२०८१ श्रावण १, मंगलबार | Tue, 16, Jul, 2024

सामुदायिक सरकारी विद्यालयमा विश्वासको कमि ?.


२४२०३ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • भेषवहादुर दनुवार
    मानव जिवनको लागी शिक्षा अति अनिवार्य विषय हो । समग्र नागरिकको अवस्था लाई अवलोक र अध्ययन गर्नेहो भने शिक्षा विना आजको युगको जिवन जिउन सक्ने अवस्था छ जस्तो लाग्देन कसैलाई पनि । अझ विधुतिय युग र सञ्चारका साथै प्रविधि मैत्रि शिक्षाको कारण पनि मानविय जिवनको लागी शिक्षा अनिवार्य नै रहेको छ । हाम्रो समाजमा सरकारको लगानी र निजि लगानिका रुपमा शिक्षा लिने दिने प्रक्रियाको विकास भएको छ । पछिल्लो समयमा शहरी क्षेत्रमा त प्रत्यक्ष रुपमा महंगो र सस्तो शिक्षा लिने दिने प्रक्रियाको विकास भएको छ । यस क्रममा सरकारी लगानि एक तर्फबाट नागरिकको लागी हुदा हुदै पनि स्वयं नागरिक स्वयं लगानि गर्न अतुर रहेको स्पष्ट रहेको छ । यस कारण पनि शिक्षामा रहेको महत्व प्रष्ट रुपमा देख्न र हेर्न सकिन्छ ।

    शिक्षामा लगानि गरिरहदा नागरिकको तर्फबाट सरकारी सार्वजनिक विद्यालयमा हुनु पर्ने लगाव र माया पछिल्लो चरणमा कमि भएको पाईछ । यस कारण पनि सरकारको तर्फबाट लगानि गरिएका सरकारी विद्यालय विशेष गरेर शहरी क्षेत्रको विद्यालयमा बालबालिकाको संंख्या र शिक्षकको संया बरावरी हुन पुगेको तथ्यांक देख्न सुन्न र हेर्न पाईन्छ । विद्यार्थि संख्या र वालवालिकाको संख्या वरावरी रहेको सुचना जानकारी स्थानिय नागरिकलाई जानकारी हुदा हुदै पनि उक्त विद्यालहरुमा कसरी गुणस्तरीय र पारदर्शि बनाउने भन्ने चासो र चिन्ता कसैको गएको देखिदैन । अझ सरकारी विद्यालयमा काम गर्ने शिक्षक समुहको केहि झुण्ड यस्तो पाईन्छ कि यस्तै खालको विद्यालयमा दरबन्दी लिन पाएमा अझ भाग्यमानि ठान्ने गरेको देखिन्छ । यस्तो परिवेशको विद्यालयमा दरवन्दि पाउदा नियमित विद्यालय जान नपर्ने । विद्यार्थि अभिभावको झञ्झट खेप्न नपर्ने र शिक्षा शाखाका कर्मचारी जादा पनि स्पष्टिकरण दिनु नपर्ने सहज परिवेश देखिन्छ ।

    सामुदायिक सरकारी विद्यालयमा किन आम नागरिकको चासो कमि भन्ने विषयमा बुझ्दा सहज उत्तर पाउन सकिन्छ । सरकारी विद्यालयका शिक्षक संगको विस्वासमा कमि । शिक्षक हरु आफै सरकारी विद्यालयमा आफ्ना वालबालिका पढाउदैनन भने आम नागरिकले आफ्ना बालबालिका कसरी पडाउन सकिन्छ भनेर विस्वास गर्ने । नियमित विद्यालय नआउने । विद्यार्थिको अभिभाव संग समन्वय र सहकार्य नगर्ने । विद्यार्थि भएका पनि विद्यालयमा कति हाजिर भए कति भएनन । हाजिर नहुने विद्यार्थिको अभिभाक संगै कुनै चासो र जानकारी नलिने । विद्यार्थिको गृहकार्य तथा पाठ्य पुस्तकको अवस्था कस्तो छ कसरी प्रयोग गरिएको छ भन्ने सम्म शिक्षक चासो लिदैनन । अनि उनै शिक्षक भन्छन सिगाने फोहोरी र कम आय स्तर भएका बालबालिका मात्र सामुदायिक सरकारी विद्यालयमा आउछन भनेर भन्ने गर्छन । यसकारण पनि सामुदायिक सरकारी विद्यालयमा विश्वासको कमि छ । यस अवस्थाको परिवर्तन कसरी गर्न सकिन्छ त ? सामुदायिक सरकारि विद्यालय सबै त्यस्ता त छैनन । काभ्रेकै अवस्था हेर्ने हो भने पनौति नगरापलिको भालेश्व्र मा.वि.मा अध्ययन गर्ने बालबालिका अध्ययन गर्ने क्रममा भर्ना गर्नु पुर्वनै प्रारम्भिक परिक्षामा सामेल हुनु पर्छ नमोबुद्ध नगरापालिको नविन प्रा.वि. र सन्सारि देवि प्रावि. पनि नमुना विद्यालय भित्र नै पर्छन । धुलिखेलकै बाल विनायक र सरस्वति मा.वि. पनि नमुनाको पर्याय हो ।

    यति राम्रा विद्यालय नमुना रहेको स्थानमा समग्र सामुदायिक सरकारी विद्यालयको कमजोरी छ भनेर भन्ने अभिभावक । गुण स्तरीय शैक्षिक सस्था बनाउनु पर्छ भनेर जिल्ला बाहिर अझ सम्भव भए सम्म सिक्किम दार्जिलिङ्ग भ्रमण जाने अभिभावक, शिक्षक, व्यवस्थापन समिति प्रतिनिधि र विद्यार्थिले कहिल्यै देखेनन् हाम्रै आखामा पनि नमुना राम्रो र उत्कृष्ट विद्यालय छ । उक्त विद्यालयबाट अनुभव आदान प्रदान गरु र आफु पनि पर्याय बनु भनेर कहिल्यै मनन गरेको पाईदैन ।

    नजिकको बाट सिक्ने, अनुभव आदान प्रदान गर्ने भन्दा पनि खिल्लि उडाउने परम्परा अलि बढि छ । शिक्षामा रहेको निति नियम, कानुन थुप्रै छन् तर पनि उक्त नितिगत व्यवस्था न शिक्षक लाई हेर्ने फुर्सद छ न अभिभावकलाई, अझ विद्यालय ब्यवस्थापन समिति र शिक्षक अभिभावक समिति बनाउदाको औपचारीकता, समावेशिता, र सहभागिताको यथार्थता नजिक बाट नियाल्ने हो भने शिक्षाको गुणस्तर सुधार्न तथा परिमार्जन गर्न साथै आफ्नै श्रोत साधन र अनुभव बाट गरौ भन्ने मन कमि हुदै गएको देखिन्छ ।

    जसरी निजि विद्यालयमा प्रत्यक्ष आफ्नो लगानी भएअनुसार भेटघाट, छलफल, अन्तरक्रिया, नियमित बालबालिको क्रियाकलाप सहित निजि विद्यालयहरुमा गरिने अभ्यास सार्वजनिक विद्यालयमा गर्ने र शिक्षक वर्गलाई बारम्बार कानुनि नितिगत व्यवस्थाको जानकारी गराउने हो भने नागरिक हुनुको दायित्व पक्कै पनि हुन्छ । समग्रमा सामान्य लाग्ने कुरा कति विद्यालयमा शिक्षकहरुको आचार संहित विद्यार्थिले देख्ने गरी कति वटा विद्यालयमा राखिएका छन् । कति विद्यालयमा विद्यार्थि आचार संसहिता विद्यालयको सबैले देख्ने ठाउमा राखेका छन् । कति विद्यालयमा अभिभावक आचार संहिता विद्यालय हाता भित्र राखिएको छ । अनि कति अभिभाकले प्रश्न गर्नु हुन्छ विद्यालयको बार्षिक आय व्यव कति सार्वजनिक रुपमा आम नागरिकले जानकारी पाय । यि साना लाग्ने विषय बस्तु बाट आफ्नो छर छिमेक तथा टोलको विद्यालयबाट शुरु गरौं अनि प्रश्न गरौं सार्वजनिक सरकारी विद्यालयमा विश्वास छैन । तपाईलाई पक्कै थाहा हुनु पर्छ अरुलाई चोर औलाले खवरदारी गरी रहदा आफु तर्फ ३ वटा औलाले पनि आफैलाई प्रश्न गरिरहको छ भनेर । प्रभातफेरी साप्ताहीकबाट ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार