२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बेलैमा सोच सरकार


७१७७ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ चैत्र १९, बुधबार मा प्रकाशित ४ साल अघि
  • सुनेउ महाराज मैले भुलेका छैनँ त्यो दिन जुनदिन जनआन्दोलन २०६२/६३ मा तिम्रो शासन सत्ता मिल्काउनको लागि म गित गाइरहेको थियँ बनेपाको बजारमा तर आज के त्यो दिन मैले गरेको काम ठिक थियो त भनेर आफुले आफुलाइ प्रश्न गरिरहेको छु।हुनत समयको माग अनि तिम्रो महत्वाकांक्षी स्वभावको परिणाम पनि थियो त्यो भनेर मन बुझाएको छु ।

    आज परदेश मा बसेर म जस्तै धेरैले आफ्नो राज्य खोजि रहेको अबस्था छ हामिलाइ साथ दिने हाम्रो कुसल अभिभावक खोजिरहेको अबस्था छ।थाहा छ मुलुक संकट मा छ तर के मुलुक बाहिर रहेका हरुको संकट चै संकट हैन?हामी माथी को खतरा हेरेर के हाम्रो जिन्दगिको कुनै मूल्य छैन ?कि हामि त्यो राज्यका नागरिक हैनौ ?हामिलाइ जुन धर्ती मा आँखा खुल्यो मर्नैपरेपनी त्यही धर्ती मा आफ्नो आँखा बन्द होस भन्ने रहर गर्ने अधिकार सम्म पनि छैन त? कोरोना लाग्नु पाप हैन तर परिक्षण नगर्नु वा लुकाउनु भने महापाप हो हामिले पनि बुझेका छौँ।हामिलाइ जस्तो सुकै परिक्षण वा क्वारेन्टाइन मा राख तर आफ्नो मुलुक मा आउन चाहने नागरिकलाइ आफ्नो मुलुक फर्कने वातावरण बनाउ।

    मर्नै परेपनी आफ्नै मुलुकको माटोमा पुगेर मर्न देउ त्यो त हाम्रो जन्मसिद्ध अधिकार पनि त हो क्यारे भन्न मन लागेको छ।यो निकै कठिन परिस्थिति मा सत्तासीन पार्टी र प्रतिपक्षी दल आफ्नो जिम्मेवारी बाट बिमुख भैरहेको निदाइ रहेको बेलामा आज तिमिले राज्यको संकट कोष मा हिमानी ट्रस्ट को नाममा गरेको २ करोड को सहयोग नेपाली जनताले भुल्ने छैनन्।कता कता आज बाबुआमा को मनमा सन्तानको माया त जसैगरे पनि रहन्छ भन्ने पुष्टि गरिदियौ महाराज।तिमिलाइ मेरो सलाम।जन्मेको देशले हामी उपचार गर्न सक्दैनौं भन्छ काम गर्न बसेको मुलुकले तिमिलाइ ज्वरो आए खोकी लागे श्वास फेर्न गार्हो भय मात्र पनि हामिलाइ सम्झ किनभने हामिलाइ सबैभन्दा धेरै तिमिहरुको स्वास्थ अनि तिम्रो जीवन को चिन्ता छ किनकी तिमिहरुकै कारण हाम्रो अस्तित्व छ भनेर हर्टलाइन नम्बर दिएर म्यासेज गर्छ।त्यति बेला लाग्छ यस्लाइ हाम्रो त्यति माया छ तर हाम्रो अभिभावक लाई किन हाम्रो माया नपलाएको होला।कठै नेपाली।

    हामी कस्तो अभागी रहेछौं मर्नै परेपनी आफ्नै मुलुकको माटो मा मर्छु भनी भारत बाट फर्केका युवा बोर्डर बन्द भयपछी महाकाली नदि तरेर भयपनी आफ्नो मुलुक जान्छु पारित आफ्नै दाजु भाइ त छन के गर्लान र भनेर नदि तर्नै लाग्दा नाङ्गै पेन्टी को भरमा निकै ठूलो अबराधी लाई झैँ पुलिसको घेरामा राखेर लगेको देख्दा आफुलाइ आफ्नै देशका हामिले भोट हालेर छानेर बनाएका अभिभावक हरु देखेर निकै दुखित बनाएको छ।अनि तिम्रो खाचो परेको होकि भन्ने पनि महशुस गराएको छ महाराज।जस्ले जे भनोस तर आज मलाइ एउटा शब्द भन्न मन लाग्यो हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ।यति भनेको भरमा म राजाबादी हुने हो भने हो मलाइ राजाबादी को ट्याग भिर्न मन्जुर छ।

    जनतालाइ दुख परेको बेलामा बाबुआमाले झैँ साथ दिने अभिभावक चाहिएको छ खोपाको देउता जस्तो सरकार अनि त्यसैमा चढाएको पाती जस्तो प्रतिपक्षी हैन।हामिलाइ माउ बिनाको चल्ला नबनाइ देउ हाम्रो पनि देश छ अनि हाम्रो पनि दुखी गरिब जनताको लागि हेर्न भनेर भनेको हामिले बनाएको सरकार छ भन्ने अनुभुती गराइदेउ सरकार ।यो मेरो मात्र हैन सम्पुर्ण नेपाली को अनुरोध हो जस्तो लाग्छ बेलैमा सोच सरकारअनि प्रतिपक्षी दल हरु हैन भने बिचार गर भोलि नयाँ बिहानी हुन्छ अनि तिम्रो अस्तित्व नरहन पनि सक्छ। डिएन दाहाल काभ्रे बनेपा-६ हाल दुबही बाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार