२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

प्रणय दिवस र नेपालमा करोडौं फुलको प्रयोग


६१४४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७५ माघ २४, बिहिबार मा प्रकाशित ५ साल अघि
  • प्रणय दिवस अर्थात फेब्रवरी १४ पश्चिामा संकृती नेपालमा पछिल्लो समयमा युवा पुस्ताको सस्कृतीको रुपमा भित्रीएको मौलाउदो परम्परा हो । यस दिन विशेष गरेर युवा पुस्ताले रातो गुलावको फुल आफ्नो प्रेमी प्रेमीकालाई दिई सदभाव प्रकट गर्ने दिनको रुपमा व्यापक रुपमा मौलाउदै आईरहेको छ ।
    फुलको ईतिहास केलाउदा नेपालमा वि.सं. २००७ देखि शुरु भएको तथ्य रहेको पुष्प व्यवसायिको तथ्यांक रहेको छ ।

    पुष्यप व्यवसायि मौलाउनु र व्यापार फस्टाउनुमा शहरी करकणको विकास को साथ साथै नेपाली समाज आधुनिकतामा परिवर्तन भएर जानु पनि प्रमुख कारण रहेको छ । नेपालमा फुलको माग आवश्इक्ता र महत्वको बद्धि संगै ४१ जिल्लामा खेती गरिएको पाईन्छ तथापि काठमाडौं, भक्तपुर, ललितपुर, कास्कि, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मि, पाल्पा, धादिङ्ग मोरङ सहित का जिल्लामा व्यवसायिक रुपमा पुष्प व्यवसायि संगठमा आधिकारीक सदस्य ६७५ जनाले पुष्प खेती विस्तार गरेको देखिएको छ । यस क्रममा काभ्रेमा ९ वटा व्यवसायिक फार्ममा १६ जना व्यवसायि पुष्प व्यवसायमा ५७ सालदेखि लागीरहेको तथ्यहरु देखिएको छ । ५७ साल आगाडीको तथ्यांक नरहेता पनि पर्व लक्षित पुष्प खेती गर्ने संख्या काभ्रेमा शहरी करण र खपतको अवश्था विश्लेषण गर्दा रहेको देखिन्छ भन्नुहुन्छ जिल्ला शाखा पुष्प व्यवसायि सस्थाका अध्यक्ष विरेन्द्र बहादुर श्रेष्ठ ।

    विशेष प्रणय दिवस को दिनमा अन्य मुलुकमा प्रयोग हुने र पछिल्लो समयमा नेपालमा पनि प्रयोग हुने गुलाफ फुलको व्यवसायिक खेती काठमाडौं उपत्यकाको तीन जिल्ला र काभ्रे पलाञ्चोक मात्र रहेको छ । अन्य जिल्ललामा गुलाफ फुल खेती गर्ने व्यवसायिको विस्तार र युवा स्वरोजकारको सृजना गरी व्यवसाय विस्तार गर्नु पर्ने जरुरी रहेको देखिन्छ । नेपालको तथ्यांकको आधारमा व्यवसायिक रुपमा ४५० प्रजातीका फुलहरु उत्पादन हुदै आएका छन । व्यवसायिक रुपमा पुष्प खेती बाट ४० हजार भन्दा बढि व्यक्तिले प्रत्यक्ष वा अ प्रत्यक्ष रुपमा लाभ लिएको पाईन्छ । १५३ हेक्टर क्षेत्रफलमा व्यवसायिहरुले खेती गरेको देखिन्छ । यस तथ्यांकमा सास्कृतिक रुपमा पुष्प खेती गरी पुष्प प्रयोग गर्नेको तथ्यांक संकलन पुष्प व्यवसािय संगठनले पनि गर्न सकिरहेको छैन । सास्कृतीक पर्व तिहारका लागी ग्रामीण भेगमा सयपत्रि, मखमली, गोदावरी जस्ता पुष्प खेती गाउघरमा स्वयंम खेती गर्ने अभ्यास छ ।

    शहरी क्षेत्रमा विशेष गरी, ठुला शहरमा सजावटको लागी केही मात्रामा फुल भारत बाट आयात गरी नेपालमा फुलमा पनि आत्म निर्भर छैन भन्ने तथ्यांक सञ्चार गृहमा हेर्न सुन्न र पढन सकिन्छ । यस कार्यमा पुष्प व्यवसािय संगठन तथा व्यवसायिहरुले स्थानिय रैथाने प्रजातिको फुलहरुमा संकलन गरि बजारी करणमा सहयोग गर्ने हो भने सास्कृतीक पर्वमा नेपाल फुलमा आत्म निर्भर छैन भन्ने तथ्यांक सुन्न नपर्ने धारणा राख्नु हुन्छ विउ, विरुवा संरक्षण बैक तथा जिल्ला शाखा काभ्रेका सदस्य किरण खरेल । रैथाने प्रजातिको फुलको बजारी गरण अभ्यास गर्ने हो भने यस वर्षको तिहारको नेपालमा भित्रिएको ३० लाख बरावरको सयपत्रि फुल आयात नगर्दा पनि नेपाली शहर ढकमक बनाउन सकिने थियो । विगतका वर्षमा १८ प्रतिशत फुल शहरको बजारीकरण गर्न आयात गरीएकोमा यसवर्ष १० प्रतिशत मात्र आयात गरीएको र सम्भव भए सम्म स्थानिय रैथानै फुलको विक्रि प्रणाली अभ्यासमा ग्रामिण किसानलाई अभिप्रेरीत गर्ने हो भने आगामी वर्ष आयातको लागी ५ प्रतिशतमा झार्न सकिने धारण राख्नु हुन्छ रैथाने विउ संरक्षण व्यवसायि किरण खरेल ।

    नेपाली बवारमा समग्रमा पुष्प व्वसायिको तथ्यांको आधारमा एक अर्व ८५ करोड फुलको कारोबार रहेकोमा काभ्रेमा बाढि र वर्षको कारण यस वर्ष एक करोड पचास लाखको मात्र पुष्प कारोबार गर्न सकिएको बताउनु हुन्छ जिल्ला शाखा काभ्रेका कोषध्यक्ष रुद्रबहादुर खड्का । यदि बनेपा तथा धुलिखेल बजारमा भएको डुवान नभएको भए गत वर्षमा जस्तै ३ करोड भन्दा माथिको कारोवार गर्न सकिने थियो । नेपाली बजारमा कात्तिक देख फागुन सम्म विभिन्न चाडबाड र विवाहको मौसम पर्ने हुदा फुल बढी प्रयोग हुने गरेको देखिन्छ । यस समयमा नेपालका पुष्प व्यवसायिलाइृ मौसमले साथ नदिने भएको कारण केहि मात्रमा पुष्प छिमेकी मुलुक बाट व्यापरीहरुले ल्याउने गरेको पाईन्छ । तिहारमा सयपत्रि र प्रणय दिवसमा रातो गुलाफ आयात गर्नु पर्ने नियमित अध्भ्यासलाई कसरी प्रतिशस्थापन गर्ने भन्ने रणनिति फ्लोरिकल्चर एसोसएसन नेपाल केन्द्रले बनाउन सकिरहेको छैन भन्नु हुन्छ काभ्रे जिल्लाशाखा सचिव शम्भु तामाङ्ग । समग्रमा विदेशमा बस्ने नेपालि साउदी, दुवई, कतार, मलेसीया, तथा अष्ट्रेलिया बस्ने नेपालि लक्षित गरी सयपत्रि र मखमलि फुल निर्यात गर्न सक्ने हो भने पनि बैदेशिक नगद आयात हुनेमा अझै पुष्प व्यवसायिको ध्इान जान सकिरहेको छैन ।

    यस वर्ष प्रणय दिवस फागुन २ गते रहेको छ यस दिनलाई लक्षित गरी पुष्प व्यवसायिले नेपालमा ६० हजार स्टिम फुल नगदको रुपमा १ करोड ५० लाख बरावरको आयात गर्ने माग गरिसकिएको छ । आयात नै किन गरिदै छ भन्ने जिज्ञासा राख्दा बताउनु हुन्छ गत वर्ष भन्दा यस वर्ष रातो गुलापको माग बढेको बताउनु हुन्छ केन्द्रिय अध्यक्ष कुमार कसजु श्रेष्ठ । गत वर्षको तथ्यांकको विश्लेषण गर्ने हो भने २५ लाख रुपैैया भन्दा बढी नगद बाहीरदै गरेको तथ्यांक भनिरहदा व्यासयिक प्रर्बद्धन को लागी भएको राष्ट्रिय, अन्तरष्ट्रिय भ्रमण को उपलब्धि भनेको आयात बढाउने देखिएको छ अझ व्यवासयक प्रर्बदनको लागी प्रविधि मैत्रि विश्व स्तरीय गर्ने भन्ने तालिम प्राप्त व्यवसायि लाई १ दिनको लागी डेड करोड विदेशिदा विदेशीदा तालिमा, प्रर्वदन, बजारी करण, र सम्बन्ध विस्तारका परियोजना निमार्ण गरि कार्यक्रम सम्पन्न गर्ने पुष्प व्यवसयिक सस्थाका पदाधिकारी सञ्चार गृहमा अन्तरबार्ता र सुचना दिनमा व्यस्त र खुशि रहेको देखिन्छ भन्नु हुन्छ किरण खरेल ।

    प्रणय दिवसको लागी आवश्इक पर्ने रातो गुलाफ काभ्रेको बजारको लागी आयात गर्नु पर्ने अवस्था छैन । सम्भव भय सम्मा काभ्रेको उत्पादन काठमाडौं निर्यात गर्ने गरी व्यवसयिक रुपमा छलफल भईरहेको र व्यवसायिक पसलमा आयात नै भयो भने पनि दुई चार सय स्टिम फुल काभ्रे भित्रेला । विगतको वर्षमा ५ सात सय भित्रेकोमा यस वर्ष घटदो क्रम रहेको वताउनु हुन्छ पुष्प व्यवसािय संगठन जिल्ला शाखा काभ्रेका अध्यक्ष विरेन्द्र बहादुर श्रेष्ठ ।
    बजारमा मागको आधारमा आपुर्ति नहुदा हुने अभाव परिपुर्ति गर्न मुल्य मार्फत निर्धारण गर्ने गरिन्छ । सामग्री कम र माग बढि भएको खण्डमा मुल्य बढने हुज्छ । यस अभ्यास यस वर्ष पनि गुलाफमा हुने देखिन्छ । विगतको वर्षमा ४० देखि ८० रुपैया मा उपयोग कर्ताले खरिद गरेकोमा यस वर्ष ५० देखि १०० सम्म एक स्टिमको मुल्य पर्ने देखिन्छ । यो मुल्य बृद्धि भनेको गत बर्षको तुलनामा १५ प्रतिशतको अन्तर देखिन्छ ।

    पछिल्लो समय नेपालमा युवा पुस्तामा मनाउने प्रणय दिवस एक साता अगाडी देखि मनाउने प्रचलन बढदै गएको छ । यस कारण पनि नेपालि बजारमा रातो गुलाफ बिशेष गरी महत्वको रुपमा बजारमा प्रयोग भएको पाईन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार