२०८१ बैशाख १, शनिबार | Sat, 13, Apr, 2024

तेमाल बनाउने तेमाल गाउँपालिकाको नीति तथा कार्यक्रम


५७४३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ८, आईतबार मा प्रकाशित ४ साल अघि
  • तेमाल गाउँपालिकाको पाँचौ गाउँ सभामा गाउँपालिकाका अध्यक्ष श्री सलाम सिं तामाङ ज्यूले प्रस्तुत गर्नु भएको  आव २०७६/७७ को नीति तथा कार्यक्रम

    १.१. पृष्ठभूमिः
    यस पाँचौ गाउँ सभाका आदरणीय उपाध्यक्ष ज्यू, आदरणीय सदस्य ज्यूहरु, आमन्त्रित विशिष्ट अतिथिहरु, राष्ट्रसेवक कर्मचारी मित्रहरु, सञ्चारकर्मी मित्रहरु एवम् यस सभाको उदघाटन सत्रमा उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरुमा गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत एवम् अभिवादन फ्याफुल्ची, नमन टक्य्राउँन चाहन्छु ।
    आज यो गाउँपालिका विविध संभावना अवसर र चुनौतीहरुका बीच उभिएको छ । सुशासन, विकास र एकतामा जोड दिँदै तेमालको समग्र संस्कृति, सम्पदा र वौद्ध र वैदिक परम्पराका गहन कलाको जगेर्ना गरी शिक्षा, स्वास्थ्य, खानेपानी र सडकको विकास मार्फत आन्तरिक र वाह्य पर्यटकीय गन्तब्यको रुपमा चिनाउन अग्रसर छ । तामाङ राजा ह्रिन्जेन दोर्जेद्वारा स्वशासित, गुरु रिम्पोछे पद्मसंभवको तप, त्याग र निष्ठाको उर्जाले वेष्ठित यस पुण्यभूमिलाई हामीले वातावरणमैत्री र हरियाली भूस्वर्गको रुपमा चिनाउनु दायित्व र कर्तव्य हुनेछ । तसर्थ आजको यस क्षणमा तेमाल उज्ज्वल भविष्यको लागि उर्जाशील वर्तमान लिएर उभिइरहेको छ । यस मानेमा हामी तेमालवासी सौभाग्यशाली छौँ । उत्तर पूर्वतर्फ बगेको सुनकोशीको शितलता र पश्चिम दक्षिण भएर बग्ने रोशीले गिम्दी फाँट, भोर्ज्याङ वेसी, ल्होंसाल फाँटहरुमा सिचाइ गर्न कम्मर कसेर पर्खेकी छन् । रोशी र कोशीको नदीजन्य पदार्थ चाँदी होइन हिरारुपी स्रोतको खानी भएर हाम्रै लागि लम्पसार छन् । हामीले निमेष मात्र ढिलो गर्नु भनेको विकास र विज्ञानले दिएको परिवर्तनको सभ्यतालाई नकार्नु हो तसर्थ समन्वय र सहकार्यको माध्यमबाट हामी एकैक्षण ढिला नगरी तेमालको समग्र विकास पथमा लम्कौँ । आजको पाँचौ गाउँ सभाको शंखघोष केवल दिगो विकास र समृद्धि बाहेक अन्य कुनै योजना, कार्यक्रम र क्रियाकलापको विकल्प छैन भन्ने हो ।
    हिमाल र महाभारतको बीचमा स्वःपहिचान सहित उभिएको तेमाल केवल पर्वत शृङ्खलामात्र नभइ विविध संभावना बोकेको ग्रामिण वस्ती हो । प्राप्त स्रोत र साधनको सुव्यवस्थित उपयोगले तेमालवासीको समृद्धि र दैनिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन तथा गाउँपालिकाको सेवा प्रवाहमा सहजता र उत्कृष्टता ल्याउने गरी नीति तथा कार्यक्रम तय गर्न यो सभा सफल हुन्छ भन्नेमा म ढुक्क छु । स्थानीय स्तरको नीति, योजना तथा कार्यक्रम निर्माण र कार्यान्वयनको समेत अभिभारा पाएको शक्ति सम्पन्न स्थानीय सरकारको प्रत्येक्ष अनुभूति दिने जनताको शक्ति र भावनाले अडिएको यस जन निर्वाचित सभा समक्ष यो तेस्रो नीति तथा कार्यक्रम पेश गर्दा बस्तीस्तर हुँदै वडास्तरमा प्राथमिकीकरण भै प्राप्त योजनाहरु पालिकाभित्रको एक भन्दा बढी वडाहरु र वस्तीहरुका साथै पालिकाको केन्द्र जोड्ने सडक योजना तथा कार्यक्रमहरु, राष्ट्रिय राजमार्गबाट सहज पहुँच बनाउने पालिकाको गौरवशाली रणनैनिक सडक योजनाहरु र तेमालको समग्र विकासमा टेवा दिने मात्र नभइ विकासको मार्गमा छलाङ मार्ने योजनाहरुको सम्मिश्रण गरिएको र तेमालको दिगो समृद्धिसँग जोडिएको योजना सहित तेमालको शान्ति र समृद्धिको आधारः पर्यटन, संस्कृति, दिगो विकास र पूर्वाधार को अभियान सञ्चालनका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छु ।
    यस गरिमामय सभामा गाउँपालिकाको तर्फबाट विकासको लागि मार्गदर्शनको रुपमा रहने आगामी आव २०७६र७७ को वार्षिक नीति तथा कार्यक्रमको जानकारी गराउन पाउँदा अत्यन्त खुशी लागेको छ । साथै हामी सबै कर्तव्य वोधले ओतप्रोत समेत भएका छौँ । यस अवसरमा गाउँपालिकाका समृद्धि र विकासका प्रयासहरुमा हरदम साथ र सहयोग गर्नुहुने कार्यपालिकाका सदस्य ज्यूहरु, गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरु, राजनैतिक दलहरु तथा नागरिक समाज, सरकारी तथा गैर सरकारी निकायहरु, गाउँपालिकाका सम्पूर्ण कर्मचारीहरु एवम् यस सभाका शक्तिका स्रोत तेमालवासी सम्पूर्ण आदरणीय आमा(बुबा, दाजु(भाइ तथा दिदी(बहिनीहरुमा हार्दिक आभार व्यक्त गर्दछु ।
    आदरणीय सदस्य ज्यूहरु अब म आगामी आव २०७६र७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छुः

    २.२. वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अवलम्वन गरिएका प्रमुख नीति तथा आधारहरुः

    २.२.१. समग्र नीति तथा आधारहरुः
    आव २०७६/७७ को बजेट तर्जुमा गर्दा देहायका विषयहरुलाई प्रमुख नीतिगत मार्गदर्शनको रुपमा अङ्गिकार गरिएको छः
    • नेपालको संविधानले स्पष्ट गरेको स्थानीय तहको काम, कर्तव्य तथा अधिकार सम्बन्धी प्राथमिकताहरु ।
    • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तय गरेको नीतिगत व्यवस्था र प्राथमिकताहरु ।
    • अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले गरेको नीतिगत व्यवस्थाहरु ।
    • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ ले तोकेको नीतिगत व्यवस्था र प्राथमिकताहरु ।
    • स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७४ ले निर्दिष्ट गरेको वार्षिक योजना तथा बजेट तर्जुमाका आधारहरु ।
    • संघीय र प्रदेश सरकारले जारी गरेको नीतिगत, कानुनगत मापदण्डहरु ।
    • संघीय सरकारबाट प्राप्त बजेट सिलिङ, मार्गदर्शन एवम् निर्देशन तथा सुझावहरु ।
    • पन्ध्रौँ योजनाको आधार पत्रले तय गरेका लक्ष्य एवम् उद्देश्यहरु ।
    • दिगो विकासका लक्ष्यको रणनीतिले अङ्गिकार गरेका तथ्य, सूचक एवम् प्राथमिकताहरु र विकाससँग अन्तरसम्बन्धित विषयहरु ।
    • गाउँपालिकाको आन्तरिक स्रोत र साधनहरु ।
    • जनतासँग गरिएका प्रतिवद्धता र विकाससँग सम्बन्धित भएर सार्वजनिकरुपमा गरिएका उदघोषहरु ।

    २.२.२. क्षेत्रगत नीति तथा आधारहरुः

    क. आर्थिक विकास सम्बन्धी नीति तथा कार्यक्रमहरुः
    १.तेमाल क्याप कार्यक्रम मार्फत् व्यवसायिक कृषक समूहहरुलाई प्रोत्साहन गर्ने नीति लिइएको छ । यस कार्यक्रमले निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक कृषि प्रणालीमा रुपान्तरण गरिनेछ ।
    २. तेमालको पहिचान र आर्थिक स्रोतको मुहानको रुपमा रहेको वोधीचित्त मालाको खेती प्रवर्द्धनमा जोड दिनुका साथै माला निकासीमा सरल र सहज व्यवस्था मिलाइने छ ।
    ३. उर्वरायुक्त जमिनको सदुपयोग गरी कृषि क्षेत्रको प्रवर्द्धनका लागि लिफ्टिङ सिचाइको थप व्यवस्था गरिनेछ ।
    ४. पशु स्वास्थ्यको प्रवर्द्धनका लागि पशु खोपको व्यवस्थालाई निरन्तरता दिइएको छ ।
    ५. कृषिको विविधीकरण गर्दै सहज लाभको व्यवस्था गर्न हावापानी सुहाउँदो फलफुल खेतीका लागि फलफुलको विरुवा वितरण गरिनेछ ।
    ६. कृषकको सहभागिता र साझेदारीमा माटो परीक्षण तथा माटो उपचार कार्यक्रम सञ्‍चालन गरिनेछ ।
    ७. पशुपालकलाई विशेष अनुदान र लक्षित वर्गलाई बाख्रा र वङ्गुर वितरण कार्यक्रमका साथै तालिमको समेत व्यवस्था गरिनेछ ।
    ८. एक वडा एक प्राविधिक कार्यक्रमलाई कृषकहरुको समुहमा आबद्ध गरी कृषिको व्यवसायीकरण गरिनेछ ।
    ९. कृषि उपजका लागि पकेट क्षेत्रको विकासमा जोड दिइने छ ।
    १०. यस गाउँपालिकाको सवै वडामा तरकारी तथा फलफुल खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक खेतीलाई प्रवर्धन गरिने छ ।
    ११. पशुपालनलाई व्यवसायीकरणको लागि किसानहरुलाई ज्ञान, सीप तथा प्रविधि हस्तान्तरण गरी उत्पादकत्व बढाउने नीति लिइनेछ ।
    १२. कृषक समुहहरुलाई कृषि तथा पशुसेवा सम्बन्धी आधारभुत सेवा प्रवाह सेवाकेन्द्र मार्फत वडा वा बस्तीबाटै गरिने नीति लिइनेछ ।
    पर्यटन विकास तर्फ देहायको नीति अवलम्वन गरिनेछः
    १. तोङसुम कुण्ड, घेलुङ पहारा, नारायणस्थान मन्दिर, गुम्बा आदिको संरक्षण तथा उपयोगलाई सम्बन्धित क्षेत्रको आयआर्जन सँग अन्तरसम्बन्धित गर्ने नीति लिइनेछ ।
    २. तामाङ सङ्ग्रहालय, रानीदह स्मारक पार्क र डम्फू पार्कको निर्माण गरी पर्यटन प्रवर्द्धनमा जोड दिइने छ ।
    ३। पर्यटन विकास तथा पर्यटन प्रवर्धनको लागी सार्वजनिक, नीजि, सहकारी, सामुदायिक क्षेत्रहरुसँग साझेदारी एवं सहकार्य गरी यसबाट प्राप्त लाभहरु आमजनस्तर सम्म पुर्‍याइने छ ।
    ४. यस गाउँपालिका क्षेत्रभित्र होमस्टेको सम्भावना बोकेका क्षेत्रहरुको पहिचान गरी स्थानीय संस्कृति, खानपान, उत्पादकत्वको आधारमा होमस्टे प्याकेज संञ्‍चालन गरिने छ ।
    ख. सामाजिक विकास तर्फका नीति तथा कार्यक्रमहरुः
    शैक्षिक नीति तथा कार्यक्रमहरुः
    १. शिक्षा पूर्वाधारको पनि पूर्वाधार हो भन्ने विषय गाउँपालिकाले निःशर्त स्वीकार गरेको विषय हो । शिक्षाको विकास बिना अन्य कुनै पनि विकासको ढोका खुल्दैन तसर्थ शिक्षाको विकासका लागि देहायका नीति अवलम्वन गरिने व्यवस्था मिलाएको छु ।
    २. संविधान प्रदत्त माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्नको लागि संघीय शिक्षा नीति एवं मापदण्डको अधिनमा रही आवश्यक्ता अनुसार नीति, ऐन, नियमावली तथा कार्यविधि वा निर्देशिका निर्माण गरेर शिक्षा क्षेत्रलाई व्यवस्थपान गर्दै गुणस्तरीय शिक्षा सुनिश्‍चित गरिने नीति लिइनेछ ।
    ३. सबै विद्यालयहरुमा प्रारम्भिक बाल विकास केन्द्ररपूर्व प्राथमिक कक्षा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ र सञ्चालित वाविकेको नियमित अनुगमन गरी बालमैत्री सूचकबमोजिम सञ्चालन हुने व्यवस्था मिलाइने छ । न्यायोचित वितरण प्रणालीका आधारमा बालविकास केन्द्रलाई पुनःवितरणको व्यवस्था मिलाइने छ ।
    ४. प्राथमिक तह उमेर समूहका सबै बालबालिकालाई विद्यालय प्रवेश गराइ गुणस्तरीय शिक्षाको पहुँच अभिवृद्धि गर्ने विविध कार्यक्रम सञ्चालन गरिनेछ ।
    ५. विद्यालय शिक्षाको मुख्य सञ्चालक प्रअ र शिक्षक नै भएकोले न्यायोचित वितरण प्रणालीका आधारमा आवश्यकता अनुसार दरबन्दी मिलान गरी कार्यान्वयन गरिनेछ । गाउँपालिका भित्र नपुग हुने माध्यमिक तहको शिक्षक दरबन्दी व्यवस्थाका लागि संघीय सरकारसँग पहल गर्दै तत्काल शून्य, एक र दुई मात्र दरबन्दी भएका विद्यालयमा माध्यमिक तहको विज्ञान गणित र अङ्ग्रेजी विषय शिक्षक व्यवस्था गरी शिक्षण सहयोग कार्यक्रम सञ्चालन गर्नका लागि तेमाल शिक्षा ऐन मार्फत् सोको व्यवस्थाका लागि प्रस्ताव गरेको छु ।
    ६. स्वःउत्प्रेरित शिक्षकले नै सहज रुपमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्छन् र सिकाइ वातावरण सिर्जना हुन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै शिक्षकलाई स्वःउत्प्रेरित गर्न उत्प्रेरणा र शिल सम्बन्धी क्याम्प सञ्चालन गरिनेछ ।
    ७. शैक्षिक गुणस्तर सुधारका लागि सकारात्मक प्रतिष्पर्धाको भावना विकास गराइ एक आपसमा समन्वयात्मक शैक्षिक गतिविधि सञ्चालनका लागि घुम्ति प्रअ बैठक सञ्चालन गरी राम्रा अभ्यासहरु सबै विद्यालयमा लागू गराइनेछ ।
    ८. विद्यालय स्तरीय कार्यक्रम कार्यान्वयन, प्रवर्द्धन गर्न र उत्प्रेरणा प्रदान गरी सकारात्मक दण्डको नीति अवलम्वन गर्न विद्यालयको नियमित अनुगमनलाई जोड दिइनेछ । अनुगमनका लागि अभिभावक परिचालन, आमा समूहको गठन र परिचालन तथा पालिकास्तरमा विज्ञ परिषद्को गठन र परिचालन गरिनेछ । साथै सबै शिक्षकहरुलाई अभिभावकसँग नियमित सम्पर्क गर्नुपर्ने नीति लिइएको छ ।
    ९. विव्यसले प्राज्ञिक वातावरण बनाउने र प्रअले प्राज्ञिक परिणाम दिने गरी वडा शिक्षा समितिको समेत परिचालन गरिनेछ ।
    १०. भर्चुअल क्लास डिजिटल शैक्षिक सामग्रीको कक्षा कोठामा अधिकतम प्रयोग गर्ने गरी शिक्षकलाई प्रोत्साहित गरिनेछ । साथै प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गर्नका लागि कम्प्युटर नभएका सबै विद्यालयहरुमा कम्प्युटरको व्यवस्थापन गर्दै जाने र माध्यमिक तहका सबै विद्यालयमा सिसि क्यामेरा जडान गरी पालिकाबाट नै विद्यालयको नियमित अनुगमन गर्ने व्यवस्था क्रमशः मिलाइने छ ।
    ११. विद्यालयबाट सबै परीक्षाको सिकाइ उपलब्धि विश्लेषण गराइ न्यूनतम सिकाइ उपलब्धि कायम गर्दै थप गुणस्तर सुधारका लागि शिक्षण सिकाइ सुधार कार्यक्रम लागू गराइनेछ ।
    १२. तेमाल प्रतिभाशाली छात्रवृत्ति कार्यक्रम सञ्चालन गरी तेमाल गाउँपालिका भित्र स्थायी वसोवास गर्ने र तेमाल भित्रकै सामुदायिक विद्यालयबाट एसइइ ९कक्षा ८ समेत० उत्तीर्ण गरी प्राविधिक तर्फको उच्च शिक्षा अध्ययन गर्ने ९ हेल्थ असिष्टेण्ट र सिभिल इञ्जीनियर० विद्यार्थीहरुका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ । यसै वर्षदेखि हेल्थ असिष्टेण्ट अध्ययन गराउन र सिभिल इञ्जीनियरको लागि कलेजसँग सम्झौता गर्ने नीति लिइएको छ ।
    १३. विद्यार्थीको अलग प्रतिभा पहिचानका लागि विविध सह क्रियाकलाप र खेलकुद प्रतियोगिता सञ्चालन गरिने छ ।
    १४. शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई रोजगारीसँग, रोजगारीलाई उत्पादनसँग र उत्पादनलाई समृद्धिसँग जोडी सुखी र समृद्ध नेपालीको राष्ट्रिय परिकल्पना पूरा गर्ने दिसामा तेमाललाई अग्रसर गराउन सबैको सहमतिमा प्राविधिक धारको शिक्षालय स्थापनाका लागि संभाव्यता अध्ययन गरिनेछ ।
    १५. सिकाइलाई सरल र मजवुद बनाउनका लागि तोकिएका विद्यालयहरुमा प्राथमिक तहमा मातृभाषा तामाङमा सिकाइ सहजीकरणको व्यवस्था मिलाइने छ ।
    १६. शैक्षिक गुणस्तर सुधारका लागि विविध शैक्षिक गतिविधि सञ्चालन गरिनेछ ।
    १७. निरन्तर शिक्षाका कार्यक्रम सञ्चालनका लागि सामुदायिक सिकार्इ केन्द्रलाई परिचालन गरिने छ ।
    खेलकुदसम्बन्धी नीति तथा कार्यक्रमहरुः
    १. गाउँपाललिका स्तरीय खेलकुद समिति मार्फत् खेलकुद विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
    २. अध्यक्ष कप फुटवल प्रतियोगिता सञ्चालन गरिने छ र स्थानीय खेलाडीहरुलाई प्रोत्साहन गरिनेछ ।
    ३. विद्यालय स्तरमा हुने खेलकुद तथा अतिरिक्त कृयाकलापको वार्षिक कार्यतालिका निर्माण गरी खेलकुद तथा अतिरिक्त कृयाकलापको सञ्‍चालन गरिनेछ ।
    ४. गाउँपालिका क्षेत्रभित्र रहेका खेलमैदान हरुको क्रमशस् स्तरवृद्धि गर्दै एक वडा एक खेलमैदानको नीति अवलम्बन गरिनेछ ।
    ५. तेमाल गाउँपालिकाका राष्ट्रियस्तरका खेलाडीहरुको अभिलेख राखी त्यस्ता खेलाडीबाट स्थानीय स्तरको खेलकुद विकासका लागि सहकार्य गरिनेछ ।
    स्वास्थ्यतर्फको नीति तथा कार्यक्रमहरुः
    १. स्वस्थ भएर बाँच्न पाउने नागरिकको हकलाई स्थापित गर्न ज्येष्ठ नागरिक तथा आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।
    २. गर्भवती महिला र बच्चाको सुरक्षा र विकासका लागि प्रोटोकल अनुसार गर्भवती जाँच गराउने र पोषण प्रोत्साहन कार्यक्रम सञ्चालन गरिनेछ ।
    ३. कुनै पनि बालबालिकाले कुपोषणको शिकार हुन नपरोस् भन्ने नीतिलाई अङ्गिकार गर्दै स्वास्थ्य परीक्षण गरी ०-५ वर्ष उमेर समूहका बालबालिकाका लागि पौष्टिक आहारको व्यवस्था गरिनेछ ।
    ४. सबै विद्यालयमा अध्ययनरत बालबालिकाको आँखा, कान, दाँत र मुखको जाँच गर्ने व्यवस्था मिलाइने छ ।
    ५. विद्यालयतहमा अध्ययनरत छात्राहरुलाई स्यानटरी प्याड वितरण गरी मिन्सुरेशनको अवधिमा विद्यालय आउने र महिला स्वास्थ्यमा असर नपर्ने व्यवस्था मिलाइनेछ ।
    ६. पालिकाभित्रकै स्वास्थ्य संस्थाबाट आधारभूत प्रयोगशालाको व्यवस्था मिलाउन नारायणस्थान स्वास्थ्य चौकीमा ल्यावको व्यवस्था गरिनेछ ।
    ७. सबै बालबालिकालाई खोपको सहज पहुँच वस्तीस्तरमा पुर्याइनेछ ।
    ८. राज्यले तोकेको निःशुल्क औषधि सबै स्वास्थ्यसंस्था मार्फत् नागरिकहरुलाई आवश्यकताका आधारमा सहज उपलब्ध गराइने छ ।
    ९. क्षयरोगको निवारणका लागि बस्तीस्तरमा खकार परीक्षणको शिविर सञ्चालन गरिनेछ ।
    १०. जनसमुदाय स्तरमा स्वास्थ्य शिक्षामुलक कार्यक्रम सञ्चालन गरिने व्यवस्था मिलाइने छ ।
    ११. अहोरात्र बस्तिस्तरमा कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहित गर्ने नीति लिइएको छ ।
    खानेपानी तर्फको नीति तथा कार्यक्रमः
    १. प्राणीको जीवन रक्षाको दोस्रो आधार पानी भएकोले खानेपानीको सुव्यस्था गर्ने र सबै नागरिकमा शुद्ध पिउने पानीको सहज पहुँच विस्तार गरिनेछ ।
    २. स्थानीय स्तरमा रहेको पानीका मुहानहरुको संरक्षण, संवर्धन र प्रयोग गर्न तथा टोल बस्तीका पानीका परम्परागत मुहानहरुलाई स्वच्छ र सफा राख्‍न प्रत्येक वडा समितिको अगुवाइमा टोल विकास संस्था, सामुदायिक संघ संस्था तथा स्थानीय समुदाय परिचालन गर्ने नीति अवलम्बन गरिनेछ ।
    ३. सञ्चालनमा रहेका खानेपानी योजनाहरुको दिगो सञ्चालन, मर्मत सम्भार, क्षमता अभिवृद्धि तथा पुनस् निर्माण जस्ता कार्य उपभोक्ताहरुको समेत लगानी तथा सहभागितामा सञ्‍चालन गरी गराई आधारभूत खानेपानी सेवाको सुनिश्‍चित्तता गर्न र खानेपानी सेवा नपुगेको टोल, बस्तीमा खानेपानी सेवा पुर्याउने कार्यका लागि योजना तथा कार्यक्रम पालिकाको आफ्नै लगानी र अन्य सहयोगी सम्बन्धित निकायर संस्थासँगको साझेदारीमा सञ्चालन गरिनेछ ।
    ४. टोलबस्तीमा रहेका सानातिना पोखरीहरु समुदायको अगुवाईमा संरक्षण गर्ने अभियान सञ्‍चालन गर्ने नीति अवलम्बन गरिनेछ ।
    ५. सडक लगायत भौतिक पूर्वाधारहरुको निर्माण गर्दा गराउँदा पानीको मूल र स्रोतमा हुन सक्‍ने हानी क्षतीलाई न्युनीकरण गर्ने उपायहरु अवलम्बन गरिने छ ।
    ६. तेमाल वृहत खानेपानी आयोजना तोकिएको समयमा सम्पन्न गर्न पालिकाको तर्फबाट अनुगमन एवम् ध्यानाकर्षण गराइनेछ ।
    ग। पूर्वाधार विकास क्षेत्रका नीति तथा कार्यक्रमहरुः
    १. गाउँपालिकाको स्थानीय सडक, रणनितिक सडक, कृषि सडक हरुको वर्गिकरण गरी सडक सञ्‍जाललाई व्यवस्थित गरिने छ ।
    २. यातायात सुविधा तथा वडाहरुको भौगोलिक सन्तुलनको आधारमा क्रमशस् बार्‍है महिना सञ्‍चालन गर्ने गरी स्तरोन्नति गर्नुका साथै ढलान र कालोपत्रे गर्ने तर्फ संघीय तथा प्रादेशिक निकायमा पहल गर्ने र गाउँपालिकाकै स्रोत परिचालन गरी कार्यान्वयन गरिने नीति लिइनेछ ।
    ३. वडा कार्यालय बाट गाउँपालिकाको केन्द्र जोड्ने सडकलाई सडकको मापदण्ड अनुसार बार्‍है महिना निर्वाध रुपमा सवारी साधन सञ्‍चालन गर्न सक्‍ने बनाउनलाई प्राथमिकता दिइने छ ।
    ४. विकासको मुख्य आधार सडक भएकोले तेमालको रणनैतिक योजनाको रुपमा राष्ट्रिय राजमार्गबाट तेमाललाई सहजसँग जोड्ने गरी सडक स्तरोन्नति गर्ने नीति लिइएको छ ।
    ५. भवन निर्माण तर्फ स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम गाउँपालिका क्षेत्र भित्र भवन निर्माणलाई व्यवस्थित गरिने नीति लिईनेछ । साथै राष्ट्रिय भवन संहिता, २०६० बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ तथा भवन निर्माणको नमुना मापदण्ड, २०७१ लाई पालना गर्दै र गराउदै गाउँपालिका क्षेत्रमा व्यवस्थित बस्ती विकास गरिने नीति लिइने छ ।
    ६. निर्मित पुर्वाधारहरुको नियमित मर्मत सम्भार, सञ्चालन, संरक्षण एवं संवर्धन गर्न मर्मत सम्भार कोष स्थापना गरिनेछ साथै पूर्वाधार निर्माणमा उपभोक्ता समितिहरुको प्रभावकारी परिचालन गरिने नीति लिइनेछ ।
    ७. पूर्वाधार निर्माणको क्रममा पर्यावरणीय जोखीम तथा वातावरणीय प्रभाव मूल्याङकन गरेर मात्र स्विकृती गरिने नीति लिइनेछ ।
    घ. वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धी नीति तथा कार्यक्रमहरुः
    वातावरण सम्बन्धी नीतिः
    १. गाउँपालिकाले वनक्षेत्रमा वृक्षारोपण कार्यक्रम सञ्‍चालन गरी वनक्षेत्रलाई बढाइने नीति अवलम्बन गरिनेछ ।
    २. सडकको क्षेत्राधिकार भित्र वृक्षरोपण कार्यक्रम सञ्‍चालन गरिनेछ ।
    ३. वातावरण संरक्षण प्रति जनचेतना अभिवृद्धि गर्न प्रवर्धनात्मक कार्यक्रमहरु सञ्‍चालन गरिनेछ ।
    ४. एक रुख कटानी वापत कम्तिमा एक विरुवा हुर्काउने नीति अवलम्बन गरिनेछ ।
    विपद व्यवस्थापन सम्बन्धी नीतिः
    ५. गाउँपालिका विपद् व्यवस्थापन कोष सञ्‍चालनलाई प्रभावकारी बनाउन सम्बन्धित सरोकारवालाहरुको साझेदारीमा कार्यक्रमहरु निर्माण गरिने छ ।
    ६. विपद परेको अवस्थामा उद्धारको लागि आवश्‍यक पर्ने यन्त्र, साधन तथा औजारहरुको उचित व्यवस्थापन गर्ने नीति अवलम्बन गरिनेछ ।
    ७. विपद्का क्षेत्रमा काम गर्ने सहयोगी संस्थाहरुसँग समन्वय गरी विपद् व्यवस्थापन सम्बन्धी आवश्यक योजना तथा कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
    फोहोर मैला तथा सरसफाई सम्बन्धी नीतिः
    ८. गाउँपालिकाका बस्तीहरुमा कुहिने र नकुहिने फोहोर छुट्टयाइ फोहोर व्यवस्थापन गर्न वडातहबाट सचेतना अभियान सञ्चालन गरिनेछ ।
    ९. सार्वजनिक शौचालयको निर्माणका लागि साझेदार संस्थाहरुको खोजी गरी निरन्तरता दिइनेछ ।
    १०. सार्वजनिक भवन, सरकारी कार्यालय, हेल्थ पोष्ट, विद्यालयहरुलाई पूर्णतस् सरसफाई युक्त बनाइनेछ ।
    ङ. लैङ्गिक समानता तथा समावेशीकरण सम्बन्धी नीतिः
    १. सहकार्य, सहअस्तित्व र भाइचाराको नीति अनुरुप विकास र निर्णय प्रकृयामा समावेशी सहभागिताको नीति अवलम्वन गरिनेछ ।
    २. तेमालका सबै महिला, बालबालिका, आदिवासी जनजाती, दलित, विपन्‍न वर्ग, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकास तथा आर्थिक, सामाजिक सशक्तीकरणको नीति अवलम्बन गरिनेछ ।
    ३. लक्षित वर्गका कार्यक्रमहरु सञ्‍चालन गर्दा क्षमता विकास, सीप विकास, नेतृत्व विकास, प्रविधि हस्तान्तरण, सचेतना तथा संस्कृति संरक्षण र प्रवर्धन जस्ता कार्यक्रम समानुपातिक ढङ्गबाट सञ्‍चालन गरिने नीति लिइनेछ ।
    ४. गाउँपालिकाको निर्णय प्रक्रियामा लक्षित वर्गको अर्थपुर्ण सहभागिता सुनिश्‍चित गरिने छ ।
    ५. संविधान प्रदत्त महिलाहरुको हक र अधिकारहरुको कार्यान्वयन गरिने नीति अवलम्बन गरिनेछ ।
    ६. गाउँपालिका क्षेत्रमा सञ्‍चालन हुने हरेक अवसर तथा गतिविधिमा संभव भएसम्म ५० ५ महिला सहभागिता गराइनेछ ।
    ७. वाह्य एवम् घरेलु हिंसामा परेका महिलाहरुको सहयोगको निमित्त मनोपरामर्श तथा सीपविकास सहितको पुर्नस्थापना कार्यक्रमहरु साथै लैङ्गिक हिंसा निवारण कार्यक्रम सञ्‍चालन गरिनेछ ।
    ८. न्यायिक समिति मार्फत् महिलाको कानूनी हक र अधिकार सम्बन्धी तालिम तथा अनुशिक्षणको व्यवस्था गरिनेछ ।
    ९. महिलाहरुलाई व्यवसायिक बनाउन सबै वडाहरुमा उद्यमशिलता तालिम सञ्‍चालन गर्ने गराउने र उद्यम गर्ने सीपयुक्त महिलाहरुको समूहलाई वीउ पूँजीको व्यवस्था गर्ने नीति अवलम्बन गरिने छ ।
    १०. बालमैत्री स्थानीय शासनको प्रत्याभुति गर्न आवश्यक कार्यक्रमहरु सञ्‍चालन गरिनेछ ।
    ११. वडा स्तरीय बाल क्लब, गाउँपालिका स्तरीय बाल सञ्‍जाल गठन र परिचालन गर्ने नीति अवलम्वन गरिनेछ ।
    १२. बालमैत्री गाउँपालिका घोषणा गर्न आवश्यक कार्यक्रमहरु सञ्‍चालन गर्दै बालमैत्री वडा घोषणा गरिनेछ ।
    १३. गाउँपालिका क्षेत्र भित्र रहेका ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुको वडागत रुपमा लगत सङ्कलन गरी ज्येष्ठ नागरिकसँग भएको ज्ञान तथा अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने कार्यक्रम सञ्‍चालन गरिनेछ ।
    १४. ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जटिलतालाई ध्यानमा राखी क्रमशस् स्वास्थ्य शिविर सञ्‍चालन गरिनेछ ।
    १५. जातीय भेदभाव तथा छुवाछुत कसुर सजाय ऐन २०६८ को प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।
    १६. दलित समुदायको परम्परागत पेशा, कला तथा शिल्प संरक्षण संवर्धन गर्दै आधुनिकीकरण र व्यवसायीकरण गर्ने नीति अवलम्बन गरिनेछ ।
    १७. दलित विद्यार्थीलाई उच्च शिक्षासम्म अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरिनेछ ।
    १८. आदिवासी जनजातिहरुको संविधान प्रदत्त अधिकारलाई सुनिश्‍चित गर्दै आर्थिक, सामाजिक एवं साँस्कृतिक विकासका साथै भाषा, संस्कृति ,परम्परा र पुर्ख्यौली सीपको संरक्षण तथा प्रवर्धन गरिने नीति अवलम्बन गरिनेछ ।
    १९. आदिवासी जनजातिको भाषा तथा लिपि विकासका लागि भाषा कक्षाको व्यवस्था गरिनेछ ।
    २०. अपाङगता भएका व्यक्तिहरुको लगत राखी अपाङहरुको हित संरक्षणको कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरिने छ ।
    २१. विद्यालय तथा स्वास्थ्य केन्द्रहरुका साथै प्रशासनिक भवनहरुमा क्रमशः अपाङ मैत्री संरचना हरुको निर्माण गरिने नीति अवलम्बन गरिनेछ ।
    २२. युवाहरुलाई परिवर्तनको संवाहक र नेतृत्वको साझेदारको रुपमा विकास गर्दै सामाजिक, राजनितिक र आर्थिक क्षेत्रका समग्र जिम्मेवारी सम्हाल्न नेतृत्वको विकास गराउने नीति लिइनेछ ।
    २३. युवाहरुलाई हिंसा, दुर्व्यसन र अराजक प्रवृत्तिलाई नियन्त्रण गर्ने नीति लिइनेछ ।
    २४. युवाहरुलाई विपद् व्यवस्थापन, सामजिक विकास, वातावरण संरक्षण, खेलकुद लगायतका क्षेत्रमा स्वयंसेवकको रुपमा परिचालन गरिनेछ ।
    च. सेवा प्रवाह, संस्थागत विकास तथा सुशासन सम्बन्धी नीति तथा कार्यक्रमहरुः
    १. सार्वजनिक सेवाप्रवाहलाई गुणस्तरीय, समावेशी एवम् सहज बनाउन विद्युतीय शासन प्रणाली अवलम्बन गरी प्रशासनिक कार्यविधिलाई सरलीकरण र सङ्क्षेपीकरण गरिनेछ ।
    २. नेपाल सरकार द्वारा स्वीकृत दरबन्दी ढाँचा बमोजिम वडा कार्यालय तथा गाउँ कार्यपालिकाको कार्यालयमा जनशक्ति व्यवस्थापन गरिने छ ।
    ३. सबै वडा कार्यालयहरुलाई गाउँकार्यपालिकाको कार्यसञ्‍जालसँग जोड्ने नीति अवलम्बन गरिनेछ ।
    ४. गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता विकासका लागि आवश्यकता अनुसार अनुशिक्षण तालिम तथा प्रशिक्षण सञ्‍चालन गरिने नीति अवलम्बन गरिनेछ ।
    ५. गाउँपालिकामा कार्यरत कर्मचारीहरुलाई प्रोत्साहन गरी उच्‍च मनोबल साथ सार्वजनिक सेवा प्रवाह गर्न आन्तरिक आम्दानीबाट कार्यदक्षता, कार्य सम्पादन, सुपरिवेक्षणको आधारमा प्रोतसाहित गरिने छ ।
    वित्तीय व्यवस्थापनः
    ६. नेपालको संविधानमा उल्लेखित राजश्‍वका स्रोतहरुको दायरालाई फराकिलो पार्दै अधिकतम आन्तरिक स्रोत सङ्कलन गर्दै वित्तीय स्वावलम्वनतर्फ अग्रसर हुने नीति लिइनेछ ।
    ७. गाउँपालिकाको आन्तरिक आम्दानी हुने स्रोतहरुको पहिचान गरी दिगो तथा भर्पर्दो रुपमा विकास गरिने नीति अवलम्बन गरिनेछ ।
    सूचना तथा सञ्‍चारः
    ८. गाउँपालिकाका प्रत्येक वडाकार्यालयमा इन्टरनेट सुविधा विस्तार गरी व्यक्तिगत घटना दर्ता अनलाइन माध्यमबाट गरिनेछ ।
    ९. गाउँकार्यपालिकाको कार्यालय तथा वडाकार्यालयहरुलाइ वाईफाई फ्री जोनको रुपमा विकास गरिनेछ ।
    १०. गाउँपालिकाको आधिकारिक वेबसाईट मार्फत सूचना तथा समाचार सम्प्रेषण गरिनेछ ।
    ११. जवाफदेहिता तथा पारर्दशितालाई संस्थागत गर्न गाउँपालिकाबाट भएका कामकार्वाहीलाई वेबसाइट तथा एफ. एम. वा अन्य सञ्चार माध्यम बाट सर्वसाधारण जनता समक्ष पुर्‍याइने छ ।
    १२. विषयगत शाखाका कृयाकलापहरुको सूचना संप्रेषणका लागि सामाजिक सञ्जालको प्रयोगमा जोड दिइनेछ ।
    अन्त्यमा नीति तथा कार्यक्रमको समयवद्ध एवम् सफल कार्यान्वयनबाट तेमालको समावेशी र दीगो विकासमा सघाउ पुग्ने, आर्थिक विकासमा प्रत्येक्ष प्रभाव पर्ने, रोजगारीको क्षेत्रमा वृद्धि भै जनताको जीवनस्तरमा सकारात्मक प्रभाव देखिनेछ साथै सामाजिक सद्भाव र समन्वय तथा भातृत्व विकासमा समेत टेवा पुग्छ भन्नेमा म पूर्ण विश्वस्त छु । नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष र परोक्ष रुपमा सहयोग पुर्याउनु हुने सबैमा धन्यवाद दिन चाहन्छु । उपस्थित सबै महानुभावहरुमा हार्दिक कृतज्ञता अर्पण गर्दछु ।
    धन्यवाद ।
    सलाम सिं तामाङ
    अध्यक्ष
    तेमाल गाउँपालिका
    २०७६।०३।२७
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार