नगर प्रमुख भिम न्यौपानेद्वारा नगर सभामा प्रस्तुत र पारित पनौती सरकारको आर्थिक वर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम

नगरसभा सदस्यज्यूहरु,पत्रकार मित्रहरु,
कर्मचारी साथीहरु र उपस्थित भद्र महिला तथा सज्जनवृन्द,

आज हामी हाम्रो जिम्मेवारीको पाँचौं वजेट तथा कार्यक्रम तर्जुमामा जुटिरहेका छौं । यो आफैमा महत्वपूर्ण ऐतिहासिक क्षण हो । नीति कार्यक्रम तथा वजेट प्रस्तुत हुने यो गौरवमय नवौं नगरसभाको बैठकमा उपस्थित भइरहँदा हाम्रा दायित्व र कर्तब्यले पछ्याइरहेको महशुस गर्दछु।

यस महत्वपूर्ण सभामा सर्वप्रथम नवीन सोच र दृष्टिकोण राखी नेपाली जनताको सुख र शान्तिका लागि वलिदान हुनु हुने पनौतीका सुपुत्र सगुन ताम्राकार लगायत सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दछु । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण दुखःद निधन हुनुभएका आदरणीय नगरवासी दाजुभाई तथा दिदिवहिनीप्रति हार्दिक श्रद्धान्जली सहित शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । विभिन्न अस्पताल वा घरमै कोरोना भाइरसको संक्रमणले ग्रसित भई उपचार गराइरहनु भएका समस्त नगरवासीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो राम्रो पनौती निर्माणको अभियानमा प्रत्यक्ष परोक्ष सहभागी हुनुहुने श्रद्धेय नगरवासी,विभिन्न संघसंस्था लगायत सम्बद्ध सबैमा मुक्तकण्ठले प्रशंसा गर्दै आभार ब्यक्त गर्दछु ।

नगरका विभिन्न कृयाकलापमा पृष्ठपोषण गर्ने,ऐक्यवद्धता जाहेर गर्ने,मार्गदर्शन गर्ने समस्त जनप्रति आदरभाव प्रकट गर्दछु। विषमताका बीच आफ्नो वैयक्तिक जीवनभन्दा माथि उठी जनसेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मी,गैह्रस्वास्थ्यकर्मी,जनप्रतिनिधि लगायत सम्बद्ध सवैलाई स्मरण गर्दै उच्च सम्मान गर्दछ। जटिल स्वास्थ्य परिस्थितिमा विभिन्न प्रकारका स्वास्थ्य सामाग्री लगायतका सहयोग हस्तान्तरण गर्नुहुने संघसंस्था तथा व्यक्तित्वहरुलाई धन्यवाद दिन चाहान्छु । विद्यमान नेतृत्व जनताको वलिदानीले स्थापित गरेको मूल्य र मान्यताको जगमा रहेर जनताको अभिमतले अनुमोदित भएको हाम्रा अगाडि जगजाहेर भएकै छ । यसर्थ पृथक पृथक सोच र दृष्टिकोण समेतलाई एकत्र गर्दै सबैको नेतृत्व बन्ने र स्थापित हुने कृयाकलापमा हाम्रो जोड र ध्याउन्न छ ,यसको समाजमा खाँचो पनि छ ।

एक्लाएक्लै हिड्न सकिन्न भन्ने वारे हामीलाई हेक्का पनि छ । त्यसैले सामुहिकतामा विश्वास र भरोसा गर्दै सामुहिक निर्णय प्रकृयामा हाम्रो तत्परता र जागरुक बढ्नु स्वभाविकै हो। हामी विगत एक वर्षदेखि कोभिड १९ को महामारीबाट गुज्रिरहेका छौं ।हाम्रा नगरवासीको जीवन,आर्थिक,सामाजिक लगायतका हर क्षेत्र यसले प्रभावित पारेको छ । दैनिकीमा परिवर्तन ल्याएको छ । यसैगरि कोभिड १९ को कारण हामीले गत वर्ष सम्पन्न गर्नुपर्ने कैयन कार्यहरुको प्रारम्भ पनि गर्न सकेका छैनौ ।यसबेला विकास निर्माण कार्यहरु अवरुद्ध बन्न पुगेका छन् ।

हामीले विकास भन्दा पनि आफ्ना नागरिकको स्वास्थ्य सुरक्षामा हाम्रो ध्यान गएको छ । यसैले गर्दा हामी निर्धारित बिकास लक्ष्य हासिल गर्न नसकेको तितो यथार्थ यहाँहरु समक्ष मध्यान्हको घाम जस्तै छर्लग छ।

हाम्रा अनगिन्ति वाचा वन्धनका बीच हामी बाँधिने रुमल्लिने अवस्थामा छौं । हाम्रो राजनीतिक अवस्था,सोच,दृष्टिकोण र सहभागीता,आर्थिक,सामाजिक र प्रशासनिक सक्षमता के कस्तो र कतिसम्म छ भन्नेमा पूर्वानुमान या आँकलन हुन नसकेमा गरिने आलापले मन शान्ति त गराउला तर परिपूर्ति त पक्कै सम्भव नहोला।सामार्थ्य बिनाको उत्कट अपेक्षा स्वयंको उपस्थितिले समेत पूरा गर्न सकिने भए स्वप्न द्रष्टालाई क्रमशःपात्र बनाँउदै घरि घरि परिवर्तन गर्ने गरिए बढी पो लाभान्वित भइन्थ्यो कि यसतर्फ कति घोत्लिने ?टिपिने लेखिने यथार्थलाई तितो मात्र होइन अवस्था हो भन्ने बुझिए सभ्य सुन्दर शब्दवाण या प्रहार भनेर बुझिरहनु पनि पर्दैन किनकी यो भोलीको लागि ऐतिहासिक दस्तावेज पनि हो।

हामी निर्वाचित भए यताको अबधिमा ४ वटा वजेट प्रस्तुत गरि त्यसको नतिजा समेत भोगिसक्यौं। आज हाम्रो कार्यकालको अन्तिम या पाँचौ बजेटको प्रस्तुतिमा छौं,तापनि पहिलो देखि खुम्चिएको भाग र आवश्यकता पाँचौ बर्षमा आँउदा समेत परिपूर्ति हुन नसक्दाका पछाडी हाम्रो अभाव र श्रोतको संकुचन मात्र नभएर जनताको विकास प्रतिको तीब्रतर इच्छा आवश्यकता र भौगोलिकताबीच हाम्रो विनियोजन एउटा अंश मात्र थियो । तथापी यसले पार्ने प्रभाव क्रमशः देखिंदो अवस्थामा छ । वजेट व्यवस्थापन हुँदाहुँदा तीव्र इच्छाशक्ति,निष्ठापूर्वक जिम्मेवारी नलिने प्रवृत्ति,बर्तमान विषम प्रकोपको प्रभाव जस्ता परिस्थितिजन्य कारण अपेक्षाकृत नतिजामा कमि भएको भने पक्कै हो । यस तर्फ पनिमनन गरिनु पर्छ कि कतै हाम्रो विनियोजन ठीक नभएका कारण जनताको विकासे भावनाको बिम्ब बन्न सकेन कि एक पटक सिंहावलोकन गरौं । विकास न त अंश हो न त वण्डा हो,न बराबरी नै यो त भूगोल र भूगोलका नागरिकलाई सम्बृद्धिको यात्रामा यात्री बनाउने सारथी हो,मात्र हामी यसका माध्यम ।

यिनै पृष्ठभूमीबीच हाम्रा साझा प्रयास र संकल्प,साझा बुझाई,समुह कार्य,जनताको तत्परता,वडा अध्यक्ष लगायत कार्यपालिकाका अन्य सदस्य एवं वडा सदस्यहरुको ऐक्यवद्धता,लगन,मिहेनत र वीचको तालमेल मिल्न सक्दा अपेक्षित उपलब्धि हासिल हुनेमा सन्देह रहेन । यद्यपी यस्ता प्रयत्न हुँदाहुँदै पनि सफलताको प्रतिशत सन्तोषप्रद हुन नसक्दा स्वयं गुनासो पाल्नुको विकल्प रहेन। तथापी निष्ठापूर्वकको खटाइले निरन्तर प्रेरित गर्न भने छोडेन। आफु बाहिरको परिवेशबाट समेत आपसी सहयोग र मद्दत हुने कार्य,एक्लो अर्को निकायले गर्ने कामको कार्यक्षेत्र र त्यसवाट हासिल हुन नसकेका उपलब्धीले क्रमशः चिमोटि रह्यो । छिमेकी साथी सरकारको नाताले सुन्नु,हेर्नु,देख्नु र समाधानतर्फ लाग्नु स्वभाविक दायित्व हुन । सर्वसाधारणले देख्न छुन सक्ने सरकार पनि स्थानीय नै हुनुको नाताले यी सबै परिवेश व्यहोर्नुको विकल्प रहँदैन्।

चालु वर्षका लागि गत वर्ष स्वीकृत कार्यक्रम कार्यान्वयनका क्रममा कार्यक्रम र कार्यक्रमसँग जोडिएका कतिपय गतिविधिवाट केहि प्रयासहरु भने नभएका होइनन्।

नगर सभा सदस्यज्यूहरु,

अव म चालु आर्थिक वर्षको हालसम्म प्राप्त भएका केही प्रमुख उपलब्धिहरुको बारेमा संक्षेपमा उल्लेख गर्न चाहान्छु ।

  • बनेपा-पनौती-खोपासी सडकलाई केन्द्रिय योजनामा समावेश गर्न छुट भएको विषयलाई जोडबल दिदै कार्यक्रम वजेट समावेश भएको विषयले महत्व प्राप्त गरेको छ भने लुभु-लामाटार- पनौती नमोवुद्ध सडक NH15 मा समावेश भइ हाल निर्माण भइरहेको कार्यले तिव्रता प्राप्त गरेको हामी सबैमा जाहेर छ।

  • > वडास्तरका सबै तयारी अन्त्यतर्फ पुग्दा कोरोना संक्रमणका कारण CFLGघोषणाले मूर्तता प्राप्त गर्न भने बाँकी रहयो । तथापी बर्षान्त सम्ममा घोषणाका सम्पूर्ण अध्याय पुरा हुनेमा हामी आशावादी छौं ।

  • भूमी सम्बन्धि समस्या समाधान आयोगको इकाइ स्थापना भई प्रारम्भिक कार्य सुरु भई ओरेन्टेशन सम्पन्न हुँदा विषम परिस्थितिले थप कार्य अगाडी बढ्न सकेन,

  • फेकोफन-सामुदायिक बन उपभोक्ता महासंघसँगको समझदारी पत्र बमोजिम सामुदायिक वन परियोजनाका लागि १ जना वन प्राविधिकको व्यवस्था सहित कार्य प्रारम्भ भएको,

  • लुमन्ती CRS को सहयोगमा भुकम्प पिडित लाभग्राहीको छनौट भएका घरको प्राविधिक डिजाइन र रेक्टोफिटिंग्स सम्बन्धी कार्य अघि वढेको,

  • विभिन्न सहयोगी संस्थाहरु मार्फत अत्यावश्यक स्वास्थ्य सामाग्रीहरु सहयोग स्वरुप प्राप्त भइरहेको,

  • कोभिड १९को दोस्रो लहरले हाम्रो नगर र हाम्रा नगरवासीहरुमा पारेको स्वास्थ्यको असरलाई दृष्टिगत गरी सवै वडाहरुमा निशुल्क श्वाब संकलन गरि परिक्षणको लागि पठाइएको,निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिएको,संक्रमितहरुको लागि अस्पताल यथोचित समयमा पुर्याइ आवश्यक वाताबरण मिलाइएको,होम आइसोलेसनमा बस्नेहरुको निम्ति निशुल्क काउन्सीलिंग, आवश्यक औषधी निशुल्क वितरण गरिएको, नगरको आ.व.०७७/०७८ देखि आ.व.०८१/८२सम्मको Comprehensive plan निर्माण गरिएको,

  • वालवालिकाको क्षेत्रमा क्रियाशिल संस्थासंगको सहकार्य ।

  • खोटांगको हलेसी चुवातुंग नगरपालिकासँग भगिनी सम्बन्ध स्थापित भएको छ।

  • दोलखाको कालिंचोक र विगु गाँउ पालिका बिच द्धिपक्षिय भ्रमण आदान प्रदान भएको छ।

  • नगरस्तरको पाठ्यक्रम निर्माणको लागि शैक्षिक एवं बौद्धिक ब्यक्तित्वहरुको वृहद भेला सम्पन्न भएको छ।

  • नगर अस्पताल निर्माणको सन्दर्भमा डाक्टर एवं स्वास्थ्यकर्मीहरुको भेला सम्पन्न भएको छ।

  • > राष्ट्रिय परिचयपत्र तथा पंजिकरण विभागको सहयोगमा यस नगरपालिका क्षेत्रमा विगत वर्षदेखिको व्यक्तिगत घटना दर्ता कितावलाई Desitation गर्ने कार्य सम्पन्न भएको छ । साथै विषमताका वीच घटना दर्ताको फिल्डस्तरको शिविर भने सम्पन्न हुन नसकेको,

  • प्रदेशस्तरीय वजेट ब्यवस्थापनबाट निर्माणाधिन लुंभु लामाटार पनौती नमोवुद्ध सडकको जडिन पनौती खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने पनौती दाहालटार सडक तिव्र गतिमा निर्माण भइरहेको छ। त्यस्तै पनौती खोपासी सडक विस्तार कार्य समेत प्रारम्भ भएको छ।

  • पुण्यमाता कोरिडोर निर्माण कार्यले तिव्रता प्राप्त गरेको छ। मकरमेला केन्द्रित अधिकाँश योजनाको सम्झौता भई कतिपय योजनाको निर्माण कार्य समेत थालनी भएको छ।

  • संघीय सरकार र दातृ संस्थाको सहयोगमा भालेश्वर माविको आधुनिक भवन निर्माणले तिव्र गति लिएकोपनौती प्राविधिक शिक्षालयको विस्तारित शैक्षिक कार्यक्रमका लागि जग्गा ब्यवस्थापन गरिएको छ।

  • लज्जावती शहीद पार्क एवं वुढापोखरी स्थित शहीद पार्कको यस अवधिको महत्वपूर्ण निर्माण कार्य पुरा भएको छ।

  • २ नं. वडाको विशेष पहलमा भारतीय राजदुतावास मार्फत एउटा एम्बुलेन्स प्राप्त गरिएको।

  • » वडा नं. ४को वडा कार्यालय भवन पूर्ण रुपले निर्माण सम्पन्न भएको ।

  • ३ नं वडा कार्यालय भवनको निर्माण आँशिक कार्य मात्र बाँकी ।

  • कोरोना नियन्त्रण व्यवस्थापन प्रयास पहलकदमी Isolation Center को ब्यवस्थापन गरिएको,

  • चरा संरक्षण क्षेत्र घोषणा सहितका कार्यक्रम सम्पन्न भएको,

  • एकिकृत पर्यटन विकास योजना(पनौता,सूर्यविनायक,महालक्ष्मी,गोदावरी),

  • इको टुरिजमको अवधारणा (पनौती,धुलिखेल,नमोवुद्ध,चागुनारायण न.पा.)ल्याइएको,

  • जनस्तरको सहयोग र पहलकदमी तथा यस नगरपालिकाको समेत सहयोगमा वडा नं.६ गोरखनाथ डाँडामा ९ फिटे गणेशको धातुको मुर्ति निर्माण सम्पन्नतातर्फ उन्मुख छ।

  • जनस्तरको सहयोग,पहलकदमी तथा यस न.पा. समेतको सहभागितामा निर्माण भइरहेको वडा नं. ५ वासघारी स्थित मुक्तिनाथ मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

  • यस अवधिमा वडा गौरव योजनाका रुपमा रहेका अधिकाँश योजनाको वजेटको सीमा भित्रका कार्यहरु सम्पन्न भएको छ।

  • वडा नं. ९ भण्डारी गाँउ सडक र नौविसे सडक खण्डको केहि भागमा कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ। > नागी डाँडामा पर्यटन पार्क निर्माण कार्य अघि वढ्दैछ।

  • धुलिखेल,शारदादेवी,पनौती,पदमार्ग पदयात्रा(नेपाली सेनाको अगुवाई) सम्पन्न भएको,

  • काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको पानी परिक्षण भइरहनुका साथै देविथानको मुख्य ट्यांकी लगायत सल्ले र चामखर्कमा समेत पानी प्रवाह भइसकेको छ।

  • मानसिक स्वास्थ्य प्रवर्द्धनको लागि कुशादेवी,पनौती र खोपासीका स्वास्थ्य संस्थाहरुमा निःशुल्क स्वास्थ्य परिक्षण,परामर्श र निःशुल्क औषधी वितरणको ब्यवस्था गरिएको छ ।(मासिक रुपमा १ पटक)

  • उद्योग वाणिज्य संघ काभ्रेका नवनिर्वाचित पदाधिकारीलाई शुभ कामना तथा वधाई एवं सगरमाथा आरोहण अभियानकर्मीलाई शुभेच्छा।

  • » शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापनमा सहयोग पुर्याउने १५ जना प्रा.वि.शिक्षकलाई कदर तथा प्रोत्साहन।

  • ७/७ दिनको उद्यमशिलता सम्बन्धी तालिम सम्पन्न ।

  • वडा नं. ८ को कार्यालय परिसरमा आर्युवेदिक उपचार सेवा केन्द्र संचालन,निःशुल्क परिक्षण र औषधी वितरणको ब्यवस्था गरिएको छ।

  • » KoSISS Nepal को ४ महिनाको मनोपरामर्श सेवाले सकारात्मक प्रभाव पारेको छ।

  • स्मार्ट सिटि अन्तर्गतका योजना त्रिवेणीघाट क्षेत्रमा सिंढि निर्माण एवं सोलार बत्ति जडान कार्यको प्रारम्भ भएको छ।

नगर सभा सदस्यज्यूहरु,

अब म आगामी आर्थिक वर्षका प्राथमिकता प्राप्त प्रमुख कार्यका नीतिगत कार्यक्रम तर्जुमाका आधारहरुको बारेमा संक्षेपमा चर्चा गर्दछु ।

नेपालको संविधानको धारा ५६को उपधारा (१)ले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ,प्रदेश र स्थानीय तह गरी तीन तहको व्यवस्था गरेको छ । संविधानतःव्यवस्था भएको ३ तहको संरचना मध्ये सबै तहको अधिकार क्षेत्र संविधानले नै प्रष्ट ब्यवस्था गरेको छ । धारा ५९ले दिएको अधिकारको प्रयोग गरि यस नगरपालिकाले प्रत्येक वर्ष आफ्नो वार्षिक वजेट तथा नीति बनाँउदै आएको छ । धारा२२३ बमोजिम गठित नगर सभामा धारा २३०को उपधारा (१) अनुसार आगामी बर्षको राजश्व र व्ययको अनुमान स्थानीय कानून बमोजिम पेश गरि पारित गराउनुपर्ने व्यवस्था रहेकोमा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १९को उपदफा(१)(२) र(४) बमोजिम आहवान भएको यस गरिमामय नगरसभामा नेपालको संविधानले निर्दिष्ट गरे बमोजिम नीति प्रस्तुत गर्नुपर्ने हाम्रो दायित्व हो । यीनै दायित्वबोध गर्दै हामी हाम्रो अभिभारा पुरा गर्दैछौं।

हामी नेपालको मूल कानून संविधान,स्थानीय सरकार संचालन ऐन,प्रदेश नीति योजनाको लक्ष्य,वृहत नगर विकास योजना,विभिन्न नगरपालिकाहरुको अनुभव,गत आ.व.को अन्तिम लेखापरिक्षण,प्रदेश शुसासन केन्द्रद्धारा निर्धारित स्वमुल्याँकनका आधार मापदण्ड र सोवाट प्राप्त भएका विगत वर्षको नतिजा,यस बर्षको अघिल्लो सभामा उठे,उठाइएका विभिन्न विषय र घटना सवालहरु,विद्यमान परिवेश,नगरक्षेत्रभित्रका नागरिकहरुको आवश्यकता तथा उपलब्ध भएका श्रोतको तादम्यता आदिलाई आधार माथि आगामी बर्षको नीतिगत कार्यक्रमहरुको ब्यवस्था गरेको छु। गत वर्ष चालु वर्षका लागि हामीले स्वीकृत गरेको कार्यक्रम कार्यान्वयनमा प्राप्त भएका सफलता र जटिलता सवैले अनुभुत गरेकै छ ।यस अवधिमा नगरवासीको भावनाको उच्चतम् कदर गर्दै योजना कार्यान्वयनमा प्राप्त साथ सहयोग र ऐक्यवद्धता प्रति हार्दिक आभार प्रकट गर्दछु ।

राम्रो र उन्नत पनौती निर्माणको महाअभियान सबैको अभिष्ट हो । सीमित श्रोत र साधनका बावजुद यसको परिपूर्ति हाम्रो आवश्यकता र दायित्व हो ,तर नीजिक्षेत्र समेतको सहभागिता विना निर्दिष्ट लक्ष्य र उद्देश्यमा पुग्न भने पक्कै कठिनै छ।

नगर सभा सदस्यज्यूहरु,

अब म आगामी आर्थिक वर्षका प्राथमिकता प्राप्त प्रमुख कार्य र सो को नीतिगत ब्यवस्थाको बारेमा चर्चा गर्दछु। ।

  • कृषि उपज संकलन,भण्डारण र वजारीकरणका लीग नगरक्षेत्रको यथासंभव मुख्य पायक पर्ने वजार केन्द्रमा मुख्य केन्द्र रहने गरी संकलन,प्रशोधन,ग्रेडिंग,प्याकेजिंग र ब्राण्डिंग गर्ने लगायत कृषिजन्य मल वीउ,विक्री वितरणका लागि स्थानीय सहकारी संस्थाहरुको सहकार्यमा केन्द्र स्थापना,उपकरण र ढुवानीका साधन खरिद गरी संचालन,ब्यवस्थापन गर्ने व्यवस्था मिलाउन आवश्यक गृहकार्य प्रारम्भ गरिनेछ।

  • जनताको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिदै प्रत्येक वडाले छनौट गरेका अत्यन्तै विपन्न एवं कमजोर आर्थिक अवस्थाका घर परिवारको स्वास्थ्य बीमा गराउन १ बर्षको पुरै बीमा रकम नगरपालिकावाट भुक्तानी गर्ने ब्यवस्था मिलाइनेछ।

  • दुग्ध संकलन,प्रशोधन र विक्री वितरणमा प्रत्यक्ष उत्पादक/संकलकको सहभागिता संस्थागत रुपमा रहने गरी स्थापना,संचालन र व्यवस्थापन गर्ने ब्यवस्थाका लीग पूर्व तयारी गरिनेछ। पशु विकासका क्षेत्रमा वाखा,गाई,पाडी वितरण कार्यलाई निरन्तरता दिइनेछ।

  • आधुनिक कृषि यन्त्रले यान्त्रिकरण गर्दै व्यवसायिकतातर्फ उन्मुख गराउन भएका पहलकदमीले जीवनस्तरमा आएको परिवर्तनको अनुभूति भएकोले यसलाई निरन्तरता प्रदान गरिनेछ ।

  • जनस्वास्थ्य प्रवर्द्धनमा अस्पताल,निशुल्क पिसिआर,नियमित खोजविन,फलोअप जस्ता कार्य हुँदै आएकोमा यस्ता अत्यावश्यक कार्यको निरन्तरता हुनेछ।

  • सामाजिक सुरक्षा भत्ताको नगदै वितरणवाट लाभग्राहीमा पुग्न गएको सुविधालाई थप ब्यवस्थित शुद्ध,स्पष्ट र पारदर्शी बनाउन बैकिंग प्रणाली मार्फत वितरण गर्ने कार्य अनूरुप अघि वढाइनेछ ।

  • पनौती-बनेपा सडक,पनौती-खोपासी,मल्पी,कुशादेवी,नमोबुद्ध सडकको शौन्दर्गीकरण गरी पनौती आवागमनलाई रमणीय बनाउन उक्त सडक खण्डको मुख्य मुख्य स्थानमा टोल विकास संस्था प्रवर्द्धन गरी स्थानीय सहकारी संस्थाहरुको सहकार्यमा सार्वजनिक नीजि साझेदारी अर्न्तगत वृक्षारोपण,पार्क,सडकवत्ती व्यवस्थापन र फोहोरमैला व्यवस्थित गर्न डष्टवीन राख्ने ब्यवस्था मिलाइनेछ। कोरोना भाइरसको दोश्रो लहरवाट यस अवधिभर मृत्यु भएका एवं आगामी आ.व. मा कोरोना भाइरसको कारण मृत्यु हुन पुगेमा आफ्ना नागरिकको संस्कार खर्च वापत आर्थिक सहयोग गर्ने ब्यवस्था मिलाइनेछ ।

  • हाम्रो नगरक्षेत्रभित्र निर्माणाधिन अवस्थामा रहेका सडकका कारण सर्वसाधारणको दैनिकी कष्टकर बनेकोले स्वीकृत परियोजनाको तोकिएको अवधिभित्रै गुणस्तरीय सडक निर्माण कार्य सम्पन्न गराउन भइरहेका प्रयासलाई थप सार्थक बनाउन सकारात्मक र सृजनात्मक भूमिका निर्वाह गरिनेछ । पनौती नगरपालिका क्षेत्रभित्रका दलित जनजातीहरुको नेतृत्व,क्षमता,सहभागितामा विकास र वढोत्तरी गर्न नगरस्तरीय संजाल गठन गरिनेछ। / पनौती नगरपालिका क्षेत्रभित्रका दलित जनजातीहरुको तथ्यांक अद्यावधिक गरि प्रोफाइल तयार गर्ने ब्यवस्था मिलाइनेछ।

  • विभिन्न विषयगत कामका लागि आवश्यक कानूनी प्रवन्ध गर्न आवश्यक नियम, निर्देशिका,मापदण्ड लगायत कार्यविधिहरु तर्जुमा गर्ने ब्यवस्था मिलाइनेछ।

  • सडक मानव रहित नगरपालिका बनाउने अभियानलाई सार्थक बनाउन घर परिवारवाट परित्यक्तलाई पूर्नमिलन गराई सामाजिकिकरण गर्ने र यस्तो संभावना नभएका आश्रय विहिन ब्यक्तिहरुलाई विभिन्न आश्रममा बस्ने खाने प्रवन्धका लागि तत् सम्बन्धि संस्थागत व्यवस्था गरिने वा त्यस्ता संस्थालाई सहयोग गरिनेछ।

  • विश्व सम्पदा सूचीको प्रस्तावित विषयलाई यसै बर्षभित्र निश्कर्षमा पुर्याउन आवश्यक पहलकदमी लिइनेछ ।साथै सम्पदा मैत्री घर निर्माण प्रोत्साहनलाई निरन्तरता दिइनेछ।

  • नागरिक स्वयं र उ संलग्न संस्था समेतको साझेदारीमा सहकारी संस्थाका सदस्यहरुको स्वास्थ्य बीमा गर्ने ब्यवस्था मिलाइनेछ। विज्ञ व्यक्तित्वको सहभागितामा सुदृढ बैज्ञानिक स्वास्थ्य नीति तर्जुमा गरिनेछ। बीमा सहजकर्ताको कार्य सम्पादन स्तरलाई थप प्रभावकारी बनाउन समन्वय बैठक,प्रतिवेदन बुझाउनुपर्ने दायित्व लगायत उत्प्रेरणका लागि थप क्रियाकलाप संचालन गर्ने कार्य सम्पादन स्तर कमजोर रहेका र काम गर्न असमर्थ रहेकाहरुको हकमा बैकल्पिक व्यवस्था मिलाइनेछ।

  • नगरक्षेत्रमा मानव अधिकारको संरक्षण,प्रवर्द्धन गर्न मानव अधिकार सम्बन्धी कानूनी व्यवस्था भइसकेकाले आवश्यक साँगठानिक संरचनाको विकास गरी तत् सम्बन्धी कार्य अघि वढाइनेछ।

  • युवा तथा खेलकुद क्षेत्रको विकासको लागि कानूनी ब्यवस्था भइसकेकाले युवा तथा खेलकुदलाई समुदायमुखी बनाई थप उन्नत र कृयाशिल बनाउन कानूनमा व्यवस्था भए अनुसार संरचनागत व्यवस्था गरी सोही मार्फत युवा तथा खेलकुद क्षेत्रका गतिविधिहरु अगाडी बढाइनेछ।

  • रंगशालाको अधुरो निर्माण कार्यलाई पुरा गर्न आवश्यक पहलकदमी लिई पुरा गरिनेछ । साथै रंगशालाको सुरक्षार्थ तैनाथ गरिएका सुरक्षा गार्डलाई अर्को ब्यवस्था नभएसम्म यथावत सुरक्षार्थ खटाइनेछ। आँउदै गरेको मकरमेलालाई थप व्यवस्थित र प्रभावकारी बनाउन नगरक्षेत्रका सम्पूर्ण संघसंस्था परिचालन गराई तिनलाई विशेषगरि बजार ब्यवस्थापन,अनुगमन,मेला प्रर्दशनी,ट्राफिक ब्यवस्थापनमा विषय क्षेत्रका दृष्टिले उद्योग वाणिज्य संघ र काभ्रे पुण्यवती यातायात कम्पनीसँग आपसी सहकार्य गरिनेछ।

  • नेपाल सरकारबाट घोषित Smart City कार्यक्रमको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक वातावरण बनाइनेछ।

  • काठमाडौ विश्वविद्यालयसँग समन्वय गरि स्कूल अफ ल,स्कूल अफ इन्जिनियरिंगको सिभिल(आर्किटेक्चरको केन्द्र, धुलिखेल अस्पतालको आउट रिच सेन्टर स्थापनाको लागि वृहद छलफल अगाडी बढाइएको र आगामी – रंगशालाको अधगरिएका सुरक्षा गार्डलाई अको प्रभावकारी बनाउन आवश्यक गतिविधिहरु प्रारम्भ गर्न न.पा.बाट आवश्यक जग्गा उपलब्ध गराउने प्रतिवद्धत्ता जनाइएको छ।

  • यस नगरपालिका क्षेत्रभित्रको फोहोरमैलालाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न लाइन्स क्लव अफ पनौती,लियो क्लव अफ पनौती आदिसँग सार्वजनिक नीजि साझेदारी अन्तर्गत आपसी सहकार्य गर्ने कार्य अगाडी बढाइनेछ।

  • आगामी वर्षदेखि उपलब्ध भएसम्मका गैर सरकारी संस्थाहरुको कार्यक्रम समेत मूल बजेट बाहेक अनूसूचीमा समावेश गर्ने कार्य प्रारम्भ गरिनेछ।

  • अनुदान,सहुलियत,छुट सुविधा र अवसरको वितरण यथासंभब बंचितिकरणमा परे वा पारिएको,कमजोर आर्थिक अवस्था भएका विपन्न दलित,महिला,वालवालिका,जेष्ठ नागरिक र एकल महिलामा केन्द्रित गरिनेछ।

  • वडा कार्यालयको सेवा प्रवाह र बजेट ब्यवस्था प्रणाली हाम्रो अभ्यासमा विकेन्द्रित प्रणालीको नमूना अंश भएकोले यसलाई निरन्तता सहित थप ब्यवस्थित बनाउने र संस्थागत क्षमता बढाउनेमा विशेष योजना बनाइनेछ। स्वीकृत योजना संचालनको लागि न्यूनतम ३० लाख वा सो भन्दा वढी बजेट भएका योजनाहरुमा ठेक्काबन्दोवस्तद्धारा संचालन गर्ने ब्यवस्था मिलाइनेछ।

  • संघ,प्रदेश वा अन्य सहयोगी निकाय वा दातृसंस्थावाट स्वीकृत योजनामा मेल खाने गरी प्राप्त हुने

    योजनालाई एकिकृत योजना निर्माण गरि एकद्धार प्रणालीबाट संचालन गर्ने ब्यवस्था मिलाइनेछ ।

  • स्वीकृत योजना संचालन गर्नुपूर्व विनियोजित वजेटका आधारमा प्राथमिकता निर्धारण गरि संचालन गर्ने ब्यवस्था मिलाइनेछ। / उद्यम विकास रणनैतिक योजना अनुसारका उद्यम बिकास योजनाहरुलाई शशर्त कार्यक्रममा व्यवस्था भएबमोजिम उद्यम विकास सहजकर्ता मार्फत कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ।

  • बन वातावरण तर्फ विनियोजित बजेटलाई फेकोफनसँग भएको समझदारी तथा थप आवश्यकता र प्रस्तावका आधारमा आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गर्ने ब्यवस्था मिलाइनेछ।

  • पर्यटन क्षेत्रमा विनियोजित वजेटलाई पर्यटन विकास समितिले सिफारिस गरेको योजना तथा कार्यक्रमका आधारमा कार्यान्वयन गर्ने ब्यवस्था मिलाइनेछ ।

  • नगरसभावाट स्वीकृत योजनाहरु रकमान्तर गरिने छैन्।

नगर सभा सदस्यज्यूहरु,

अब म आगामी आ.व.को विभिन्न विषयगत क्षेत्रको नीतिगत ब्यवस्थाको बारेमा चर्चा गर्दछु।

सुशासन तथा संस्थागत विकास

  • साविकको कर्मचारी दरवन्दीमा केहि फेरवदल गरी वडा कार्यालयका लागि मूल दरबन्दीबाट छुट्टै दरवन्दी सृजना गर्ने ब्यबस्था मिलाईनेछ ।

  • वडाको दैनिक बढ्दो कार्यबोझलाई ध्यानमा राखि सम्बन्धित वडामा दरवन्दी रहि कामकाज गर्ने गरी १/१ जन सव-ईन्जिनीयर/अ. सव-ईन्जिनीयर, कम्प्यूटर अपरेटर/लेखा सहायक र कार्यालय सहयोगीको दरवन्दी ब्यवस्था गरी तत्काल पदपूर्ति गर्ने ब्यवस्था मिलाइनेछ ।

  • बालमैत्री स्थानीय शासनलाई दिगो व्यवस्थापन गरी सो काममा पर्याप्त सहयोग पुयाउन बालमैत्री सहजकर्ताको साविकको कार्यक्रमिक ब्यवस्थालाई रूपान्तरण गरी दरवन्दी कायम गर्ने र सोही पदमा कामकाज गर्दै आएका सहजकर्तालाई उक्त दरवन्दीमा मिलान गर्ने ब्यबस्था गरिनेछ ।

  • आकस्मिक सेवाका रूपमा रहने वारुणयन्त्र, कार्यालयको आन्तरिक सुरक्षा, शहरी सुशासन र निर्णय कार्यान्वयनमा सहयोगी भुमिका स्थापित गराउन अत्यावश्यक रहेको नगर प्रहरी सम्बन्धी साविकको दरवन्दीमा केहि जवान तहको दरवन्दी थप गर्ने र जारि नगर प्रहरी सम्बन्धी निर्देशिकामा भएको

  • ब्यवस्थालाई आवश्यकतानुसार कार्यपालिकाबाट संशोधन गरि तत्काल नगर प्रहरी दरवन्दी पूर्ति गर्ने ब्यबस्था मिलाइनेछ । नगरपालिकाको क्षमता विकास योजना तर्जुमा गर्ने ब्यवस्था मिलाइनेछ ।

  • एम्बुलेन्स सेवा संचालनका लागि हलुका सवारी चालकको थप दरवन्दी ब्यबस्थापन गरिनेछ ।

  • करलाई बोझका रूपमा होइन विकासको साझेदारीका रूपमा बुझाउन करदाता शिक्षलाई वडा स्तरसम्मै दिने व्यवस्था मिलाइनेछ ।

  • तोकिएको कर तोकिए बमोजिम तिर्ने बुझाउने करदातालाई प्रोत्साहन सम्मानको ब्यबस्था गरिनेछ ।

  • संगठन संरचनामा तत्काल अत्यावश्यक रहेको संपदा शाखा र बालमैत्री इकाईको ब्यवस्थालाई मुल संगठन संरचनामा मिलान गरिनेछ ।

  • क्षेत्रगत रूपमा महत्वपूर्ण योगदान गर्ने ब्यक्तिलाई संस्थागत रूपले उपयुक्त कार्यक्रमको संयोजन गरि कदर तथा सम्मान गरिनेछ ।

  • पुनसंरचित प्रशासनिक संरचना दरवन्दी ब्यवस्था, नगरपालिकाको अबस्था र आबश्यकताका आधारमा कानून बमोजिम संगठन विकास अध्ययन गरि संगठन संरचना दरवन्दी ब्यबस्था, शाखागत कार्यविवरण पुनरावलोकन समेत गरी अद्यावधिक गरिनेछ । अबश्यकतानुसार जनप्रतिनिधि तथा कर्मचारीहरूको लागि क्षमता विकास, उत्प्रेरणा र अवलोकन जस्ता कार्यक्रमहरूको संयोजन गरिनेछ ।

  • नेपाल सरकारले आन्तरिक पर्यटन प्रबर्द्धन हेतु घोषणा गरेको पर्यटन काजलाई यस नगरपालिकाका कर्मचारीहरूका हकमा समेत लागु गराउन आवश्यक प्रबन्ध मिलाईनेछ ।

  • सार्वजनिक जवाफदेहिताका लागि जनताको सहभागीतामा अभिबृद्धि गरि पृष्ठपोषण प्राप्त गर्न सूचना तथा जानकारी तल्लो तहसम्म पुयाउन सार्वजनिक परिक्षण, सामाजिक परिक्षण, सार्वजनिक सुनुवाई जस्ता कार्यक्रमलाई यथा समयमा सम्पन्न गर्ने ब्यवस्था मिलाइनेछ ।

  • लामो समयदेखि अस्थायी करार सेवामा कार्यरत कर्मचारीलाई निजहरूको कार्य सम्पादनका आधारमा आगामी आ.ब. ०७४/७t मा समेत क्रमशः म्याद थप्दै जाने ब्यवस्था मिलाइनेछ ।

  • सर्वसुलभ छिटो छरितो सेवा, पारदर्शिता, सूचनाको हकजस्ता विषयको पूर्ण उपयोग, नागरिक वडापत्रको अद्यावधिक गरि सो अनुसारको कार्यवाही जस्ता बिषयलाई महत्वका साथ ध्यान दिइनेछ ।

  • गुनासो सुनुवाईलाई प्रभावकारी बनाइनेछ ।

  • पेशागत सुरक्षा र मर्यादा कायम राख्न जनताप्रति समर्पित भई कार्य गर्न हरेक कर्मचारीलाई उपयुक्त कार्य वातावरण बनाउने र निर्देशन गर्ने कार्य गरिनेछ । साथै सम्पादित काम र हासिल नतीजाको विश्लेषण गरि पुरस्कार र दण्डको समुचित व्यवस्था मिलाईनेछ ।

  • स्वास्थ्य क्षेत्रको काममा संलग्न जनशक्तिलाई विद्यमान बिषमतापूर्ण जोखीमीमा काम गरे पापत उचित प्रोत्साहनको ब्यबस्था मिलाईनेछ ।

  • स्थानीय सेवामा लामो समयदेखि कार्यरत कर्मचारी र समायोजन पश्चात पूर्न संरचित भएको प्रशासनिक संयन्त्रका बिच उच्च मनोबलले गर्नुपर्ने काममा देखापर्ने समस्यालाई केन्द्रिय नीति नियम, प्रचलित ब्यवस्था र नगरपालिकाको बस्तुगत अबस्थाका आधारमा ब्यवस्थापन गरिनेछ ।

  • यस अवधिमा १८ वटा विभिन्न कानूनहरू जारि भएका छन् । नगर सभामा पेश गर्नुपर्ने गरी बजेटसंग प्रत्यक्ष जोडिने अर्थ तथा वियोजन विधेयक बाहेक अन्य विद्येयकको उत्पत्ति नभइसकेकोले कुनै कानूनको सस्यौदा पेश गर्नुपर्ने देखिएको छैन, तथापी सभाको अधिपछि यस्ता कानूनकोआवश्यकता महशुस भई उत्पति हुन गएमा कार्यपालिकाको निर्णय बमोजिम आगामी नगर सभामा पेश हुनेछैन ।

  • मानव अधिकारको रक्षा प्रबर्द्धनका लागि कानूनी संरचनालाई पूर्ण उपयोगी बनाईनेछ । दिगो विकास लक्ष्य प्राप्तीका सूचकलाई स्थानीयकरण गरि आवश्यक कार्यक्रम बनाई कार्यान्वयन गरिनेछ ।

  • अनुभव आदान प्रदान, सिकाई क्षमता अभिवृद्धि लगायत द्विपक्षीय सबन्ध विस्तारका लागि प्रचलित कानूनी ब्यवस्था बमोजिम स्वदेशी तथा विदेशी संघ संस्था तथा स्थानीय सरकारसंग भाईचारा सम्बन्ध स्थापीत गरिनेछ ।

  • शान्ती सुरक्षाको प्रत्याभूति गराउन नगर क्षेत्रमा तैनाथ सबै सुरक्षा निकाय बीच सुसम्बन्ध कायम गराइनेछ । साथै थप वल आवश्यक पर्दा माथिल्ला निकायसंग समेत आवश्यक समन्वय गरिनेछ ।

  • दुर्घट्नाको न्यूनीकरण लगायत शान्ती सुरक्षामा थप मद्दत पुऱ्याउन सि.सि. क्यामरा जडानलाई विस्तार गर्ने र भईरहेकालाई आवश्यकतानुसार मर्मत संभार गर्ने ब्यवस्था मिलाईनेछ ।

  • सडक बत्ती लगायत थप सोलार बत्ती जडानमा आवश्यक समन्वय गरिनेछ ।

 वातावरण सम्बन्धी

  • फोहरमैला ब्यबस्थापनको दिर्घकालिन समाधानका लागि नीजि क्षेत्रसंगको साझेदारीमा ब्यवसायिक योजना अधि बढाइनेछ ।

  • फोहरमैला ब्यबस्थापनमा अत्यन्त सघाउ पुग्ने 3 P र कम्पोष्ट बनाउने कार्यमा आवश्यक यान्त्रिकरण गरिनेछ ।

  • हालको ब्यवस्थापन स्थललाई संभाब्यताका आधारमा विकेन्द्रित गर्ने निति अख्तियार गरिनेछ ।

  • शहरी क्षेत्र र सो प्रभाव रहेका धना बस्तीहरूमा तालिका निर्धारण गरी फोहर संकलन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।

  • पनौती बजार क्षेत्रमा साविकदेखि हुदै आएको दैनिक सरसफाई कार्यलाई थप ब्यवस्थित बनाइनेछ ।

  • फोहरमैला व्यवस्थापनबाट प्रत्यक्ष लाभ लिने नगरवासीहरूसंग साविकमा लिइदै आएको सरसफाई शुल्क यथावत राखिनेछ ।

  • जथाभावी सार्वजनिक क्षेत्र खोलानाला, चौर, उद्यान, सडक, चोक, गल्लीमा फोहरमैला गर्ने, थुपार्नेलाई फोहरमैला ब्यबस्थापन ऐन बमोजिम हुने कार्यवाहि बारे सतर्क गराउदै समाधान गराइनेछ ।

  • संरचना निर्माण लगायत अन्य आयाममा यथासंभव वातावरणमैत्री कार्य ढाँचा अपनाइनेछ ।

  • चरा संरक्षणको घोषित नीतिलाई पर्यटन प्रबर्द्धनसंग समेत जोडि कार्यक्रमिक योजना अघि बढाइनेछ पार्क, पोखरी, उद्यान, वृक्षरोपण, प्लाष्टिक न्यूनीकरण जस्ता कार्यमा प्रभावकारीताका लागि टोलविकास संस्था मार्फत थप कार्य गरिनेछ ।

सूचना तथा संचार भाषा, साहित्य, कला र संस्कृति

  • संचार क्षेत्रसंगको सम्बन्धलाई थप सुमधुर एवं समन्वयकारी बनाईनेछ ।

  • लोक कल्याणकारी सूचना एवं विज्ञापनलाई यथासंभव बढी पाठक र श्रोतासम्म पुग्ने परिस्थिति निर्माणका लागि उपयुक्त माध्यम अपनाइनेछ ।

  • कानून बमोजिम उपलब्ध गराउनु पर्ने सूचनाहरू मागका आधारमा उपलब्ध गराउने व्यवस्था मिलाइनेछ ।

  • संचार संस्था/क्षेत्रको प्रबर्द्धनका लागि आवश्यक कानूनी लगायतका प्रबन्धकीय ब्यवस्था मिलाइनेछ ।

  • सार्वजनिक चासो र महत्वका कार्यक्रममा अबस्था अनुसार संचार कर्मीको सहभागीता सुनिश्चित गरिनेछ ।

  • जातजाती, भाषा धर्मलाई समानताको व्यवहार गरिनेछ ।

  • स्थानीय भाषाको प्रबर्द्धन र संरक्षणमा आवश्यक पहल कदमी मिलाईनेछ ।

  • स्रष्टा सम्मान, प्रकाशन र सम्पादनमा सहभागीता जनाइनेछ ।

  • साहित्यिक समारोह, कार्यक्रमको आयोजना लगायत सहभागीता हुने वातावरण निर्माण गरिनेछ ।

  • सनातनदेखि चलिआएका जात्रा धर्म परम्परा पुजालाई संरक्षण गरी संचालन गर्न गठित समिति मार्फत यसको सम्पूर्ण ब्यबस्थापन गरिनेछ ।

  • साँस्कृतिक सम्पदाहरूको ऐतिहासिक तथ्य र विवरण अद्यावधिक गराउन आवश्यक कार्य प्रारम्भ गरिनेछ ।

  • पुरातात्विक बस्तुहरूको संग्रह, संग्राहलय संचालन र विश्व सम्पदा सुचीमा सूचीकृत गराउने प्राचीन पनौती शहरको बिषयलाई निश्कर्षमा पुयाउन बाँकी कार्यभार पुरा गरिनेछ ।

  • पनौती नगरको गौरबपूर्ण जेष्ठ पूर्णिमा (ज्या पून्हि) जात्रामा मुख्य जात्रा लाग्ने दिन एक नगर भरि सार्वजनिक विदा दिने व्यवस्थालाई नीतिगत रूपमै निरन्तरता दिइनेछ ।

  • आगी बर्षको रक्षा बन्धन एक दिन नगर क्षेत्रभर सार्वजनिक बिदा दिइनेछ ।

पुर्वाधार निर्माण

  • कुनै पनि सार्वजनिक निर्माण गर्दा अपाङ्गमैत्री वातावरण मैत्री , बाल मैत्री, जेष्ठ नागरिक मैत्री, संरचनाको ढाचा बनाईनेछ ।

  • सार्वजनिक शौचालय बिशेष गरी वालबालिका र महिला मैत्री बनाइनेछ ।

  • निर्धारित सडक मापदण्ड थिचोमिचो गरी सार्वजनिक या व्यक्तिगत संरचना निर्माण गर्न दुरूत्साहित गरिनेछ । चलन चल्तिका गल्ली चोक गोरेटो बाहेकका सडकहरू २० फिट भन्दा कम चौडाईको निर्माण गरिने छैन ।

  • सडक निर्माणमा निर्माण पश्चात ढल, नाला र ग्राभेललाई एक साथ अधि बढाइनेछ । नयाँ टयाक खोल्ने भन्दा भएका सडकको स्तरोन्नतीलाई प्रमुख प्राथमिकता दिइनेछ । स्वीकृति विना संरचना निर्माण गर्ने कार्यलाई कडाईका साथ नियन्त्रण गर्ने, अनुगमनलाई तिव्रता दिइनेछ, स्वीकृत ढाँचा भन्दा पृथक निर्माण गर्नेलाई कानूनी दायरामा ल्याईने छ ।

  • सडक मापदण्डलाई अद्यावधिक गर्दै लगिनेछ ।

  • निर्माण कार्यमा हुने अनुगमनलाई बस्तुनिष्ठ बनाईनेछ ।

  • गुणस्तरिय निर्माणका लागि नमूना परिक्षणको ब्यवस्था मिलाइनेछ ।

  • स्वीकत नक्सा बमोजिम वने बनाइएको संरचनाको कार्य सम्पन्न दिनु अधि सम्बन्धित संरचना धनीले वरिपरिको बाटो घाटो विगारेको भए कार्य सम्पन्न प्रमाण पत्र रोक्का गरिनेछ ।

युवा तथा खेलकुद

  • युवा तथा खेलकुद क्षेत्रको विकासका लागि बनेको कानूनी संरचनालाई पूर्ति गरिनेछ ।

  • युवा तथा खेलकुद कार्यक्रम संचालन गर्न युवा कल्बहरूको प्रबर्द्धन, प्रशिक्षण जस्ता कार्यक्रम संचालन गरिनेछ ।

  • विकासमा युवा आवाज र साझेदारीलाई प्रोत्साहित गरिनेछ ।

  • सार्वजनिक कार्यक्रम समारोह र सवालमा युवा सहभागीता बढाईनेछ ।

  • कुलत र दुर्व्यसनका विरुद्ध युवाको ऐक्यवद्धता प्रदर्शन गराइनेछ ।

  • श्रमप्रति आस्था, स्वरोजगार र स्वाभीमानी युवा निर्माणका लागि आवश्यक प्रशिक्षण पैरवी गरिनेछ ।

  • विभिन्न खेलजन्य गतिवधिको आयोजना गर्ने तथा सहभागी हुने अवसर सृजना गरिनेछ ।

  • आत्मनिर्भर युवा र युवाका लागि सीप जस्ता कार्यक्रम संचालन गरिनेछ ।

  • युवा दिवश जस्ता महत्वपूर्ण कार्यक्रमहरू संयोजन गरिनेछ ।

  • युवा उद्यम परियोजनालाई प्राथमिकता दिइनेछ ।

  • युवा स्काउटलाई नगरका विभिन्न गतिविधिमा परिचालन गर्ने, सहभागी गराउने र सृजनात्मक उपयोग गरिनेछ ।

सामाजिक बिकास

  • पनौती नगरपालिकाका सबै वडाहरुमा बालमैत्री स्थानीय शासन पद्धती अबलम्बन गरि वडा नं १, २, ३ र १२ बालमैत्री घोषणा भइसकेको सन्दर्भमा चालु आ.व. मा पनौती नगरपालिकाका सबै वडाहरुलाई बालमैत्री वडा घोषणा गरि पुर्ण रुपमा नगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा तथा सो कार्यान्वयन गर्ने निति लाई निरन्तरता दिईनेछ ।

  • बालश्रम मुक्त नगरपालिका घोषणा तथा सो को निरन्तरताका लागि बालश्रम अनुगमन प्रणालीलाई कार्यक्रमिक तवरले अघी बढाउने निति लाई निरन्तरता दिईनेछ ।

  • बालमैत्री लगानी योजनामा पहिचान भएका बालबालिकासंग सम्बन्धित कार्यक्रमहरुलाई यथोचित तवरले सम्बोधन गर्ने ब्यवस्था मिलाईनेछ ।

  • बालमैत्री स्थानीय शासन प्रणाली अबलम्बन गरि बालमैत्री स्थानीय तह घोषणाका आवश्यक कार्यहरु गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरुसंग सहकार्य गर्ने निति अबलम्बन गर्ने ब्यवस्था मिलाईनेछ ।

  • बालमैत्री कार्यको मेरुदण्डको रुपमा रहेको बालमैत्री बिद्यालय निर्माण गर्ने निति लिई सो अनुरुपका कार्यक्रमहरु सञ्चालन गरिने छ ।

  • बिशेष सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधी २०७५ बमोजिम सुबिधा प्राप्त गरिरहेका लाभग्राहीहरुको सामाजिक सुरक्षा भत्ता लाई निरन्तरता दिईनेछ ।

  • नागरिकहरुको लागि नगरपालिकाले सञ्चालन गर्ने कार्यक्रमहरुमा सहकार्य गर्न चाहने राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ निकाय संग सहकार्यको लागि आवश्यक निति निर्माण गरि कार्यक्रमिक तवरले दातृ निकाय संगका सहकार्यमा बिकास गर्ने निति लाई निरन्तरता दिईनेछ ।

  • पुर्ब सहमती अनुरुप बालश्रममुक्त नगरपालिका घोषणा गर्ने कार्यका लागि अन्तराष्टिय श्रम संगठन ( ILO) सग सहकार्य गरिनेछ ।

कृषि तथा पशुपन्छी शाखा

आ.ब. ०७७/७८ मा कृषि तथा पशु विकास कार्यक्रम संचालन गर्दा अपनाईने आर्थिक कार्यविधिहरु ।

  • भैसी सुत्केरी भत्ता वितरण गर्दा पहिलो वेत व्याएको रु ५०००।-(पाँच हजार) र अन्य वेत भएमा रु २०००। (दुई हजार) उपलब्ध गराईने कार्यक्रमलाई निरनतरता दिईनेछ ।

  • उन्नत जातका प्रजनन योग्य वोयर जातको बोका तथा बाखाको पाठी वितरण गर्दा ८०% नगरपालिका र २०% कृषकको सहकार्यमा वितरण गरिनेछ । यसरी वितरण गरिएका बोका तथा बाखाहरुको परल मुल्यको वीमा पहिलो वर्ष मात्र नगरपालिकाको तर्फवाट गरिने व्यवस्था मिलाईने छ साथै बाखा बोका प्राप्त गर्ने कृषकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरि निजहरुलाई आतेजाते खर्च वापत रु. ५००।( पाँच सय) र खाजा तथा स्टेशनरी उपलब्ध गराईनेछ ।

  • नगरपालिका भित्र संचालन हुने १ दिन देखि ३ दिन सम्मको नगर स्तरिय तथा वडा स्तरिय तालिममा अधिकतम ३० जना सहभागी गराईने छ ।

  • सहभागीहरुलाई आतेजाते खर्च वापत दैनिक रु ५००।(पाँच सय) उपलब्ध गराई खाजा तथा स्टेशनरी अन्य तालिममा भए अनुसार नै गरिने छ ।

  • भैसी सुत्केरी भत्ता वितरणका लागि पाडापाडी जन्म दर्ता गर्ने कार्यमा संलग्न प्राविधिकलाई प्रति भैसी रु १५०।-(एक सय पचास) का दरले उपलब्ध गराईने छ।

  • नगर भित्र रहेका पशुपन्छी,पशुपन्छीका गोठ, स्थायी रुपमा बनाएका प्लाष्टीक तरकारी घरहरु तथा वाली वीमा गर्ने कृषकलाई निजले वुझाएको प्रिमियममा दुर्घटना वीमा बाहेकको ५०% एकमुष्ठ अनुदान नगरपालिकाले उपलब्ध गराउने छ।

  • नगरपालिकाले घाँसको विउ,वेर्ना, तरकारीको विउ, वितरण अति आवश्यकीय र आकस्मीक रुपमा वितरण गरिनु पर्ने पशुपन्छी खोप औषधी तथा कृषिमा प्रयोग हुने रसायन तथा विषादी, कृषिचुन निःशुल्क वितरण गरिने छ।

  • उच्च मुल्यको अलैची विरुवा नर्सरीवाट उत्पादन भई रोप्नका लागी कृषकहरुको माग संकलन गरि ६० % अनुदानमा वितरण गर्न नर्सरी कृषकसंग प्रतिस्पर्धा गरि कम मुल्यमा दररेट पेश गर्नेसंग सोझै खरिद गरि वितरणको व्यवस्था मिलाईनेछ।

  • नगरपालिकाले वितरण गर्ने कृषि विकास र पशुपन्छी विकास मा प्रयोग हुने यन्त्र उपकरण, सामाग्रीको लागत मुल्यको ६०% अनुदानमा उपलब्ध गराईने छ।

  • प्राविधिक क्षमता अभिवृद्धी सम्वन्धी तालिम अन्तर्गत कृत्रिम गर्भाधान तालिममा सहभागीताका लागि नगरपालिका र निजी क्षेत्रमा कार्यरत प्राविधिकहरुलाई सहभागी गराउन सकिने छ । यसरी सहभागी गराउदा नियमअनुसार लाग्ने दस्तुर र निजले पाउने सुविधा नगरपालिकाको तर्फ वाट व्यवस्था गरिने छ।

  • पशु विकास तथा कृषि विकास कार्यक्रम अन्तर्गत प्रस्तावमा आधारित कार्यक्रम संचालन गर्दा विशेष गरी युवा र वैदेशिक रोजगारीवाट फर्किएका यूवा यूवतीलाई लक्षित गरी प्रस्ताव आवहान गरिने छ । यसका लागि नमुना स्वरुप अधिकतम रु २०००००।-(दुई लाख) सम्म सहकार्यमा (६०/४०) अनुदान रकम उपलब्ध गराईने छ।

  • भैसी संरक्षण र सर्वधन गरी यूवालाई पशुपालनमा आर्कषण गरी भैसी आयातलाई न्युनिकरण गर्न र भैसीको श्रोत केन्द्र स्थापना गरि रोजगारी समेत सिर्जना गर्नका लागी कृषक सहितको लागत सहभागीतामा अधिकतम रु. ३७,५००। वरावरको भैसीको पाडी १५० गोटा प्रतिस्पधात्मक रुपमा खरिद गरी कृषकको समेत लागत सहभागितामा प्रति गोटा रु ७५००(सात हजार पाँच सय) लिई वितरण गरिने छ । यसरी वितरण गरिएको पाडीको विमा १ पटकका लागी नगरपालिकाको तर्फ वाट हुनेछ । साथै पाडी/थोरे प्राप्त गर्ने कृषकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरि निजहरुलाई परिवहन खर्च वापत रु. ५००।( पाँच सय) र खाजा तथा स्टेशनरी उपलब्ध गराईनेछ।

  • पशुहरुलाई खोरेत पि.पि.आर भ्ययागुते रेविज खोप लगाए वापत खोप लगाउने प्राविधिकलाई प्रति पशु रु. २५॥ (पच्च्सि ) का दरले पारिश्रमिक उपलब्ध गराइनेछ ।

  • सामुदायिक पशु विमा कार्यक्रमलाई सुदृढिकरण गर्नको लागि नगर भित्र संचालन भएको सामुदायिक पशुधन सुरक्षण समिति मार्फत कृषकहरुले प्रिमियम अनुदान पाउने गरी प्रस्ताव मागको आधारमा विमित पशु संख्या समेत मूल्याङकन गरी प्रति समिति न्युनतम रु २ लाख देखी १० लाख सम्म कार्यक्रम शिर्षक वाट एक मुष्ट अनुदान उपलब्ध गराएइने छ।

  • गोठ सुधार अनुदान वितरण गर्नका लागि निम्न अनुसार पशु संख्या हुनु पर्दछ र सो पशुहरुको अनिर्वाय विमा गरि नगरपालिकामा व्यवसाय दर्ता गरेको हुनुपर्नेछ यसरी उपलब्ध गराउने अनुदान वैकमार्फत जम्मा हुने व्यवस्था मिलाईने छ।

  • गाईको हकमा ७ माउ

  • भैसीको हकमा ४ माउ

  • वाखाको हकमा १५ माउ

  • गुरको हकमा १० माउ

  • पनौती नगरपालिका भित्र रहेका कृषकहरुको यकिन पहिचान गर्न र नगरभित्र कृषि तथा वालीको अवस्था पशु पन्छीको संख्या, कृषि पशु जन्य उद्योगको अवस्थाका वारेमा एकिन तथ्याङ्क लिनको लागि एकिकृत तथ्याङ्क संकलन कार्य गर्न कृषि तथा पशुपन्छी शाखा प्रमुखको संयोजकत्वमा प्राविधिक टोली परिचालन गर्न र सोको लागि कृषि विकासतर्फ संघिय सरकारवाट र नगरपालिकाको तर्फवाट लागत साझेदारीमा स्विकृत कार्यक्रम शिर्षक वाट रकम खर्च गरिने छ । उक्त कार्यमा परिचालन हुने प्राविधिक हरुलाई दैनिक रु १०००। (एक हजार) पारिश्रमिक र दैनिक रु २००(दुई सय) खाजा खर्च गर्दा सो कार्यक्रमको नमर्स भन्दा बढी नहुने गरि गर्ने व्यवस्था मिलाईनेछ । यसकार्यमा आवश्यक प्राविधिक र अन्य जनशक्ती परिचालन गरिने छ । यसरी प्राप्त भएको तथ्याङ्कलाई विश्लेषण गरी तथ्याङ्क अध्यावधिक गरिने छ । आवश्यक पर्ने फर्मेट छपाई लस्टिक सर्पोट समेत यसै शिर्षकको बजेटवाट व्यवस्था गरिने छ।

  • नगर क्षेत्र भित्रका कृषकहरुको वर्गिकरण गरि नमुनाको रुपमा कृषक परिचय पत्र उपलब्ध गराईने छ । यसका लागी आवश्यक पर्ने जनशक्ती तथा अन्य खर्च रकमका लागी संघीय सरकार र नगरपालिकाको सहकार्यमा कृषि विकास तर्फ स्वीकृत कार्यक्रम शिर्षकबाट व्यवस्था गरिने छ ।

  • पनौती कृषि दर्पण रेडियो एफ.एम. कार्यक्रम साप्ताहिक रुपमा संचालन गर्नका लागि र केन्द्रयि स्तरिय रेडियो टिभीमा विषयगत सुचना प्रवाह गर्नका लागी पशु विकास तथा कृषि विकास तर्फको स्विकृत कार्यक्रम शिर्षकवाट रकमको व्यवस्था मिलाईने छ।

  • उच्च मुल्यका व्यवसायीक फलफुल वगैचा स्थापनाका लागी ६०% अनुदानमा विरुवा उपलब्ध गराइने छ । यसरी उपलब्ध गराइने विरुवा कम्तीमा १ रोपनी क्षेत्रफलमा लगाउनुपर्ने छ।

  • गाई प्रवर्द्धन कार्यक्रमका लागी अधिकतम रु.९००००(नव्वे हजार) सम्मको दुहुना गाई कृषकको ४० % लागतसहभागितामा वितरण गरिनेछ । यसरी वितरण गरिएको गाईको विमा १ पटकका लागी नगरपालिकाको तर्फवाट हुनेछ । साथै गाई प्राप्त गर्ने कृषकहरुलाई १ दिने अभिमुखिकरण कार्यक्रम संचालन गरि निजहरुलाई आतेजाते खर्च वापत रु. ५००।( पाँच सय) र खाजा तथा स्टेशनरी उपलब्ध गराईनेछ ।

  • लागत साझेदारीमा माछा पालन प्रवर्द्धन कार्यक्रम संचालन गरिनेछ।

  • पशु कल्याण अडिट तथा कृषिका अन्य अनुदान पाउने लाभग्राहिहरुको प्रतिफल प्रभावकारी रुपमा संचालन गर्न अभियान चलाईनेछ । यसकालागी प्रस्ताव आव्हान गरि प्रस्ताबकलाई सोझै नगरपालिकाको लाभग्राहि कृषकको घर गोठमै पुगेर अनुदानको प्रभावकारीता मुल्यांकन गरिनेछ ।

  • सामुदायीक छाडा पशु कल्याण कार्यक्रम संचालन गरिनेछ। * पशु स्वास्थ्य र कृषि प्राविधिक सेवा सुरक्षा कार्यक्रम संचालन गरिनेछ।

  • पशु स्वास्थ्य, बाँझोपन निवारण शिविर र माटो परिक्षण तथा बाली उपचार शिविर अभियानको रुपमा संचालन गरि आवश्यक पर्ने सामाग्रीहरु निःशुल्क वितरण गरिनेछ ।

  • नगर स्तरिय पशुपन्छी प्रयोगशाला तथा माटो परिक्षण मिनि प्रयोगशाला स्थापना गरि आवश्यक सेवा सर्वसुलभ उपलब्ध गराइनेछ।

  • पशु आहारा सर्वसुलभ रुपमा स्थानिय स्तरमै उपलब्ध गराउनका लागि हिउदे तथा वर्षे र बहुवर्ष जातका वीउतथा वेर्नाहरु निःशुक वितरण गरि पशु आहारा मिसन कार्यक्रम संचालन गरिनेछ।

  • पशु नश्ल सुधारका लागी कृतिम गर्भाधान सेवा मिशनको रुपमा संचालन गरिनेछ ।

  • भैसीको संरक्षण र जातिय गुणलाई वृद्धी गरि बढी उतपादनशिल बनाउन मुर्रा राँगो ६ गोटा खरिद गरि कृषकको सहित लागत सहभागितामा वितरण गरि सर्व सुलभ रुपमा प्राकृतिक गर्भाधान सेवा उपलब्ध गराईनेछ ।

  • वितरित मुर्रा राँगोहरुको परल मुल्यमा पहिलो पटक वीमा नगरपालिकाको तर्फबाट गरिनेछ । यसरी वितरण गरिएको उच्च नशलको राँगोको व्यवस्थापन सम्वन्धमा दुई पक्षिय सम्झौता बमोजिम हुनेछ।

  • कृषि तथा पशुसेवा कार्यक्रमको आधुनिकता र व्यवसायीकतालाई विभिन्न निकाय सम्म पूऱ्याउन विभिन्न दिवस तथा कृषि मेलाहरु संचालन गरिनेछ।

  • माथी उल्लेख भएका निति वाहेक अन्य कार्यक्रमहरु संचालन गर्दा प्रचलित कानुन र कार्यविधि वमोजिम गरिने छ।

महिला तथा बालवालिका

व्याक्तित्व विकासका नियमित अवसर गुमाएका विपन्न महिला ,ज्येष्ठ नागरीक,अपाङ्गता भएका व्याक्तिहरुको बहुआयमिक सशक्तिकरणका लागि बैकल्पिक अवसर श्रृजना गर्न प्रभावकारी रुपमा सेवा प्रवाह गर्न सहयोग पुयाउने छ।

  • कार्यक्रमलाई व्यवस्थित गरी सेवाग्राहीहरुको सेवा प्राप्त गर्ने अधिकारलाई सर्वसुलभ बनाइनेछ।

  • सामाजिक विकास समितिको भुमिका थप व्यवस्थित बनाईने छ।

  • महिला ,ज्येष्ठ नागरीक,अपाङ्गता भएका व्याक्तिहरुमा हुने हिंसा ,शोषण, दुव्यवहारबाट संरक्षण तथा उद्धारका लागि सुरक्षात्मक कोष स्थापना गरिने छ।

  • समुदायमा लोप हुन गईरहेको परम्परागत सीप जगेर्ना गरी स्थानिय तहमानै आयआर्जन गर्ने अवसरको श्रृजना प्राप्त हुनेछ।

  • समाज निर्माणका लागि दक्ष जनशक्ति निर्माण ,स्थानिय तहमा नै सीप प्रदान गरी व्यवसायबाट आयआर्जनगर्न टेवा प्रवाह गरिनेछ।

  • अभियान तथा दिवसिय कार्यक्रमको माध्यमबाट अधिकार प्राप्ति तथा सचेतनाका लागि जागरुक गराईनेछ ।

  • बालबालिकाको कानुनी अधिकार प्राप्त तथा स्वास्थ्यमा सकारात्मक सुधार ल्याउन सचेतना बृद्धी गराईनेछ ।

  • समुदायका विपन्न महिलाहरुको नेतृत्व तथा क्षमता बृद्धी गराई आर्थिक,सामाजिक, सास्कृतिक,राजनैतिक विकासमा अग्रणी भुमिका निर्वाहमा सहयोग पुयाउनेछ ।

  • समुदायमा सजग र सचेत रहनका लागि टोल टोलमा टोल विकास संस्था गठन र नागरिक सचेतना केन्दलाई प्रशिक्षण तथा व्यवस्थापन गरिनेछ। * अपाङ्गता भएका व्याक्तिहरुको लागि प्रवाह गरिने सेवा सुविधा,अवसर र अधिकार न्यायपुर्ण तथा प्रभावकारी बितरणमा टेवा पुयाईनेछ।

  • अपाङ्गता भएका व्याक्तिहरुलाई दक्ष जनशक्ति निर्माण ,स्थानिय तहमा नै सीप प्रदान गरी व्यवसायबाट आयआर्जन गर्न टेवा प्रवाह गरिनेछशशश ।

  • दलित तथा आदीवासी जनजाती समुदायको अवस्था पहिचान गरी प्रोफायल निर्माणमा सहयोग प्राप्त हुनेछ।

  • मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई भावनात्मक सहयोग गर्दै समस्या समाधानका लागि उपाय खोज्न मद्धत मिल्नेछ।

  • सहकारीको माध्यमबाट समाजमा आर्थिक,सामाजिक परिवर्तनमा मद्धत मिल्नेछ।

सुचना प्रबिधिः

  • नगरपालिकामा भएका विभिन्न गतिविधिहरु सामाजिक संजालमा अद्यावधिक गर्ने कार्यलाई निरन्तरता दिईनेछ

  • ग्रुप एस.एम.एस,ई-हाजिरी प्रणालीलाई निरन्तरता दिईनेछ ।

  • नगरकार्यपालिका तथा वडामा कार्यरत कर्मचारीलाई कम्प्युटर सम्बन्धि क्षमता अभिबृद्धि तालिम संचालन गरिनेछ ।

  • नगरपालिकाको राजस्व प्रणालीमा ई-पेमेन्ट सिस्टम(E-सेवा/खल्ती) लागु गरिनेछ ।

  • डिजिटल नगर प्रोफाइल कार्यलाई अगाडि बढाईनेछ ।

  • नगरपालिका तथा वडा कार्यालयलाई सूचना प्रविधिमैत्री बनाउने उद्देश्यले हस्तलिखित कार्यलाई क्रमश: विस्थापित गरिनेछ ।

वन:

  • पनौती नगरपालिकामा रहेका सामुदायिक वनको श्रोत सर्वेक्षण र वन मापनमा सहजिकरण गरिनेछ ।

  • परियोजनासँग सम्बन्धित तथ्याङ्कहरु नियमित रुपमा अनलाइन डाटा पोर्टलमा इन्ट्रि गर्ने व्यवस्था मिलाईने छ।

  • स्थानिय समुदाय, आदिवासी, जनजाति, महिला, दलित, युवाआदिको परम्परागत तथा प्राविधिक ज्ञान, सीप अभिबृद्धि गरि वनजन्य स्रोतको उपयोगमा अभिवृद्धि गर्दै आयस्तरमा टेवा पुग्ने कार्यक्रम संचालन गरिनेछ ।

  • उद्मम स्थापनागर्न सहजिकरण गरिनेछ ।

शिक्षा :

  • सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारी, वाल विकास सहयोगी कार्यकर्ताहरुको कार्यक्षमतामा वृद्धि गराउन नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप नपुग रकमको व्यवस्थापन गरी प्रोत्साहित गरिनेछ ।

  • कोभिडका कारण प्रत्यक्षरुपमा पठनपाठन सन्चालन हुन नसकेका विद्यालयहरुलाई प्रविधिमैत्री वातावरण सृजना गरी CUG (Closer User Group) लगायतका कार्यक्रमलाई प्रोत्साहित गरिनेछ ।

  • पनौतीको कला, संस्कृति, सम्पदा, कृषि, पर्यटन लगायतका विषय समेटेर (कक्षा १-८) मा स्थानीय पाठ्यक्रम पूर्णरुपमा कार्यान्वयनमा ल्याइनेछ ।

  • पूर्व राष्ट्रसेवक कर्मचारी, पूर्व शिक्षकहरुको सीप, क्षमतालाई उपयोग गरी शैक्षिक गुणस्तर अभिवृद्धि, शैक्षिक नीति निर्माण, वालवालिका तथा शिक्षकहरुसंग अन्तकिया लगायतका कार्यमा क्रियाशिल गराइनेछ ।

  • शिक्षण सिकाई प्रक्रियामा सहज वातावरण सिर्जना गरि वाल मैत्री वाल सुलभ विद्यालय निर्माण गर्न नमुना विद्यालय सञ्चालन प्रक्रियालाई अघि वढाईनेछ।

  • भौतिक रुपमा व्यवस्थित गर्न बाकि विद्यालयलाई निर्माण मर्मत लगायतका कार्यलाई निरन्तरता दिइनेछ ।

  • उच्च शिक्षालाई प्रभावकारी गुणस्तरीय र प्राविधिक शिक्षा तर्फ जोड दिइ आत्मनिर्भर, स्ववलम्वन, रोजगार उन्मुख वनाउन कृषि लगायतका प्राविधिक शिक्षामा जोड दिईनेछ ।

  • शिक्षक दरवन्दी मिलान तथा व्यवस्थापन कार्यलाई पूर्णता दिई विद्यार्थी संख्याको अनुपातमा शिक्षक व्यवस्थापन गरिनेछ

  • एक नगर एक न्यूनतम प्राविधिक विद्यालय कार्यक्रम सञ्चालन गर्न उचित प्रवन्ध मिलाईनेछ ।

  • विद्यार्थीको शैक्षिक गतिविधि अलावा शारीरिक,मानसिक तथा संवेगात्मक विकासको आवश्यकीय पूर्वाधार तथा कार्यहरुको प्रारम्भ गरिनेछ ।

  • इन्द्रेश्वर माध्यमिक विद्यालय (प्राथमिक व्लक)लाई वहुउद्देश्यीय भवनको पूर्वाधार तयार गरी कार्यान्वयनमा ल्याइनेछ ।

  • शिक्षकको पेशागत विकासलाई मर्यादित वनाई सिकाई वातावरण सरल, प्रविधि मैत्री वनाउन आवश्यकीय तालिम, कार्यशाला, प्रदर्शनी जस्ता कार्यहरु सञ्चालन गरिनेछ ।

  • विद्यार्थीको क्षमता अभिवृद्धि गर्न विद्यार्थीलाई सिकाउ, टिकाउ र विकाउ कार्य अन्तर्गत गुणस्तरिय शिक्षा प्रवर्धन गर्न आवश्यक कार्य अघि बढाइनेछ ।

  • विद्यालयहरुमा IEMIS लाई व्यवस्थित गरि तथ्याङ्क सत्यापन र योजना निर्माण कार्यान्वयनमा विश्वसनियता कायम गरिनेछ ।

  • विद्यालयको शैक्षिक, प्रशासनिक, आर्थिक, भौतिक व्यवस्थापन लगायतका विषयमा चुस्तता कायम गर्नको लागि अनुगमन निरीक्षणलाई जोड दिइनेछ ।

  • विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नको लागि विद्यालय स्वयंले कार्ययोजना निर्माण गरी वालमैत्री, शैक्षिक सामग्री युक्त कक्षाकोठा निर्माण गरी शिक्षण सिकाई क्रियाकलापको माध्यमवाट विषयगत सिकाई उपलब्धि वृद्धि गर्नको लागि विद्यालय गुणस्तर सुधार अनुदानलाई निरन्तरता दिइनेछ ।

  • सामुदायिक विद्यालयमा सन्चालनमा रहेका स्कूलवसको सेवालाई प्रभावकारी व्यवस्थापनको लागि सन्चालन खर्चलाई निरन्तता दिईनेछ ।

  • सामुदायिक विद्यालयमा कार्यरत नीजि स्रोतका शिक्षकको पोशाकमा एकरुपता कायम गर्नका लागि नेपाल सरकारले उपलब्ध गराउने रकमको पचास प्रतिशत रकम उपलब्ध गराइनेछ ।

सहकारी:

  • कृषि विकास मार्फत सामुदायिक सहकारी खेतीलाई प्रोत्साहित गरिनेछ।

  • स्थानीय उत्पादन बृद्धि, रोजगार सिर्जना र गरिबी न्यूनीकरण गर्न सहकारी क्षेत्रको प्रवर्द्धन गरिनेछ ।

  • उद्देश्य र कार्यक्षेत्रको विश्लेषणका आधारमा सहकारी संस्थाहरुलाई एकआपसमा गाभीन प्रोत्साहन गरिनेछ ।

  • सहकारी संस्थाको अनुगमन र नियमन व्यवस्थालाई नीतिगत रुपमा थप प्रभावकारी बनाईनेछ ।

  • सहकारीको व्यवस्थापनलाई विधि, प्रक्रियामा र ऐन कानूनमा आधारित बनाई सहभागिता, पारदर्शिता र जवाफदेहितालाई व्यवहारमा सुनिश्चित गर्ने व्यवस्था मिलाइने छ।

  • कृषि लगायत ब्यवसायिक सहकारी संस्थालाई समुदायका नागरिकको आर्थिक उत्पादकत्व बृद्धि गराउने कार्यमा संलग्न हुन प्रोत्साहित गरिने छ। सहकारी क्षेत्रको प्रवर्द्धनका लागि नीतिगत प्रवन्ध मजबुत बनाइने छ।

  • कृषि उत्पादन, भण्डारण, प्रशोधन, उधमशीलता तथा बजारीकरण एवं कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संस्थाहरूको संलग्नतालाई प्रोत्साहित गरिने छ।

  • सहकारी मार्फत स्वास्थ्य विमा कार्यक्रममा सदस्यलाई सहजीकरण गरी स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी बनाउन सहयोग पुयाइने छ।

  • सहकारी संस्था मार्फत उत्पादन बृद्धि, प्रशोधन, संकलन, तथा वजारीकरणको कार्यलाई अघि बढाउने गरी कार्य गर्न आवश्यक प्रवन्ध मिलाइने छ। सहकारी संस्थाको तथ्याङ्क संकलन गरी तथ्याङ्क अध्यावधिक गरिनेछ।

  • सवै सहकारी संस्थाहरुलाई कोपोमिस प्रणालीमा आवद्ध गराईनेछ ।

  • सहकारी संस्थाका कर्मचारीहरुलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गराउन सहकारी संस्थाहरुलाई अभिप्रेरित गरिनेछ।

  • सहकारी प्रवर्धन कोषमा सहकारी संस्थाहरुलाई रकम जम्मा गर्न अभिप्रेरित गरिनेछ ।

  • सहकारी संस्थाहरुको संस्थागत विकासका लागि नेतृत्व/कर्मचारीको क्षमता बढोत्तरी गराउन विभिन्न कार्यक्रम संचालन गरिनेछ ।

  • प्रधानमन्त्री रोजगार सेवा केन्द्र संचालन प्रधानमन्त्री रोजगार सेवा केन्द्रले यस नगरपालिका भित्र सूचिकृत बेरोजगार व्यक्तिहरुलाई न्यूनतम १०० दिनको रोजगार दिनको लागि सहयोग पुर्याउनेछ।

  • रोजगार कार्यक्रमलाई व्यवस्थित गरी न्यूनतम रोजगारीको प्रत्याभूत गर्नेछ।

  • देशमा विद्यमान बेरोजगारी दर कम गर्नका लागि यस नगरका बेरोजगार व्यक्तिहरुलाई रोजगारी प्रदान गर्नका लागि आवेदन आह्वान गरी रोजगार सेवा केन्द्रमा सूचिकृत गरिनेछ।

  • रोजगार सेवा केन्द्रमा सूचिकृत भएका बेरोजगार व्यक्तिहरुलाई युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरु सञ्चालन गरी न्यूनतम रोजगारीको प्रत्याभूति गराइनेछ।

  • COVID-19 को कारणबाट वैदेशिक रोजगारीमा जान नपाएका तथा विदेशबाट फर्किन बाध्य भएका व्यक्तिहरुलाई सूचिकृत गरी विशेष प्राथामिकता साथ रोजगारी प्रदान गरिनेछ।

  • वैदेशिक रोजगारीबाट फिर्ता आएका श्रमिकहरुको सीप पहिचान गरी स्वरोजगारमूलक कार्यमा संलग्न गराउन पहलगरिनेछ साथै स्वरोजगारमूलक कार्यमा संलग्न हुन स्थानीय युवा उद्यमीहरुलाई प्रोत्साहित गरिनेछ।

  • दक्ष तथा सक्षम जनशक्तिको विकाश गरी आन्तरिक रोजगारीका प्रवर्द्धन गर्न आवश्यक सीपमूलक तालिमको पहिचानगरी बेरोजगार व्यक्तिलाई तालिम दिइनेछ।

  • संघ तथा प्रदेशले ल्याएको रोजगारमूलक कार्यक्रममा अपनत्व कायम गर्दै रोजगारीका क्षेत्र विस्तार गरिनेछ।

  • आन्तरिक रोजगारी सिर्जना गर्न सरोकारवाला निकाय र निजी सहकारी तथा गैर सरकारी क्षेत्र सँग समन्वय र सहकार्यमा जोड दिइनेछ।

  • श्रम सम्बन्धलाई प्राथामिकता दिदै सार्वजनिक पूर्वाधार निर्माणवित्तीय क्षेत्रबाट रोजगारी ,उद्योग ,व्यवसायिक कृषि, सिर्जनामा जोड दिनेछ। * रोजगार सेवा केन्द्रलाई थप सुदृढीकरण गरी श्रम बैंकको रुपमा स्थापित गरिनेछ।

  • नियमित विकास निर्माणका योजनाहरुमा आवश्यक श्रमिकहरुको लागि रोजगार सेवा केन्द्रमा सूचिकृत बेरोजगार व्यक्तिहरुलाई प्राथामिकता दिइनेछ।

  • युवा रोजगारीका लागि रुपान्तरण पहल आयोजना तथा कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजनाहरुलाई थप सशक्त रुपमा सञ्चालन गरिनेछ।

  • गरिबी न्यूनीकरण तथा रोजगारीका अवसरमा वृद्दि गरिनेछ।

  • सम्बन्धित वडाबाट प्राप्त मागमा आधारित परियोजना प्रस्तावलाई नगर कार्यपालिका मार्फत स्वीकृत गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाईनेछ साथै यस्तो कामको प्रभावकारी अनुगमन गरिनेछ।

अन्त्यमा,

हामीले कोभिड १९ र यसले पारेको असरको सन्दर्भमा समय समयमा यस नगरपालिकाले आफ्ना नागरिकहरुको जीवन बचाउन आब्हान गरेको वन्दावन्दी लगायतका अनुरोधहरुको जतिसुकै कठिनाईमा भए पनि पालना गर्नु भएकोमा समस्त पनौती नगरवासीलाई धन्यवाद ज्ञापन गर्दछु ।

अब म पनौती नगरपालिकाको आगामी आ.व.०७८/७९को प्रस्तावित नीति तथा कार्यक्रम निर्णयार्थ छलफलका लागि टेबुल गर्दछु।

धन्यवाद।
जय पनौती।

२०७८।०३।०७

नवौं नगर सभाबाट पारित मिति : २०७८/०३/०८

प्रमाणीकरण मिति : २०७८/०३/१४