२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

तेमालको बजेट ३१ करोड ४१ लाख


२९९६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष १२, बिहिबार मा प्रकाशित ५ साल अघि
  • जिल्लाको तेमाल गाउँपालिकाको तेस्रो गाउँसभा आइतबार सम्पन्न भएको छ । ‘तेमालबासीको कामना, शान्ति र सम्बृद्धिको कामना’ भन्ने मूल नाराका साथ भएको उक्त गाउँसभामा अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गामाया तामाङले आ.व. २०७५÷७६ को बजेट प्रस्तुत गरेका थिए ।

    यस्तो छ बजेटः

    तेमाल गाउँपालिकाको कुल बजेट ३१ करोड ४१ लाख ६२ हजार आय अनुमान गरिएको छ । अनुमानित आयमा आन्तरिक राजस्वबाट १ करोड ९४ लाख ३१ हजार ७ सय, राजस्व बाँडफाडबाट ५ करोड ७१ लाख ४८ हजार, अन्य आय आन्तरिक राजस्व बापत रु. ८ लाख, नेपाल सरकारबाट २१ करोड ५१ लाख र प्रदेश सरकारबाट २ करोड १६ लाख ८३ हजार रहेको छ ।

    त्यसैगरि व्यय तर्फ चालुखर्च तर्फ २२ करोड ५५ लाख ३४ हजार र पूँजीगत तर्फ ८ करोड ८६ लाख २५ हजार अनुमान गरिएको छ ।

    जनसंख्या र भूगोलको आधारमा बजेट

    तेमाल गाउँपालिकाले आ.व. २०७५÷७६ को बजेट भूगोल र जनसंख्याको आधारमा विनियोजन गरिएको छ । आ.व. २०७४÷७५ मा दामसही रुपमा बजेट बिनियोजन गरिएको थियो ।

    यस्तो छ वडा स्तरीय बजेट बजेटः

    १ नं. वडामा पूर्वाधार विकास तर्फ ४१ लाख २८ हजार ५ सय १२ रुपैयाँ, सामाजिक विकास तर्फ १० लाख ७६ हजार ८ सय २८, आर्थिक विकास तर्फ ५ लाख ४० हजार ८ सय २३ । जम्मा ५७ लाख ४६ हजार १ सय ६३ रुपैयाँ ।

    २ नं. वडामा पूर्वाधार विकास तर्फ ४१ लाख २८ हजार ५ सय १२ रुपैयाँ, सामाजिक विकास तर्फ १० लाख ७६ हजार ८ सय २८, आर्थिक विकास तर्फ ५ लाख ४० हजार ८ सय २३ । जम्मा ५७ लाख ४६ हजार १ सय ६३ रुपैयाँ ।

    ३ नं. वडामा पूर्वाधार विकास तर्फ १९ लाख २३ हजार ३ सय ५, सामाजिक विकास तर्फ ४ लाख ३३ हजार ८ सय ८३, आर्थिक विकास तर्फ २ लाख १७ हजार ९ सय १६ । जम्मा २५ लाख ७५ हजार १ सय ४ रुपैयाँ ।

    ४ नं. वडामा पूर्वाधार विकास तर्फ २८ लाख ३७ हजार २ सय १५, सामाजिक विकास तर्फ ८ लाख २६ हजार ८ सय ४९, आर्थिक विकास तर्फ ४ लाख १५ हजार २ सय ८२ । जम्मा ४० लाख ७९ हजार ३ सय ४६ रुपैयाँ ।

    ५ नं. वडामा पूर्वाधार विकास तर्फ ६६ लाख ८८ हजार ३ सय ७२, सामाजिक विकास तर्फ ११ लाख ९३ हजार ८ रुपैयाँ, आर्थिक विकास तर्फ ५ लाख ९९ हजार २ सय १९ । जम्मा ८४ लाख ८० हजार ६ सय ६९ रुपैयाँ रुपैयाँ ।

    ६ नं. वडामा पूर्वाधार विकास तर्फ ५३ लाख २४ हजार ३ सय २६, सामाजिक विकास तर्फ १० लाख ३ हजार ७७ , आर्थिक विकास तर्फ ५ लाख ३ हजार ७ सय ९१ । जम्मा ६८ लाख ३१ हजार १ सय ९४ रुपैयाँ रुपैयाँ ।

    ७ नं. वडामा पूर्वाधार विकास तर्फ ४२ लाख ५२ हजार १ सय ९८, सामाजिक विकास तर्फ ११ लाख १५ हजार २ सय ९५, आर्थिक विकास तर्फ ५ लाख ६० हजार १ सय ५२ । जम्मा ५९ लाख ६७ हजार ६ सय ४५ रुपैयाँ ।

    ८ नं. वडामा पूर्वाधार विकास तर्फ ६१ लाख ४७ हजार ३ सय १, सामाजिक विकास तर्फ १३ लाख १८ हजार ६ सय ६५, आर्थिक विकास तर्फ ६ लाख ६२ हजार २ सय ९४ । जम्मा ८१ लाख २८ हजार २ सय ६० रुपैयाँ ।

    ९ नं. वडामा पूर्वाधार विकास तर्फ ६१ लाख ४७ हजार ३ सय १, सामाजिक विकास तर्फ ११ लाख ५६ हजार ६ सय १७, आर्थिक विकास तर्फ ५ लाख ८० हजार ९ सय ६ । जम्मा ७८ लाख ८४ हजार ८ सय २४ रुपैयाँ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार