२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

यस्तो छ बेथानचोक गाउंपालिकाको नीति तथा कार्यक्रम


६०९२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ भाद्र १९, शनिबार मा प्रकाशित २ साल अघि
  • गाउँसभाका सभाध्यक्ष महोदय, सभाका सदस्यहरु, उपस्थित गाउँपालिकाका उपाध्यक्षज्य, प्रमुख प्रशासकीय अधिकृतज्यू, गाउँ कार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु एवं उपस्थित सम्पूर्ण महानुभावहरु,

    १) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई स्थानीय तह देखि नै सुदृढीकरण गरी गाउँपालिकाको समृद्धि र विकास तर्फ अगाडी बढिरहेकै समयमा कोभिड–१९ को दोस्रो लहरले निम्त्याएको चुनौतीपूर्ण परिस्थिति र बन्दाबन्दी विच आज नेपालको संविधान बमोजिम गठित स्थानीय सरकारको प्रमुखको रुपमा बेथानचोक गाउँपालिकाको आर्थिक वर्ष २०७०-७२ को नीति तथा कार्यक्रम यस गरिमामय सभा समक्ष प्रस्तुत गर्दछ ।

    २) यस चुनौतीपूर्ण घडीमा गाउँसभालाई सम्बोधन गरिरहंदा म राष्ट्रलाई निरश सामन्ती शासन प्रणालीको अध्यारो युगबाट जनताका प्रतिनिधि मार्फत राज्य सञ्चालन गर्ने संघीय लोकतान्त्रिक गणतन्त्रको उज्यालो युगमा पुयाउने क्रममा जीवन उत्सर्ग गर्नुहुने ज्ञात अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । राष्ट्रियता लोकतन्त्र र जनजिविकाको आन्दोलनलाई अगुवाई गर्नुहुने सम्पूर्ण अग्रजहरुको योगदानको उच्च सम्मान सहित स्मरण गर्न चाहन्छु ।

    ३) कोभिड–१९ दोस्रो लहरका कारण नेपाल लगायत छिमेकी मुलुक भारतमा संकट पैदा हुनुका साथै उल्लेख्य रुपमा जनधनको अति भएको छ । यस महामारीका कारण ज्यान गुमाउनु हुने बेथानचोकबासी लगायत सम्पूर्ण नेपालीजनहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दछ । यस बेथानचोक गाउँपालिका लगायत नेपालभर उपचाररत दिदीवहिनी दाजुभाइहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।

    ४) कोभिड–१९ (कोराना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि स्वैच्छिक रुपमा स्वास्थ्य सामाग्री तथा जिन्सी सामान सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति, सरकारी, गैरसरकारी संस्था एवंम् सम्पूर्ण महनुभानवहरु प्रति हार्दिक धन्यवाद दिन चाहान्छ ।
    ५) संकटको यस घडीमा एकजुट भई महामारीको रोकथाम, नियन्त्रण र उपचारको कार्यमा अग्रपक्तिमा अहोरात्र खटिनु हुने स्वास्थ्यकर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, शिक्षक, सवारी चालक लगायत सबैको योगदानको उच्च प्रशंसा गर्दछ । जोखिमपूर्ण यस परिस्थितिमा आ आफ्नो तर्फबाट खटिनुहुने जनप्रतिनिधि, राजनीतिक दल, सञ्चारकर्मी, व्यवसायी, निजी क्षेत्र, नागरिक समाज लगायत सबै व्यक्ति तथा संघसंस्थालाई धन्यवाद व्यक्त गर्न चाहान्छ । हामीले जित्नैपर्ने यो रोग विरुद्धको लडाईमा सबैको थप ऐक्यवद्धता, सहकार्य, धैर्यता र आत्मविश्वासको आवश्यकता रहेको छ। जीवन रहे जीवन सुधार्न र सिंगान सकिन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यस महामारी विरुद्धको अभियानमा धैर्यतापूर्वक जुट्न सबैलाई आव्हान गर्दछ ।

    ६) लोकतन्त्रको आधारस्तम्भको रुपमा एवं जनताले महसुस गर्न सक्ने र भेट्न सक्ने सरकारको रुपमा रहेको स्थानीय सरकारसंग जनताको विकास प्रतिको उच्च आकांक्षालाई समायोचित संबोधन गर्दै समग्र गाउँपालिका समृद्धितर्फ तिव्र गतिको यात्रा तय गर्नुपर्ने अवस्थामा हामी स्थानीय सरकार रहेका छौं । यस विचमा स्थानीय सरकारको स्वरुपलाई संविधान प्रदत्त व्यापक क्षेत्राधिकार भएको बलियो स्थानीय सरकारको रुपमा रुपान्तरण गर्ने प्रक्रियालाई संगसंगै र सावधानीपूर्वक अघि बढाउनु परेको छ। यस्तो जटिल र चूनौतीपूर्ण मोडमा लोकतन्त्रको संस्थागत विकास गर्न सदा सजग र संवेदनशील रही हामो सरकार काम गर्दैछ, नतिजा ल्याउदैछ र अघि बढ्दैछ ।

    ७) सिमित स्रोत र साधनको अधिकतम परिचालन गरी गाउँपालिकाको समष्टिगत लक्ष्य सहित तीव्र गतिमा अगाडी बढीरहेको अवस्थामा कोभिड–१९ को संक्रमणको समाना गर्नु पर्दा गाउँपालिकाको सेवा प्रवाह, विकास निर्माण लगायत समग्र गतिविधि प्रभावित भएका छन् । यस विषम परिस्थितिमा बेथानचोक गाउँपालिकाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि बस्तिस्तरमा गएर स्वास्थ्य परिक्षण, कोरोना पोजेटिभ देखिएका विरामीलाई हाम्रा स्वास्थ्यकर्मी मार्फत घरमै गएर स्वास्थ्य परामर्श, कोरोना किट वितरण, जटिल प्रकारका विरामीलाई अक्सिजन सुविधा सहितको १० (दश) बेडको अस्थायी अस्पताल सञ्चालन, सुत्केरी आमा पोसिलो खाना कार्यक्रम, आमा सुरक्षा कार्यक्रम धुलिखेल हस्पिटलसंगको समन्वयमा विविध कार्यक्रम सञ्चालन गरेका छौं ।

    ८) वैकिल्पक सिकाई कार्यक्रम अन्तर्गत गृहकार्य सहितको घरदैलो कार्यक्रम, टोल सिकाई कार्यक्रम, समायोजित पाठ्यक्रम वितरण तथा प्रबोधिकरण, इन्सिनिरेटर निर्माण, शिक्षकहरुलाई (इभिस भ्ःक्ष्क्) तालिम, गाउँपालिकाको सहजीकरणमा विद्यार्थीको हात–हातमा पाठ्यपुस्तक वितरण लगायतका कार्यक्रम मार्फत शैक्षिक गतिविधिलाई निरन्तर क्रियाशील राख्दै अगाडी बढिएको छ। स्थानीय सरकार स्थापना पश्चात्का ४ वर्षको अवधिमा ५ वटा नीति तथा कार्यक्रमहरुको माध्यमबाट संविधान तथा कानूनप्रदत अधिकार बमोजिमका कार्य जिम्मेवारीहरु व्यवस्थित र नतिजाउन्मुख रुपमा सम्पादन गरी बेथानचोक गाउँपालिका खोजिने, देखिने र भेटिने सरकारको रुपमा स्थापित हुन सफल भएको छ ।

    ९. “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय सोचलाई आत्मसात् गर्दै ‘समृद्ध वेथानचोक, सुखी बेथानचोकवासी’ को दीर्घकालीन सोच प्राप्त गर्न आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लक्ष्य सहित नीति र कार्यक्रम व्यवस्थित रुपमा अघि बढाइएका छन् ।
    १०) स्थानीय तहमा न्यायिक अभ्यासलाई संस्थागत गर्न नेपालको संविधान र कानून बमोजिम न्यायिक समिति गठन भई न्यायिक समिति समक्ष दतां भएका जम्मा २६ वटा विवादहरूलाई आपसी छलफल र मेलमिलापको माध्यमबाट समाधान गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ ले व्यवस्था गरेको न्यायिक समितिको अधिकार क्षेत्र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्न प्रत्येक वडामा मेलमिलाप केन्द्र गठन गरी उक्त केन्द्रको समन्वयकर्ता समेत तोकिएको छ । न्यायिक समितिबाट सूचिकृत गरिएका मेलमिलापकर्ताबाट गरिने मेलमिलापको कार्यलाई प्रभावकारी बनाउन मेलमिलापकता र समन्वयकताहरुका लागि तालिम कार्यक्रम सञ्चालन गरिएको छ ।

    ११) यस संकटको घडीमा समेत गाउँपालिकाले सहभागीतामुलक योजना तर्जुमा प्रक्रिया मार्फत चालु आ.व. २०७७÷७८ मा स्थानीयस्तरको विकासको लागि ३४९ वटा वार्षिक योजना बनाई कार्यान्वयन गर्दै गर्दा ज्येष्ठ मसान्त सम्म उपभोक्ता समिति तथा ठेक्का मार्फत कार्यान्वयन भएका पूंजीगत प्रकृतिका योजनाहरुको प्रगति करिब ९०५, पुगेको छ । त्यस्तै संस्थागत सुशासन र सेवा प्रवाहसंग जोडिएका योजना तथा कार्यक्रम करिव सम्पन्न भैसकेको अवस्था छ । यसबाट जनप्रतिनिधिको भूमिका नीति निर्माण र विकास निर्माणको अगुवाई, अनुगमनकर्ता एवं जनताको सुख दुःखमा साथ दिने गरी शशक्त हुँदैछ ।

    १२) हाम्रो सरकारले आफ्नो कार्य संचालन गर्दा लागत न्यूनीकरण, स्रोत साधनको अधिकतम उपयोगको लागि नेपाल सरकार तथा प्रदेश सरकारसंग साझेदारी एवं संयुक्त व्यस्थापनमा बृहत पूर्वाधार निर्माण लगायतका कार्य गर्दै आएको छ । जस्तैः पाट्नेखोला नदी नियन्त्रण, गुवाभन्ज्याङ भालुछाप्रा फाइमाराङ च्यामागवेशी सडक ।
    १३) उच्च उत्प्रेरीत तथा मनोबल युक्त कर्मचारीहरु संगठनका मूल्यवान् सम्पत्ति हुन् । कोभिड १९ को यस विषम परिस्थितिमा समेत कार्यालयमा उपस्थित भई उच्च मनोवलका साथ सेवा प्रवाह गरी स्थानीय सरकारका प्रतिफलहरुलाई नागरिक समक्ष पुयाउन भएको सकारात्मक भूमिकाको सदा सर्वदा स्मरण गरिनेछ । नवप्रवद्र्धन र सृजनशील कार्य गर्ने राष्ट्रसेवकहरुलाई सम्मान गरिनेछ ।

    १४) अनुदानमा आधारित विविध कृषिजन्य सामाग्री वितरण गरी कृषिमा आधुनिकीकरण गर्न खोजिएको छ । कृषि र पशु कार्यक्रमलाई एकीकृत रुपमा अगाडी बढाई दुग्ध व्यवसायलाई उत्पादनमुखी बनाउन भकारो सुधार कार्यक्रम, गोठ सुधार कार्यक्रम, पशु स्वास्थ्य कार्यक्रमलाई विशेष प्राथमिकता दिइएको छ ।
    १५) हाम्रो सरकारले गाउँपालिका भित्र विपद्मा परेका, असहाय रोग लागेका विपन्न नागरिकको स्वास्थ्य उपचारार्थ आर्थिक सहायता समेतको तत्कालै संबोधन गरी स्थानीय सरकारको अनुभूति दिने प्रयास गर्दै आएको छ ।
    १६) यस वर्षका हाम्रा उपलब्धिहरु उत्साहबद्धक छन् । हाम्रो स्थानीय सरकाले लिएका नीतिहरुको कार्यान्वयनबाट स्थानीय नेतृत्वको विकास र स्थानीय शासन पद्धति सुदृढ़ हुने प्रशस्त आधारहरु तयार भएका छन् । हरेक दिन एक कदम अगाडी बढ्ने हाम्रो सरकारको दृष्टिकोण र शैलीका कारण सम्पूर्ण वेथानचोकबासी नागरिकमा उत्साहको संचार भएको छ ।
    १७) नेपालको संविधानले परिकल्पना गरेको तीन तहको सरकार, त्यसका अधिकार क्षेत्र र संघ, प्रदेश र स्थानीय सरकारविचको सहकार्य, समन्वय र सहअस्तित्व समेतको मर्म अनुसार नेपाल सरकार र प्रदेश सरकारले प्रस्तुत गरेको दिगो विकास लक्ष्य प्राप्ति सहितको नीति तथा कार्यक्रम समेतलाई हृदयहम गरी हाम्रो स्थानीय सरकार सञ्चालनको ४ वर्षको अनुभव र गाउँसभा मार्फत पारित ऐन, नियम तथा कार्यविधि समेतका आधारमा आर्थिक वर्ष २०७०÷७१को नीति तथा कार्यक्रम तय गरिएको छ ।

    गाउँसभाका सदस्यज्यूहरु,

    १८) अब म गाउँपालिकाको आ.ब. २०७८÷७२ का लागि प्रस्तावित नीति तथा कार्यक्रम तर्फ यहांहरुको ध्यानाकर्षण गराउन चाहान्छु ।

    १९) यस प्रस्तावित नीति तथा कार्यक्रमले मानवीय क्षमता विकास, पूर्वाधार निर्माण, उद्यमशीलता र रोजगारी वृद्धि, स्थानीय नेतृत्व विकास, दिगो विकास, प्रभावकारी सेवा प्रवाह, सुशासन र कानूनी शासनको प्रत्याभूतिलाई प्राथमिकतामा राख्दै समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न तर्फ केन्द्रित छन् ।

    २०) गाउँपालिकाको कार्य सम्पादनलाई छिटोछरितो, प्रविधिमैत्री, पारदर्शी र गुणस्तरीयता कायम गर्दै सूचना तथा प्रविधिको अधकितम उपयोग गर्न ६ वटै वडा, विद्यालय तथा स्वास्थ्यचौकीमा इन्टरनेट सेवा विस्तार गरिनेछ ।

    २१) गाउँपालिकाबाट कार्यान्वयन हुने योजना, कार्यक्रममा वित्तिय जोखिम न्यूनीकरणका लागि निर्माण र खरिद प्रक्रियालाई बढी पारदर्शी र प्रतिष्पर्धात्मक बनाउन वार्षिक खरिद योजना बनाई ः– दष्ममष्लन (इ विडिङ) लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ ।

    २२) प्रविधिको प्रयोग तथा सूचनामा पहुँच अभिवद्धि गर्न जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकहरुलाई सूचना प्रविधिसंग सम्बन्धित तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ ।

    २३) जनप्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धि गरी विकास र सेवा प्रवाहमा गुणस्तर कायम गर्न तालिम, प्रशिक्षण र अभिमुखीकरण साथै भ्रमण अवलोकन गराइनेछ । त्यसैगरी गाउँपालिका अध्यक्षले वडाध्यक्षसंग, प्रमुख प्रशासकीय अधिकृतले शाखा प्रमुख र वडा सचिवसंग तथा शिक्षा अधिकृतले विद्यालयका प्रधानाध्यापकसंग, प्रधानाध्यापकले शिक्षकसंग मापन योग्य सुचकहरु सहित कार्यसम्पादन सम्झौता गरी सम्बन्धित पदाधिकारीहरुलाई नतिजा प्रति थप जवाफदेही बनाइनेछ ।

    २४) स्वास्थ्यका लागि खेल भन्ने मान्यतालाई साकार बनाउन आगामी आ.व. बेथानचोक स्तरीय खेल मैदान निर्माण शुरु गरिनेछ ।

    २५) भूमिलाई सम्पत्तिको स्रोत मात्र ठान्ने प्रवृत्तिलाई अन्त्य गर्न भूमीलाई उत्पादन तथा उत्पादकत्वमा जोड्नका लागि भू–उपयोग नीति बनाई जग्गालाई आवास क्षेत्र, कृषि क्षेत्र, बन क्षेत्रका रुपमा वर्गीकरण गरी कडाईका साथ लागू गरिनेछ ।

    २६) सार्वजनिक तथा सरकारी सम्पत्तिको अभिलेख राखी संरक्षण र सदुपयोग गरिनेछ । यसका लागि गाउँपालिकामा सार्वजनिक तथा सरकारी जग्गा संरक्षण समिति गठन गरी कार्य प्रारम्भ गरिनेछ ।

    २७) यस गाउँपालिका भित्रका ज्येष्ठ नागरिकहरुको रोगको समयमै पहिचान र रोकथाम गरी जनधनको रक्षा गर्न “गाउँपालिका अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम” वडास्तरसम्म सञ्चालन गरिनेछ । क्यान्सर रोग लगायत जटिल प्रकृतिका रोग लागेका विपन्न नागरिकहरुलाई आर्थिक सहायता प्रदान गरिनेछ ।

    २८) “समृद्धिका लागि युवाको क्रियाशिलता, हातमा सीप र दिमागमा उद्यमशीलता” भन्ने सोचको कार्यान्वयनका लागि यवाहरुको नेतत्व विकास, व्यवसायिक सिप अभिवद्धि, रोजगार, स्वरोजगार एवम् उद्यमशिल प्रवद्धनका लागि मागमा आधारित तालिम सञ्चालन गरिनेछ ।

    २९) निजामती सेवामा युवाहरुको आकर्षक बढाउन लोक सेवाको तयारी कक्षा सञ्चालनको व्यवस्था मिलाइनेछ ।

    ३०) विवाद समाधानको लागि मेलमिलाप तथा मध्यस्थता सेवालाई न्यायिक समिति मार्फत थप प्रभावकारी बनाइनेछ । वडामा स्थापना गरिएका मेलमिलाप केन्द्रलाई मेलमिलाप मार्फत विवाद समाधान गरी शान्ति स्थापना गर्ने केन्द्रको रुपमा विकास गरिनेछ ।

    ३१) गाउँपालिका भित्रका नागरिकहरुलाई सफा र स्वच्छ पिउने पानी उपलब्ध गराउन जनसहभागीतामा आधारित खानेपानी आयोजना सञ्चालन गरिनेछ । हाल सञ्चालनमा रहेको ‘एक घर एक धारा’ कार्यक्रमलाई थप प्रभावकारी बनाइनेछ ।

    ३२) ‘समृद्ध र विकास निर्माणको आधार, महिलाको क्षमता विकास’ भन्ने विचारलाई कायान्वयन गर्दै गाउँपालिका क्षेत्रभित्र महिला सशक्तीकरणका साथै उद्यमशिलता विकास गर्न “उपाध्यक्षसंग महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।

    ३३) गाउँपालिकामा बसोबास गर्ने सबै नागरिकको खाद्य सुरक्षाको प्रत्याभूति गरिनेछ । “कोही भोकै पर्दैन, भोकले कोही मर्दैन” भन्ने प्रतिबद्धता पूरा गर्न सबै तहका सरकार बीच सहकार्य गरी बहुआयमिक कृषि उत्पादनमा जोड दिदै गाउँपालिकालाई ’खाद्यान्नमा आत्मनिर्भर स्थानीय तह बनाउनका लागि सिंचाई, विउविजनको व्यवस्था गरिनेछ ।

    ३४) बाँझो जमीनको प्रयोग, उत्पादनमा सहयोग भन्ने सोचलाई आत्मसात् गर्दै बाझिदै गएको खेती योग्य जमिनलाई कृषि उत्पादनका लागि उपयोगमा ल्याउन बडा मार्फत बांझो जमीनको लगत सङ्कलन गरी भूमि बैंक स्थापना गरिनेछ ।

    ३५) ‘स्थानीय सरकारको पहिलो प्राथमिकता, कृषकको घरदैलोमा प्राविधिक सेवा’ भन्ने सोचलाई कार्यान्वयन गर्न कृषि प्राविधिक जनशक्ति थप गरिनेछ ।

    ३६) कृषि उद्यमशिलता अभिवृद्धि गर्न बैंक तथा वित्तीय संस्थासंगको सहकार्यमा कृषकलाई सहलियत व्याजदरमा कृषि ऋण उपलब्ध गराउने व्यवस्था मिलाइनेछ । नेपाल सरकारसंगको सहकार्यमा ’बाली तथा पशुपंक्षी विमा कार्यक्रम’ सञ्चालन गर्न विमा कम्पनीसंगको समन्वयलाई प्रभावकारी बनाइनेछ ।

    ३७) कृषि तथा पशुपंछी विकास सम्बन्धी सेवाको पहुँच विस्तार गरिनेछ । कृषि व्यवसाय गर्न चाहाने कृषकलाई विउविजन, फलफूलका विरुवा, कृषि औजार, प्रविधि र तालिम दिइनेछ ।

    ३८) कषि पेशालाई सम्मानजनक पेशाका रुपमा विकास गर्न र कृषकहरुलाई सामाजिक सम्मान गर्ने व्यवस्थाका लागि उत्कृष्ट कृषकहरुलाई पुरस्कृत गरिनेछ । कृषक क्षमता अभिवृद्धिका लागि मागमा आधारित व्यवहारिक तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।

    ३९) विद्युत सेवा पुगेको क्षेत्रमा विद्युत वितरण प्रणालीलाई प्रभावकारी बनाउनका लागि काठको पोल विस्थापित गर्ने कामलाई अभियानका रुपमा अगाडी बढाइनेछ । गाउँपालिका भित्र सञ्चालनमा रहेका होमस्टेहरुको प्रभावकारी नियमन गर्दै होमस्टेलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धन गर्न महत्वपूर्ण आधारका रुपमा विकास गर्न विशेष प्रबन्ध गरिनेछ ।

    ४१) बेथानचोक गाउँपालिकाको शानको रुपमा रहेका बेथानचोक नारायण मन्दिर, कपेर महाइल मन्दिर, कपेर डांडामा रहेको ऐतिहासिक गढी, गुम्बुडांडा, तीनतले झरना, घट्टेखोला झरना, क्षेत्रपाल महाहाल, भैरब अल्कापुरी, सिद्ध गुफा, तिलेश्वर मन्दिर लगायतका ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण, संवद्धन गरी प्रचार प्रसार मार्फत पर्यटक आकर्षित गरिनेछ ।

    ४२) कोभिड–१९ महामारीका कारण ज्यान गुमाउन पुग्नुभएका बेथानचोक गाउँपालिकाका प्रति परिवारलाई ५०,००० । – का दरले आर्थिक सहायता गरिनेछ ।

    ४३) मानव विकासको आधार स्तम्भको रुपमा रहेको स्वास्थ्यलाई प्राथमिकता दिदै आगामी ३ वर्ष भित्र प्रत्येक माध्यमिक विद्यालयमा विद्यालय नर्सको व्यवस्था गरिनेछ भने दलितहरुको लागि स्वास्थ्य विमा गरिनेछ ।

    ४४) विश्वमा महामारीको रुपमा देखा परेको कोभिडको नियन्त्रण गर्न प्रभावकारी उपाय भनेको खोप नै हो । यसका लागि संघीय सरकार, प्रदेश सरकारले खोप व्यवस्था गर्न नसकेको अवस्थामा हाम्रो सरकाले बजारमा उपलब्धताका आधारमा खोप खरिद गर्नका लागि आवश्यक बजेट बिनियोजन गरिनेछ ।

    ४५) यस बेथानचोक गाउँपालिकाभित्र सञ्चालित सबै विद्यालयहरुको वैकल्पिक सिकाइ सहजीकरणका लागि ऋन् सियुजी) पाठ्यशाला आवद्ध गरिनेछ ।

    ४६) गाउंपालिकाबाट ःद्यद्यक् अध्ययनका लागि छनोट मल्सिना भएका विद्यार्थीहरुमध्ये गरिब तथा जेहेन्दार १ जना विद्यार्थीलाई प्रत्येक वर्ष छात्रवृत्ति प्रदान गरिनेछ ।

    ४७) कोमिड–१९ बाट मृत्यु भएका परिवारका बालबालिकालाई कक्षा १२ सम्म गाउँपालिका भित्रको नमूना विद्यालयमा अध्यापन गराउन व्यवस्था मिलाइनेछ ।

    ४८) बेथानचोक गाउँपालिका भित्रका विद्यार्थीहरुमध्ये कसैले बेथानचोक गाउँपालिकाको भौगोलिक, सांस्कृतिक, शैक्षिक, आर्थिक लगायतका विषयमा शोधपत्र (थेसिस) लेखेमा स्नातकोत्तरका लागि रु. ५०,०००।–, ःउजष्÷एज्म् का लागि रु.१,००,०००।– रकम प्रोत्साहन स्वरुप प्रदान गरिनेछ ।

    ४९) बेथानचोक गाउँपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक विद्यालयहरुमा पुस्तकालय स्थापना गरिनेछ ।

    ५०) गाउँपालिकाभित्र विद्यालय उमेर समूहका विद्यालय बाहिर रहेका बालबालिकाहरुको पहिचान गरी विद्यालय भर्ना नहुने दर शुन्य कायम गरिनेछ । सामुदायिक विद्यालय सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ ।

    ५१) बालबालिकाको क्षमता पहिचान गरी वृत्ति पथ निर्माण गर्न ट्यालेन्ट हन्ट कार्यक्रम सञ्चालन गरिनेछ ।

    ५२) यस गाउँपालिकामा सञ्चालित नमुना विद्यालयमा कक्षा ११, १२ मा विज्ञान विषय अध्यापन गर्ने व्यवस्था मिलाइनेछ ।

    ५३) यस गाउँपालिकाभित्र सञ्चालित प्राविधिक शिक्षा कार्यक्रमलाई गाउँपालिकाको आवश्यकता अनुसार बहु प्राविधिक शिक्षालयको रुपमा विकास गर्न प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्संग समन्वय गरिनेछ ।

    ५४) यस गाउँपालिकाभित्र विगत ३ वर्षदेखि रेयकाई नेपाल, बिन्दबासीनी सहकारी संस्था तथा बेथानचोक गाउँपालिकाको संयुक्त प्रयासमा मोतिविन्द लागेका नागरिकको निःशुल्क उपचार भईरहेकोमा यसलाई निरन्तरता दिइनेछ ।

    ५५) यस गाउँपालिकाको केन्द्रविन्दु देखि प्रत्येक बड़ा कार्यालयसम्म जाने सडकलाई १२ महिनासम्म चल्न सक्ने बनाउन आवश्यक बजेट विनियोजन गरिनेछ ।

    ५६) गत आ.ब. बाट शुरु भएका सुत्केरी आमा पोसिलो खाना, शुन्य होम डेलिभरी, गर्भवती सुत्केरी प्रोत्साहन तथा यो आ.व. मा अन्य संस्थाहरुको समन्वयमा महिलाको आङ खस्ने समस्याको निःशुल्क उपचार गर्न शुरु गरिनेछ ।

    ५७) खोपासी–खर्क–च्याम्राङ्गवेशी–कट्वा–फापरवारी (४८ कि.मि.) सडकलाई राष्ट्रिय राजमार्गमा सूचिकृत गर्न प्रदेश सरकार तथा संघीय सरकारसंग समन्वय गरिनेछ ।

    ५८) ‘फोहोरबाट मोहोर’ भन्ने विश्वव्यापी मान्यतालाई कार्यान्वयन गर्दै फोहोरलाई गल्ने फोहोर र नगल्ने फोहोरमा छुट्याई गल्ने फोहोरबाट कम्पोष्ट मल तथा नगल्ने फोहोरलाई इन्सीनीरेटरमा राखेर जलाउने व्यवस्था मिलाइनेछ ।

    ५९) विद्यालय, पाटी पौवा, मठ मन्दिरले चर्चेको सार्वजनिक जग्गालाई भोगाधिकार दिने व्यवस्था मिलाइनेछ ।

    ६०) वास्तविक कृषकको पहिचानको लागि निश्चित सूचकको आधारमा कृषक परिचय पत्र वितरण गरिनेछ ।

    ६१) विचौलियाबाट उपभोक्ता तथा कृषकहरुलाई बचाउन यस आ.व. मा उपयुक्त ठाउँमा कृषि हाट बजारको व्यवस्था मिलाइनेछ ।

    ६२) न्यायमा सबैको पहुंचका लागि निःशुल्क कानूनी सहायता प्रदान गरिनेछ ।

    ६३) कानूनी अज्ञानता क्षमा नहुने कानूनी सिद्धान्तलाई आत्मसात् गर्दै कानून सम्बन्धि न्यूनतम ज्ञान दिनका लागि प्रत्येक वडामा कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ ।

    ६४) वेथानचोक गाउँपालिका सरकारलाई सबैको सरकार अनुभूती गराउनका लागि “जनतासंग जनप्रतिनिधि” कार्यक्रम मार्फत गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उपस्थितिमा प्रत्येक वडामा अन्तरसंवाद कार्यक्रम सञ्चालन गरिनेछ ।

    ६५) यस गाउँपालिकामा अवस्थित रहेका गुम्बुडाँडालाई मनोरञ्जन स्थल र हिलेआल घोरबांधे नाडेचौरलाई पिकनिक स्पोटको रुपमा विकास गरिनेछ ।

    ६६ फूलचोकीबाट शुरु भएको पदमार्गलाई नारायणस्थान, कपुर महाशाल–तारा खसे लेक हुँदै सिपालीसम्म एउटा ट्रेकिङ्ग मार्ग, भुग्देउ हुँदै नमोबुद्धसम्म अर्को ट्रेकिङ मार्ग र नारायणस्थान अल्कापुरी–कालेश्वर तिनपाने भन्ज्याङ्ग हुदै महाकाल गा.पा., ललितपुरसम्म थप ट्रेकिङ मार्ग निर्माण सुरुवात गरिनेछ ।

    ६७) बेथानचोक गाउँपालिकामा कृषि क्षेत्रको विविधीकरणका लागि बडा नं. १ काला कफी÷कागती ÷मौरीपालन, वडा नं. २,३,५ का लागि आलु ÷ बखडा कीवी÷ नास्पाती÷स्याउ, बडा नं. ४ का लागि अङ्गुर कीवी÷सुन्तला र वडा नं. ६ का लागि भूइँकटर÷ सुन्तला कीवी पकेट एरियाको रुपमा विकसित गरिनेछ ।

    ६८) यस गाउँपालिकामा आलु बखडाको उत्पादन अत्याधिक हुने भएकोले यसबाट जाम उत्पादनको लागि प्रोत्साहित गरिनेछ ।

    ६९) जैविक विविधताको संरक्षण तथा संवद्धन गर्न जङ्गलहरुको उपयुक्त ठाउँमा पोखरी निर्माण गर्ने कामको शुरुवात गरिनेछ ।

    ७०) गाउँपालिका भित्र शान्ति सुरक्षा कायम गर्न, गाउँपालिकाको प्राकृतिक स्रोत साधनको रेखदेख तथा संरक्षण गर्न गाउँ प्रहरीको व्यवस्था मिलाइनेछ ।

    ७१) यस गाउँपालिका भित्र सञ्चालित सामुदायिक स्वास्थ्य केन्द्रलाई आवश्यकताको आधारमा स्वास्थ्यचौकीमा रुपान्तरणका लागि प्रयत्न गरिनेछ ।

    ७२) वन, वनजन्य स्रोत साधन, जडीबुटीको संरक्षण तथा संवद्धन गर्न सामुदायिक वन उपभोक्ता समितिसंगको सहकार्यमा आवश्यक कार्य अगाडी बढाइनेछ ।

    ७३) बेथानचोक नारायण÷इन्द्रेणी झरना तीनतले झरना, कोप्तेल भरना, खहरेमुरा मानपाते टोल, गेल्डङ–सांगलोघट्टा, गौथली पहर कलसिङमा झोलुङ्गेपुल निर्माणका लागि सन्येन्सड विज डिभिजन कार्यालयको समन्वय तथा सहयोगमा आवश्यक काम अगाडी बढाइनेछ ।

    ७४) यस गाउँपालिकाको नारायण खोला÷ महाङ्काल खोला पक्की पुलको मात्र डिपिआर) को प्रक्रिया अगाडी बढाइनेछ ।

    गाउँसभाका सदस्यज्यूहरु,

    अन्त्यमा, यो नीति तथा कार्यक्रमको कार्यान्वयनबाट ’समृद्ध बेथानचोक, सुखी बेथानचोकवासी’ को गन्तव्यमा पुगी समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न हाम्रो सरकारका प्रत्येक कार्यहरुको केन्द्रविन्दु आम नागरिक हुनेछन् । सबैलाई समान अवसर, समान अधिकार, उत्तिकै सुरक्षा, उत्तक सम्मानका प्रत्याभात गरिनेछ ।

    ७६) यो नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि सबैको सहकार्य र स्वामित्व अनिवार्य छ । यसको सफल कार्यान्वयनको लागि सम्पूर्ण सरकारी निकाय, राजनैतिक दलहरु, संघसंस्थाहरु, निजी तथा सहकारी क्षेत्र लगायत सबैको सद्धभाव र सहयोग हुनेमा विश्वस्त छु ।

    अन्त्यमा, गाउँपालिकाको समग्र विकासमा योगदान पुयाउने राजनीतिक दल, राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, निजी, सहकारी र सामुदायिक क्षेत्र, श्रमिक वर्ग, नागरिक समाज, सामाजिक अभियान्ता, युवा क्लब, आमा समूह, आमसञ्चार लगायत सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । धन्यवाद !

    प्रेमबहादुर तिमल्सिना गाउँपालिका अध्यक्ष

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार