२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

इबोला रोगले ११ हजार जनाको मृत्यु , रक्तदान गर्न न्यूयोर्क देखी अफ्रिका सम्म


३५३५ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ भाद्र ३०, सोमबार मा प्रकाशित ४ साल अघि
  • अर्जुन मैनाली

    पृथ्वीको भुमध्य रेखामा रहेको अफ्रिका महादेशको करीब मध्य भागमा संसारकै गरीब देश कङो हो । प्राकृतिक स्रोतको हिसाबले कङोलाई बिश्वकै धनी देशमा गन्न सकिन्थ्यो । त्यहाभएका खनिजहरु निकाल्ने हो भने २४ ट्रिलियन युएस डलर भन्दा बढी हुने अनुमान गरिएको छ । तर उपनिवेशवाद, दासत्व, र भ्रष्टाचारले यो देशलाई सबै भन्दा गरीबमा परीणत पारेको छ। द्धितिय विश्व युद्ध देखिका हत्या हिँसा अहिलेसम्म सकिएको छैन । त्यहाको जनसंख्या करीब ९ करोड र वार्षिक बजेट ७८ बिलियन अमेरिकि डलर छ । यहाँको जनाताको प्रतीब्यक्तीआम्दानी वार्षिक ८७० अमेरिकि डलर छ । नेपालको जनसख्या ३ करोड र वार्षिक बजेट ८४ बिलियन अमेरिकि डलर छ । यहाँको जनाताको प्रतीब्यक्ती आम्दानी वार्षिक ९१९ अमेरिकिडलर छ । हाल विश्वकै धनी देश संयुक्त राज्य अमेरिकाको जनसंख्या ३२ करोड र वार्षिक बजेट २० ट्रिलियन अमेरिकि डलर छ् । यहाँको जनाताको प्रतिब्यक्ती आम्दानी ६२ हजारअमेरिकि डलर छ । अहिलेको हवाइजहाजको बाटो अनुसार अमेरिकाको न्यूयोर्क बाट कङो पुग्न २० घण्टा लाग्छ भने नेपालबाट १६ घण्टा लाग्छ ।

    हरेक बर्ष अफ्रिका महादेशमा करीब छ लाख गर्भवती र सुत्केरी महिलाहरुको अत्यधिक रक्तश्रावका कारणले मृत्यु हुने गरेको छ । त्यस्ता बिरामीहरुले सजिलै रगत पाउन सकेका छैनन । कुपोशण, बिभिन्न रोग लागेका कारण धेरै जसो रक्तदान गर्न सक्ने अवस्थाका छैनन । बाँकी रहेका केही स्वस्थ खालका युवाहरु रगत दिन डराउदा रहेछन । अझ मेरो शरीरको रगत अरुलाई किन दिनेु सोच्दा रहेछन । केहीले दीइ हाले पनि सित्तैमा किन दिने रुु सोच्दा रहेछन । अब मैले बिकासित देशहरुमा साबिकको भन्दा कम रक्तदान हुन नदिने र अल्पबिकसित देशहरुमा रक्तदान बृद्धी गर्नु पर्छ भन्ने लाग्यो । त्यसले अमेरिका, युरोप, अष्ट्रेलियाका युवाहरुलाई रक्तदान गर्न लगाइ रहेँ ।

    अफ्रिकी देशहरु मलावी, युगान्डा, इथियोपिया, रुवान्डामा गएर आफ्नै रगत दान गरी केहीलाई भए पनि बच्चाउन प्रयास गरेँ । त्यहाका युवाहरुमा स्वफुर्त रक्तदान गर्न उत्प्रेरणा गरेँ । अफ्रिकाकै कङोमा संसारकै पहिलो उच्चतम मात्री मृत्युदर छ । त्यस्तै दोश्रो उच्चतम शिशु मृत्युदर छ । महिलाहरुलाई धेरै दुस्ख छ । बलिया पुरुशहरुले आफ्नो स्वार्थका लागि महिलाहरुको इच्छा बिपरित दासी, बलात्कार, यौन शोषणगर्दा रहेछन । गरीब घरमा खानेकुरा छैन, केहीगरी अलिकती जुटिहाले पनि महिलाको भागमा थोरै पर्दो रहेछ ।

    कङोको यस्तो अवस्था थाहा पाए पछी सेप्टेम्बर ११, २०१९मा त्यहा पनि गएर रक्तदान गरौँ भन्ने मनमा आयो । तीन महिना अगाडि मात्रै रुवान्डामा गएर रक्तदान गरेको थियँ । रगत नै नपाएर संसारका कुनै पनि कुनामा कसैले पनि जीवन गुमाउनु नपरोस भन्ने मेरो चाहना हो । त्यसले आफ्ना ब्यक्तिगत चाहनाहरुलाई थाँति राख्दै आफु भन्दा पनि धेरै टाढाका दुखिलाई सहयोग गर्न मलाई मन पर्छ । तर एउटा सामान्य ब्यक्तिले कतिसम्म गर्न सक्छ १ समय, साधनश्रोत, शारिरिक सास्ती, आदि बारम्बार निम्ताउनुले अहिले मेरो जीवनमा एक दमै गाह्रो हुँदै गई रहेको छ ।

    बिस बाइस घण्टा टाढा गै रक्तदान गरेर फर्किनु मेरो शरिरको लागि पनि हितमा छँदै छैन । मलाई एकदमै बाध्यताले त्यहा गएर रक्तदान गर्नु परेको जस्तो भयो । सधैं हर्यास १ सधैं प्रेसर १ यो मेरो कस्तो इच्छा हो रु यो मेरो कस्तो चाहना हो रु तमाम मेरा आफ्ना दुक्ख र समस्यालाई वास्था नगर्दै आफुलाई सम्हालेँ । र यस्तै कठिन अवस्थामा पनि आफ्नो रक्तदानको कामलाई कमी ल्याउनु हुँदैन भन्ने भावना मन भरी भरेँ । र कंगोमा नै गएर रक्तदान उत्प्रेरणा गर्ने कार्यक्रम बनाएँ ।

    कङोमा गएर रक्तदान गर्ने मेरो योजना अमेरिकि सरकारलाई जानकारी गराएँ । अमेरिकि सरकारले आफ्नो नागरिकहरुलाई कङोमा तत्काल नजान र गैइ हाले पनि साबधानी अपनाउन सुचना जारी गरेको रहेछ । कङोमा राजनीतिक द्वन्द, जातिय द्वन्द, लुटपाट, अपहरण, चोरी, हत्या जस्ता हिम्सा हुदो रहेछ । बिस बर्षको अबधिमा ५४ लाखले अकालमै जीवन गुमाइ सकेका रहेछन । अझ एच आई भि, एड्स, झाडा पखला, औलोको पनि उत्तिकै जोखिम रहेछ । मलाई यि जोखिम भएता पनि त्यहा गएर रक्तदान दिन नै मन लाग्यो ।

    मैले काम गर्ने कार्यालयका सहकर्मिहरुले मलाई कंगोमा जानु भनेको आत्महत्या गर्न जानु जस्तै हो भनेका थिय । मानिस जन्मे पछी एक दिन मरी नै हाल्छ । तर बाँची रहँदा अरुका लागि के गर्‍यो भन्ने कुरा महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्यो । संसारका कुनै पनि कुनामा रगत नपाएर मर्न लागेका बिरामीहरुलाई मेरो आफ्नै शरिरको रगत दीइ बच्चाउनु नै मेरो जीवनको मुख्य उद्देश्य हो भन्ने मलाई लाग्यो । अरुका लागि मेरो रगत दिनु पनि म एक रक्तदाताको प्रतिभा निर्माण गर्नु जस्तै हो लाग्यो । मेरो यो कदमले संसारमा धेरैले अरुका लागि रक्तदान गर्न प्रेरणा पाउन सक्छन जस्तो लाग्यो ।

    विश्व स्वास्थ्य संगठनले कङोमा इबोला रोग धेरै नै बढेको भन्दै अन्तराश्ट्रिय संघ संस्थाहरुको ध्यानाकर्षण गराएको एक हप्तामै कङगोमा इबोला रोगको महामारीलाई नियन्त्रण गर्न नसकेको भन्दै स्वास्थ्य मन्त्रिले आफ्नो पदबाट जुलाई २३, २०१९मा राजिनामा नै दिएका रहेछन । यस्तो थाहापाए पछी जुलाई २५, २०१९ मा न्यूयोर्क स्थित कङोको कन्सुलेटमा भिसाको लागि निवेदन दिएँ । त्यतिखेर मसँग न्यू योर्क देखी कंगोमा जान(आउन हवाइजहाज टिकट थियन । बस्नको लागि होटेल बुक पनि गरेको थीइनँ । त्यसैले मेरो निवेदन स्विक्रित भएन । मैले त्यहाँका अधिक्रितलाई ुतपाइले मेरो पासपोर्ट राम्रोसँग हेर्नु त भयो निरुु सोधेँ ।

    मैले अमेरिकन पासपोर्ट छ भनेर फुर्ती लगाउने कुरा पनि भएन । बिगत ६ बर्षमा १६ देशमा रक्तदान उत्प्रेरणा गराउन जाँदा लिएका भिषा र छापहरुले भरिएर पासपोर्टमा दुई पेजमात्र बाँकी थिय । न्याउरो मुख लगाएर घर फर्किदा बाटोमा मनमा कुराहरु खेल्न थाले ुकंगोमा रक्तदानबारे जनचेतना कम भएर चाहिने जतिले रगत दान गरी रहेको अवस्था छैन, म आफ्नै खर्चमा त्यहा गएर रगत दान गर्छु, रक्तदान गर्न उत्साह जगाउछु भन्दा पनि भिषा नै दिएनन । हैन१ उनिहरुलाई आफ्ना बिरामी जनताहरुका बारेमा चिन्ता छैन भने पनि मलाई चाहिँ के को मतलब निु सोच्ने कुरा नै भएन ।

    भगवानले तँ आँट म पुर्याउछुु भने जस्तै मैले पनि आटेँ । र त्यस कार्यको लागि समुदायका मेरा साथीहरुको आशिर्वाद र केही आर्थिक सहायता पाउन ुगोफ्यान्डमीु कार्यक्रममा मेरो कुरा राखेँ । साथीहरुले सहयोग पनि गर्न थाल्नु भयो । गोफण्ड मार्फत९ गोपेन्द्र भट्टराइ २५, राजन गौली १५, बसन्त चापागाइँ २०, रघु न्यौपाने २०, विश्व थापा २०, सलिल देवकोटा ५१, आरती राइ ५, हरिश हमाल १५, रेशम घर्ती १५, पशुपती पाण्डे १५, रोबर्ट एलिस २५, सुर्य लम्साल २१, दिनेश सन्ज्याल ५, राम ढकाल २०, प्रेम गुरूगं ५१, राम बिष्ट २०, शिव राइ २०, जगदिश राउत २०, भरत बास्कोटा १५, टिका ढकाल ५१, विश्व बास्तोला ५१, निराजन खड्का ५, पिपल मणी सिग्देल ५१० ५५६ डलर र ब्यक्तीगत रूपमा नगद नै सहयोग गर्नुहुने महेश खड्का १००, बिष्णु राना मगर १००, जंग पाल ५०, राधाकृष्ण देउजा २५, नारायण तिमिल्सिना २५, उद्धव हुमागाइँ ४०, उद्धव शास्त्री २०, मोहन बिष्ट ४०, जनक भण्डारी २१, रोनीश बिष्ट २० सहित जम्मा ९९७ डलर सहयोग गर्नु भएको छ। चाहिने रकम जुट्ने भएपछी साथी टिका ढकालसँग क्रेडिट कार्ड लिएर टिकट र होटेलको कोठ बुक गरेँ ।

    इबोला भन्ने एक दुर्लभ तर प्राण घातक रोग हो । यो रोग लागेकालाई शरीर दुख्ने, ज्वरो आउने, शरीर भित्र र बहिर रक्तश्राव हुने, रगत फटाउने जस्ता हुन्छन । इबोला रोग लागेमा बाँच्न नै सकिदैन । अहिलेसम्म औषधी नै पत्ता लागेको छैन । यो रोगबाट ११ हजार जनाको मृत्यु भई सकेको छ् । यो रोग नलाग्न रोग ग्रस्त ठाउमा नजानु, रोगिको रगत र शरीरका तरल पदार्थस पसिना, स्तन, योनिको तरल पदार्थ, थुक, असुरक्षित यौन संपर्क, रोगिले प्रयोग गरेका लुगा, सुइ, चिकित्सक उपकरण जस्ता कुराहरुबाट टाढै रहनु पर्छ । म सधैं असल आचरणमा रहने भएको हुनाले त्यस्ता जोखिममा परीनँ ।

    मैले कङ्गोको युवाहरुलाई रक्तदान गर्न हौषला दिन आउँदै छु भन्दा केही ब्यक्तिहरुले मलाई सङ्काको दृष्‍टिले हेरेछन । कङ्गो, किसनगानीकी युवती जिता अंवाङगाले म त्यहा गएपछी कुनै सम्बेदनशील योजना गर्दै हुनुहुन्छ कि भनेर सोधिन । सुरुमा त्यहाको रक्त संचार सेवाको सम्योजक चेरुबिन बोङगोलाई पनि त्यस्तै भान भएछ । उनले भिसाको लागि सिफारिस गर्न सक्दिन पनि भनेका थिय ।तपाईंहरुले मेरोबारेमा ठुलै भ्रम पाल्नु भएको रहेछु म बिशुद्ध रक्तदाता हुँ भनेँ । मैले उनिहरुलाई रक्तदान अभियन्ता भएको विश्वास दिलाउन निकै समय खर्चिनु पर्‍यो । त्यसपछी मेरो सबै कुराकानीको बारेमा माथिल्लो निकाएमा पठाएछन । त्यहाबाट निम्न ईमेल पाएँ ।

    प्रिय अर्जुन

    मानव जीवन बचाउन रगत दान दिएर अरूलाई सहयोग गर्न परोपकारी मनोभाव भएको मानिसलाई देख्न पाउनु साँच्चै आनन्दको कुरा हो। हामी यस अर्थमा कठिनाईमा छौं कि हाम्रा धेरै जना देशवासीहरूले रक्तदानको प्रासंगिकता बुझ्न सक्दैनन्, तपाईंको आगमन र तपाईंको योगदानले हामीलाई हाम्रो एउटा अभियान प्राप्त गर्न मद्दत पुर्याउँछ। हाम्रो टोली तपाइँको कार्यमा सघाउछ ।डेमोक्र्याटिक रिपब्लिक कंगो र केन्द्रिय रक्त संचार सेवामा तपाईंलाई स्वागत छ।

    शुभेक्षा सहित
    जेफ कबिंडा, एमडी, पीएचडी

    पुन जुलाई २६मा युपीएस ९भोली पल्टै पुग्ने गरी० बाट कङ्गोको कन्सुलेट कार्यालय, न्यू योर्कमा उपरोक्त निमन्त्रणा सहित भिषाको लागि निबेदन गरेँ । कङ्गो कन्सुलेटले मेरो पासपोर्ट एक महिना राखेर अगष्ट २८ मा भिषा नै नलगाइकिन फिर्ता गरे । भिषा नपाए पनि म हतोत्साहित भईनँ। अफ्रिकाका धेरै देशहरुमा पनि रक्तदान उत्प्रेरणा गर्नु नै छ । अगष्ट ३० मा केन्या देशमा रक्तदान उत्प्रेरणा गर्न जान रिपब्लिक अफ केन्याको कन्सुलेट कार्यालय, न्यू योर्कमा भिषाको लागि नेबेदन गरेँ ।

    मार्च १५, २०१९ मा केन्या रेडक्रस सोसाइटीका महासचिव अब्बास गुलेटले केन्यामा वार्षिक पाँच लाख युनिट रगत चाहिनेमा करीब आधा जती मात्रै उपलब्ध हुने गरेको छ भनेका थिय । केन्याका धेरै युवाहरु रक्तदान गर्न डराउँछन । केन्याका युवाहरूमा अझै रक्तदान गर्नेतर्फ सचेतना छैन। केन्याका युवालाई अझै थाहा छैन कि रक्तदान गर्नेहरूका लागि त्यहाँ धेरै फाइदाहरू छन्। एक अन्तरवार्तामा नैरोबी विश्वविद्यालयकी विद्यार्थी अमीना मिशेलले ुम व्यक्तिगत रूपमा सुईहरूसँग डराउँछु, रगत दिएमा शरीरमा तपाईको रगतको मात्रा कम हुन्छ, र यसको कारणले म बिरामी हुन सक्छुु सोचेर रगत दान गर्न डर लाग्ने गरेको बताएकी थीइन ।

    यस्तो थाहापाए पछी केन्यामा रक्तदान उत्प्रेरणा गर्न जाने सोच बनाएँ । त्यहाकी एक रक्तदाता ऐशा डफल्लासँग केन्यामा रक्तदान उत्प्रेरणा कार्यक्रम गर्न योजना राखेँ । उनले आफ्ना साथीहरु र रक्त संचार सेवासँग मेरो इच्छा पुर्याइन ।

    केन्याको राष्ट्रिय रक्त संचार विभाग तथा मानव अङग प्रत्यारोपणका प्रमुख डा फ्रिदा ए गोवेडीले ुकेन्यामा रक्तदान सँस्क्रिती बढाउन तपाईंको उपस्थितिले ठुलो विशालता महसुस गर्न सक्दछौँ भन्दै मलाई आतित्य गर्न उत्साहित भएको बताएका थिय । अगष्ट २९, २०१९ का दिन केन्याका स्वास्थ्य मन्त्रालयका स्वास्थ्य सेवाका लागि महानिर्देशक डा जे वेकेसा मासाबीले केन्यामा रक्तदान अभियानमा भाग लिन मलाई आमन्त्रित पत्रमा ुतपाईंको उपस्थिति र सहभागिता स्वैच्छिक गैर(पारिश्रमिक रक्त दाताहरूलाई नियमित रूपमा रक्तदान गर्ने संस्कृति दिन प्रोत्साहित गर्नेतर्फ लक्षित छ। तपाईंको उपस्थितिले सम्भावित दाताहरुलाई ज्यान बचाउन रक्तदानको भावना ग्रहण गर्न उत्प्रेरित गर्दछु भनेका थिय। त्यती भएपछी सेप्टेम्बर ३ मा केन्या जानको लागि भिषा पाएँ ।

    मैले लिएको कङगो जाने टिकटमा हवाइजहाज करीब दुई घण्टा केन्यामा रोकिएर त्यहा केही उत्रिने र केही चढ्ने हुनुहुने थियो । त्यसैले म त्यही टिकटबाट केन्यामा ओर्लिन्छु भन्ने मनसायले एअरपोर्ट गएँ । तर एअरपोर्टमा मलाई त्यो टिकटबाट हवाइजहाज यात्रा गर्न पाइनँ । मैले केन्याका रक्तदाताहरुको संस्था केही सहयोग गर्छु र आफ्नो दैनिकी खर्चको लागि छुट्याएको रकम १,०१६ डलरबाट पुन अर्को टिकट किनेँ । कस्तो अचम्म भयो भने, पहिलेको टिकटमा भएको जस्तै मिती र समय भएको यात्रा तालिका नै उल्लेख भएको नयाँ टिकट पाएँ । ब्यापारमा कुनै पनि मानबिय सम्बेदनामा हेरिदो रहेनछ भन्ने मलाई लाग्यो । यहाँनेर म ठगिएँ । म बेखर्ची पनि भएँ । १२ हजार किलोमिटरको दुरिको १५ घण्टाको हवाइयात्रा भरी मेरो मन रोयो तर म हतोत्साहित भईनँ ।

    नैरोबी, केन्याको एअरपोर्टमा मलाई स्वागत गर्न केन्याकी सर्बाधिक महिला रक्तदाता एैसा र पुरुष रक्तदाता अल्फा स्वागत गर्न आउनु भएको रहेछ । वहाँहरु संगै म सिधै त्यहाँको रक्तसन्चार सेवामा गएँ । आधा घण्टा जती कुरा गरेपछी म नजिकैको होटेल हिलपार्कमा गएँ । न्यूयोर्कमा मैले वेबसाइटमा हेर्दा उक्त होटेलको रातको ७० डलर लाग्ने लेखेको थियो, तर त्यहा ११४ डलर लाग्ने बताए । होस, अब कता गएर बस्नु१ यसैमा बस्न फर्म भरेँ ।

    केन्याको रक्त सन्चार सेवामार्फत स्वास्थ्य मन्त्रालयले म रक्तदान नै गर्न भनेर न्युयोर्कदेखि नैरोबिमा आउने थाहा पाएपछी सरकारी अधिकारीहरूले पनि विशेष चासो राखेका रहेछन । किनभने उनिहरुले मेरोलागी त्यहा बसिन्जेलसम्म एउटा कार र ड्राइभर उपलब्ध गराएका थिए । त्यस अबधिमा म जहाँ जान पनि उक्त सुबिधा प्रयोग गर्न सक्थेँ । त्यसदिन बेलुका एन आर एन केन्याको पदाधिकारीहरुले मेरो लागि आयोजना गर्नु भएको रात्री भोजमा सहभागी भएँ । वहाँहरुलाई आफ्नो अनुकुलमा सानै भएपनी रक्तदान कार्यक्रम गर्न अपिल गरेँ । विश्व ब्यापी रुपमा मेरो रक्तदान अभियानको काम र कुरा बारेमा जानकारी गराएँ ।

    केन्याको स्वास्थ्य मन्त्रालयले मेरो लागि बिशेष कार्यक्रम नै बनाएको रहेछस सम्भाबित रक्तदाता उपस्थित हुने समय, म कार्यक्रममा पुग्ने समय, केन्याकी सर्बाधिक रक्तदाता महिलाको मन्तब्य, केन्याको सर्बाधिक पुरुषको मन्तब्य, मेरो मन्तब्य, स्वास्थ्य मन्त्री ९क्याबिनेट सेक्रेटरी० सिसिली कारीउकीको मन्तब्य, उपस्थित भएका हरुले मसँग फोटो खिच्ने समय, संचारमाध्यमसँग अन्तरवार्ता र मेरो रक्तदानको समय निर्धारण गरेको थियो । अझ उनिहरुले म रक्तदान नै गर्न भनेर अमेरिका देखी केन्यासम्म आउन लागेको भनेर राष्ट्रिय पत्रीका ुडेली नेशनुमा अधिल्लो दिनमा समाचार नै छापेका रहेछन ।

    सोही अनुरुप म भोलिपल्ट बिहान १० बजे राष्ट्रिय अभिलेख मैदान, नैरोबीको प्राङणमा आयोजित कार्यक्रम स्थलमा पुगेँ । दुई वटा ठुला पालहरु टाँगिएका थिय । एउटामा औपचारिक कार्यक्रम गर्नको लागि मेच अनी मन्च, अर्कोमा रक्तदान गर्न आबश्यक ब्यबस्था मिलाईएको रहेछ । सयौँ सर्ब(साधारण र सम्भावित रक्तदाताहरुको उपस्थित रहेको थियो । ठीक ११ बजे मन्त्रिको आगमन भयो । लाइनमा म भन्दा अगाडि स्वास्थ्य मन्त्रालयका दुईजना बरीष्ठ पदाधिकारीहरु हुनुहुन्थ्यो र म तेश्रो नम्बरमा उभिएको थिएँ अनी सयौँ सर्ब साधारण, सम्भावित रक्तदाता र करीब तीन दर्जन जती संचार क्षेत्रका ब्यक्तिहरु थिय । लाइनमा उभिएकाहरुसँग हात मिलाउँदै मन्त्री म उभिएको ठाउँमा आइपुगे पछी ठक्क उभिन तपाइलाई केन्यामा स्वागत छ, तपाईं सर्बाधिक रक्तदातासँग भेट गर्न पाउदा धेरै खुशी लागेको छ, तपाईंले हाम्रो देशमा रक्तदान बढाउन साझेदारिको काम गर्नुभयो, अब मन्चतिर जाउँु भनिन ।

    बिभिन्न क्षेत्रका अतिथिहरुले खचाखच भरिएको मन्च भएको पाल अगाडि उपस्थित भएका सयौँलाई सम्बोधन गर्दै प्रमुख अतिथी मन्त्रिले ुवास्तबमा हाम्रो देशमा वार्षिक १० लाख युनिट रगत चाहिनेमा करीब एक लाख ७० हजार युनिट मात्रै रगत उपलब्ध हुन्छ, हाम्रो देशमा पनि स्वयमसेवी रक्तदानको सँस्कार बसाउनु पर्छ, यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनिय काम गरेका विश्व प्रख्यात रक्तदाता अर्जुन मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,ु उनले भनिन्। प्रमुख अतिथी मन्त्रिले सम्बोधनकै बिचमा मलाई परम्परागत केन्याको क्राउन ९राजडन्डा, ह्याट र गम्छाले सम्मान गरिन ।

    त्यसपछी मैले बोल्ने क्रममा विश्व भरी रगतकै अभावमा कसैले पनि जीवन गुमाउनु नपरोस भन्दै यो स्वयमसेवी रक्तदान अभियान लिएर आज तपाईंहरु सामु रक्तदान नै गर्न भनेर न्यू योर्क देखी आएको छु, ३२ बर्षको अबधिमा मैले १७१ पटक रक्तदान गरी सकेको छु, आज तपाईं सामु तपाईंका जनताको लागि रक्तदान गर्दै छु, अब तपाईं पनि रक्तदान गर्नुहोस, रक्तदान गरेर शरिरमा कुनै कमजोरी हुँदैन, हेर्नुहोस त मलाई, मैले यतिका पटकसम्म अरुका लागि करीब ८५।५ लिटर रक्तदान गरी सकेको छु, मेरो आफ्नै रगतले मात्रै ५१३ जनासम्मलाई बच्चाउन सहयोग हुन्छु भनेँ । त्यसपछी उपस्थित ब्यक्तिहरुले ताली बजाएर स्वाबास ब्यक्त गरे । मैले ६ वटै महादेशका १६ वटा देशमा गएर रक्तदान गरी सकेको छु, केन्या मेरो १७औँ देश हो ।

    मन्तब्यको कार्यक्रम सकिएपछी एकजना पत्रकारले मलाई एक छेउमा बोलाएर अन्तरबार्ता लिन खोजेका थिय । त्यहा भएभरका सबै टि भि, रेडियो, अखबारका उपस्थित पत्रकारहरुले मलाई घेरी हाले । मैले किन रक्तदान गरेको, कहिलै कमजोरी हुनु भयो कि, र मैले केन्यामा नै रक्तदान गर्नु परेको कारणहरु सोधेका थिय । वहाहरुले मबाट रक्तदानमा ठुलो अपेक्षा राखेका रहेछन भन्ने मलाई लाग्यो ।

    त्यसपछी रक्तदान गर्न राखिएको पालमा गएँ । प्रमुख अतिथी मन्त्री रिवन काटेर कार्यक्रम उद्घाटन गर्न मलाई पर्खि राख्नु भएको रहेछ, वहाँले मलाई तानेर रिवन काट्दा संगै राख्नु भयो । रक्त संचार सेवाकी निर्देशक डा फ्रिदाह गोवेदीले रक्तदान गर्न स्वास्थ्य परिक्षण गर्न लगिन । बिध्युतिय उपकरणबाट मेरो रक्तचाप परिक्षण गर्दा एक अंकले बढी भयो । ला १ अब रक्तदान गर्न नपाउने भएँ भन्ने चिन्तामा परेँ । स्वास्थ्य परिचारिकाले पुन परिक्षण गरिन । बल्ल तल्ल स्वास्थ्य परिक्षण पास भएँ । रगत दिने मेचमा मलाई सुताएपछी मेरो पाखुरा हेर्न मन्त्री आँफै आफ्नु भयो । बिगतमा रक्तदान गर्दा सुइ घुसारेको ठाउँमा हेर्दै स्पर्स गर्नु भयो । सायद वहाँलाई यत्तिका पटक रगत निकाल्दाको पाखुरा कस्तो होला जान्ने उत्सुकता थियो कि१ मैले रक्तदान गरी सकेपछी मन्त्री आफ्नो मन्त्रालय जानु भयो ।

    करीब १ बजे तिर रक्त संचार सेवाका पदाधिकारी साथ म पनि दिवा भोज गर्न गएँ । एउटा करीब दुई पाउ जतिको सिङैगै माछा र ढिडोँ खाएँ । फेरी एक घण्टा जती रक्तदान भई रहेको ठाउँमा बसेँ । हरेक रक्तदाताहरुलाई भेट गर्दै रक्तदान गर्नुभएकोमा धन्यवाद छ भनेँ । पाँच छ जनाले त तपाईंको रक्तदान अनुभवले म त साह्रै प्रभावित भएँ अब म पनि बर्षको चार पटक रक्तदान गर्छुु भने । उनिहरु यस्तो प्रतिकृयाले म साह्रै हर्शित भएँ । मैले यत्रो दुस्ख गरेर यहाँ सम्म आएको लक्ष पुरा भयो भन्ने लाग्यो । त्यहाँ रक्तदान गर्ने र हेर्नेहरुको पनि ठुलो भिड थियो। रक्तदान गर्न साना साना केटीहरु पनि आएका थिए । मैले अचम्म मान्दै ुतपाइ पनि रक्तदान गर्ने रुु सोधेँ। होु भनिन । फेरी मैले ुरक्तदान गर्न त कम्तिमा पनि शारिरिक तौल ५० किलोग्राम हुनुपर्छ निु सोधेँ । उनले ुछुु भनिन । अनी उमेर त १८ बर्ष भन्दा माथि हुनुपर्छ निु सोधेँ । उनले ु२६ बर्षकी भएँु भनिन । त्यहाका मानिसहरु साना देखिए पनि खदिँला र पाको उमेरका हुँदा रहेछन ।

    करीब ४स्३० बजे तिर मन्त्रिले वहाँकै कार्यालयमा बोलाउनु भएको छु भन्दै रक्तसन्चार सेवाको पदाधिकारीले मलाई मन्त्रालयमा लिएर गए । मन्त्रालयमा सानो सेरोमनी कार्यक्रम राखिएको रहेछ । स्वास्थ्य महानिर्देशक डा जोन मससबी, प्रमुख सल्लाहकार डा प्रशाद लगाएत संचार क्षेत्रका प्रतिनिधिहरु र अन्य गन्यमान्यहरु उपस्थित रहेको थियो । तीन दिनसम्म चल्ने उक्त रक्तदान कार्यक्रममा पहिलो दिनमै करिब ५ सय जनाले रक्तदान गरेका डा फ्रिदाहले बताएकी थीइन ।

    म आउने समाचारले सायद युवाहरुको राम्रो उपस्थित भएको होला भन्ने मलाई लाग्यो । मन्त्रिले अमेरिका देखी यहाँसम्म आएर रक्तदान बढाउन साझेदारी गर्नु भएकोमा धन्यवाद छु भनिन यस्तो अवस्थामा रक्तदानको क्षेत्रमा उल्लेखनिय काम गरेका मैनालीको अनुभवले हाम्रा केन्याली जनताहरूलाइ रक्तदान गर्न थप उत्साह मिल्नेमा विश्वस्त भएकी छु,भनिन्। मन्त्रिले रक्तदानको तपाईंको योगदानको उच्चतम कदर गर्दछौ भन्दैु प्रशंसा–पत्रले सम्मान गरेकी थिइन। मेरो रक्तदान उत्प्रेरणा अभियानले अफ्रिकामा धेरै जनालाई रक्तदान गर्न उत्साहित बनाउन म सफल भएको छु जस्तो लागेको छ ।

    यसरी १५ घण्टा लगाएर १२ हजार किलो मिटर टाढा गई कोही दुखिको लागि आफ्नो पाखुरामा सुइ घुसारी थैला भरी रगत दिनु चान चुने कार्य छदै थिएन । म केन्याली युवाहरुलाई रक्तदान गर्न हौशला गर्न गएको थियँ । उल्टै त्यहाको सरकारले मलाई नै थप हौशला प्रदान गरे । गौरवले मेरो छाती नै फुलेर आयो । धेरै खुशी भएँ । मेरो बुवा जिवित नै भाई रहनु भएको भए अझ वहाँ कती खुशी हुनुहुन्थ्यो होला

    भोली पल्ट बिहान पृथ्वीको बिच भाग भुमध्ये रेखामा जाने योजना बनाइ सुतेँ । बिहान ७ बजे डा फ्रिदाहले फोनबाट ुतपाइको जि बि एस टेलिभिजनमा एक बजे अन्तरबार्ता तय भएको छु भनिन । अजकल्टो समयमा कार्यक्रम थपिएकोले घुम्न जान सकिएन । टि भि मा अन्तरवार्ता दिए पछी पाँच बजे रक्त संचार सेवाकी निर्देशकको कार्यालयमा गई पुरै तीन दिनको समिक्षा गर्यौ । त्यसपछी ति निर्देशक र त्यहाकी सर्वाधिक रक्तदाता ऐशाले मलाई एअरपोर्टमा ७ बजे पुर्याइ दिनु भयो ।

    हवाइजहाजमा जान बोर्डिङ पास लिएपछी अध्यागमन अधिकारिको टेबलमा बोर्डिङ पास र पासपोर्ट दिएँ । ति अधीकारीले मेरो अनुहार हेर्दै तपाईं हिजो बेलुका टेलिभिजन देखिनु हुनुहुने ब्यक्ती होरुु सोधे । मैले हो, म यहाँ रक्तदान नै गर्न न्यू योर्क देखी आएको थिएँ भनेँ । उनले मसँग हात मिलाउदै सेल्फी फोटो खीचे । ुतपाइबाट म रक्तदान गर्न प्रभावित भएको छुु ति अधीकारीले भने । यसरी त्यहाँको नागरिकबाट प्रतिकृया पाउँदा धेरै खुशी लाग्यो । एअरपोर्ट भित्रका पसलमा बेच्न राखेका समाचार पत्र पिपुल डेलीु मा मेरो समाचार देखेँ । एक प्रती लिएर म १०-५५ बजेको हवाइ जहाजबाट शुक्रबार बिहान ७ बजे सकुसल न्यू योर्क आइ पुगेँ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार