२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

भ्रष्टाचारको मुल जट नै राज्य सत्ता नै होकी भन्ने जन आङकलन आएको छ


५००० पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७५ श्रावण २९, मंगलबार मा प्रकाशित ५ साल अघि
  • जम्बला लामा
    बौद्ध जागरण केन्द्र कोषाध्यक्ष तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रीय सदस्य

    अर्थात पूर्व राजाहरुको पाला देखि नै राज्य सत्त बाट नै अनुभव बोकेको भन्ने पुराना विज्ञहरुको भनाई आएको छ, नागरिकलाई । हिजोको दिनमा नाङ्गा झार भएको व्यक्तिहरु जब राज्य सत्तामा पुग्छ तब उनको हैसिएत तुरुन्त फेरवदल भै हाल्छ । अर्थात भ्रष्टाचार कुनै न कुनै बहाना वाजी लागाई आफ्नो दुनो सोच्याई हाल्छन् ।

    यो त एउटा वहाना मात्र हो, थियो । जनताले कहिल्यै सुख सुविधा पाउनेवाला छैन, जुनसुकै सरकार आएपनि । अब त हामीले सोचेको रोजेको व्यक्ति अर्थात पार्टीले एकमाना सरकार (दुइ तिहाई) बहुमत पाएको छ । तर जनताले सुख शान्ति पाउने हो भने जनता खुसी साथ रमाई रमाई घोक्रो सुक्ने गरी कराइ राखेको थियो । तर ती सबै उडायो सपना हुरीले भनझै जनतालाई हिस्स पा¥यो ।

    २०६२÷०६३ को जनआन्दोलन बाट प्राप्त भएको गणतान्त्रिक लोकतन्त्रलाई हालसम्म पनि कुनै पार्टी र नेताहरुले राम्रोसँग सदुपयोग गर्न नसकेको पक्कै पनि हो । यो कसरी भयो भने जव २०७३ सालमा संविधान निर्माण भएको दिनदेखि कचिङकल झैझगडा बाहेक अरु कुनै उपलब्ध हुन सकेको थिएन ।

    सर्वप्रथमत, संविधानले मधेसी जनता को आकांक्षा विपरीत कार्य गरेको भनी तराइवासी नेताहरुले तराइमा आन्दोलन सुरु गरी मधेसमा आगो मात्र सल्काएका होइनन् उनीहरुले एम्बुलेन्समा लगेको घाइते प्रहरीलाई पनि जिउँदै जलाइ दियो । र भारतको समर्थन पाएपछी जन पाँच महिना सम्म नाकाबन्दी गराई देशको अर्थतन्त्र नै डामाडोल पारी जनतालाई दुःख दिई मधेसी नेताहरुले पारीको दानापानी खाने वारीलाई ढुङ्गामुडा बर्साएको होइन र ?

    जब स्थानीय तह, केन्द्र संघिय सांसद र प्रदेश सभा निर्वाचन घोषणा भयो र २ नं. प्रदेशको नेताहरु निर्वाचनलाई वहिस्कार गरेर नौटंकी नाटक रचेको सर्वविदितै थाहा भएको विषय नै हुन । मात्र उपेन्द्र यादवको पार्टीले मात्र चुनावमा भाग लिएको थियो प्रथम निर्वाचनमा । त्यतिखेरको चुनावको रौनक मधेस, हिमाल र पहाडमा व्यापक भएको थियो । जस्तो की हात्ती नै आयो, तर ती सबै जनतालाई फुस्स गयो । स्थानीय तह संघीय सांसद र प्रदेशसभा यी सबै अहिले आएर जनतालाई हात्ती आयो फुस्स गयो जस्तो परेको जनसमुदायलाई महसुस भएको छ ।

    मतलब साफ छ यहाँ । जनतालाई दोहोरी कर लाग्ने रे, जनतालाई कंगाल बनाउने रे, व्यापारीहरुलाई धनी पार्ने रे, नेताहरुलाई भ्रमण भत्ता, महिनावारी तलव, गाडीको सुविधा इत्यादी । के जनतालाई हिजोको घोषणापत्रमा के लेखेर जारी गरिएको थियो । आज आएर जनतालाई किन दुःख दियौ ।

    देशमा राजस्वमारा व्यक्तिहरु हुन चुणामणी शर्मा, गोपाल बहादुर खड्का र विनोद गुप्ता जस्तो भ्रष्ट व्यक्तिहरु समेतलाई हालसम्म पनि संघीय सरकार र प्रदेश सरकारले कारवाही किन नगरेको ? मात्र संघीय सरकार र प्रदेश सरकारले जनतालाई रुवाउने खेल अर्थात दोहोरी कर असुल्ने कानून बनाई भोट दिने जनतालाई नै तह लगाउन थालेपछी यो संघीय सरकार र प्रदेश सरकारलाई के भन्ने ।

    प्रदेश सरकार, संघीय सरकार र स्थानीय तहको सरकार भएपछी कुनै युगमा नभएको भ्रष्टाचार भइरहेको जनसमुदायलाई महसुस भइरहेको छ । कुरा प्रष्ट छ छोरा पाउने कहिले कहिले कम्मर दुख्यो अहिले । विकास गर्छु भनी चुनावमा आस्वासन दिने अनि आफैलाई सुविधायुक्त कार्य गर्ने स्थानीय तह, केन्द्रिय सांसद र प्रदेश सभाको प्रतिनिधिहरुलाई के भन्ने ।

    कम्युनिष्ट सिष्टममा कर लागु हुने छैन

    समृद्धि नेपाल बनाउने आट गरेको (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको वचन, भाषण कता खेर गयो । जनतालाई दोहोरी कर लिने नियमले समृद्धि नेपाल बन्छ भन्ने सामाजिक सञ्जालमा व्यापक हुन आएको छ । जनम जन्म स्थिरता समृद्धिको आशा जगाउन सफल केपी शर्मा ओली प्रति आम जनताको सामु उत्साह प्रधानमन्त्री बनेको ६ महिनामै सेलाउन थालेको जनसमुदायलाई महसुस भएको छ ।

    अतः सम्मेवादी, कम्युनिष्ट सिष्टममा जनतालाई भार हुने गरी दोहोरी कर लाग्ने नियम नै छैन । यो त पुरानो राज्य सत्तावादीहरुको पाइलामा टेकी भ्रटाचार गर्ने खेल सुरु भएको होकी भन्ने जनगुनासोहरु व्यापक हुन आएको छ । यो नीति नै राज्य सत्ताधारी हरु आफैले अपनाएर बनाएको कानून अर्थात भोट दिने जनता माथी मौकामा चौका हान्ने दाउपेच हुन भन्ने सामाजिक संञ्जालमा पनि व्यापक हुन आएको छ ।

    मुखमा राम बगलिमा छुरा

    जनता सामु जनतालाई हाम्रो पार्टीमा भोट दिनुस, हाम्रो पार्टीले जितेर आयो भने जनताको दुःखलाई बाडेर सुखमा परिणत गराउला भनी बाजा बजाउने र जितेर माथि पुगेपछी जनतालाइ नै चपाउने ? यो कहासम्मको न्याय हो ? जनताले पाउने यही न्याय दोहोरी कर ? के यो कर निर्धारण गर्ने सरकारको मन (चित्त) छैन ? के जनतालाई माया छैन ? मात्र आफ्नो पार्टी कार्यकर्ता र परिवारलाई पोस्याउने वाहेक अरु जनतालाई चपाउने निति हो यो बाम सरकारको ? जनतालाई मुखबाट राम बोल्ने बगलीबाट छुरा हान्ने कस्तो किसिमको लोकतान्त्रिक गणतन्त्र हो यो ? नेता कार्यकर्तालाई मात्र लुटतन्त्र र भोकतन्त्र लागेको कारण नै देशमा भ्रष्टाचार वाम सरकारको नं.१ मा परेको जनसमुदायको गुनासो आएको छ ।

    संवृद्ध तथा समृद्धि नेपाल कहिले बन्ने ? मुखबाट भाषण ठोक्न सजिलो छ । तर व्यवहार र यथार्थमा उत्रिनुमा धेरै गाह्रो छ वाम सरकार । एक पटक जनतालाई दिएको बोली वचनलाई फर्केर हेर्ने की वाम सरकारले । देशमा यति ठूलो भ्रष्टाचार मौलाएको छ की पञ्चायत व्यवस्था, बहुदलिय व्यवस्था र वर्तमान को गणतान्त्रिक लोकतन्त्रमा केही फरक नआएको नागरिकलाई महसुस भएको छ ।

    वाम सरकारले जनतालाई ५० गुणा कर बढाउनुको सट्टा सुन तस्करी गर्ने तस्करहरुबाट भएको राजस्व छली गरेको व्यक्तिहरुलाई कडाई साथ कानुनी दायरामा ल्याई उनीहरुबाट जरिवाना र भ्रष्ट भएको आर्थिकको मात्र संकलन गरेमा यी दोहोरी कर असुल्नु नै पर्दैन । वाम सरकारलाई त्यतातिर ध्याननै जादैन किन ? हात्ती आयो फुस्स गयो वाम सरकार ।

    देशमा भर्खर मात्र जन्मेको दुई तिहाई वाम सरकारबाट नै भ्रष्टाचारलाई रोक्न नसक्नु भनेको आफुले आफ्नै खुट्टामा बन्चरो हाने जस्तो हो की भन्ने जनचासोको विषय बनेको छ । स्थानीय तहदेखी संघीय सरकार सम्म ठूलो भ्रष्टाचार मौलाएको जनसमुदायलाई आभास भएको छ ।

    उपचार गर्न विदेशमा

    अतः ठूलोवडा नेताजती सानोतिनो बिरामी पर्दा अलिकती पेट दुख्दा पनि विदेशमा गएर उपचार गर्ने र गरिबको छोराछोरी बिरामी पर्दा नेताहरु आफैले खोलाएको मेडिकल कलेजमा महङ्गोमा पारी उपचार नेपालमै गर्नुपर्ने निजी मेडिकल अस्पतालमा किन ? जनताको छोराछोरीहरु चाही मरुन अर्थात जथाभावी मेडिकल कलेज खोलाउने र नेपालकै गरिब वर्गको विद्यार्थीहरु माथि चर्को शुल्क लिएर डाक्टर पढाउनु पर्ने ? यो कस्तो गणतान्त्रिक लोकतन्त्र हो ?

    अर्थात हाम्रा यी भ्रष्ट नेताहरुलाइ नै नेपालको शिक्षण अस्पतालहरुलाई विश्वास छैन । त्यसकारण उनीहरुले उपचारको वहानामा देशको ढुुकुटी सखाप पार्ने निती नियम अपनाएर नेपालको अर्थतन्त्रमा तहस नहस गर्ने नियम बनाएको हो की भन्ने जनसमुदायलाई महसुस भएको छ । यो कहासम्मको अत्याचार हो ।

    उपचारको नाममा प्रत्येक पार्टीको नेता कार्यकर्ताहरुको भुडी भर्ने खेलभन्दा अरु केही होइन भन्ने जनगुनासोहरु व्यापक हुन थालेको छ । नेतालाई भने नेपालको अस्पताल माथी विश्वास नै छैन । त्यसै कारणले प्रत्येक नेताहरुले राष्ट्रको ढुकुटी बोकेर विदेशी अस्पताल धाउछन् । जनताको छोराछोरीहरु मरो या करो गर्छन ।

    जनतालाई मुसालाई बिरालोले खेलाई खेलाई मारेर खाएको जस्तो यी भ्रट नेताहरुले जनतालाई त्यसैगरी मारिने बेर छैन । अब जनता सजग हुने बेला आएको छ । यदि जनताले चुप बस्यो भने दोहोरी कर मात्र होइन बाटोमा हिडेको कर पनि लिन बेर छैन वाम सरकारले । यीनिहरुलाई विदेशमा उपचार गर्न जाने बाटो बन्द गर्ने एक मात्र उपाय छन्, त्यो उपाय हो प्रत्येक जनताले विरोध गर्ने, अर्थात नेपालमा नै त्यत्रो ठुलो ठुलो अस्पताल हुदाहुदैमा यी भ्रष्ट नेताहरुलाई विदेशमा उपचार गर्न जाने किन ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार