२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

नमोबुद्ध नगरको आ.व. २०७९/०८० को बजेट


५७४२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७९ आश्विन ४, मंगलबार मा प्रकाशित १ साल अघि
  • नमोबुद्ध नगरपालिकाको दोश्रो नगर सभामा श्रीमान् नगर उप-प्रमुख श्री रत्न बहादुर लामाज्यूबाट आथिक वर्ष २०७९/८० का लागि पेश गनभएको बजेट वक्तव्य

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरू,

    नमोबुद्ध नगरपालिकाको यस गरिमामय दोश्रो नगर सभाको पहिलो अधिवेशन अर्थात् बजेट अधिवेशनमा विद्यमान विषम परिस्थितिका वीच आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्न उभिएको छ । यस घडीमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएको अन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात माहान् शहिद तथा निरंकुशताको विरुद्ध जीवन पर्यन्त संघर्ष गर्नु हुने दिवंगत पथ प्रदर्शक व्यक्तित्वहरू र मुलुकको स्वाभिमान, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमान रक्षा गर्दै लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनको कठिन परि स्थितिमा त्याग र नेतृत्व गर्नुहुने आदरणीय अग्रज नेतृत्वहरू प्रति उच्च सम्मान व्यक्त गर्दछु, नेपाली समाजको रुपान्तरणमा उहाँहरूले पुयाउनु भएको महान योगदानको पुनःस्मरण गर्न चाहन्छु। नेपालको संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था मध्यमद्वारा सुशासन, विकास र समृद्धि हासिल गर्न उपलब्ध श्रोत साधनलाई अधिकतम ढंगले परिचालन गरी प्रदेशवासी नागरिकको हित अभिवृद्धि गर्दै सामाजिक न्याय सहितको समाजवाद उन्मुख सम्वद्ध एवंम आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सघाउ पुऱ्याउन गरी बजेट तर्जुमा गरेको छु।

    नमोबद्ध नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट त्गर्जमा गर्दा मैले नेपालको संविधान, नेपाल सरकारद्वारा स्वीकत कार्य विस्तृतिकरण प्रतिवेदन, दिगो विकासका लक्ष्यहरू, नेपाल सरकार र बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० नीति. कार्यक्रम तथा बजेट. पन्धों योजना. नगरपालिकाको आवधिक योजना. नगरपालिकाको मध्यमकालिन खर्च संरचना नमोबुद्ध नगरपालिकाको नीति तथा कार्यक्रम, विनियोजन विधेयक, २०७९ का सिद्धान्त, कार्यपालिकाले स्वीकृत गरेको बजेट निर्माण मार्गदर्शन, सम्पूर्ण जनप्रतिनिधिज्यूहरू, विषयगत समितिहरूबाट प्राप्त सुझावलाई मार्ग निर्देशनको रुपमा लिनुका साथे राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिज्यूहरू, विद्वत वर्ग, कर्मचारीहरू, प्राध्यापकहरू, शिक्षकहरू, नागरिक समाज, सञ्चार जगत, विभिन्न संघ संस्था, निजी प्रतिष्ठान र आम नागरिकहरूबाट प्राप्त सुझावलाई आधार बनाएको छु।

    यीनै अधिकार र अवसरको उपयोग गर्दै चालु नगरसभाबाट स्वीकृत वार्षिक नीति तथा कार्यक्रममा आधारित भएर नेपाल सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, राजश्व बाँडफाँड, सशर्त अनुदान, सम्पुरक अनुदान, विशेष अनुदान तथा अन्य स्रोत र हाम्रो आफ्ने प्रयासबाट संकलन हुन सक्ने आन्तरिक आयलाई समेत एकीकृत गरी आर्थिक विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ मा समावेश गरी आर्थिक वर्ष २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम तयार गरिएको छ।

    संघीयता मार्फत स्थानीय तहलाई साधन श्रोत तथा अधिकार सम्पन्न बनाउने क्रममा शासकीय स्वरूप फेरियो तर व्यवस्था उस्ते छ। संघीय सरकारबाट स्थानीय सरकारलाई प्राप्त हुनु पर्ने साधन श्रोत पूर्णरुपमा निक्षेपण हुन् सकेको छैन। स्थानीय सरकार आफे आत्मनिर्भर बन्नु पर्दछ भन्ने मान्यतालाई आत्मसात गर्दै कर तथा सेवा शुल्कका दरहरूलाई बढाउनुको सट्टा करको दायरा फराकिलो पारी उपलब्ध साधन श्रोतको उच्चतम उपयोग गर्दै उपलब्धिमूलक क्षेत्रमा खर्च गरी नगरवासीहरूलाई सहज र सरल ढंगबाट गुणस्तरीय सेवा उपलब्ध गराउदे आम नगरवासीहरूको जीवन स्तरमा सुधार ल्याउँदै समृद्धितर्फ उन्मुख गराउने गरी विकासका आधारशिलाहरू खडा गर्न सकियोस भन्ने अभिप्रायका साथ योजना तथा कार्यक्रममा रकम विनियोजन गरी विनियोजन विधेयक, २०७९ को अनुसूचीहरूमा संलग्न गरिएको छ।

    नगरपालिकाको समग्र विकास, जनताको उन्नती र सार्वजनिक सेवा प्रवाहलाई जनमुखी र नतिजामुखी बनाउने कुरालाई केन्द्रविन्दुमा राखी नेपालले सन् २०२६ सम्ममा अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा र्याजुएट हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य प्राप्त गर्ने प्रतिवद्दतासँग एकाकार हुँदै ठोस योजना र कार्यक्रम कार्यान्वयनमा ल्याईनेछाहरेक योजना र कार्यक्रमलाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगार प्रवर्द्धन र आय वृद्धिसँग जोड्दे वितरणमुखी भन्दा उत्पादनमुखीमा आधारित कार्यक्रम सञ्चालन गर्ने गरी र आहतमा परेका नगरबासीलाई राहत हुने गरी राहत, रोजगारी, स्वास्थ्य, शिक्षा, कृषि र विपद व्यवस्थापनमा विशेष जोड दिदे आर्थिक वर्ष २०७९/०८० को वार्षिक विकास बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छु।

    नगरपालिकाको मौजुदा अवस्थाको आंकलन श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरू, पर्यटकीय, साँस्कृतिक तथा कृषिको हिसावले विकासका प्रचुर संभावना वोकेको यो नगरपालिका विकासको गतिमा सोचे अनुरुप अगाडि वढ्न सकिरहेको छैन। यहाँका वासिन्दाको आर्थिक, सामाजिक अवस्थाको आंकलन गर्दा छिमेकी नगरपालिकाहरू भन्दा उन्नत भएको अवस्था देखिदेन । अझै पनि यस क्षेत्रका धेरे वासिन्दाहरू स्वच्छ पिउने खानेपानीको पहुँचबाट टाढा छन्। सबे मोसममा चल्ने सडकको अभावमा बिरामीलाई अस्पताल र स्वास्थ्य केन्द्रसम्म पुयाउन कठिनाई छ। नगरको धेरै क्षेत्रमा गुणस्तरीय विधुत सेवा पुग्न सकेको छैन । आर्थिक रुपले सक्रीय जनशक्ति रोजगारीको अभावमा निश्क्रिय अवस्थामा छ भने धेरैजसो युवाहरू कामको खोजीमा विदेसिएका छन् जसका कारण यस क्षेत्रका खेतीयोग्य जमिन बाँझो भएका छन् भने सवेखाले खाद्य वस्तुहरू र तरकारी अन्यत्रबाट आयात गर्नु परेको छ। हाल भई रहेको खेती प्रणाली परम्परागत र आत्मनिर्भर मात्र भएको कारण कृषि पेशामा संलग्न जीवन निर्वाहमा कठिनाई उत्पन्न भएको छ।

    कृषि पेशालाई व्यवसायिक र सम्मानजनक पेशाको रुपमा विकास गर्न नसकिएको कारण यस क्षेत्रमा जनशक्तिको अभाव हुन गई उत्पादन लागत पनि तुलनात्मक रुपमा बढ्दै गएको छ। त्यसैगरी अव्यवस्थित बसोबासको कारण आधारभूत सेवा प्रवाहमा कठिनाई त छदेछ त्यसको अलावा सहज आवागमनमा असहजताका साथे शहरी सुन्दरता दिनानुदिन खस्किदै गइरहेको छ। भू-उपयोग अवस्था उत्तिके चिन्ताजनक रहेको छ। यस क्षेत्रमा भएका सार्वजनिक जग्गाहरू दिनानुदिन अतिक्रमित हुँदै गएका छन् । वातावरणमैत्री र व्यवस्थित शहरीकरणको अभावले यहाँका मानिसहरूको जीवन कष्टकर बनेको छ। विविध कारणले पछाडि पारिएको वर्ग र समुदायहरू लोकतन्त्रको प्रत्यक्ष प्रतिफल उपभोग गर्न असमर्थ र वञ्चित छन । विगतमा आफ्ने गाउँ विकास समितिबाट सेवा लिई रहेका नगरबासीहरूलाई साँच्चे नगरवासी भएको अनुभूत गराई सकारात्मक समाजिक परिवर्तन सहितको आर्थिक सम्वृद्धि दिलाउनु चुनौतिपूर्ण रहेको छ। श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरू, नमोबुद्ध नगरपालिकाको आगामी आर्थिक वर्षको बजेट तर्जुमाको क्रममा प्रमुख रुपमा लिईएका देहायका आधारहरू प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

    आधारहरूः

    • नेपालको संविधानमा व्यवस्था भएका राज्यका निर्देशक सिद्धान्त तथा नीतिहरू र मौलिक हक,
    • संविधानको अनुसूची ८ र ९ मा रहेका स्थानीय तहका एकल अधिकार र साझा अधिकारका सूचीहरूमा भएका व्यवस्था, पन्ध्रो योजनाको तर्जुमा गरेको आधारपत्र, दिगो विकासका लक्ष्यहरू, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा भएका व्यवस्था स्थानीय तहका काम, कर्तव्य र अधिकारहरू,
    • अर्थ मन्त्रालयबाट प्राप्त मार्गदर्शन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट समय समयमा जारी भएका परिपत्रहरू,
    • स्थानीय तहको योजना तथा बजेट तर्जुमा दिग्दर्शन, २०७५, संघीय सरकार तथा प्रदेश सरकारको नीति, कार्यक्रम तथा बजेट, नगर कार्यपालिकाबाट गठित विभिन्न विषयगत समितिहरूबाट प्राप्त सुझावहरू, विषयगत समिति, राजश्व परामर्श समितिबाट प्राप्त सुझावहरू समेतका आधारमा सम्भव भएसम्म जनचाहनालाई समेट्ने अभिप्राय लिई प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तयार गरिएको छ।

     

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरू,

    विषयगत क्षेत्रले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिको बाटोमा नगरपालिकालाई हामी सबै मिलेर डोर्याउनु पर्दछ। विभिन्न चुनोतिको सामना गर्दै कृषि, व्यापार र पर्यटन: हाम्रो सशक्त अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै संविधानको मर्म र भावना अनुरुप सबै प्रकारका विभेदहरू अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितताका लागि समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्न टोल र वडास्तरबाट अभ्यास गर्ने गरी एक विकसित, सुशासनयुक्त र भ्रष्टाचार मुक्त स्थानीय सरकार, उत्तरदायी सरकार, विकासशील सरकार, जनमुखी सरकार, बलियो सरकार सबेको उन्नतिको आधार भन्ने मान्यतालाई नारालाई सार्थक बनाउन र विकासका क्षेत्रमा अब्बल सावित गर्दै वित्तीय अनुशासनको माध्यामबाट नमोबुद्ध नगरपालिकालाई अन्य पालिकाको तुलनामा आगामी दुई वर्ष भित्रमा मानव सूचकांकको सूचीमा अगाडि ल्याउनु पर्दछ।

    आहातमा परेका नगरबासीलाई राहत हने गरी स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि, विपद व्यवस्थापन र पुराना योजनाहरूलाई सञ्चालनमा विशेष जोड दिने खालका कार्यक्रमहरूलाई पनि लक्षित गर्दै बजेट विनियोजनमा प्राथमिकता दिएको छु।

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय उपस्थित सम्पूर्ण नगरसभा सदस्यज्यूहरू,

    अब म चालु आ.व. २०७८/०७९ मा यस नमोबुद्ध नगरपालिकाबाट सञ्चालन भएका योजना तथा कार्यक्रमको संक्षेपमा समीक्षा गर्दै यस अवधिमा भएका योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गर्दछु।

    आर्थिक वर्ष २०७८/०७९ को लागि प्रथम नगर सभाको दशौँ नगर सभाबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेटमा विभिन्न श्रोतहरूबाट प्रस्तावित आय रु. ७४ करोड २० लाख ४८ हजार ६६१ रुपया भएकोमा यो दस्तावेज तयार गर्दासम्म रु. ४६ करोड ४० लाख ३७ हजार १८७ रुपया अर्थात कूल बजेटको (६५ प्रतिशत) खर्च भएको छ। नमोबुद्ध नगरपालिकामा प्राप्त नेपाल सरकार-समानीकरण अनुदानतर्फ विनियोजन भएको रु. ११ करोड, ११ लाखमध्ये रु. ६ करोड, ६६ लाख, ९७ हजार ५८९ रुपेयाँ (६० प्रतिशत) खर्च भएको, बागमती प्रदेश-समानीकरण अनुदान तर्फ विनियोजन भएको रु. ९२ लाख ०४ हजारमध्ये रु. ४१ लाख, २८ हजार (४४ प्रतिशत), बागमती प्रदेश-समपुरक अनुदानतर्फ विनियोजन भएको रु. ३ करोडमध्ये रु. १ करोड, ९३ लाख, ५५ हजार (६५ प्रतिशत), बागमती प्रदेश-राजस्व बाँडफाँडतर्फ विनियोजन भएको रु. ४ करोड ८४ लाख मध्ये रु. ३ करोड, २९ लाख, १६ हजार (६८ प्रतिशत), संघीय सरकार-राजस्व बाँडफाँड तर्फ विनियोजन भएको रु. ७ करोड ६६ लाख २७ हजार मध्ये रु. ३ करोड, ५९ लाख, ०७ हजार (२७ प्रतिशत), अन्तरिक श्रोत तर्फ विनियोजन भएको रु. १३ करोड ४६ लाख ५५ हजार १ सय ३१ रुपेयामध्ये रु. ८ करोड, ६१ लाख, ८९ हजार (६५ प्रतिशत), बागमती प्रदेश-शसर्त अनुदान तर्फ विनियोजन भएको रु. २ करोड ७८ लाख ७६ हजारमध्ये १ करोड ६९ लाख ०१ हजार (६५ प्रतिशत), संघीय सरकारशसर्त अनुदानतर्फ विनियोजन भएको रु. २९ करोड ५७ लाख ७५ हजारमध्ये १९ करोड ४० लाख २५ हजार (६५% प्रतिशत), संघीय सरकार-समपुरक अनुदानतर्फ विनियोजन भएको रु. ८३ लाखमध्ये ८० लाख (९६ प्रतिशत) र खर्च नभएको बाँकी रकम संघीय सरकार तथा प्रदेश सरकारको संचित कोष खातामा फिर्ता पठाउने व्यवस्था मिलाइएको छ।

    आन्तरिक श्रोत, वित्तीय समानिकरण अनुदान संघीय सरकार र प्रदेश सरकारको राजश्व बाँडफाँड संघीय सरकार र प्रदेश सरकार तर्फको आर्थिक वर्षको लागि विनियोजित योजना तथा कार्यक्रमहरूमा यो योजना कार्यक्रम तथा बजेट प्रस्तुत गरी रहँदा ६५ प्रतिशत रकम खर्च भएको र खर्च हुन बाँकी रकमलाई संचित कोषमा फिर्ता गरी यस आर्थिक वर्षमा विनियोजन गर्ने व्यवस्था मिलाइएको छ। साथे भारित तथा भौतिक प्रगति सन्तोषजनक ने रहेको व्यहोरा यस सम्मानित सभालाई जानकारी गराउन चाहन्छु।

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरू,

    अब म नमोबुद्ध नगरपालिकाको आगामी आ.व. २०७९/०८० को वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति चाहन्छु । बजेट तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व यस नगरपालिकाको दीर्घकालिन सोँच (Vision), लक्ष (Mission), उद्देश्य (Objective) र बजेटका प्राथमिकताको बारेमा संक्षिप्त प्रस्तुति गर्न अनमति चाहन्छु।

    दीर्घकालीन सोच:

    “कृषि, व्यापार र पर्यटन: हाम्रो सशक्त अभियान” ।

    लक्ष्यः

    जेविक कृषि उत्पादन, पर्यटन, स्वास्थ्य, शिक्षा, रोजगारी, वातावरण संरक्षण र व्यापारबाट नागरिकको आयस्तरमा र उत्पादनमुलक क्षेत्रमा उल्लेखनीय रुपमा वृद्धि गर्दै पाँच वर्ष भित्रमा नगरबासीहरूलाई मध्यम आय भएका नागरिकमा रुपान्तरण गर्ने ।

    उद्देश्यहरू :

    १. महामारीको रोकथाम र नियन्त्रणका साथे आहतमा परेका नगरवासीलाई राहत हुने गरी कृषि, स्वास्थ्य, रोजगारी, शिक्षा र विपद व्यवस्थापनमा विशेष जोड दिने खालका कार्यक्रमहरू सञ्चालन गर्ने ।

    २. आधारभूत स्वास्थ्य, रोजगारी, शिक्षा, कृषि र पशु साथे पुराना अधुरा योजना पूरा गर्ने उदेश्य अनुरुपले कार्यक्रम सञ्चालन गर्ने ।

    ३. नमोबुद्ध नगर रिङ्ग रोड, वेकल्पिक कोरिडोर, सबे वडाहरूमा सधे यातायात सञ्चालन हुने गरी सडक मार्गको स्तरोन्नति गर्ने ।

    ४. सडक तथा खानेपानी पूर्वाधारको विकास गरी नगरवासीको जीवन यापन सहज बनाउने ।

    ५. नगरलाई पूर्ण सरसफाई युक्त, वातावरणमैत्री नगरको रुपमा विकास गर्दै व्यवसायिक तथा जेविक कृषि उत्पादनमा जोड दिने तथा स्थानीय उत्पादन सहज रुपमा बजार पहँचको व्यवस्था गरी नगरवासीहरूको आर्थिक सामाजिक अवस्थामा सुधार गर्ने ।

    ६. गुणस्तरीय शिक्षाका लागि विद्यालयहरूलाई सूचना प्रविधिमैत्री बनाउने तथा आधारभूत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने।

    ७. सुशासनको प्रत्याभूति गराउन संस्थागत सुधार, सेवा प्राप्तिमा सर्वसुलभता, शिघ्रता र गुणस्तरीयता कायम गरी नगरपालिकाप्रति आम नागरिकहरूको आस्थालाई वृद्धि गर्ने ।

    ८. सेवा सुविधाको सन्तुलित वितरण मार्फत लक्षित वर्गको सशक्तिकरण गर्ने ।

    ९. भू-उपयोग नीति कार्यान्वयन गर्ने ।

    १०. सबे वडामा सञ्चालित विद्यालयहरूमा गुणस्तरीय शिक्षाको प्रत्याभूति गर्ने ।

    ११. बालमैत्री, वातावरणमेत्री, उद्योगमेत्री, महिलामेत्री, कृषिमेत्री, पशुमेत्री, शिक्षामेत्री, स्वास्थ्यमेत्री, लक्षितवर्ग मेत्री, युवामेत्री नगर घोषणा गर्ने ।

    यी उद्देश्य पूरा गर्न आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रमका प्राथमिकताहरू :

    १. स्वास्थ्य क्षेत्रको भौतिक सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभूत गर्ने,

    २. शिक्षा क्षेत्रमा समसामयिक प्रविधिको विकास गर्ने,

    ३. कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण एवं प्राङ्गारिक कृषि उत्पादनमा जोड दिने,

    ४. राहत र रोजगारी गर्ने, ५. सडक पूर्वाधार स्तरोन्नती गर्ने,

    ६. गुणस्तरीय खानेपानी सेवाको विस्तार,

    ७. पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण,

    ८. वातावरणमेत्री उद्योग,

    ९. प्रविधिमैत्री विद्यालय निर्माण,

    १०. संस्थागत क्षमतामा वृद्धि तथा सेवा प्रवाहमा प्रभावकारीता,

    ११. सुशासनमा जोड दिने।

    कार्य नीतिः

    १. स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि लगायतका क्षेत्रलाई विशेष प्राथमिकता राखी विविध कार्यक्रम सञ्चालन गर्ने ।

    २. कृषि, व्यवसाय, पर्यटन, उद्योग तथा व्यापारलाई सहयोग पुग्ने गरी नमोबुद्ध नगरका सबे वडा केन्द्रहरू जोड्ने गरी रिङरोडको अवधारणा अनुसार सबे वडा कार्यालयहरूलाई सधे यातायात सञ्चालन हुने गरी सडक सञ्जालले जोड्ने र क्रमश: सडकहरू कालो पत्रे गर्दै जाने।

    ३. राष्ट्रिय भू-उपयोग नीति तयार गरी सोही अनुसार जोखिम संवेदनशिल भू-उपयोग योजना निर्माण गरी बस्ती क्षेत्र, पर्यटकीय क्षेत्र, ओद्योगिक क्षेत्र तथा कृषि क्षेत्र लगायतमा जमिनको वर्गिकरण गरी एक स्थानीय तह एक ओद्योगिक क्षेत्रको अवधारणा अनुरुप ओद्योगिक क्षेत्रको घोषणा गरी कार्यान्वयन गर्ने ।

    ४. भूकम्प पश्चातको पुनः निर्माणलाई प्रभावकारी बनाई निजी आवास निर्माण यसे आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने ।

    ५. स्वास्थ्य प्रति जिम्मेवार समृद्धिको आधार भन्ने नारालाई आत्मसात गर्दै जीवन शैलीमा सुधार ल्याउन नागरिकहरूमा सचेतना फैलाउने तथा नगरपालिकामा रहेका अस्पताल र स्वास्थ्य केन्द्रहरूलाई स्तरोन्नती गरी सुविधा सम्पन्न बनाउने तथा गुणस्तरीय सेवा उपलब्ध गराउने ।

    ६. सामूदायिक विद्यालयहरूमा Virtual Education, MGML, ELM लगायतका प्रविधि र सिकाई विधिलाई निरन्तरता दिई गुणस्तरीय शिक्षाको प्रत्याभुति गर्ने ।

    ७. सबैलाई स्वच्छ पिउने पानी पुयाउने अवधारणा अनुरुप सबे स्थानमा खानेपानी विस्तार गर्दै लेजाने।

    ८. महिला बालबालिका आदिवासी जनजाति दलित ज्येष्ठ नागरिक, अपाङ्गता विपन्नता भएका परिवार र लगायतका लक्षित क्षेत्रको क्षमता विकासको लागि शिक्षा स्वास्थ्य लगायत आवश्यक सीप विकास तालिम कार्यक्रम विस्तार गर्ने ।

    ९. बालमैत्री, वातावरणमैत्री, पूर्ण सरसफाईयुक्त, बालश्रम मुक्त, नगर निर्माण गर्न अभियानहरू सञ्चालन गर्ने ।

    बजेटले समेटेका प्रमुख विषयहरू:

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय उपस्थित सम्पूर्ण नगरसभा सदस्यज्यूहरू,

    १. स्वास्थ्य क्षेत्रको भोतिक सुधार गरी गुणस्तरीय स्वास्थ्य सेवाको प्रत्याभुत गर्ने ।

    २. रोजगारी सृजना हुने कार्यक्रमहरू।

    ३. नगरापालिकाको प्रशासकीय भवन तथा वडा कार्यालयहरूको भवन निर्माण अधुरा योजनालाई प्राथमिकता दिने।

    ४. नेपाल सरकार तथा प्रदेश सरकारबाट सशर्त अनुदानबाट सञ्चालन गरिने कार्यक्रमहरू तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी विविध कार्यक्रमहरू निक्षेपित भे आएको सन्दर्भमा उक्त कार्यक्रमहरूलाई हुबहु स्वीकृत गरिएको छ।

    ५. नेपाल सरकार तथा प्रदेश सरकारबाट समपूरक अनुदानबाट सञ्चालन गरिने कार्यक्रमहरू तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी उक्त कार्यक्रमहरूलाई हुबहु स्वीकृत गरिएको छ।

    ६. प्रदेश सरकारबाट विशेष अनुदानबाट सञ्चालन गरिने कार्यक्रमहरू तथा त्यसको लागि लाग्ने लागत समेत एकिन गरी उक्त कार्यक्रमहरूलाई हुबहु स्वीकृत गरिएको छ।

    ७. ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्त्वको विश्व प्रसिद्ध नमोबुद्ध क्षेत्रमा गुरुयोजना अनुसार पूर्वाधार विकासको लागि बजेट विनियोजन गरिएको छ।

    ८. नमोबुद्ध नगरपालिकाका विभिन्न क्षेत्रमा स्वच्छ खानेपानी पुऱ्याउन यस नगरपालिकालाई प्राप्त अनुदान समेतको उपयोग गरी नेपाल सरकारका केन्द्रीय निकाय तथा विभिन्न विकास साझेदारहरूसँगको सहकार्यलाई अगाडि बढाउन पहल गर्न बजेट विनियोजन गरिएको छ।

    ९. समावेसी तथा दीगो विकासका माध्यमद्वारा समुदायको रुपान्तरण गर्दै उक्त क्षेत्रमा क्षमता विकास गर्ने नीति अनुरुप लक्षित क्षेत्र तथा विषयगत क्षेत्रका प्रवर्द्धनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ।

    १०. नमोबुद्ध नगरपालिकाको पाश्वचित्र निर्माण भईसकेको हुँदा आवधिक नगर विकास योजना तथा रणनीतिक योजना तर्जुमा गर्न बजेट विनियोजन गरिएको छ। उक्त दस्तावेजले आर्थिक विकास, भू-उपयोग योजना, पूर्वाधार विकास योजना, वातावरण तथा विपद व्यवस्थापन लगायतका क्षेत्रमा योजना तयार गरी कार्यान्वयन गर्न सहजता दिने तथा समग्र नगरको विकासलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

    ११. वातावरण मेत्री, जलवायु अनुकूल तथा दीगो विकासलाई टेवा पुयाउन विभिन्न स्थानमा वातावरण मेत्री पार्क चौतारा तथा उद्यानको निर्माण, पानीको मुहान संरक्षण रिचार्ज पोखरी निर्माणजस्ता कार्य गर्न रकमकोविनियोजन गरिएको छ।

    १२. बालमैत्री स्थानीय शासन तथा वातावरण मैत्री स्थानीय शाससनलाई टेवा पुयाउने विविध कार्यक्रमहरूको लागि बजेट विनियोजन गरिएको छ।

    १३. नगरका परम्परागत सांस्कृतिक महत्त्वका स्थानहरू जात्रा, महोत्सव, पर्व तथा उत्सवको संरक्षण तथा प्रवर्द्धनको लागि बजेट विनियोजन गरिएको छ।

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरू,

    अब म आ.व. २०७९/०८० का लागि अनुमानित गरिएको बजेट प्रस्तुत गर्ने अनुमति चाहन्छु।

    १. आर्थिक वर्ष २०७९/०८० को लागि अनुमानित आन्तरिक आय ४ करोड ७२ लाख ५१ हजार ३ सय ५३ रुपेयाँ, बागमती प्रदेश सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान १ करोड ९ लाख १ हजार, राजश्व बाँडफाँड २ करोड ६६ लाख ५५ हजार, सशर्त अनुदान २ करोड ३६ लाख ६ हजार, विशेष अनुदान ८० लाख, समपुरक अनुदान ३ करोड यसे गरी संघीय सरकारबाट प्राप्त अनुदान मध्ये वित्तीय समानीकरण अनुदान ११ करोड ८७ लाख राजश्व बाँडफाँड ९ करोड २८ लाख ४९ हजार, सशर्त अनुदान ३१ करोड ९९ लाख, समपुरक अनुदान १ करोड यसै गरी अन्य आय तर्फ ३ करोड २२ लाख ३ हजार ६ सय ४४ रुपेयाँ गरी कूल अनुमानित आय ७४ करोड ४८ लाख ४५ हजार ९ सय ९७ रुपेयाँ प्रक्षेपण गरेको छु । येही आयलाई आधारमानि सशर्त अनुदान, समपुरक अनुदान, विशेष अनुदानलाई यथावत राखी अन्य आयका श्रोतहरूबाट अनुमानित आय ३५ करोड ६५ लाख ७९ हजार ७ सय ९७ रुपेयाँलाई विषयगत समिति, वडागत सिलिंङ्ग, पुजीगत खर्च, विभिन्न कोष, चालु खर्चमा विनियोजन गरेको छु।

    २. नगरपालिका भित्र बाँडफाँड गर्न मिल्ने रकम रु. ३५ करोड ६५ लाख ७९ हजार ७ सय ९७ रुपेयाँलाई आधारमा राखेर चालुगत शिर्षकका लागि यसे साथ संलग्न अनुसूचीमा भए बमोजिम रकम रु. १७ करोड ४८ लाख ७ हजार ९ सय ९७ रुपेयाँ विनियोजन गरेको छु।

    ३. नमोबुद्ध नगरपालिकाको वडा प्रशासनिक भवन निर्माणको लागि रकम रु. ५० लाख विनियोजन गरेको छु।

    ४. नगरपालिका र वडा कार्यालय भवन पार्टेसन, फर्निचर लगायतका लागि रकम रु. २५ लाख विनियोजन गरेको छु ।

    ५. नगरपालिकामा रहेका विभिन्न कोषहरूलाई रकम रु. ८३ लाख विनियोजन गरेको छु।

    ६. संघीय सरकार र बागमती प्रदेश सरकारका आयोजनाहरूको म्याचिङका लागि रकम रु. ६ करोड ३५ लाख ५० हजार विनियोजन गरेको छु।

    ७. नगरपालिका र वडा कार्यालयमा आवश्यक पर्ने विविध मेशिनरी औजारका लागि रकम रु. ५ लाख विनियोजन गरेको छु।

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यूहरू,

    ८. विभिन्न विषयगत क्षेत्रहरूका लागि रकम रु. ३ करोड ९९ लाख २२ हजार विनियोजन गरेको छु।

    ९. विषयगत क्षेत्र तर्फ विनियोजन भएको रकमबाट कृषि तथा पशु विकास कार्यक्रमका लागि ५० लाख, शिक्षा क्षेत्र १० लाख, बाल विकास केन्द्रका शिक्षक तथा सहयोगी कार्यकर्तालाई थप पारिश्रमिक रकम रु. ५००० हजारका दरले ६५ लाख, संघीय सरकारको विद्यालय दिवा कार्यक्रमलाई थप प्रभावकारी तथा विद्यार्थी पोषण कार्यक्रमका लागि १० लाख, स्थानीय पाठयक्रम निर्माण तथा भाषा प्रवर्द्धनका लागि २० लाख, डिजीटल नमोबुद्ध कार्यक्रमको लागि १५ लाख, युवा उद्यमशिलता कार्यक्रमका लागि ५ लाख, स्वास्थ्य शाखासँग २५ लाख, महिला स्वयंसेविका प्रोत्साहन कार्यक्रमका लागि ९ लाख ७२ हजार विनियोजन गरेको छु।

    १०. महिला स्वयंसेविका निवृत हुँदा नगरपालिकाबाट खाली हात नजानी नीति अनुसार प्रत्येक महिला स्वयंसेविका लागि २० हजार निवृत खर्च विनियोजन गरेको छु।

    ११. लक्षित वर्गहरूको मोतिविन्दु रोगको उपचार गर्नका लागि बजेट विनियोजन गरेको छु ।

    १२. जनतालाई स्वास्थ्य सेवाको पहुँचसम्म पुयाउन एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन बजेट विनियोजन गरेको छु ।

    १३. महिला, बालबालिका, दलित, अशक्त वर्ग, आदिवासी, जनजाती, अल्पसंख्यक जाति विशेष, सेफ हाउस लगायतका क्षेत्रमा बजेट विनियोजन गरेको छु।

    १४. नमोबुद्ध उपहार घर निर्माणको लागि आवश्यक बजेट विनियोजन गरेको छु।

    १५. वातावरण तथा विपद् व्यवस्थापन, फोहोरमैला व्यवस्थापन केन्द्र क्षेत्रमा रकम रु. ३४ लाख बजेट विनियोजनगरेको छु।

    १६. संघीय सरकारको अनुदानमा नेपाल जलवायु नमुना कार्यक्रमको लागि १ करोड बजेट विनियोजन भएको छ।

    १७. नगरपालिका भित्रका बजार व्यवस्थापनको लागि आवश्यक विनियोजन गरेको बजेट विनियोजन गरेको छु।

    १८. सडक सोर्य बत्ती व्यवस्थापनको लागि आवश्यक बजेट विनियोजन गरेको छु ।

    १९. संस्थागत विकास तथा सेवा प्रवाह क्षेत्रको लागि ६१ लाख बजेट विनियोजन गरेको छु।

    २०. नगर स्तरीय रिंगरोडको परिकल्पनाको सुरुवात गर्न श्यामपाटि काउसे आरुबारीचौर पुजारीटापु सडकका लागिसंघीय सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा रकम रु. २ करोड ५० लाख बजेट विनियोजन गरेको छु।

    २१ वागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ०४ स्थित जयटार जनक मा.वि. चुवाने सडक थप कालोपत्रेका लागि २ करोड बजेट विनियोजन गरेको छु।

    २२. बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर ०५ स्थित कानपुर डाँडागाउँ हुँदै वि.पि. राजमार्ग सडकका लागि २ करोड बजेट विनियोजन गरेको छु।

    २३. बागमती प्रदेश सरकार र नमोबुद्ध नगरपालिकाको समपुरक सहकार्यमा वडा नम्बर १० स्थित दाप्चा बसेरी सडक निर्माणका लागि रकम रु. २ करोड बजेट विनियोजन गरेको छु ।

    श्रदेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यहरू

    २४.सम्पूर्ण वडाहरूमा वडागत योजना तथा कार्यक्रम कार्यान्वयन गर्नका जनसंख्या, क्षेत्रफल र राजश्व संकलनलाई मूल आधार मानि सुत्रमा राखी जम्मा एकमुष्ट रकम रु. ४ करोड बजेट विनियोजन गरेको छ। साथै वडागत वित्तीय समानीकरण अनुदान २० लाखका दरले सबै वडाका लागि एकमुष्ट रकम २ करोड २० लाख बजेट विनियोजन गरेको छु।

    २५. नमोबुद्ध नगरपालिकाको दाप्चा नगर अस्पतालको स्तरोन्नतिका लागि बागमती प्रदेश सरकारको विशेष अनुदान सहयोगमा रकम रु. ४० लाख बजेट विनियोजन गरेको छु।

    २६. एक घर एक धारा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०७९/०८० को लागि नमोबुद्ध नगरपालिका वडा नम्बर ०२ स्थित बाँसखर्क लकाईने कुईकेलगाउँ खानेपानी योजनाका लागि बागमती प्रदेश सरकारको विशेष अनुदान सहयोगमा रकम रु. ४० लाख र र वडा नम्बर ०३ स्थित लप्से खानेपानी आयोजनाका लागि रकम रु. २५ जेट विनियोजन गरेको छु। यसे संघीय सरकारको सहयोगमा वडा नम्बर १० स्थित दारेगोडा नमोबुद्ध खानेपानी योजनाका लागि १ लाख, नमोबुद्ध वृहत खानेपानी आयोजनाका लागि ३ लाख, वडा नम्बर ०१ स्थित ढुंगेपानि-धारापानी लिफ्ट खानेपानी आयोजनाका लागि ७ लाख विनियोजन भएको छ।

    २७. नगरबासीको आयस्तर सुधार गर्ने उद्देश्य अनुरुप आर्थिक वर्ष २०७९/०८० को लागि नमोबुद्ध नगरपालिका वडा नम्बर ११ मा बाख्रापालन प्रवर्द्धन कार्यक्रम बागमती प्रदेश सरकारको सहयोगमा रकम रु. १० लाख बजेट विनियोजन गरेको छु।

    २८. कृषि कार्यक्रमको प्रवर्द्धनका लागि तथा सिचाईको पहुँच पुऱ्याई कृषि उत्पादनमा वृद्धि ल्याउने उदेश्य अनुरुप वडा नम्बर ०८ स्थित तार्क सिचाई कुलोलाई बागमती प्रदेश सरकारको सहयोगमा रकम रु. २५ लाख बजेट विनियोजन गरेको छु।

    २९. नगर र वडा संजाल जोड्ने सडकहरू संघीय सरकार सघन शहरी विकास कार्यक्रम र बागमती प्रदेश सरकारको कार्यक्रम अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नम्बर ०२ वडा कार्यालय देखि दलसिङ्गे जोड्ने सडक स्तरोन्नति, नमोबुद्ध मथुरापाटि सडक स्तरोन्नति, अरनिको राजमार्ग र वि.पि. राजमार्ग जोड्ने सडक, वि.पि. राजमार्गको पात्ले गाउँ देखि नमोबुद्ध नगरपालिका वडा नम्बर ०२ को कार्यालय लकाउनेपिपलबोट हुँदै जवदीबेशी सम्मको सडक स्तरोन्नति, वि.पि. राजमार्ग-दलसिङ्गे-ऐसेलुखर्क-दारेगोडा-दाप्चा सडक कालोपत्र, नमोबुद्ध नगरपालिका वडा नम्बर ०५ स्थित पोवा लासकोट शहरी सडक स्तरोन्नति, डम्बुरडाँडा-हिलेखोला-फलामेसाँघु सडक,
    आरूट र-ढुंगेसाँघु सडक आदिलाई विशेष प्राथमिकता राखी आवश्यक बजेट विनियोजन गरेको छु।

    ३०. बालमैत्री र वातावरणमैत्री नगर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

    ३१. नगरबासीको सूचना प्राप्त गर्ने अधिकारलाई सुरक्षित गर्नको लागि पत्रपत्रिका, एफ.एम. रेडियो, अनलाईन मिडिया प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्थापन गरेको छु।

    ३२. प्रचलित कानुन बमोजिम तोकिएका निम्न आयस्तर भएका र अति विपन्न वर्गहरूको नि:शुल्क स्वास्थ्य बिमा कार्यक्रम क्रमश सञ्चालन गरिदे लाग्नका लागि आवश्यक बजेट विनियोजन गरेको छु।

    ३३. नमोबुद्ध नगर घुम्ती स्वास्थ्य परिक्षण कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरेको छ।

    ३४.नगरस्तरीय शेक्षिक छात्रवृत्ति कोष स्थापना गरी एक वडा एक कृषि प्राविधिक उत्पादन तथा व्यवस्थापनकालागि आवश्यक बजेट विनियोजन

    श्रद्धेय सभाध्यक्ष महोदय तथा आदरणीय नगरसभाका सदस्यज्यहरू

    अन्त्यमा,
    नमोबुद्ध नगरपालिकाले विगतका असल अभ्यास र जनतामुखी कार्यक्रमहरूलाई निरन्तरता दिई आर्थिक वर्ष २०७९/०८० को बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ र यस कार्यमा सहयोग गर्नुहुने सबेमा हामी आभारी छौँ । योजना तथा कार्यक्रम तर्जुमा गर्नु भन्दा त्यसको सफल र गुणस्तरीय ढंगले समयमा कार्यान्वयन गर्नु हाम्रा लागि चूनोतिको विषय भएकोले आगामी दिनमा सफल योजना कार्यान्वयनका लागि सवे पक्षबाट सकारात्मक सहयोगको अपेक्षा गर्दछु।

    विगतमा संचालित आयोजनाहरूले समाज रुपान्तरणमा कति प्रभावकारी रहे विषय महत्त्वपूर्ण हो । यस तर्फ पनि सबे निर्वाचित पदाधिकारीले ध्यान दिनु हुनेछ भन्दे भावी दिनमा समृद्ध र सु-संस्कृत नमोबुद्ध नगर बनाउन सबे राजनेतिक दल, नागरिक समाज, निजी क्षेत्र, विभिन्न पेशागत संघसस्थाका महानुभावहरू, शिक्षक, पत्रकार लगायत सबे नमोबुद्ध वासीमा हार्दिक अपिल गर्दछु । मेले आज गरेको बजेटको कार्यान्वयनले समाजवाद उन्मुख लोककल्याणकारी राज्य व्यवस्थालाई प्रवर्द्धन गर्न, संघीय सरकार/प्रदेश सरकारले लिएको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न तथा समृद्ध नेपाल र सुखी नेपालीको दीर्घकालीन राष्ट्रिय सोचलाई सार्थक बनाउन सहयोग पुग्नेछ भन्ने विश्वास लिएको छु। नमोबुद्धको सन्तुलित एवंम् समावेशी विकासमा टेवा पुयाउन तथा सबे नगरबासीले सकारात्मक परिवर्तनको अनुभूति गर्ने दिशातर्फ उन्मुख गराउन यो बजेटले महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने अपेक्षा गरेको छु।

    नमोबुद्ध नगरपालिकाको दोश्रो नगर सभाको पहिलो अधिवेशन सम्पन्न गर्ने क्रममा योजना तर्जुमाका विभिन्न चरणमा सहयोग पुयाउनु हुने यस नगरका निर्वाचित सवे जनप्रतिनिधिहरू, कर्मचारी, राजनेतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, उद्योगी व्यवसायीहरू, प्राज्ञिक व्यक्तित्वहरू, नागरिक समाजका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रतिनिधिहरू, पत्रकार मित्रहरू लगायत सम्पूर्ण शुभेच्छुक महानुभावहरू तथा सम्पूर्ण नगरवासी दाजुभाई तथा दिदी बहिनीहरूलाई हार्दिक धन्यवाद दिन चाहान्छु। उल्लेखित नीति, कार्यक्रम तथा बजेटको सफल कार्यान्वयनमा सम्बद्ध सबै पक्षको सदासयता रहने छ भन्ने विश्वास सहित हामी सबैको सहकार्य, सहयोग र सदभावले मात्र यस नगरको सामाजिक रुपान्तरण सहितको आर्थिक समृद्धि तर्फको यात्रा सफल हुने सत्यलाई आत्मसात गर्दै आगामी दिनहरूमा पनि यहाँहरूको निरन्तर सकृय सहभागिता, सुझाव र सहयोगको अपेक्षा समेत गर्दछु।

    जय नमोबुद्ध ! धन्यवाद !

    रत्न बहादुर लामा

    नगर उपप्रमुख

    नमोबुद्ध नगरपालिका भकुण्डेबेशी, काभ्रेपलाञ्चोक, नेपाल

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार