२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

जीवन्त चाड तिहार


२७७५ पाठक संख्या

तिहार नेपालीहरुको दोस्रो ठूलो चाड हो र दसैंभन्दा फरक रुपमा कारमार नभई पशुपन्छी र मानवजातिको

  • नवसंकेत अनलाईन
  • २०७३ कार्तिक १४, आईतबार मा प्रकाशित ७ साल अघि
  • तिहार नेपालीहरुको दोस्रो ठूलो चाड हो र दसैंभन्दा फरक रुपमा कारमार नभई पशुपन्छी र मानवजातिको स्वयम् पूजा हुने गर्छ । दिदीबहिनीहरुले भाइको पूजा गर्ने, घरमा लक्ष्मीपूजा गर्ने, शान्त वातावरणमा दीपावली मनाएर यमराजलाई समेत प्रवेश निषेध गरी एक जीवन्त चाडको रुपमा नेपालीहरुले मनाउँदै आएका छन् । तिहारमा काग, कुकुर, गाई–गोरुका साथै कुचो, नाङ्लोको समेत पूजा गरिन्छ । नेवारहरुले शरीरको पूजा गरेर आफैलाई चिन र स्वस्थ हाऊ, राम्रो बन भनी पूजा गरिने परम्परा छ । यस पूजा भाइटिकाको अघिल्लो दिन गरिन्छ र यस दिन नेपाल सम्वत्को शुरुको दिन पनि रहेको छ । वैदिकालदेखि नै लक्ष्मीपूजा गर्ने संस्कृति भएकोले सो दिन अन्नको भण्डारको रुपमा मानिँदै आएका कुवेरको पूजा गर्ने चलन छ । लक्ष्मीपूजाको दिन कहीँकतै बत्ती बलेन सफा भएन भने लक्ष्मी प्रवेश हुने छैनन् भन्ने विश्वास समेत रहेको छ । जहाँ लक्ष्मी आइन्, त्यहाँ सम्पन्नता हुन्छ भन्ने विश्वासका साथ लक्ष्मीपूजाको दिन र रातका नाम नै सुखरात्री हो । त्यो दिन जाग्राम बसी मनोरञ्जनको रुपमा जुवातास र द्यौसीभैली खेल्ने प्रचलन रहीआएको छ । लक्ष्मीपूजा गर्ने पनि आआफ्नै परम्परा रहीआएको छ । कोही राति र कोही साँझ पूजा गर्छन् । कोही भने साइत हेरेर लक्ष्मीपूजा गर्छन् । लक्ष्मीपूजाको दिन द्रव्य पूजा गर्ने हो । असर्फी, सिक्का र कागजको मुद्रालाई लक्ष्मीको प्रतिकको रुपमा मान्ने गरिन्छ । हिन्दूहरुले सन् १९४७ मा सात समुद्रपारीका राजाको क्वाइनलाई द्रव्यका रुपमा राखेर पूजा गर्ने गरेको इतिहासमा उल्लेख भएको पाइन्छ । तर सम्पूर्ण हिन्दूहरुले नेपालमा मुद्राको आविष्कार भएदेखि नै लक्ष्मीपूजाको दिन मुद्राको पूजा गर्ने परम्पराको थालनी भएको पाइन्छ । हिजोआज मुद्राबाट नै खरीद गरिएको सुन, चाँदी, हिरा, असर्फीको समेत पूजाआजा गरिन थालिएको छ । लक्ष्मीपूजाको भोलिपल्ट गोबद्र्धन पूजाको दिन नेवारी समुदायले म्हः पूजा गर्छन् । म्हः पूजाको दार्शनिक मान्यता अनुसार मेरो भित्र चेतनाको कुनै एउटा तत्व छ, त्यसलाई चिन, जीवनलाई स्वस्थ पार, शरीर बलियो बनाउ भन्ने मान्यता राखी तान्त्रिक विधिबाट पूजा गर्ने परम्परा रहीआएको पाइन्छ । म्हः पूजा गरेसँगै नेपाल सम्वत्को शुरुवात हुन्छ र तिहारको अन्तिम दिन दाजुभाईलाई मखमली फूलको माला, तेलको धारा लगाई कालले प्रवेश गर्न नपाओस् भन्ने मान्यता अनुरुप भाइटिका लगाइन्छ । काग र कुकुरलाई यमदूतको रुपमा लिने प्रचलन रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार