२०८१ बैशाख १३, बिहिबार | Thu, 25, Apr, 2024

जति मिलेमतो गरे नि सम्बन्धमा दरार छ


३७५४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७८ श्रावण २२, शुक्रबार मा प्रकाशित २ साल अघि
  • इमान्दारी साथ काम गर्नेको अभाव छ
    विकास कमिले देशभर नै तनाव छ
    अब केही होला भन्यो सधैँ आस मात्र भो
    जहिल्यै राजनीतिको असह्य दवाव छ।

     

    देशको हित गर्छौ भने कागजी करार छ
    जति मिलेमतो गरे नि सम्बन्धमा दरार छ
    दोषारोपण गर्दै खेल्छन् बदलीको चलखेल
    त्यसैले होला जहिल्यै देश बिकास फरार छ।

    बुख्याचाले नि बाली खाने देश हो मेरो होश गर्नु
    नख्वाउँनु उत्तर दक्षिण सेरोफेरो होश गर्नु
    संरक्षकको पगरी लगाएर घात गर्नेहरु
    प्रमाण सहित पार्न सक्नेछन् चौघेरो होश गर्नु।

     

    उपरखुट्टी नहाल्नुस् जिम्मेवारी छन् तमाम
    सचेत बनी काम थालिहाल्नुस् छैन विश्राम
    सर्वकल्याणकारी बन्नुछ चौतर्फि योजना
    सफलता मिल्यो भने पाउँनु हुन्छ सलाम।

    देश चौतर्फि बिकास हुन्थ्यो,भ्रष्टाचारी छाँट्न पाए
    ति भ्रष्ट बोरामा हाली बेची,धर्म संग साँट्न पाए
    सर्वत्र अधोगति हुन बाट बच्थ्यो कि हाम्रो धर्ती
    सात प्रदेशको मत एउटै मालामा बाट्न पाए।

    शर्मिला श्रेष्ठ,ललितपुर
    हाल अमेरिका

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार