२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

  धड्की रहन्छु भन्थ्यौ…


१८५९१ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०८० फागुन ७, सोमबार मा प्रकाशित २ महिना अघि
  • १) धड्‌की रहन्छु भन्थ्यौ, तड्‌पाएर गयौ
    सय वर्षे जिन्दगी, अल्पायू मै लग्यौ

    २) रक्सी धोकेथें मैले
    चुरोट पिएथें मैले
    सुर्ती निलेथें मैले
    असर देखियो अहिले

           धड्‌की रहन्छु भन्थ्यौ………..

    ३) लाल‌मासु खाएथें मैले
    चिल्लो पिएथें मैले
    गाँजा तानेथें मैले
    असर देखियो अहिले

    धड्‌की रहन्छु भन्थ्यौ………..

    ४) फलाहार गरिनँ मैले
    ओखती खाइ‌नँ मैले
    नियम मानिनँ मैले
    असर देखियो अहिले

    धड्‌की रहन्छु भन्थ्यौ………..

    ५) परिश्रम गरिनँ मैले
    पसिना बगाइनँ मैले
    हिँड्नै जानिनँ मैले
    असर देखियो अहिले

    धड्‌की रहन्छु भन्थ्यौ………..

    ६) ध्यान गरिनँ मैले
    योग गरिनँ मैले
    निरोग पढिनँ मैले
    असर देखियो अहिले

    धड्‌की रहन्छु भन्थ्यौ………..

    ७) हाँस्नै जानिनँ मैले
    रुनै जानिनँ मैले
    बाँच्ने जानिनँ मैले
    असर देलियो अहिले

    धड्‌की रहन्छु भन्थ्यौ………..

    ८) होश पुर्याइनँ मैले
    दोष लगाएँ मैले
    गल्ती गरेथें मैले
    सजाएँ पाएँ अहिले

    धड्‌की रहन्छु भन्थ्यौ………..

    (गितकार पुर्वशिक्षक हुन्।)

    -सिताराम शिपखान
    पाँचखाल,काभ्रे।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ८%२%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार