२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

गैरसरकारी सस्थालाई हेर्ने दृष्टिकोण सकारात्मक देखिदैन


२४१९ पाठक संख्या

भेषराज दनुवार सस्थागत विकास किन ? सस्थागत विकासको आवश्यक्ता किन ? सस्थागत विकास कसको लागी

  • नवसंकेत अनलाईन
  • २०७५ फागुन ८, बुधबार मा प्रकाशित ५ साल अघि
  • भेषराज दनुवार

    सस्थागत विकास किन ? सस्थागत विकासको आवश्यक्ता किन ? सस्थागत विकास कसको लागी ? सस्थागत विकास कसलाई भन्ने विषय आजको आवश्यक्ता र महत्व बढदै गएको छ । सस्थागत विकासमा रहेको आन्तरिक सुसासन भएको खण्डमा सरकारी साझेदारी र सभ्य समाज निमार्ण कार्यकालागी एक खम्बा बन्ने देखिन्छ । पछिल्लो समयमा सस्थागत रुपमा लाग्ने विभिन्न आरोप प्रत्यारोप तथा समस्याको कारण गैरसरकारी सस्थालाई हेर्ने दृष्टिकोण सरकार मार्फत सकारात्मक देखिदैन जसको कारण सरकारले सार्वजनिक सेवा प्रदायक सस्था नियमन गर्ने नियमावलीको विधेएक संसदमा दर्ता भएको अवस्था छ । यस क्रममा गैसस महासंघ विधेएक पास भएको खण्डमा बर्तमान अवस्थामा काम गर्ने गै.स.स.को प्रणालि परिवर्तन भई सरकारी सहकार्य गर्ने अभिन्न अंगको रुपमा नहुने पक्का देखिन्छ ।

    पारस्परिक जावफदेहि बन्नको लागी गै.स.स. सरकारको हितको लागी पहरेदारी, साझेदारी र खवरदारीमा निरन्तर नागरिकको पक्षमा वकालत गरिरहेको देखिन्छ तर यस अवस्थामा प्रश्न गर्ने आधार गै.स.स. आफैले बनाउने अवसर सरकारको लागी दिनु हुदैन भन्ने मुख्य सवाल पनि आजको आवश्यक्ता रहेको छ । नागरिक समाज भनेर गठन भएका सस्थाहरुले सामुदायिक रुपमा सक्रिय व्यक्ति, महिला संगठनका प्रतिनिधि, धार्मिक संघ सस्थाका प्रतिनिधि, व्यवसायिक संगठन, मजदुर, सामाजिक आन्दोलन र सामाजिक वकालतमा लाग्ने नागरिकको प्रतिनिधित्व सहित समाजबाट सामाजिक रुपमा पछाडी परेका तथा पारिएका नागरिक समुह समेत समावेस रहने गरी सरकारको काममा सहकार्य गर्ने देखिन्छ । यस कार्यमा जननिर्वाचित जनप्रतिनिधिको आगमन पश्चात नागरिक समाज संग मेल खाने गरी जननिर्वाचित जनप्रतिनिधि समुह पनि आईसकेको अवस्था रहेको छ यस कारण पनि नागरिक समाज समुह भनि सामाजिक कार्यगर्ने सस्था आफु पनि पारदर्शि र जवाफदेहि हुनुपर्ने आवश्यक्ता रहेको छ ।

    गैससहरु किन पारदर्शि र जवाफदेशि हुने भन्ने सन्र्दभमा गैससमा पछिल्लो समय कुनै सस्था विशेषको कारण गैसस भित्रको अब्यवस्था र भ्रष्टाचारका घटना बेला बेलामा सार्वजनिक हुनाले पनि सिंगो गैससको विश्वसनियतामा सरकोको शंका देखिन्छ । कतिपय गैसस पारिवार बादमा फसेको अवस्था पनि देखिन्छ । सस्थागत रकम दुरुपयोगका आरोप पनि आउने गरेको देखिन्छ । सुसासनको पाठ सिकाउने गैसस आफै नैतिक रुपमा कति जिम्मेवार हुने भन्ने सन्र्दभमा पनि ध्यान दिनु पर्ने आवश्यक्ता रहेको छ । यति कुरा हुदा हुदै पनि नागरिकहरुले सरकारवाट प्राप्त हुने सेवा सुविद्या सहज प्राप्त नहुदा सहजकर्ताको भुमिकाको लागी नागरिक सस्थाको अपेक्षा नागरिकले राख्ने परम्परा निरन्तर रहन्छ त्यसकारण पनि नागरिक सस्था आफै जिम्मेवार र पारदर्शि हुनुपर्ने आवश्यक्ता रहेको छ ।

    कुनैपनि सार्वजनिक नागरिक सस्थाको अवस्थाको मापदण्ड कस्तो अवस्थामा रहेको छ भन्नको लागी उक्त सस्थाको सुशासन, मानव संसाधन व्यवस्थापन, वित्तिय व्यवस्थापन, सस्थागत व्यवस्थापन, कार्यक्रम व्यवथापन र बाह्य सम्बन्ध जस्ता विषय बस्तुमा केन्द्रित रहेको सस्थागत क्षमता विकास तथा आन्तरिक सुशासन प्रबर्दन विषयक कार्याशाला गोष्टि कार्यक्रम सम्पन्न काभ्रेको धुलिखेल सम्पन्न भएको छ । कार्यक्रममा काभ्रेमा क्रियासिल रहेको सस्थाका पदाधिकारीको उपस्थिमा गरिएको थियो । यस कार्यक्रमको सहजिकरण नेपानका गोविन्द पौडेलको सहजिकण रहेको थियो । यस कार्यक्रममा सस्थागत क्षमता विकास तथा आन्तरिक सुशासन प्रर्बद्धन कार्यक्रम पश्चातको अनुभव तथा सकारात्मक परिवर्तनको विषयमा सामुदायिक सारथिका व्यवस्थापक अनिल खनालले बताउनु भएको थियो । समग्रमा कार्यक्रमको क्रममा सस्थागत भुमिकाको विषयमा तत्काल आफ्नो सस्थामा यस कार्यशाला गोष्टि सञ्चालन गरि सस्थागत विकास गर्ने प्रतिबद्धता सिविक फोरमका कार्यकारी निर्देशक बसन्त कुवर, सृजनशिल समाजका हरिष्चन्द्र घिमिरे, शान्ति जनआर्दश सेवा केन्द्रका विष्णुमाया पुलामि मगर सहित नेपाल बहिरा संघ सहितका सस्थाले आयोजक सस्था मार्फत सहजकर्ता पाएको खण्डमा आफ्नो सस्थामा यस कार्यक्रमको कार्यशाला गोष्टि आयोजना गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन ।

    यस कार्यको लागी काभ्रेमा कार्यशाला गोष्टिमा सहभागि भएका नभएका जुनसुकै सस्थाको लागी सहयोग उपलब्ध गराउन सकिने र यस कार्यकालागी सस्थागत रुपमा सहकार्यको लागी अगाडी बढि नागरिक समाजलाई सुढृढिकरण तर्फ जानेमा सामुदायिक सारथि आफ्नो तर्फबाट जहिलेपनि सक्ने सहयोग उपलब्ध गराउने विषयमा प्रतिबद्ध रहेको जानकारी सहित सबै नागरिक समाज स्वयंमा आफैमा जवाफदेहि भई अगाडी बढन एकताबद्धताको लागी अनुरोध सहित कार्यक्रम सामुदायिक सारथिका उपाध्यक्ष तथा कानुन व्यवसायि कृष्णप्यारी नकर्मिले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार