२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

उद्योग बाट आएको कार्वन सहितको धुवाको कारण कृषिमा समस्या


३२६८ पाठक संख्या

भेषबहादुर दनुवार मानविय विकासको क्रममा आवश्यकता र प्रयोग बढने क्रम निरन्तर रहन्छ । यस क्रममा

  • नवसंकेत अनलाईन
  • २०७५ माघ ९, बुधबार मा प्रकाशित ५ साल अघि
  • भेषबहादुर दनुवार
    मानविय विकासको क्रममा आवश्यकता र प्रयोग बढने क्रम निरन्तर रहन्छ । यस क्रममा मानविय आवश्यक्ता र परिवेश अनुसार परिवर्तन हुने क्रम पनि निरन्तर रहेको हुन्छ । समग्रमा आवश्यक्ता परिपुर्ति गर्ने क्रममा नागरिकको आवश्यक्ता पुर्ण गर्न प्राकृतिक रुपमा रहेको श्रोत सामग्रीको उपयोग र प्रयोग गर्नु पर्ने हुन्छन् ।

    संधिय नेपालको संरचना पुर्व रहेका कानुनको आधारमा कतिपय उद्योग तथा संरचना संचालनमा रहेको छन् । स्थानिय सरकारको समयकाल अवधिमा अधिकांश स्थानिय सरकारको कानुन बनाउने क्रममा खासै प्रगती उन्नती र उपलब्धि अधिकांशको पाइएको देखिदैन । स्थानिय सरकारले बनाउने कानुन २२ वटा मध्ये पनि काभ्रेको सन्र्दभमा ३÷४ वटा बाहेक स्थानिय निकायले कानुन बनाउने कार्यको गति लिईएको पाईदैन । यस कार्यमापनि विशेष गरी पछिल्लो चरणको बर्गिकरणमा परेको सुगम क्षेत्र अन्र्तगतको नगरपालिकामा कानुन बनाउने कार्यले गति लिएको हेर्न सकिन्छ । स्थानिय सरकारको गठन र सञ्चालको क्रममा स्थानिय कानुन बनाउने कार्यको लागी निर्वाचित जनप्रतिनिधिले कानुनी परामर्शदाताको रुपमा पनि धेरै जसो स्थानिय तहमा राखिएको पनि पाईदैन । न्यायिक सम्पादन कार्यको लागी सुगम क्षेत्रमा बनेका संरचना को आधारमा पनि कति कानुन बनेका छन भन्ने विषयलाई मुल्यांकन गर्न सकिन्छ ।

    बातावरण संग सम्बन्धित उद्योग संचालन अवस्था

    काभ्रे जिल्लाको केहि स्थानिय निकायमा उद्योगको सम्भावना र सञ्चालन को अवस्था पनि रहेको छ । अधिकांश उद्योगहरु काभ्रे जिल्लाको तत्तकालिन अवस्थमा प्राकृतिक श्रोत संग सम्बन्धिचत रहेर मण्डन देउपुर, भुम्लु गाउपालिका, तेमाल गाउपालिका, रोशी गाउपालिका, धुलिखेल, पनौति, बेथानचोक, र पांचखाल नगरपालिका रहेका छन । खानी जन्य उत्खननको लागी सञ्चालनमा रहेको उद्योगले आई. ई .ई र ई आइ. ए. मार्फत प्रमाणित सहित स्थानिय निकायको स्विकृतीमा सञ्चालन गर्ने प्रावधान अनुसार सञ्चालनमा रहेको देखिएको छ । पछिल्लो समयमा नमोबुद्ध नगरपालिकामा सञ्चालनमा रहेको ईटा उद्योगले सञ्चालनको क्रममा बातावरणीय प्रभाव पारेको अध्ययन प्रतिबेदनको पछिल्लो प्रतिबेदन अनुसार आगामी दिनमा कार्य सञ्चालन गर्न नपाउने भनि ब्यवसायि, स्थानिय सरकार, जिल्ला समन्वय समिति, पत्रकार महासंघ जिल्ला शाखा सहित नागरिक समाजको संयुक्त उपस्थितिमा आगामी आर्थिक वर्षमा सञ्चालन नर्गे गरी सहमती पत्रमा हस्ताक्षर गरीएको छ । यस अवस्थामा पनौति, धुुलिखेल, मण्डन देउपुरमा रहेको केहि ईटा भट्टा बाहेक पांचखालमा उद्योग सञ्चालनमा रहेको छ ।

    पांचखालको बातावरण बचाउ संरक्ष्ण समितिको अभियानको कार्य प्रत्येक वर्ष विभिन्न कार्यक्रमको साथ कार्य अगाडी बढिरहेको छ । यसै क्रममा स्थानिय सरकारले ई.आई.ए. र आई.ई. ई. प्रतिवेदन प्रत्येक उद्योगको लिई अध्इयन कार्य पनि सकिएको प्रमुख प्रशासकिय अधिकृत भोलानाथ चापागाई बताउनु हुन्छ । उद्योगको अध्ययन प्रतिबेदनको अनुसार ९८ प्रतिशत उद्योगको अवस्था प्रतिबेदन अनुसार नरहेको र उक्त उद्योग सञ्चालन नगर्नु नगराउनु भनि सम्बन्धित उद्योगहरुलाई पत्राचार गरीयता पनि कानुनी प्रावधानलाई मिचेर यस वर्ष पनि पुर्ण रुपमा सञ्चालनमा ल्याइएको अवस्था छ ।

    विद्यायन समितिको भानाई

    पांचखाल नगरापलिका कानुनहरु बनानउने कार्यमा अगाडी बढिरहेको र यस क्रमलाई निरन्तरता दिई यस आर्थिक वर्ष सम्ममा स्थानिय सरकार मार्फत निमार्ण गर्ने कानुन बनाउने र राजपत्रमा प्रकाशन गरी स्थानिय नागरीकलाई स्थानियर सरकारको महसुश गराउने कार्यमा लागी परेको बताउनुहुन्छ विद्यायन समिति संयोजक पुष्कर ढकाल तथा वडा नं. ७ का वडा अध्यक्ष । विद्यायन समिति संयोजक रहेको वडा मा नै उद्योगको संख्या समग्रमा धेरैवटा सञ्चालनमा रहेको छ ।

    विद्यायन समिति तथा कानुनी परामर्श दादाताको मस्यौदा पांचखाल नगरपालिका बातावरण ऐन अनुसार कार्यपालिकाले सर्व सम्मत पारित गरी कार्य गाडी बढि राजपत्रमा प्रकाशन गरी अन्तिम तयारीमा रहेको जानकारी गराउनु भयो । वातावरण ऐन राजपत्रमा प्रकाशन र कार्यान्वयन पश्चात उद्योग ऐन बनाई कार्य गर्ने र समग्रमा पांचखालमा सञ्चालनमा रहेका उद्योगलाई उद्योग निति अनुसार आगामी दिनमा व्यवस्थित रुपमा लैजाने कार्य स्थानिय सरकाले गर्ने विद्यायन समितिको र कार्यपालिकाको योजना रहेको छ । यस कार्यको लागी स्थानिय सरकार सञ्चालन ऐन २०७४ कार्यपालिका सम्पुर्ण सदस्य तथा पांचखाल नगरपालिका बाट निर्वाचित जनप्रतिनिधिलाई अनुरोध पनि गर्नु भयो ।

    वडा अध्उक्ष के भन्छन् 

    पांचखाल नगरपालिकामा नगरपालिका भित्र नया उद्योग सञ्चालनको लागी सिफारीस तथा अनुमति दिन नहुने कुरा शुरुमा उठान कार्यमा वडा नं. १२ बाट गरेको तथ्यसहित आफ्ना तर्क राख्नु भयो । यस क्रममा पांचखालमा उद्योग सञ्चालनको लागी सिफारिस माग गरेको उद्योगीले सिफारीस नपाए पश्चात उक्त उद्योगी मण्डन देउपुर नगरपालिकामा सञ्चालन गर्न गएको उदाहण पेश गर्नु भयो । समग्रमा बातावरण संरक्षण तथा अभियानको लागी तत्कालको अवस्थामा नया उद्योग सञ्चालन नभएको र आगामी दिनमा सञ्चालनमा रहेको उद्योगलाई कसरी नियमन गर्ने भन्ने विषयमा पनि नगरपालिका लागी रहेको बताउनु भयो ।
    पांचखाल नगरपालिकाकै वडा नंं. ८ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रबत्ता सञ्जय तामाङ्ग बातावरण तथा आम नागरिकको स्वास्थ सहित कृषि नगर पाचखाल शहरको अवधारणा अनुसार चाडै नै पांचखालमा नितिगत रुपमा नियमन गर्नको लागी पांचखाल नगरपालिका तिव्र गतिमा लागी रहेको र यस कार्यमा आम नागरिक ले जनप्रतिनिधि तथा नागरि स्वयंमले नगरलाई साथ दिएको खण्डमा बिधिवत रुपमा बतावरण मैत्रि बिहिन उद्योग सञ्चालन कार्यमा नियमन गर्न सकिने धारणा व्यक्त गर्नु हुन्छ ।

    र्पाचखालको हरीयाली प्राकृतिक रुपमा भएको दोहन कार्यलाई न्यूनिकरण कार्यको लागी जनप्रतिनिधिहरु नियमित रुपमा छलफल अन्तक्रिया र नजिजको नगरहरुले गरेका अभ्यास तथा सिकाई पांचखालमा पनि अवलम्बन गर्ने कार्यमा नगरकार्यपालिका र उद्योग सञ्चालनमा रहेको वडाका जनप्रतिनिधिहरु लागी परिरहेको धारणा राख्नुहुन्छ पांचखाल नगपालिका वडा नंं. ९ का वडा अध्यक्ष किरण श्रेष्ठ ।

    कृषक के भन्छन्

    पांचखाल नगर कृषि शहरको नारा र कृषि उपजको भण्डारको रुपमा रहेको पांचखाल नगरपालिका विगतको समय देखि हाल सम्म निरन्तर रुपमा काठमाडौंको माग २५ प्रतिशत नियमित धानिरहेको नगरपालिका मा पछिल्लो समयमा अत्यधिक विषाधि प्रयोग को कारणको रुपमा परिचित रहिरहदा बजार खस्केको सन्र्दभ संगै उद्योग बाट उत्सर्जन भएको कार्वन सहितको धुवाको कारण समग्र पांचखालको कृषि उपजको मुल्य नपाई कृषक दिनानुदिन समस्यामा गुज्रिरहेको यर्थातता धुलिखेल नगरपालिकाको विपि राजमार्ग चोकमा कालिमाटिबाट फिर्ता भएको तरकारी फ्याकेर गरेको विरोध प्रर्दशन पनि एक नमुना हो । जुन संचार माध्यम हरुमा प्रकासन प्रसारण भईरहेको देख्न र हेर्न सकिन्छ ।

    बर्तमान अवस्थामा रहेको जोखिम

    पांचखाल नगरपालिका भित्र सञ्चालित ईटा उद्योगको जोखिमको रुपमा प्रत्यक्ष स्वास्थको जोखिम बढिरहेको टडकारो अवस्था रहेको छ । यसको ज्वलन्त उधाहरण आम नागरिकमा निमुनिया, स्वास्प्रश्वासको समस्या रहेको नागरिकहरुमा देख्न सकिन्छ । अझ पैत्यक्ष रुपमा पांचखाल नगरपालिका वडा नं. ७ मा बस्ने नागरिक उद्योगबाट उत्सर्जन भएको धुवाको कारण आफ्नै घरमा पनि बस्न नसक्ने अवस्थामा रहेकाछन । यसका अलवा दैनिक रुपमा सरसफाई गरी सकाउन राखिएका कपडाहरु कार्वनको धुलो मिश्रित धुवाले रंग परिवर्तन भएको देख्न सकिन्छ । पछिल्लो समयमा उद्योग सञ्चालनार्थ प्रयोग गरिने पोखरीमा डुबेर बालकाको मृत्यु का साथै ईटा भट्टा पोल्न प्रयोग गरिएको डगमा दुई बाल बालिका डग पल्टदा थिचिएर मृत्यु तथा दुइृ बालबालिका घाईतेको ज्वलन्त उदाहरण हो । यसका साथै भट्टामा प्रयोग गरिने कोईला र ईट्टा बनाउन ओसारीने माटोका सवारी साधन स्थानिय नागरिकको तर्फबाट थुनछेक गर्दा भएका झडपको पनि पछिल्लो जोखिम बढदै गइरुहेको छ ।

    जग्गा धनि के भन्छन

    विगतको समयमा सिंचाईको समस्याको कारण आम नागरिक पिडामा परिरहदा खेती लिन नसकेको समस्या त छदै छ । राज्य संयन्त्रबाट सिंचाईको कुनै प्रावधान अगाडी बढिरहेको छैन । भएका खोला नाला, कुवा तथा मुहान सुक्ने क्रम निरन्तर रहेको छ यसर्थ पनि खेती गरेर जिविको पार्जन गर्न सकिने अवस्था पनि छैन । पांचखाल नगरपालिका भित्र रहेको अधिकांश राजकुलोहरु जमिन खण्डीकरण गर्ने क्रममा बाटोमा परिणत हुने क्रम बढदो छ । पछिल्लो समयमा पांचखाल नगरपालिका वडा नं. ४ भएर सिंचाइृको लागी प्रयोग भएको राजकुलोमा सडक बनेको कार्यमा नितिगत रुपमा कृषि शहरले नियमन गर्न सकेको अवस्था देखिएको छैन यसका कारण पनि कृषकमा भएको वितृष्णाको कारण उद्योगको लागी जमिन भाडामा दिने किसान उद्योग सञ्चालनको विपक्षमा देखिदैनन् । तर पांचखाल बाताबरण बचाउ अभियान कर्मि सकिृयता रहिहदा उक्त समुहमा संगै हिडिरहेको देखिएता पनि बातावरण बचाउ समितिका पदाधिकारी को प्रश्न प्रतिप्रश्न सुनिरहदा जमिन उद्योगको लागी उपलब्ध गराउने किसानको आवाज अहिले सम्म उद्योगको लागी जमिन उपलब्ध गराउदिन भन्ने एक्य बद्धता हुन सकिरहेको देखिदैन । पछिल्लो समयमा भुमिगत जल प्रयोग डिप बोरिङ्ग मार्फत उद्योग सञ्चालन गर्नाले अझ पानीको समस्या बद्धि हुदै गइरहेको र यसले प्राकृतीक विचलन ल्याई पांचखाल नगरपालिका मरुभुमिमा परिण हुनसक्ने धारणा राख्नु हुन्छ शिक्ष जगन्नाथ अधिकारी ।

    रोजगार पाउने हरुको भनाई

    विगतको समयमा भत्तपुर, ललितपुर सहित जिल्ला बाहिर गएर रोजगार गरी जिविको पार्जन गर्ने जैसिथोक ज्याम्दिका नागरिकहरु यदि उद्योग बन्द भएको खण्डमा लिएको पेस्कि फिर्ता गर्न नसक्ने र अर्को कामको विकल्प पनि नभएको र समस्यामा पर्ने होकि भन्ने चिन्तामा रहेको पाईन्छ भन्नुहुन्छ जैसिथोकका सञ्चार कर्मि दिपेन्द्र लामा । पांचखालमा सञ्चालित उद्योगलाई व्यवस्थित तथा बातावरण मैत्रि बनाउने अथमा बातावरण मैत्रि बनाउन समग्रमा सञ्चालित उद्योगले बातावरण सन्तुलित गर्ने प्रविधि सबै मिलेर गर्ने हो भने रोजगार पाउने व्यक्ति, रोजगार उपलब्ध गराउने उद्योगी, जग्गा उपलब्ध गगराउने किसान र आयस्तरको नगरपालिकाको राजश्व नियमित हुन सक्ने अवस्था पनि हुन सक्छ भन्नुहुन्छ संचार कर्मि दिपेन्द्र लामा ।

    मुल्य र विलमा एकरुपमा किन भएन

    गत वर्ष पुन निमार्ण अभियान अन्र्तगत उद्योग सञ्चालन भएको वडाका नागरिकलाई न्यूनतम मुल्यमा ईटा उपलब्ध गराउने भनियतापनि नपाएको गुनासो आम नागरिकको छ । यस कार्यमा वडा कार्यलयले पनि सकारात्मक भुमिका निर्वाह नगरेको गुनासो सम्बन्धित वडाका नागरिक बाट पनि नआउको होईन । विभिन्न समाचारहरुमा ईटाको मुल्य र राजश्व छलिको समाचारहरु पनि आउकै हुन विलमा रहेको मुल्य रकम र नागरिकले तिरेको रकम फरक भएर राजश्व छलि भएकै हो । तर यसो किन भएको भनेर बुझ्ने प्रयास गर्ने हो भने उद्योगी उद्योग सञ्चालन र नियमित आम्दानी अनुसार अनुपात विश्ल्ेषण गर्ने तथा विचौलियाहरु पहिलेनै ईटा आबश्यक्ताको माग फारम भरि कृतिम अभाव सृजना गर्ने जमात पनि सक्रिय रहेको बुझ्न सकिन्छ यस कार्यमा उद्योगीले खटाएको कर्मचारी संग कसले विचौलियाको काम गरिरहेको छ भन्ने विषयमा सुचना उपलब्ध गराउन मान्दैनन । यस कारण पनि समग्रमा विगतका वर्ष देखि ईट्टा पोल्ने समयदेखिनै बातावरण बचाउ अभियान कर्मिको अभियान शुरु हुन्छ र विचमा किन हराउछ त्यो पनि केहि पक्षको जिज्ञासाको विषय रहेको पाईन्छ ।

    नगर प्रमुख के भन्नु हुन्छ

    समग्रमा पांचखालमा उद्योग आवश्यक होईन । लागानी कर्ता भित्राउने मनसाय पनि छैन तर पनि सञ्चालन भईरहेको उद्योग बन्द गर्न नितिगत व्यवस्था मिलाउने क्रम जारी रहेको छ । यस कार्यमा जनता, किसान, जमिन उपलब्ध गराउने व्यक्ति साथै जनप्रतिनिधि सहित सबैको सकारात्मक सहयोग रहेको खण्डमा चाडैनै नियमन गर्न सकिने धारणा व्यक्त गर्नु हुन्छ पांचखाल नगरपालिकाका मेयर महेस खरेल .

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार