कुरीती, यौनिक तथा घरेलु हिंसा मानव बेचविखन र विद्युयिय र विद्युतिय अपराध विरुद्ध सचेतना जगाउन “हाम्रो ध्यान युवा सचेतना अभियान” कार्यक्रम संचालन गरिनेछ ।
    • स्थानीय पाठ्यक्रम अनुसार कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण कार्य सम्पन्न भएको र पाठ्यपुस्तकहरु छपाइ गरी प्रत्येक विद्यार्थीहरुलाई निशुल्क रुपमा वितरण गरिने छ।
    • अनाथ र अति विपन्न वालवालिकाहरुलाई नगरभित्रका सुविधा सम्पन्न विद्यालयहरुमा पढ्ने व्यवस्था मिलाईने छ । पनौती वहुप्राविधिक विद्यालयलाई थप विस्तार तथा विकास गरिनेछ ।
    • भर्खरै विद्यालय शिक्षा पूरा गरेका तथा शिक्षित तर बेरोजगार युवाहरुलाई भावी शैक्षणिक योजनाका विषयमा बिज्ञबाट परामर्श प्रदान गर्ने कार्यक्रम संचालन गरिने छ।
    • नगर विकासको लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई आवहान गरी आर्थिक लगानी सम्मेलन गरिने छ।
    • नगरपालिकाको काम कारबाहि सम्बन्धी विषयमा निरन्तर बिज्ञ सेवा उपलब्ध गराउन पूर्व सुरक्षाकर्मी, प्राध्यापक,शिक्षक, कर्मचारी, खेलाडी र विषय विज्ञहरुको विज्ञ समूह बनाई विषयगत रुपमा उहाँहरुको विज्ञतालाई कदर गर्दै सम्बन्धित विषयको योजना निर्माणमा समावेश गरिने छ।
    • स्थानीय तह/ निकायमा स्थायी नियुक्ती भई सेवा अबधी २० बर्ष र ५० बर्ष उमेर पुरा भएका कर्मचारीहरुले अबकास लिन चाहेमा बाँकी रहेको सेवा अबधी निजहरुको सेवा अबधीमा थप गरि अबकास सुबिधा बापतको सेवा सुबिधा भुक्तानी गर्ने गरि सुनौलो अबकास योजना कार्यान्वयन गरिने छ।
    • स्थानीय तहमा पाइने रैथाने जस्तै यमोरी लगायतका खाद्य पदार्थ, हस्तकलाका सामग्रीको ब्रान्डिंग तथा बजारीकरण गर्न सहयोग गरिनेछ।
    • पनौती नगरपालिका क्षेत्रभित्र लामो समय देखि बसोबास गरि आएका भूमिहिन तथा सुकुम्बासीहरुलाई कानूनी प्रकृया पुरा गरि छिटोभन्दा छिटो जग्गा धनी प्रमाण पूर्जा वितरण गर्न पहल गरिनेछ।
    • भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासीलाई जमिन उपलब्ध गराएपश्चात अति गरिव परिवारको लागि आवास र जीविकोप पार्जनका कार्यक्रम सञ्चालनका लागि आवश्यक पहल गरिने छ ।
    • प्रदुशण नियन्त्रका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिने छ ।
    • विशेषगरी खानी जन्य नदी जन्य सामग्री बोक्ने सवारीहरुको टायर सफागर्ने स्वचालित संरचना यसै आर्थिक वर्ष भित्र निर्माण गरिनेछ ।
    • घरमा उत्पन्न हुने फोहोर वर्गीकरणको लागि उपभोक्ताहरुलाई प्रोत्साहित गर्ने तथा नीजि क्षेत्रको साझेदारीमा व्यवस्थापन कार्य गर्ने र फोहोरको व्यवस्थापन स्थायी रुपमा गर्नको लागि जग्गा पहिचान र जग्गासम्म पुग्नको लागि पहुँच मार्ग निर्माण गरिनेछ ।
    • परम्परागत जात्रा महोत्सव र सांस्कृतिक कार्यक्रमहरुलाई संरक्षण र प्रवर्द्धन गर्न अक्षय कोषको निर्माण भइसकेको र सो कोषको वृद्धि गरी जात्रा महोत्सव र सांस्कृतिक कार्यक्रमहरुलाई व्यवस्थित गरिने छ।
    • पनौती नगर पर्यटन गुरु योजना अद्यावधिक गरिने छ ।
    • ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पूरातात्विक मठमन्दिर, पाटी, ढुङ्गेधारा, पार्क, उद्यान, बगैंचा जस्ता स्थलहरुको संरक्षण संवर्द्धन र प्रवर्द्धन गरि धार्मिक तथा मनोरम पर्यटकीय नगरका रुपमा विकसित गरी आन्तरिक र बाह्य पर्यटनलाई बढवा दिइनेछ ।
    • पर्यावरण तथा वातावरण संरक्षणका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षणका लागि गुरुयोजना तयार गरिनेछ।
    • सबै नागरिकको स्वास्थ्यमा ध्यान राखी (WASH ) स्वच्छता शुद्धता तथा सरसफाई सँग सम्बन्धित क्रियाकलाप संचालन गरिनेछ ।
    • माध्यमिक विद्यालयलाई प्राविधिक विद्यालयको रुपमा विकास गरिनेछ ।
    • छोरी बुहारीहरुको उच्च शिक्षामा पहुँच बृद्धिका लागि छोरी बुहारी छात्रवृत्ति कार्यक्रम संचालन गरिनेछ।
    • क्याम्पस तथा विद्यालयहरुलाई एकमुष्ठ अनुदान दिइँदै आएकोमा आगामी आ.व. देखि शैक्षिक सुधार योजना प्रस्ताव तथा कार्यविधिका आधारमा मात्र अनुदान दिइने व्यवस्था गरिनेछ ।
    • सामुदायिक विद्यालय विद्यार्थीहरुका लागि E-library server को व्यवस्था गरि online शिक्षामा पहुँच विस्तार गरिने छ।
    • नगरभित्र औद्योगिक ग्रामको स्थापना गरिने छ।
    • खोपासी स्वास्थ्य चौकीलाई नगर अस्पतालमा रुपान्तरण गरिनेछ ।
    • विद्युत लाईन / पोल / ट्रान्सफर्मर सुधार / भोलटेज सुधार गरिनेछ।
    • खतरा उत्पन्न गराउने जीर्ण विद्युतीय सेवाबाट जोखिम कम गर्न आवश्यक उपाय गरिनेछ ।
    • वडाको भवन निर्माणका लागि जग्गा व्यवस्थापन एवं भवन निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने छ ।
    • नगरपालिकाको सेवा प्रवाहलाई सहज सरल स्तरीय बनाई अन्तर्राष्ट्रिय गुणस्तर ( ISO Standard) कायम गर्न आवश्यक प्रकृया आरम्भ भइसकेकोले यस सम्बन्धमा अन्य अत्यावश्यक प्रशासकीय सुधार संरचनागत सुधार प्रकृयामा सुधार, उच्चतम् प्रविधियुक्त बनाउने जस्ता सूचकमा आधारित कार्यक्रमहरु संचालन गरिनेछ ।
    • Organization and Managemet (O&M) गरी कर्मचारी प्रशासनलाई थप व्यवस्थित बनाइने छ ।
    • सम्बोधन हुन बाँकी रहेका वडागत रुपबाट प्राप्त विभिन्न योजना तथा कार्यक्रमहरु, विषयगत रुपमा प्राप्त योजनाहरु, विभिन्न संघ संस्था, समुह, व्यक्तिहरुबाट प्राप्त कार्यक्रम सहितका राय सुझावहरु समेत एकिकृत गरि नगरपालिकाको योजना बैंकलाई निरन्तरता दिइने छ ।
    • नगरपालिकाको सम्पूर्ण भूगोल समेटिने गरि टोल विकास संस्था गठन तथा परिचालन गरि भौगोलिक नक्साकंन समेत गरिने छ।
    • CTEVT संगको समन्वयमा मागमा आधारित सीपमुलक तालिम संचालन गर्ने र तालिममा सहभागीहरुलाई स्थानीय आर्थिक विकास (Local Economic Development – LED) को अवधारणा अनुसार विउपूँजी परिचालन कोषमा आबद्ध गराइने छ ।
    • सामुदायिक कुकुर तथा चौपायाहरुको नियन्त्रण गरिने छ।
    • लम्पी स्कीन लगायत अन्य पशुजन्य रोगहरु निवारणको लागि खोप कार्यक्रमलाई निरन्तरता दिइने छ।
    • फरक क्षमता भएका विशेषतः हातखुट्टा नभएका र कान कम सुन्ने व्यक्तिहरुलाई सहयोगी साधन निशुल्क उपलब्ध गराइने छ।
    • स्वस्थ हिंडडुल गर्न सक्ने ८० वर्ष कटेका जेष्ठ नागरिकहरुलाई संघ संस्था एबम् नगरको सहकार्यमा तिर्थाटन गराइने छ ।

    सुशासन तथा संस्थागत विकास नीति

    • नगरपालिकाबाट विगतमा छनौट गरिएका आवधिक विकास योजनाहरुलाई समयानुकुल परिमार्जन गरी पञ्चवर्षीय योजनाको रुपमा लागु गरिनेछ ।
    • पनौती नगर उद्योग वाणिज्य संघसँग समन्वय गरी नगरपालिकाको राजश्व टोली मार्फत घर बहाल कर व्यवसाय दर्ता एवं नवीकरण अभियान सञ्चालन गरिनेछ । यस किसिमको विषेश अभियानमा सहयोग पुऱ्याए बापत संघसंग करदाता शिक्षा लगायतका प्रवर्धनात्मक कार्यक्रममा सहकार्य गरिनेछ ।
    • तोकिएको कर तोकिए बमोजिम तिर्ने बुझाउने करदातालाई प्रोत्साहन सम्मानको ब्यबस्था गरिनेछ ।
    • क्षेत्रगत रुपमा महत्वपूर्ण योगदान गर्ने ब्यक्तिलाई संस्थागत रुपले उपयुक्त कार्यक्रमको संयोजन गरि कदर तथा सम्मान गरिनेछ ।
    • आवश्यकतानुसार जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि क्षमता विकास, उत्प्रेरणा र अवलोकन जस्ता कार्यक्रमहरुको संयोजन गरिनेछ ।
    • नगरपालिका भित्र रहेका भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक कुराहरुलाई सम्बन्धित विज्ञहरु, सरोकारवाला तथा स्थानीय जनताहरुसँगको सहभागितामा पहिचान गरि श्रोत नक्सांकन प्रतिवेदन तयार पश्चात विकास निर्माणका योजनाहरु तथा कार्यहरु सरल, सुलभ, वैज्ञानिक र दिगो बनाईनेछ ।
    • जनताको सहभागीतामा अभिबृद्धि गरि पृष्ठपोषण प्राप्त गर्न सूचना तथा जानकारी तल्लो तहसम्म पु-याउन सार्वजनिक जवाफदेहिताका परीक्षण, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई यथा समयमा सम्पन्न गर्ने ब्यवस्था मिलाइनेछ ।
    • संघीय तथा प्रदेश सरकारको ऐन तथा नीति बमोजिम कर्मचारीहरुको स्तर बृद्धि/तहबृद्धि लगायत अन्य सेवा सुविधाको ब्यवस्थाहरुलाई कार्यान्वयन तथा कामको मुल्याङ्कनको आधारमा पुरस्कारको व्यवस्था गरिनेछ ।
    • सर्वसुलभ छिटो छरितो सेवा, पारदर्शिता, सूचनाको हकजस्ता बिषयको पूर्ण उपयोग र नागरिक बडापत्रको अद्यावधिक गरि सो अनुसारको कार्यवाही जस्ता बिषयलाई महत्वका साथ ध्यान दिइनेछ ।
    • गुनासो सुनुवाईलाई प्रभावकारी बनाइनेछ ।
    • नगरपालिकाका हरेक गतिविधिलाई digitize गरिनेछ ।
    • पेशागत सुरक्षा र मर्यादा कायम राख्न जनताप्रति समर्पित भई कार्य गर्न हरेक कर्मचारीलाई उपयुक्त कार्य वातावरण बनाउने र निर्देशन गर्ने कार्य गरिनेछ । साथै सम्पादित काम र हासिल नतीजाको विश्लेषण गरि पुरस्कार र दण्डको समुचित ब्यवस्था मिलाईनेछ ।
    • नगरपालिका भित्र सञ्चालनमा रहेको विभिन्न गैर सरकारी संस्थाहरुलाई नगरपालिकाले कार्यविधि निर्माण गरि NGO DESK को स्थापना गरि सो NGO फोकल पर्सन मार्फत मात्रै संघ संस्थाहरुले गर्ने कार्यक्रम सञ्चालन गर्ने व्यवस्थाको लागि विशेष पहल गरिनेछ ।
    • मानव अधिकारको रक्षा प्रबर्धनका लागि कानूनी संरचनालाई मानव अधिकारमैत्री बनाईनेछ ।
    • दिगो विकास लक्ष्य प्राप्तीका सूचकलाई स्थानीयकरण गरि आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ । अनुभव आदान प्रदान, सिकाई क्षमता अभिवृद्धि लगायत द्विपक्षीय सम्बन्ध विस्तारका लागि प्रचलित कानूनी ब्यवस्था बमोजिम स्वदेशी तथा विदेशी संघ संस्था तथा स्थानीय सरकारसंग भाईचारा सम्बन्ध स्थापीत गरिनेछ ।
    • शान्ती सुरक्षाको प्रत्याभूति गराउन नगर क्षेत्रमा तैनाथ नगर प्रहरी तथा सबै सुरक्षा निकाय बीचमा सुसम्बन्ध कायम गराइनेछ । साथै थप वल आवश्यक पर्दा माथिल्ला निकायसंग समेत आवश्यक समन्वय गरिनेछ ।
    • दुर्घटनाको न्यूनीकरण लगायत शान्ती सुरक्षामा थप मद्दत पु-याउन सि.सि. क्यामरा जडानलाई विस्तार गर्ने र भईरहेकालाई आवश्यकतानुसार मर्मत संभार गर्ने ब्यवस्था मिलाईनेछ ।
    • सडक बत्ती लगायत थप सोलार बत्ती जडानमा आवश्यक समन्वय गरिनेछ ।
    • यथा समयमा गुणस्तरिय कार्य सम्पादन गर्ने निर्माण ब्यबसायीलाई यथोचित सम्मान गर्ने ब्यवस्था मिलाइनेछ ।
    • नागरिकको स्वस्थ्य जीवन बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्न ब्यायम पार्क निर्माणको अवधारणा अघि सारिनेछ ।
    • LISA संग जोडिएको सूचक र सो संग सम्बन्धित कृयाकलापको पूर्ण कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण कार्य गरिनेछ ।
    • सबै वडामा नगरपालिमा कार्यालयबाट प्रत्यक्ष नियमन गर्न सक्ने गरी Online सेवाको समुचित प्रबन्ध गरिनेछ । साथै स्वास्थ्य शिक्षा पुस्तकालयमा पुऱ्याइएको सेवाको एकिकृत अनुगमन तथा नियमन गर्ने ब्यबस्था मिलाइनेछ ।
    • सूचनाको हकको पूर्ण प्रत्याभूति गराइनेछ ।
    • कर्मचारीहरुलाई कार्यसम्पादन तथा कार्यमुल्याङ्कनको आधारमा प्रोत्साहन भत्ता दिने व्यवस्था गरिनेछ । यसको कार्यान्वयनको लागि नगरपालिकाले छुट्टै कार्यविधि निर्माण गर्नेछ ।
    • भ्रष्टाचार तथा अनियमिततामा शुन्य सहनशीलताको नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गरि सुशासनयुक्त नगर बनाइनेछ ।
    • अन्तिम लेखा परीक्षण प्रतिवेदनमा औल्याइएका टिप्पणी तथा कैफियत सुधारको लागि आवश्यक कार्यहरु गरिनेछ । कर्मचारीहरुलाई उत्प्रेरित हुन अवसर सृजना गर्ने, क्षमता अभिबृद्धिका विभिन्न अवसर सृजना गर्ने लगायत Right man in right place at right time को अवधारणा अनुसार कार्य गरिनेछ ।

    शिक्षा सम्बन्धी नीति

    • दिगो विकास लक्ष्य कार्यान्वयको लागि शैक्षिक रणनीतिक योजनाको स्थानीयकरण, प्रविधिमैत्री शैक्षिक कार्यक्रम सञ्चालन गरि वदलिंदो परिस्थिति र समयसापेक्ष शिक्षण सिकाईलाई सूचना प्रविधिसंग जोडी इ लर्निङ कक्षा सञ्चालनमा पहल गरिनेछ ।
    • सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि विद्यार्थी दिवा खाजा कार्यक्रम, राष्ट्रपति शैक्षिक गुणस्तर सुधार कार्यक्रम, निशुल्क पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण, विद्यालयको भौतिक निर्माण, प्रति विद्यार्थी लागतका आधारमा सिकाई सामग्री व्यवस्था, केन्द्रवाट तोकिएका नमुना विद्यालय कार्यक्रम कार्यान्वयन, निशुल्क सेनिटरी प्याड व्यवस्थापन जस्ता सर्सत कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
    • जहाँ विद्यार्थी त्यहाँ शिक्षक भन्ने अवधारणा कार्यान्वयन गर्न शिक्षक दरवन्दी मिलान, विद्यालय गाभ्ने तथा कक्षा समायोजन कार्यलाई पूर्णता दिई विद्यार्थी संख्याको अनुपातमा विषयगत तथा तहगत शिक्षक व्यवस्थापन गरिनेछ।
    • उच्च शिक्षाको सहज पहुँच तथा पनौतीका नागरिकहरुको उच्च शिक्षा प्राप्त गर्ने हक अधिकार सुनिश्चित गर्न एक पनौती बहुमुखी कलेजको स्थापना गर्ने कार्यको प्रक्रिया अघि बढाइनेछ ।
    • उच्च शिक्षालाई प्रभावकारी गुणस्तरीय र प्राविधिक शिक्षा तर्फ जोड दिई आत्मनिर्भर, स्वावलम्वन र रोजगार उन्मुख शैक्षिक वातावरण वनाउन पहल गरिनेछ ।
    • एक नगर एक प्राविधिक विद्यालयको अवधारण अनुरुप कृषि विषयको एक प्राविधिक सामुदायिक विद्यालय संघ र प्रदेशसँग समन्वय गरी लागत साझेदारीमा सञ्चालन गरिनेछ । यसरी सञ्चालित विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गरी आबासीय रुपमा सञ्चालन गर्न आवश्यक ब्यवस्था मिलाइनेछ ।
    • विद्यालय परिसर सुधारका कार्यक्रम सञ्चालन गरी शौचालय निर्माण तथा सुधार, पिउनेपानीको ब्यवस्थाका साथै विद्यार्थीको शारीरिक, मानसिक तथा संवेगात्मक विकासको लागि वालमैत्री उद्यान, कक्षाकोठा, प्रयोगशाला, ICT LAB, पुस्तकालय, वाचनालय, चमेनागृह आदिको आवश्यकीय पूर्वाधारहरुको ब्यवस्था गरिनेछ।
    • पनौतीको कला, संस्कृति, सम्पदा, कृषि, पर्यटन लगायतका विषयहरु समेटेर तयार भएको (कक्षा १-८) को स्थानीय पाठ्यक्रमको सहजीकरणका लागि मनोरञ्जनात्मक शैक्षिक वातावरण सिर्जना गर्नको लागि शैक्षिक वृत्तचित्र निर्माण लगायतका कार्यमा आवश्यक व्यवस्था मिलाइनेछ ।
    • सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय सहयोगी कर्मचारी, सहायक कर्मचारी, वाल विकास सहयोगी कार्यकर्ता र नगर शिक्षकहरुको कार्यक्षमतामा वृद्धि गराउन नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप नपुग रकमको व्यवस्थापन गर्ने तथा स्कूल वस सेवालाई प्रभावकारी व्यवस्थापनको लागि सन्चालन खर्चलाई निरन्तता दिइनेछ ।
    • सिकाई उपलब्धिको वेसलाइन तयार गरी न्यूनतम वार्षिक सिकाई उपलब्धि हासिल हुने गरी शिक्षण सिकाईमा जोड दिइनेछ । जसको लागि प्रधानाध्यापक तथा शिक्षकको कार्यसम्पादन करार गरी मुल्यांकनको आधारमा प्रोत्साहित गरिनेछ ।
    • नगर भित्रका सामुदायिक विद्यालयहरुलाई नमुना विद्यालयको रुपमा विकास गरि क्रमशः एकवडा एक नमुना विद्यालय कार्यक्रम सञ्चालन गरि विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विद्यार्थीलाई ल्याउने, सिकाउने र टिकाउने नीति अनुरुप कार्य अघि बढाइनेछ ।
    • संघीय सरकारको कार्यक्रम बमोजिक घोषण गरिएको नमुना विद्यालय कार्यक्रमलाई संघिय सरकारको नीति तथा कार्यक्रम बमोजिम कार्यान्वयन गरिनेछ ।
    • विद्यालयको शैक्षिक, प्रशासनिक, आर्थिक, भौतिक व्यवस्थापन लगायतका विषयमा चुस्तता कायम गर्न तथा शिक्षण सिकाइमा प्रभावकारिता ल्याउन रुजु सूचि बनाई आकस्मिक निरीक्षण एकल तथा समुह सुपरीवेक्षण कार्यलाई थप प्रभावकारी वनाइनेछ ।
    • वालविकास केन्द्रलाई सामग्रीयुक्त बनाई वालमैत्री वातावरणका साथ वालवालिकाले सिक्ने अवसर सिर्जना गरिनेछ।
    • विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि अतिरिक्त क्रियाकलाप, खेलकुद जस्ता प्रतिस्पर्धात्मक क्रियाकलाप सञ्चालनको व्यवस्था मिलाइनेछ । जसका लागि विद्यालयलाई खेलकुद तथा शैक्षिक सामग्रीयुक्त वनाउने तथा विद्यार्थी खेलकुद विमा कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
    • विपन्न नागरिकका छोराछोरी, लोपोन्मुख, सिमान्तकृत, दलित, गरिव, जेहेन्दार तथा अभिभावक गुमाएका छात्रछात्राहरुका लागि माध्यमिक तथा उच्च शिक्षामा प्राविधिक विषय तथा अन्य विषय अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनुको साथै नगरपालिका भित्रका विद्यालय तथा क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीहरुका लागि आवश्यकता अनुसार छात्रवृत्तिको व्यवस्था गरिनेछ।
    • पूर्व राष्ट्रसेवक कर्मचारी, पूर्व शिक्षकहरुको सीप, क्षमतालाई उपयोग गरी बिभिन्न क्षेत्रमा योगदान पुयाएका व्यक्ति तथा प्रतिभाहरुको खोजी गरी रोष्टर तयार पारी “ शिक्षाप्रेमी मिलौं सव, सुन्दर पनौती शैक्षिक हव” निर्माणमा सहभागी गराइनेछ।
    • विद्यालयहरुको भवन निर्माण लगायतका ठूला योजनाहरु सम्वन्धित तालुक निकाय तथा दातृ संस्थासंगको समन्वयमा कार्य अघि वढाइनुको साथै विद्यालयका शौचालय, खानेपानी, सामान्य मर्मत सम्भार घेरावार, गार्डेन लगायतका कार्य नियमित रुपमा सन्चालन गरी विद्यालयलाई सफा, सुन्दर सुरक्षित र व्यवस्थित गरिनेछ।
    • शिक्षकको पेशागत विकासलाई मर्यादित वनाई सिकाई वातावरण सरल प्रविधि मैत्री वनाउन आवश्यकीय तालिम, कार्यशाला, अवलोकन भ्रमण, प्रदर्शनी जस्ता कार्यहरु सञ्चालन गरिनेछ ।
    • विद्यालयहरुमा एकिकृत शैक्षिक सूचना प्रणालीलाई व्यवस्थित गरी तथ्याङ्क सत्यापन र योजना निर्माण कार्यान्वयनमा विश्वसनियता कायम गरिनेछ । सो प्रणालीको प्रयोगवाट विद्यालयको अभिलेख व्यवस्थापन, परीक्षाफल प्रकाशन, सिकाई उपलब्धि विश्लेषण जस्ता कार्यमा प्रभावकारीता ल्याइनेछ ।
    • योजनावद्ध शिक्षण सिकाई शिक्षकको दायित्व, दैनिक कार्ययोजना र सिकाईमा स्थायीत्व भन्ने मर्मका साथ शिक्षक कार्यतालिका, विद्यार्थी मनिटर डायरी कार्यान्वयनलाई निरन्तरता दिइनेछ ।
    • सामुदायिक विद्यालयको सिकाई अभिवृद्धिको लागि थप सन्दर्भ सामग्री तथा रिमेडियल कक्षा सञ्चालन गरेका विद्यालयलाई प्रोत्साहनको व्यवस्था गरिनेछ ।
    • अभिभावक, शिक्षक र सरोकारवालाको साझेदारि, हाम्रो विद्यालय हाम्रो जिम्मेवारी भन्ने भावनाका साथ विद्यालयको सुधारमा लाग्न शैक्षिक सरोकारवालाहरु संग अन्तरक्रिया तथा अन्तरसम्वाद कार्यक्रम संचालन गरि शैक्षिक विकासमा सामुहिक योगदानको विकास गरिनेछ ।
    • हालसम्म क्यामपस तथा विद्यालयलाई दिईआएको अनुदान कार्यक्रमलाई सम्बन्धित संस्थाको विकास तथा सुधार योजना प्रस्ताव तथा कार्यविधिका आधारमा वितरण गरिनेछ ।

    युवा तथा खेलकुद सम्बन्धी नीति

    • स्वदेशमै स्वरोजगार सिर्जना गर्न युवाहरुका लागि प्राविधिक ज्ञान तथा सीपयुक्त छोटो, मध्यम तथा लामो अवधिका कार्यगत अभ्यास सहितको तालिमहरु सन्चालन गरिनेछ।
    • निर्माणधिन पनौती रंगशालाको व्यवस्थापन र स्तरोन्नती गर्ने कार्यलाई आवश्यक पहल गरिनेछ र सोको संरक्षण, सम्बर्द्धनको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
    • युवा तथा खेलप्रेमीको आव्हान, स्वस्थ जीवनशैली खेलक्षेत्रको साधन भन्ने भावनाका साथ परम्परागत रुपमा खेलिने खेलको संरक्षण तथा विभिन्न खेलकुद कार्यक्रमसंग सम्वन्धित प्रशिक्षण, प्रतियोगितात्मक कार्यक्रमको आयोजना गरिनेछ ।
    • वैदेशिक रोजगारीवाट फर्किएका युवायुवतीहरुलाई स्वदेशमै उद्यमशील वनाउन विशेष पहल गरिनेछ ।
    • माध्यमिक तहमा अध्ययनरत युवायुवतीहरुलाई उनीहरुको क्षमता र दक्षता अनुसार पेशा व्यवसाययुक्त सीप विकासतर्फ आकर्षित गर्न रोजगारी छनौटका विषयहरुमा वृत्ति परामर्श कार्यक्रम सञ्चालन गरिनेछ ।
    • नगरभित्रका संघ संस्था, युवाक्लवहरुलाई नगरको विकासमा भरपुर उपयोग गर्दै सुशासन र दिगो विकासका लागि परिचालन गरिनेछ ।
    • वडाहरुमा युवा क्लवहरु गठन गरी युवा क्लव मार्फत खेलकुद तथा सामाजिक गतिविधिहरु सञ्चालन गरि युवाहरुलाई सामाजिक उत्तरदायित्व वहन गर्न प्रेरित गरिनेछ ।
    • राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता लगायत अन्तरपालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय स्तरमा हुने खेलकुद प्रतियोगिताहरुमा युवा/विद्यार्थीहरुलाई सहभागिताको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
    • नेपाल स्काउट, जु.रे.स., ने.रे.सो, ईको क्लवहरु मार्फत युवा तथा विद्यार्थीहरुलाई संगठित, अनुशासित र सेवामुखी भावनाको विकास गर्न उत्प्रेरित गरिनेछ ।
    • विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालन तथा सहभागिताका लागि खेलकुद सामग्रीहरुको व्यवस्था मिलाइने छ ।
    • एक वडा एक खेलमैदानको अवधारणलाई निरन्तरता दिई वडास्तरमा आयोजना गरिने खेलकुद प्रतियोगितालाई आवश्यक समन्वय गरिनेछ ।
    • युवा लक्षित कार्यक्रमको लागि सीपयुक्त, रचनात्मक तथा सिर्जनात्मक कार्यक्रमहरुको आयोजना गर्न सरोकारवाला संघ संस्था तथा निकायहरुसंग आवश्यक पहल गरिनेछ ।
    • विदेशबाट फर्किएका युवायुवती लक्षित उद्यमशीलताको लागि उनिहरुले सिकेका सीपको उपयोग हुनेगरी रोजगारदाताहरुसंग समन्वयको लागि आवश्यक व्यवस्था मिलाइनेछ ।
    • युवाहरुलाई सामाजिक राजनितिक नेतृत्वको विकास गर्न नमुना युवा संसद अभ्यास कार्यक्रम संचालन गरिनेछ।
    • युवालाई सामाजिक उत्तरदायित्व वहन तथा निर्वाह प्रदान गर्न स्वयमसेवी रुपमा परिचालन गरिनेछ ।
    • खेलप्रेमी युवाहरुलाई संगठित गरि खेलकुद क्षेत्रको विकास बारे अर्न्तकृया कार्यक्रम संचालन गरिनेछ।
    • नगर क्षेत्रभित्र खेलकुदको विकासको लागि खेलकुद परिषद्को गठन गरिनेछ ।
    • युवा प्रतिभाको खोजी गरि प्रोत्साहन र सम्मानका कार्यक्रमहरु संचालन गरिनेछ।
    • युवा तथा खेलकुद क्षेत्रको विकासका लागि विभिन्न संघसंस्थाहरु सँग सहकार्य गर्नेगरि लगानी सम्मेलन आयोजना गरिनेछ ।

    स्वास्थ्य सम्बन्धि नीति

    • नगरबासीको मौलिक अधिकारको रुपमा आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने कार्यलाई सुनिस्चित गरिने छ ।
    • पनौती नगर अस्पताल संचालनमा ल्याइने छ । पनौती र कुशादेवी स्वास्थ्य चौकी लगायत अन्य स्वास्थ्य संस्थाको स्तरोन्नती गरिने छ ।
    • नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई प्रबिधि र पूर्वाधारयुक्त बनाइने छ  ।
    • “जेष्ठ नागरिक स्वास्थ्य सेवा” कार्यक्रम संचालन गरिने छ ।
    • स्वास्थ्य बिमा कार्यक्रम संचालनमा ल्याइने छ ।
    • घरमा सुत्केरी हुने संख्यालाई सुन्य बनाउन कार्यक्रम संचालन गरिने छ । नगर भित्रका बर्थिंग सेन्टरमा सुत्केरी हुने आमाहरुलाई थप प्रोत्साहित गरिने छ ।
    • नगरवासीको मोतियाविन्दुको निशुल्क सल्यक्रिया गर्ने व्यवस्था गरिने छ ।
    • चुरोट तथा सुर्तीजन्य पदार्थको उपभोगलाइ निरुत्साहित गर्न कार्यक्रम संचालन गरिने छ ।
    • महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुका लागि निशुल्क स्वास्थ्य बिमा कार्यक्रम संचालन गरिनेछ ।
    • स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुलाई प्रोत्साहित गरिने छ । भूमिकालाई प्रभावकारी बनाउन क्षमता अभिबद्धि कार्यक्रम संचालन गरिनेछ ।
    • आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ प्रभावकारी र गुणस्तरीय बनाउन पूर्वाधार विकास, नियमित औषधि उपकरण आपूर्तिको व्यवस्था गरिने छ ।
    • महामारी जन्य सर्ने रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक कार्यक्रमहरु संचालन गरिने छ | कुपोषणलाई समाप्त पर्न बहुक्षेत्रीय पोषण कार्यक्रम संचालन गरिने छ ।
    • विशेषज्ञ चिकित्सकबाट गर्भवती महिलाहरुको भिडियो X- Ray सहितको गर्भ जाँचको व्यवस्था गरिनेछ साथै सुत्केरी आमा, नवशिशु, बालबालिका, किशोर किशोरी तथा अपाङ्ग मैत्री स्वास्थ्य सेवा प्रवर्धन गरिने छ ।
    • नसर्ने रोग (NCD) र मानसिक रोगहरुको रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक कार्य गरिने छ ।
    • नेपाल सरकारले बिपन्न नागरिकहरुलाई तोकेको कडा रोगको उपचारका लागि थप रु. १००००/- सहयोग प्रदान गरिनेछ ।
    • नगर भित्रका सबै बालबालिकाहरुलाई सबै किसिमका खोप लगाइने छ र नगरपालिकालाई “पूर्ण खोप युक्त नगर” बनाइने छ ।
    • स्वास्थ्य सेवा प्रवाहलाई जवाफदेही बनाउदै सबै किसिमका स्वास्थ्य संस्थाहरुको नियमन गर्ने र निजि क्षेत्रसंगको समन्वयमा स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु संचालन गरिने छ ।
    • नेपाल सरकार र प्रदेश सरकारबाट संचालन गर्ने कार्यक्रम र अख्तियार गरिने स्वास्थ्य नीतिलाई समन्वयात्मक तवरले अघि बढाइने छ ।
    • नागरिक आरोग्य केन्द्रबाट योग लगायत जिबनउपयोगी स्वास्थ्य कार्यक्रम संचालन गर्दै नियमित औषधि आपूर्तिको व्यवस्था गरिनेछ ।
    • प्रयोगशाला सेवा, आँखा उपचार सेवा लगायत थप सेवा विस्तारका लागि कार्य गरिने छ ।
    • पनौती नगरपालिका क्षेत्रभित्र रहेका स्वास्थ्य संस्थाहरुमा आवश्यकता अनुसार बिशेषज्ञ डाक्टरहरुद्धारा परामर्श तथा अन्य सेवाहरु प्रदान गरिनेछ ।

    कृषि सम्बन्धी नीति

    • कृषकहरुलाई सकृय बनाउन अभिमुखिकरण, तालिम र समुह परिचालन गरि कृषि पेशालाई प्रत्साहन गरिनेछ ।
    • माटोको भौतिक गुणस्तर सुधार गर्नको लागि माटो जाँच गरि कृषिचुन निशुल्क वितरण गर्ने व्यवस्था मिलाईनेछ ।
    • विभिन्न वालिनालीमा लाग्ने माहामारिजन्य रोग तथा किराहरुको रोकथामका लागि आवस्यक ब्यावस्था गरिनेछ।
    • औंसा किरा नियन्त्रणको लागि क्षेत्रगत रुपमा किरा नियन्त्रणको लागि क्षेत्रगतरुपमा ५० प्रतिशत अनुदानमा प्रोटिन बेट वितरण गरिनेछ ।
    • नगरको कृषि तथा पशुपंछी सम्बन्धि कृयाकलाप लगाएत सूचनामुलक जानकारी गराउन साप्ताहिक रडियो कार्यक्रम संचालन गरिनेछ।
    • तरकारी तथा लहरे वालीलाई व्याबसायिकरण गर्न पकेट क्षेत्र निर्धारण गरिनेछ ।
    • आलु प्रर्वधनका लागि ५० प्रतिशत अनुदानमा आलु वाली पकेट क्षेत्र निर्धारण गरिनेछ ।
    • महिलाहरुलाई कृषिमा आत्मनिर्भर गराउनका लागि महिला लक्षित कार्यक्रम निशुल्क संचालन गरिनेछ ।
    • विषादी न्युनिकरण गर्नको लागि नगरभित्र रहेका एग्रोभेटहरुको अनुगमन गरिनेछ ।
    • प्रविधि विकास गर्नका लागि थोपा सिंचाई र मल्चिङ्ग प्रविधि प्रतिशत अनुदानमा कार्यक्रम संचालन गरिनेछ ।
    • कृषि सम्बन्धि हेल्प डेक्स कार्यक्रम प्रत्येक महिनाको १ दिन वडामा संचालन गरिनेछ।
    • नयाँ प्रविधि र क्षमता विकास गर्नका लागि कृषक भ्रमणको ब्यवस्था मिलाइनेछ।
    • कृषकहरुका हितका लागि वडाको मागको आधरामा कार्यक्रम संचालन गरिनेछ ।
    • कृषिसेवालाई टेवा पुग्ने गरी कृषि सहकारी संस्थाहरु सँग समन्वय गरि तालिम गरिनेछ।
    • कृषकहरुलाई फलफूलमा व्याबसायिकरण गराउन अनुदानका कार्यक्रमहरु संचालन गरिनेछ ।
    • नगरभित्र उत्पादन भएका तरकारीजन्य बस्तुहरुलाई सुरक्षित राख्नको लागि शितभण्डारणको व्यवस्था गरिनेछ।
    • कृषकहरुलाई उत्पादनमा प्रोत्साहान गर्नकालागि उत्पादनको आधारमा अनुदान / प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ  ।
    • कृषकहरुद्धारा उत्पादित फलफूल, तरकारी, दुग्धजन्य पदार्थ आदि बस्तुहरुको प्रदर्शन तथा विक्रि वितरणकालागि पायक पर्ने ठाउँहरुको पहिचान गरि कृषि बजार / हाट बजार संचालनको सुरुवात गरिनेछ ।
    • पनौती नगरपालिका क्षेत्रमा उत्मापदन हुने गुणस्तरयुक्त आलु उत्पादन व्यवसाय प्रवर्धनका लागि उपयुक्त समयमा आलु महोत्व गरिनेछ ।
    • कृषिमा आत्मनिर्भर बनाउनका लागि बाझो जमिन नराख्ने नीति अख्तियार गरि प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ ।

    पशु विकास सम्बन्धी नीतिहरु

    १ पशुपन्छीमा लाग्ने महामारीजन्य तथा अन्य रोगहरुको नियन्त्रण तथा रोकथामको लागी आवश्यक व्यवस्था गरिनेछ ।

    २ प्रत्येक वडाको एक निस्चित स्थानमा प्रत्येक महिनाको १ दिन कृषि तथा पशुपन्छी सम्वन्धि हेल्प डेक्स कार्यक्रम सन्चालन गरिनेछ ।

    ३ भैसी सुत्केरी भत्ता र कृषि तथा पशुपन्छी वीमा प्रिमियममा अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ ।

    ४ पशु आहारा गोठ खोर व्यवस्थापन तथा नश्ल सुधारको लागी उचित प्रजनन व्यवस्थापन गरिनेछ ।

    ५ रेविज रेग नियन्त्रणका लागी विभिन्न क्रियाकलापहरु सन्चालन गरिनेछ ।

    ६ कृषकहरुको वर्गिकरण गरि कृषक परिचयपत्र वितरणको लागि आवश्यक मापदण्ड तयार गरि कृषक परिचयपत्र वितरण गरिनेछ ।

    ७ पशुपन्छी पालनका नविनतम प्रविधि एव विषयगत ज्ञान सिपको प्रसार गर्न वडागत एव नगर स्तरिय तालिम गोष्ठी एव ब्रोसरहरु प्रकाशन गरिनेछ ।

    ८ नगरको कृषि तथा पशुपन्छी सम्वन्धी क्रियाकलाप लगाएत सूचना मूलक जानकारी गराउन साप्ताहिक रेडियो कार्यक्रम सन्चालन गरिनेछ ।

    ९ नगरपालिकाले वितरण गर्ने कृषि विकास र पशुपन्छी विकासमा प्रयोग हुने यन्त्र उपकरण लगाएतका सामाग्री ५० प्रतिशत अनुदानमा उपलब्ध गरिनेछ ।

    १० नगरस्तरिय पशुपन्छी प्रयेगशाला सहितको अस्पताल संन्चालन गर्न अवश्यक पहल गरिनेछ ।

    ११ कृषि तथा पशु सेवाका क्षेत्रलाई अधुनिकता र व्यववसायीकतालाइ विभिन्न निकाय सम्म पूर्याउन विभिन्न दिवस मेला महोत्सवहरु संन्चालन गरिनेछ ।

    १२ शिक्षा स्वास्थ्य शाखासंगको समन्वयमा विद्यालय शिक्षा कार्यक्रम मार्फत बिद्यार्थीहरुलाइ जुनोटिक रोग (पशुबाट मानिसमा सर्ने रोग) बारे जानकारी गराउने कार्यक्रम सन्चालन गरिनेछ ।

    १३ पशुहरुको उपचारमा अवश्यक सामान्य औषधीहरु वितरण गरिनेछ ।

    १४ दुधको उत्पादन लागत घटाउन गुणस्तरिय दुध उत्पादन वृद्वि गर्न अवश्यक कार्यक्रमहरु सन्चालन गरिनेछ ।

    १५ पशुपन्छी पालनमा आकस्मिक रुपमा सन्चालन गर्नुपर्ने कार्यक्रमहरु संन्चालन गर्न अवश्यक व्यवस्था गरिनेछ ।

    १६ पनौती नगरक्षेत्र भित्र रहेका भैसीं पकेट क्षेत्रहरुमा नश्ल सुधारका लागि स्रोत उपलब्धताका आधारमा उन्नत जातका राँगाहरु वितरण गरिनेछ ।

    महिला तथा बालबालिका सम्बन्धि नितिहरु

    • पनौती नगरपालिका महिला तथा बालबालिका शाखाले व्यक्तित्व विकासका नियमित अवसरबाट बंचित बिपन्न महिला, ज्येष्ठ नागरिक,अपाङ्गता भएका व्यक्तिहरुको बहुआयमिक सशक्तिकरणका लागि बैकल्पिक अवसर श्रृजना गर्न प्रभावकारी रुपमा सेवा प्रवाह प्रदान गरिनेछ ।
    • अभियान,अभिमुखिकरण तथा दिवसीय कार्यक्रमको माध्यमबाट अधिकार प्राप्ति गर्न सचेतना जगाउने कार्यक्रमहरुमा जोड दिईनेछ ।
    • सीपमुलक,व्यवसायीक कार्यक्रम र क्षमता विकास कार्यक्रम वडा वडाबाट माग भए अनुसार संचालन गरि एकल महिला तथा महिला सशक्तिकरणमा जोड दिईनेछ ।
    • बालबालिकाहरुलाइ सुरक्षा, संरक्षण तथा पारिवारिक पुर्नमिलन गर्न सहयोग हुने किसिमका कार्यक्रम संचालनमा जोड दिईनेछ ।
    • लघु उद्मशिलता विकासको क्षेत्रमा स्थानीय श्रोत साधन प्रयोगबाट कार्यक्रम संचालन गरि व्यवसायीकरणको माध्यमबाट महिलाहरुको आर्थिक सशक्तिकरणमा जोड दिईनेछ ।
    • अपाङ्गता भएका व्यक्तिहरुको मर्यादित र आत्मानिर्भर जीवन निर्माणको लागि क्षमता विकास, आयआर्जन, सहायता सामाग्री वितरण तथा सीपमुलक कार्यक्रममा जोड दिईनेछ ।
    • ज्येष्ठ नागरिक अन्तरपुस्ता सीप हस्तान्तरणको माध्यमबाट ज्येष्ठ नागरिकका ज्ञान, सीप र अनुभवलाई समृद्ध नगर निर्माणका लागि उपयोग गर्दै ज्येष्ठ नागरिकलाई अनुभवका खानीका रुपमा सम्मान र संरक्षण प्रदान गर्ने कार्यक्रममा जोड दिईनेछ ।
    • लैङ्गिक तथा घरेलु हिंसा, छुवाछुत भेदभाव लगायतका सामाजिक विकृती रोकथाम तथा न्यूनिकरण साथै लैङ्गिक हिंसा प्रभावित व्यक्तिलाई तत्काल उद्धार, पुनस्थापना, राहात, कानुनी परामर्श, न्याय निरुपण सम्बन्धी कार्यक्रम र लैङ्गिक हिंसा निवारण कोषलाई निरन्तरता दिईनेछ ।
    • दलित, एकल, अपाङ्गता, जनजाती र ज्येष्ठ नागरिक नगर तथा वडा स्तरमा समिति/परिषद् गठन गरि लक्षित कार्यक्रम तयारी र संचालनमा प्रभावकारी भूमिका निर्वाहमा मद्धत पु-याइनेछ ।
    • जेण्डर अडिटको माध्यमबाट पनौती नगरपालिकामा संचालित कार्यक्रमको अवस्था विश्लेषण भई मार्गदर्शन प्रदान गरिनेछ ।
    • विउपूजी परिचालन कोषलाई निरन्तरता दिईनेछ ।
    • बालमैत्री अभियानको प्रवर्धनको लागि बालमैत्री दिगोपनाका कार्यक्रमहरु सञ्चालन गरिनेछ ।

    बालमैत्री स्थानीय शासन पद्धती सम्बन्धी नीति

    • बालमैत्री अभियानलाई टिकाई राख्न १२ वटै वडाहरुका बालमैत्री लगानी योजना कार्यान्वयनको लागि स्रोत उपलब्धताका आधारमा बजेट बिनियोजन गरिनेछ ।
    • बालमैत्री स्थानीय शासन प्रणाली दिगोपनाका लागि आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने निति अबलम्बन गरिनेछ ।
    • पनौती नगरपालिकालाई बालमैत्री सिकाई केन्द्रको रुपमा बिकास गरिनेछ ।
    • अन्तराष्ट्रिय श्रम संगठन (ILO) संगको सहकार्यमा आ. ब. ०८००८१ भित्र नगरपालिकालाई बालश्रम मुक्त नगरपालिका घोषणा गरिनेछ ।
    • अपाङ्गता भएका, बाबुआमाविहीन र अनाथ बालबालिकाको संरक्षण र शिक्षाको पहुँच सुनिश्चित गरिनेछ ।
    • सडक बालबालिकालाई शून्य बनाउने, बालविवाह निरुत्साहन र निराकरण गर्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
    • बालमैत्री उद्यानहरूको स्थापना तथा व्यवस्थित गरिनेछ।
    • बालमैत्री शिक्षा तथा सिकाई प्रणालीलाई प्रबर्द्धन गरिनेछ ।
    • समुदाय केन्द्रित बालक्लब स्थापना तथा प्रबर्द्धनका लागि बालबालिकालाई उत्प्रेरित गरिनेछ ।
    • विपन्न परिवारका बालबालिकाको शैक्षिक सुनिश्चितताको लागि सहयोग गरिनेछ।
    • बालअधिकार समितिलाई पूर्णरूपमा क्रियाशील बनाई बालकल्याणका कार्यहरु गरिनेछ।
    • बालमैत्री अभियान अर्न्तगत नगरको बाल बस्तुगत बिवरण तथा बालबालिकाको लगानी योजनालाई अद्याबधिक गरिनेछ ।
    • बाल अधिकारका लागि एकिकृत नीति तयार गरिनेछ ।
    • बाल अधिकार समिति गठन सम्बन्धी निर्देशिका लाई आवश्यकता अनुसार संशोधन गर्ने ब्यबस्था मिलाईनेछ ।
    • नगरपालिका बाट बालश्रममुक्त गरि सो कार्यलाई टिकाईराख्न बालश्रममुक्त घोषणा कार्यबिधी तयार गरिनेछ। बालबालिकाको क्षेत्रमा समग्र बिकासको लागि एकिकृत पञ्चबर्षिय रणनीतिक योजना तयार गरिनेछ।
    • सामाजिक बिकासको क्षेत्रमा सहयोग पुर्याउन राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थासंग सहकार्यको लागि हातेमालो सम्मेलन आयोजना गरिने छ ।

    पूर्वाधार विकास सम्बन्धी

    • नगर सिमा नाकाका मुख्य सडक खण्डको प्रबेश बिन्दुमा स्वागत बोर्डका साथै त्यस क्षेत्र वरपरका महत्वपूर्ण स्थानहरुको जानकारीमूलक बोर्ड तथा पनौती बसपार्कमा नगरका महत्वपूर्ण स्थानहरुको दुरीसहितको जानकारीमूलक बोर्ड राखिने छ।
    • नगरपालिका सिमा जोड्ने प्रमुख सडक खण्डहरु पक्की बनाई सडक किनारामा बिरुवा रोपी हरियाली कायम गरिनेछ ।
    • गत विगत बर्षदेखि सुरु भई अधुरो रहेका योजनाहरुलाई पहिलो प्राथमिकता दिई थप योजनाहरुमा बजेट विनियोजन गरिनेछ।
    • रु. १० लाख भन्दा माथिका भौतिक निर्माण सँग सम्बन्धित योजनाहरु ठेक्का प्रक्रियाबाट संचालन गरिनेछ ।
    • पनौती बसपार्कमा हाल भई रहेका सम्पूर्ण पुराना भबनहरु हटाई स्मार्ट शौचालय सहितको अत्याधुनिक सुबिधा सम्पन्न बसपार्क संघिय तथा प्रदेश सरकारसँगको सहयोग तथा समन्वयमा निर्माण गरिनेछ ।
    • पनौती क्षेत्रीय रंगशालामा निर्माण सम्पन्न भएका संरचनाहरुलाई संचालनमा ल्याई बाँकी निर्माण कार्यलाई शहरी विकास तथा भवन निर्माण विभागसँगको समन्वयमा पूर्णता दिईनेछ ।
    • बारुण यन्त्र तथा अन्य बिपद ब्यवस्थापन संग सम्बन्धित यन्त्र तथा सामग्रि खरिद गरी तीन बटै सुरक्षा निकायको समन्वयमा संचालनमा ल्याई बिपद जोखिम न्यूनिकरण तथा नियन्त्रणलाई ब्यवस्थित गरिनेछ ।
    • भविष्यमा आइपर्ने विपद्को व्यवस्थापन र पूर्व तयारीको लागि हरेक वडामा विपद व्यवस्थापन कोषको स्थापना लगायत व्यवस्थापनको लागि चाहिने उपकरण, औजार एवं दस जनशक्ति सहितको द्रुत सहायता कक्षको स्थापना गरिनेछ ।
    • नगर चक्रपथ निर्माणको लागि भएको सम्भाब्यता अध्ययनको आधारमा नगर चक्रपथ निर्माणको डि.पि.आर. तयार गरि कार्यान्वयनको लागि आवश्यक बजेट विनियोजन गरि कार्य थालनी गरिने छ ।
    • पनौती नगरपालिकाको पहिचानको रुपमा रहेको रोशी तथा पुण्यमाता नदिलाई सौन्दर्यीकरण गरि आकर्षक बनाईनेछ । संघ तथा प्रदेश सरकारमा योजनाहरु माग गर्दा नगर गौरवका योजनाहरुलाई प्राथमिकतामा राखी विस्तृत योजना प्रतिवदन सहित माग गरिनेछ ।
    • हाल पूर्वाधार निर्माणमा प्रयोग हुँदै आईरहेको प्लम वाल प्रबिधिलाई आगामी आ.ब. देखि ड्रेनमा मात्र अपनाई अन्य बाल निर्माण कार्यमा डिजाइनले दिएसम्म मेसीनरी बाल प्रबिधि अपनाउन प्रोत्साहित गरिनेछ ।
    • आगमी बर्षदेखि प्रमुख उपप्रमुखको उपस्थितिमा निर्माण ब्यवसायी, प्राविधिक कर्मचारीहरु तथा योजना संचालन हुने वडाका जनप्रतिनिधिहरुको सहभागितामा योजनाको बिषयमा अभिमुखिकरण कार्यक्रम संचालन गरि योजनाको बिषयमा सुसुचित गरिनेछ ।
    • पूर्वाधार निर्माणको कार्यलाई अझ गुणस्तरीय र पारदर्शी बनाई दिगो बनाउन बिभिन्न प्राविधिक अध्ययन संस्थानहरुसँग समझदारी गरि योजना सुपरिवेक्षण कार्यको लागि विद्यार्थीहरुलाई अन द जव ट्रेनिङ्ग अन्तर्गत परिचालन गरिनेछ।
    • नगरभित्रका विद्यालयहरुमा आगामी बर्ष संचालन हुने पूर्वाधार सम्बन्धी योजनाहरुको जानकारीका साथै न्यूनतम प्राविधिक जानकारी सम्बन्धी अभिमुखिकरण कार्यक्रम संचालन गरिने छ।नगर भरी भएका विकास निर्माण कार्यको गुणस्तरीयता मापनको लगि नगरपालिकाले नै गुणस्तरीयता जाँच सम्बन्धी ल्याब संचालनमा ल्याउन संभाब्यता अध्ययन गरि कार्य अगाडी बढाईनेछ ।
    • पर्यटन पूर्वाधार विकास अन्तर्गत साईकल ट्रयाक, ट्रेकिङ ट्रेल, बहुउद्धेश्यीय पार्क निर्माण लगायतका पर्यटन पूर्वाधार विकासको सम्भाब्यता अध्ययन गरि अन्तर वडा प्रतिस्पर्धाको आधारमा नगर र वडाको साझेदारीमा निर्माण कार्य अगाडी बढाई आन्तरीक तथा बाह्य पर्यटकहरु आकर्षित गरिनेछ ।
    • आगामी आ.ब. पर्यटन पूर्वाधार निर्माण बर्षको रुपमा कार्यक्रम ल्याईनेछ ।
    • प्रमुख सडक अवरुद्ध हुने ठूला खाडल पर्ने, बिग्रने एवम् भत्कने समस्याहरूको यथासक्य छरितो समाधानको लागि भएको साधन स्रोतको अधिकतम् उपयोग गरी सडक संचालनको लागि उचित प्रबन्ध मिलाइनेछ ।
    • एक घर एक खानेपानी धारा कार्यक्रम मार्फत शुद्ध खानेपानीको पहुँच वृद्धि गरिनेछ ।
    • नगरका मुख्य सडकहरूमा पैदल यात्रीहरूको सहज आवागमनका लागि अपाङ्गमैत्री समेतलाई समेट्ने गरि फुटपाथ निर्माणको थालनी गरिने छ ।
    • कुनै पनि सार्वजनिक निर्माण कार्य गर्दा अपाङ्गमैत्री, वातावरणमैत्री, बालमैत्री, जेष्ठ नागरिक मैत्री संरचनाको ढाँचामा निर्माण गरिने छ।
    • सहरको सौन्दर्यता कायम गर्न पाइलट प्रोजेक्टका रूपमा बसपार्क, त्रिवेणीघाट तथा बजार क्षेत्रका विजुली लगायतका पोल तथा तारहरूको व्यवस्थापन गर्न बजेटको व्यवस्थापन गरिनेछ।
    • नयाँ ट्र्याक निर्माणलाई भन्दा निर्माण भई सकेका सडकहरूको स्तरोन्नति कार्यलाई प्राथमिकता दिइनेछ ।
    • शहरी खानेपानी तथा सरसफाई परियोजना अन्तर्गत स्वीकृत भएको ढल तथा ढल प्रशोधन केन्द्र निर्माण तथा विस्तार कार्यको विस्तृत अध्ययन कार्य तत्काल सम्पन्न गरि कार्यान्वयन गर्न आवश्यक बजेट तथा पहल गरिने छ।
    • सुनसान देखिएको संरक्षित स्मारक क्षेत्रलाई चलायमान गरि आर्थिक कारोबारमा सुधार गरि जिवन्त राख्न पनौती बजारलाई खुल्ला संग्रहालयको रूपमा विकास गर्न आवश्यक कार्यको थालनी गरिने छ।
    • जथाभावी पम्प्लेट पर्चाहरू टाँसी फोहोर गर्ने कार्यलाई निरुत्साही गरि निश्चित स्थानहरूमा मात्र सूचनाहरू दिने कार्य गर्नका लागि आवश्यक पूर्वाधारको व्यवस्थापन गरिने छ ।
    • बसपार्क, पनौती बजार क्षेत्र, नगरपालिका आउने मुख्य सडक जस्ता बढि मानिसहरूको आवागमन हुने क्षेत्रलाई चौविसै घण्टा सफा राख्न आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन गरिने छ।
    • बिजुली, टेलिफोन, इन्टरनेट आदिलाई भूमिगत गराउन सम्बन्धित संघ संस्थासंग समवन्य गरी कार्य आरम्भ गरिनेछ ।
    • हाल प्रयोगमा नआएका सार्वजनिक भवन र भौतिक पूर्वाधारहरूको संरक्षण, मर्मत सम्भार गरी समाजिक प्रयोजनका लागि प्रयोग गरिनेछ ।
    • विभिन्न पार्कहरु संचालन व्यवस्थापन गर्न विभिन्न संघ संस्था, निजि क्षेत्र लगायतलाई आब्हान गरि व्यवस्थित गर्ने कार्य थालनी गरिने छ।
    • उत्कृष्ठ उपभोक्ता समिति पुरस्कारलाई निरन्तरता दिई आगामी बर्षदेखि वडामा संचालन हुने योजनाहरुको गुणस्तर, कार्य सम्पन्न भएको अवधि लगायतका आधारमा उत्कृष्ठ काम हुने वडाहरु विच प्रतिस्पर्धा गराई उत्कृष्ठ काम हुने वडालाई थप प्रोत्साहन स्वरुप थप बजेटको व्यवस्थापन गरिने छ।
    • नगरका सम्पूर्ण वडा केन्द्रहरुलाई पक्की सडकले जोडिइने छ।

    १. सम्रक्षित स्मारक क्षेत्रलाई विश्व सम्पदामा सुचिकृत गर्ने

    २. सरसफाई तथा वातावरण

    ३. जात्रा पर्व मेला व्यवस्थापन

    ४. ऐतिहासिक धार्मिक पुरातात्वक संरचना संरक्षण

    • विश्व सम्पदा सुचि सुचिकृत समन्वय समिति गठन
    • विभिन्न चरणमा स्थानीय बुद्धिजिवि, विभिन्न संघ संस्था संग छलफल
    • पुण्यमाता र रोशी खोला पुर्णरुपमा सफा गरि स्नान योग्य बनाउने
    • खोलाको किनारमा पार्क निर्माण गर्ने
    • चलिरहेका जात्रा पर्व मेला लाई निरन्तरता दिने
    • लोप भएका पर्व पुजा जात्रा आदी लाई पूर्ण सुचारु गर्न पहल गर्ने
    • न.पा.भित्र रहेका मठमन्दिर रंगरोगन तथा सरसफाई
    • निजि आवास पोत्साहन भत्ता निति अगाडी बढाउने
    • प्रचार प्रसार तथा प्रर्वद्धन
    • जग्गा व्यवस्थापन

    वन, वातावरण सम्बन्धी नीति

    • लायकु दरवार व्यवस्थापन एंव चित्रण परम्परागत निर्माण सम्बन्धी तालिम  सुचना केन्द्र निर्माण सम्पदा क्षेत्र लाई खुल्ला संग्रहलयको रुपमा विकास गर्ने
    • गुठी तथा सार्वजनिक जग्गा पहिचान गर्ने र संरक्षण गर्ने
    • फोहोरमैला ब्यबस्थापन गुरुयोजना निर्माण गरि फोहोरमैलाको दिर्घकालिन ब्यबस्वस्थानको उपायको खोजि गरिनेछ ।
    • पनौती नगरपालिकामा रहेका सामुदायिक वनको श्रोत सर्वेक्षण र वन मापनमा सहजिकरण गरिनेछ ।
    • घरमा उत्पन्न हुने फोहोर वर्गीकरणको लागि नगरवासीहरुलाई प्रोत्साहित गर्ने तथा नीजि क्षेत्रको साझेदारीमा व्यवस्थापन कार्य गरिनेछ ।
    • पर्यावरण तथा वातावरण संरक्षणका महत्वपूर्ण जलाधार क्षेत्रको संरक्षणका लागि गुरुयोजना तयार गर्ने ।
    • सबै नागरिकको स्वाथ्यमा ध्यान राखी (WASH ) स्वच्छता शुद्धता तथा सरसफाई सँग सम्बन्धित क्रियाकलाप संचालन गर्ने ।
    • स्थानिय समुदाय, आदिवासी, जनजाति, महिला, दलित, युवा आदिको परम्परागत तथा प्राविधिक ज्ञान, सीप अभिबृद्धि गरि वनजन्य स्रोतको उपयोगमा अभिवृद्धि गर्दै आयस्तरमा टेवा पुग्ने कार्यक्रम संचालन गरिनेछ उद्मम स्थापनागर्न सहजिकरण गरिनेछ ।
    • बन कार्ययोजना निर्माण, नवीकरण, आवधिक निर्वाचन, लेखा परिक्षणलाई नियमित बनाउन सहयोग पुऱ्याईनेछ जडिबुटी खेतिको सम्भाव्यता अध्ययन गरिनेछ ।
    • यस नगरपालिका क्षेत्रभित्रको फोहोरमैलालाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न विभिन्न संघ संस्था सँग सार्वजनिक नीजि साझेदारी अन्तर्गत आपसी सहकार्य गर्ने कार्य अगाडी बढाइनेछ ।
    • फोहोर मैला व्यवस्थापन गर्न फोहोरमैला व्यवस्थापन ऐनले गरेको व्यवस्थालाई प्रभावकारी बनाई जैविक र अजैविक फोहोर छुट्याने, अजैविक फोहोर मात्र संकलन गर्ने, जैविक फाहोरबाट कम्पोष्ट मल बनाउने एवं फोहोर व्यवस्थापनलाई विकेन्द्रित गरी शहरी क्षेत्र फोहोर मुक्त बनाउन आवश्यक कृयाकलाप अघि वढाउनेछ ।
    • फोहरमैला ब्यबस्थापनको दिर्घकालिन समाधानका लागि नीजि क्षेत्रसंगको साझेदारीमा ब्यवसायिक योजना अधि बढाइनेछ ।
    • फोहरमैला ब्यबस्थापनमा अत्यन्त सघाउ पुग्ने 3P र कम्पोष्ट बनाउने कार्यमा आवश्यक यान्त्रिकरण गरिनेछ  ।
    • हालको ब्यवस्थापन स्थललाई संभाब्यताका आधारमा विकेन्द्रित गर्ने निति अख्तियार गरिनेछ ।
    • शहरी क्षेत्र र घना बस्तीहरुमा तालिका निर्धारण गरी फोहर संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ।
    • पनौती बजार क्षेत्रमा साविकदेखि हुदै आएको दैनिक सरसफाई कार्यलाई थप ब्यवस्थित बनाइनेछ ।
    • फोहरमैला ब्यवस्थापनबाट प्रत्यक्ष लाभ लिने नगरवासीहरुसंग साविकमा लिइदै आएको सरसफाई शुल्क यथावत राखिनेछ। जथाभावी सार्वजनिक क्षेत्र खोलानाला, चौर, उद्यान, सडक, चोक, गल्लीमा फोहरमैला गर्ने, थुपार्नेलाई फोहरमैला ब्यबस्थापन ऐन बमोजिम हुने कार्यवाहि बारे सतर्क गराउदै सावधान गराईनेछ।
    • वन, वनस्पति, वन्यजन्तु, चराचुरुङ्गी, वन पैदावार, खानी, जलस्रोत, भूमि, जडिबुटी, ऊर्जाको संभावना पहिचान गरी सर्वेक्षण गर्ने र सूचीकृत गर्ने, पार्क, पोखरी, उद्यान, वृक्षारोपण, प्लाष्टिक न्यूनीकरण जस्ता कार्यमा प्रभावकारीताका लागि टोल विकास संस्था मार्फत थप कार्य गरिनेछ ।
    • जलवायु परिवर्तनको सामना र प्रकोपको जोखिम नियन्त्रण गर्न आवश्यक संरचनाको निर्माणका लागि युवाहरुलाई प्रयोगात्मक र प्राविधिक सिपमूलक तालिम दिई रोजगारीको सृजना गर्ने,पानीको स्रोतको संरक्षणका लागि प्रत्येक वडामा वृक्षारोपण, पोखरी, जस्ता रैथाने प्रविधिलाई प्रवर्द्धन गर्ने, अनिवार्य वातावरणीय मापदण्ड अनुरुप संरचना निर्माण गरिनेछ ।
    • ‘डिबुटीयुक्त घर, स्वस्थ गाउँ सहर’ अभियान संचालन गरिनेछ।
    • नगरपालिकाकामा सञ्चालित बिद्यालयहरुलाई वातारणमैत्री बिद्यालय बनाउन हाम्रो बिद्यालय वातावरणमैत्री बिद्यालय अभियान सञ्चालन गरिने छ ।
    • बिभिन्न बिश्वबिद्यालयहरु संग सहकार्य गरि वातावरण बिज्ञान एवं बन बिज्ञान तथा जलबायु परिबर्तन लगायतका बिषयमा अनुसन्धान गर्ने ब्यबस्था मिलाईनेछ ।
    • बन, वातावरण तथा फोहोरमैला ब्यबस्थापन लगायतको क्षेत्रमा कार्य गर्ने संघ संस्थाको पहिचान र सहकार्यको लागि श्रोत नक्सांकन गरि सहकार्य गर्ने नीति लिईनेछ ।
    • नगरपालिका क्षेत्रका खोलाहरुमा हरियाली प्रबर्द्धन गर्ने कार्य अघि बढाईनेछ ।
    • नमुनाको रुपमा खोलाको किनारमा साईकल लेन निर्माण गरिनेछ ।

    पर्यटन बिकास सम्बन्धी नीति

    • पनौती नगरपालिकाको पर्यटन सम्बन्धी गुरुयोजना तयार गरि कार्यान्वयन गर्ने ब्यबस्था मिलाईनेछ ।
    • एतिहासिक पनौती बजार, इन्द्रेश्वोर मन्दिर तथा घाट क्षेत्रलाई सौन्दर्यकरण गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गर्ने कार्यक्रमका लागि सबै धार्मिक तथा पर्यटकिय क्षेत्रको सहज भ्रमण गर्न आबश्यक पूर्वधार तथा सुबिधाहरु उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाईनेछ ।
    • पनौती नगर क्षेत्र भित्र रहेको पुरातात्विक महत्वका सम्पदाहरुलाई संरक्षण गर्दै विश्व सम्पदा सूचीमा सुचिकरणका लागि आवश्यक पहलकदमी लिइनेछ । साथै सम्पदा मैत्री घर तथा भौतिक संरचना निर्माण प्रोत्साहनलाई निरन्तरता दिइ धार्मिक सांस्कृतिक एवं पर्यटकीय नगरको रुपमा विकास गरिनेछ ।
    • पर्यटकीय क्षेत्रलाई पकेट क्षेत्रका रुपमा विकास गर्न संचालन हुने तारे होटल / रिसोर्ट जिपलाइन बञ्जी जम्प लगायतका क्षेत्रको प्रर्वद्धनका लागि पहुँच मार्ग, खानेपानी, विद्युत, एवं थप पूर्वाधारको विकास गरिनेछ।
    • व्यवस्थित पिकनिक स्थलहरु निर्माण गरी पर्यटकहरु लाई आकर्षण गरिनेछ ।
    • आन्तरिक पर्यटनको प्रर्वद्धन गर्न आवश्यक कार्ययोजना बनाई लाकुरी भञ्ज्याङ्ग – पनौती- बल्थली लगायतका क्षेत्रमा साईक्लिङ्ग रुट र क्रस कन्ट्री साईकिङ्ग मार्गको प्रचार प्रसार समेत गर्ने व्यवस्था मिलाईनेछ ।
    • चरा संरक्षणका लागि आवश्यक कार्यबिधी तयार गरि कार्यान्वयनमा ल्याईनेछ।
    • आन्तरिक एवं बाह्य पर्यटनको प्रर्वद्धनार्थ पनौती ११ स्थित लडकु खोलाको बिभिन्न स्थानमा साना ठूला बाधहरु निर्माण गरि सफा पानीमा पौडी खेल्ने व्यवस्था मिलाईनेछ ।
    • पर्यटकलाई आवश्यक सूचना प्रवाहमा थप सहजताका लागि पर्यटन सूचना केन्द्रलाई ब्यबबस्थित तवरले सञ्चालन गर्ने नीति लिईनेछ ।
    • पर्यटन प्रवर्द्धनमा सहयोग पुऱ्याउन पर्यटन मैत्री शौलयय ( स्मार्ट शौचालय ) को व्यवस्था गरिनेछ ।
    • पर्यटन गन्तब्यको प्रकाशन, प्रशारणको र Tourist Guide को प्रबन्ध गरिनेछ ।
    • पर्यटकको बसाई लम्ब्याउन विभिन्न हाईकिङ्ग रुटको पहिचान र विकास गरिनेछ ।
    • पर्यपर्यटनमा जोड दिईनेछ ।
    • हाईकिङ्ग ट्रेलको विकास विस्तार र प्रचार गरिनेछ।
    • प्याराग्लाईडिङ्ग, रक क्लाईम्बिङ्ग, साईक्लिङ्ग, क्रस कन्ट्री डाउनहिल जस्ता साहसिक खेलजन्य गतिविधिको प्रवर्द्धन गरिनेछ ।
    • होमस्टे प्रवर्द्धन नियमन गर्ने व्यवस्थालाई थप प्रभावकारी बनाई होमस्टे ब्यबसायलाई प्रबर्द्धन गर्ने नीति लिईनेछ ।
    • पर्यटकस्तरका होटल व्यवसायीहरु बीच समन्वय कायम गरिनेछ ।
    • स्थानीय मौलिक संस्कृतिलाई जर्गेना गर्दै त्यस्ता साँस्कृतिक सम्पदा र गतिविधिलाई पर्यटनसँग जोडि आवश्यक कार्य गर्ने व्यवस्था मिलाईनेछ ।
    • पर्यटन प्रवर्द्धनका लागि धार्मिक केन्द्रहरु लडकेश्वर, फूलचोकी, भालेश्वर, इन्द्रेश्वर, त्रिवेणीघाट परिसर लगायत निर्माणाधिन बहुचर्चित आदित्य मोक्षधान क्षेत्रहरुको प्रचार प्रसार गरि धार्मिक पर्यटन आवागमनमा बृद्धि गरिनेछ। व्यवस्थित पिकनिक स्थलहरु निर्माण गरी पर्यटक आकर्षण गरिनेछ  ।
    • आवश्यक कार्यबिधी बनाई पनौती संग्रहालय सञ्चालन ब्यबस्थापन गरिनेछ।
    • पर्यटन संग सम्बधित डकुमेन्ट्री निर्माण गरिनेछ ।
    • पिकनिक स्पोर्ट सञ्चालन का लागि बिषेश अभियान सञ्चालन गरिने छ।
    • आवश्यक नीति / कार्यबिधी बनाई पनौती पर्यटन बिकास केन्द्र लगायत पर्यटकिय गतिबिधी सञ्चालन गर्ने संघ संस्थाहरुलाई ब्यबस्थित गरिनेछ ।
    • पर्यटन क्षेत्र लाई सरसफाई क्षेत्रसंग अर्न्तसमन्वय हुनेगरि कार्य अघि बढाईनेछ ।

    सहकारी सम्बन्धि नीतिहरु

    • सहकारी संस्थाहरुको सबलीकरण र सुदृढिकरण गर्न सहकारी एकिकरण प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईनेछ । संकटग्रस्त सहकारीलाई संघ र प्रदेशको समन्वयमा प्रभावकारी व्यवस्थापनका लागि आबश्यक पहल गरिनेछ ।
    • स्थानीय उत्पादनलाई बजारीकरण गर्न सहकारी बजारको निर्माण तथा प्रदर्शनीका कार्यक्रम ल्याईनेछ ।
    • स्थानीय उत्पादन वृद्धि, रोजगारी सृजना र गरिबी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रवर्धन गरिनेछ ।
    • सहकारी तथा गरिबी निवारण सम्बन्धि व्यवस्थापन सूचना प्रणालीमा आवद्ध नभएका सबै सहकारी संस्थाहरुलाई सो कार्यक्रममा अनिवार्य रुपमा आवद्ध गराइनेछ ।
    • सहकारी संस्थाहरुको संस्थागत विकासका लागि कर्मचारीहरुमा नेतृत्व क्षमता विकास कार्यक्रमहरु संचालन गरिनेछ ।
    • सहकारी संस्थाको अनुगमन र नियमन प्रक्रियालाइ प्रभावकारी बनाइनेछ ।
    • पनौती नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाहरुको सहयोगमा पनौती सहकारी दर्पणको प्रकाशनलाई निरन्तरता दिईनेछ ।
    • सहकारीका माध्यमबाट उद्धमशिलता प्रबर्धन गरिनेछ ।
    • राज्यको नीति अनुरुप सबै सहकारीहरुलाई एकिकरणका लागि प्रोत्साहन गरिनेछ ।
    • सिमान्तकृत दलित एवं पिछडिएका समुदायलाई सहकारी क्षेत्रमा आवद्ध गरी आवश्यक कार्यक्रमहरु संचालन गरिनेछ ।

    पञ्जिकरण तथा सामाजिक सुरक्षा नीति

    • कोखदेखि सोकसम्म सामाजिक सुरक्षा भन्ने राष्ट्रिय नीतिमा समाबेश गरिएको नारालाई जिबन्त तुल्याउदै जीवनका सबै चरणमा सामाजिक सुरक्षा प्रदान गरिनेछ ।
    • सामाजिक सुरक्षाको सुबिधा र दायरा बिस्तार गरिदै लगिनेछ ।
    • वार्डस्तरबाट हुने विधुतीय घटनादर्ता, पंजीकरण प्रणालीलाई त्रुटिरहित बनाउन प्रबिधि साक्षरता सम्बन्धि कार्यक्रम ल्याइनेछ ।
    • सामाजिक सुरक्षा सूचना प्रणालीलाई थप प्रभावकारी बनाइनेछ ।
    • बिशेष सामाजिक सुरक्षा कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
    • बिशेष सामाजिक सुरक्षा कार्यक्रममा लक्षित बर्गलाई अधिकाधिक समाबेश गरिनेछ ।

    विपद् व्यवस्थापन सम्बन्धी नीति

    १ विपद पश्चात उद्दारका लागि प्रत्येक वडामा कम्तीमा दुई वटा खुल्ला क्षेत्र पहिचान गरी संरक्षण गर्ने

    २ विपद् जोखिम न्यूनिकरण तथा विपद् पछिका कार्यहरु गर्न आवश्यक पर्ने विभिन्न Task Force निर्माण गरिने छ ।

    ३ विपद् सामग्री भण्डारण केन्द्र निर्माण गरिने

    ४ विपद् राहत वितरण गर्न कार्यविधि निर्माण गरि राहतको व्यवस्थापन गरिने छ।

    ५. नगर, प्रदेश तथा संघवाट स्वीकृत भएका २ करोड भन्दा बढि बजेट भएका विभिन्न योजनाहरु संचालन गर्दा बायो इन्जिनियरिङ्ग अनिवार्य समावेश गरिने छ ।

    ६. सम्भावित पहिरो जान सक्ने स्थानहरु पहिचान गरि विरुवा रोप्ने कार्य गरिने छ।

    ७ भए गरेका पोखरीहरु संरक्षण गरि थप नयाँ पोखरीहरु आवश्यकता अनुसार निर्माण गरिने छ ।

    ८. विभिन्न खाले विपदको सामना गर्न विपद व्यवस्थापन कोषको बृद्धि एवं परिचालन गरिने छ ।

    ९.  विकास निर्माणका कार्यहरु संचालन गर्दा भूःक्षय नियन्त्रणका लागि बृक्षरोपन र माटो जामहुने प्रजातीका घाँसका विउहरु रोप्ने व्यवस्थाका लागि प्रोत्साहन गरिनेछ ।

    सूचना तथा प्रविधि सम्बन्धि नीति

    • कर्मचारीसँग सम्बन्धित तथ्यांक, दैनिक हाजिरी, कार्ययोजना, अनुगमन र प्रगति प्रतिवेदन सम्बन्धी नियमित कामहरुलाई पूर्णरुपमा Web based system मा ल्याईनेछ ।
    • नगरपालिकाको सम्पूर्ण तथ्यांकहरुलाई GIS मा आधारित Web based system मा समाविष्ट गरि Matrix System मा आधारित घर नंम्बर विवरण एवं Online सेवा विस्तार गरिनेछ ।
    • नगरक्षेत्रभित्रका IT क्षेत्रमा अध्ययन गर्दै गरेका वा भर्खरै अध्ययन सकेका विद्यार्थीहरुबाट IT Innovation Project माग गरि डिजिटल पनौती नवप्रर्वधन कार्यक्रम परियोजना छनौट गरि कार्यान्वयन ल्याउने व्यवस्था गरिनेछ ।
    • नगर क्षेत्रलाई सुरक्षित बनाउनका लागि सम्पूर्ण नगरपलिका माताहतका कार्यालयहरुमा CCTV तथा अनुगमन प्रणाली जडान गरिनेछ।
    • कर्मचारीहरु/जनप्रतनिधीहरुको लागि ICT तालिम संचालन गरिनेछ ।

    प्रकृतिक श्रोत व्यवस्थापन सम्बन्धि निती

    • पनौती नगर भित्रका सामुदायिक बनहरूको उपभोक्ता समितीहरुको भेला गरि वन सम्बन्धी आवश्यक कार्यक्रम संचालन गरिनेछ।
    • पनौती नगरले विभिन्न खानेपानी समितीहरुबाट प्राप्त हुनु पर्ने रोयल्टी समयानुकुल परमार्जन गर्नुका साथै प्राप्त रोयल्टी प्रभावित क्षेत्रमा खर्च गरिनेछ ।
    • हाल संचालनमा रहेका खानीहरुलाई कानुन बमोजिम अनुगमन निरिक्षण र आवश्यक नियन्त्रण गरिनेछ ।
    • काभ्रे उपत्यका खानेपानी आयोजना संचालन कार्यलाई प्राथमिकतामा राखि बढि भन्दा बढि क्षेत्रका जनतालाई वितरण गर्न पहल गरिनेछ ।
    • वन जलासय खोला, झरनाहरुलाई पर्यटकिय गन्तव्य रुपमा विकासगर्ने सम्भाव्यता अध्ययन गरिनेछ ।

    सार्वजनिक सम्पती उपयोग तथा संरक्षण नीति

    • पनौती नगरपालिका क्षेत्रिभत्र रहेका सम्पूर्ण सार्वजनिक जग्गाहरु रेखांकन गरि सोको संरक्षण गरिनेछ । नगरपालिकाको स्वामित्वमा रहेका जग्गाहरु रेखांकन गरि संरक्षण गरिनेछ ।
    • नगरको स्वमित्वमा रहेका भवनहरुको आवश्यकता अनुसार मर्मतसंभार गरि संरक्षण तथा उपयोग गरिनेछ ।
    • विगतमा भएको डिजिटल नापीको बाँकी कार्य पूरा गर्न आबश्यक पहल गरिनेछ ।
    • नगरभित्रका सडकहरुको क्रमश लगतकट्टा गरिनेछ ।

    प्रधानमन्त्री रोजगार सेवा कार्यक्रम सम्बन्धी नीतिहरु

    • पनौती नगरपालिका प्रधानमन्त्री रोजगार सेवा केन्द्रले यस नगरपालिका भित्र सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगार दिनको लागि सहयोग पुऱ्याउनेछ ।
    • रोजगार कार्यक्रमलाई व्यवस्थित गरी न्यूनतम रोजगारीको प्रत्याभूत गर्नेछ ।
    • देशमा विद्यमान बेरोजगारी दर कम गर्नका लागि यस नगरका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्नका लागि आवेदन आह्वान गरी रोजगार सेवा केन्द्रमा सूचिकृत गरिनेछ ।
    • रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी न्यूनतम रोजगारीको प्रत्याभूति गराइनेछ ।
    • वैदेशिक रोजगारीबाट फिर्ता आएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहल गरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न हुन स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ ।
    • बैदशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रम स्वीकृति पुन श्रम स्वीकृति लिने प्रक्रियालाई व्यवस्थित बनाईनेछ ।
    • दक्ष तथा सक्षम जनशक्तिको विकाश गरी आन्तरिक रोजगारीका प्रवर्द्दन गर्न आवश्यक सीपमूलक तालिमको पहिचान गरी बेरोजगार व्यक्तिलाई तालिम दिइनेछ ।
    • संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ ।
    • आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय, निजी, सहकारी तथा गैर सरकारी क्षेत्र सँग समन्वय र सहकार्यमा जोड दिइनेछ ।
    • श्रम सम्बन्धलाई प्राथमिकता दिदै सार्वजनिक पूर्वाधार निर्माण, कृषि, व्यवसायिक, उद्योग, वित्तीय क्षेत्रबाट रोजगारी सिर्जनामा जोड दिइनेछ ।
    • रोजगार सेवा केन्द्रलाई थप सुदृढीकरण गरी श्रम बैंकको रुपमा स्थापित गरिनेछ ।
    • नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथमिकता दिइनेछ ।
    • सम्बन्धित वडाबाट प्राप्त मागमा आधारित परियोजना प्रस्तावलाई नगर कार्यपालिका मार्फत स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ साथै यस्तो कामको प्रभावकारी अनुगमन गरिनेछ ।

    धन्यवाद

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार