२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

मध्यमार्गका सफलताका बाह्रौं वर्ष


३५२३ पाठक संख्या

ज्ञानमणि नेपाल कालोटोपी [email protected] पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो । यो विषयमा जानकार हुँदा हुँदै

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १, आईतबार मा प्रकाशित ६ साल अघि
  • ज्ञानमणि नेपाल कालोटोपी

    [email protected]

    पत्रकारिता आफैंमा चुनौतीपूर्ण पेशा हो । यो विषयमा जानकार हुँदा हुँदै पनि काभ्रेली पत्रकारितामा एउटा फरकधारको साप्ताहिक पत्रिका उदाएको थियो । मध्यमार्ग साप्ताहिक , पाठकमुखि पत्रकारिता हाम्रो प्रतिवद्धता नारा लिएर शुरु गरिएको यसपत्रिकाले आज सम्म आफूलाई १२ वर्ष सफलतापूर्वक हिंडाई सकेको छ । यस अवधिमा धेरै अप्ठ्याराहरु आए । समस्याहरु पनि नआएका होइनन् । जति बेला आफूलाई मध्यमार्गले कहिल्यै विश्राम दिलाएन । न खरायो जसरी दौडियो, न बसायो कछुवाकै तालमा । आफ्नै गतिमा निरन्तर अगाडि वढ्नु नै मध्यमार्गले १२ वर्ष पार गर्नुको मुख्य कारण हो भन्दा फरक पर्दैन ।
    मध्यमार्गका शुरुवाती दिनहरु आफैंमा चुनौंतीपूर्ण थिए । झण्डै २ दर्जन पत्रिकाहरुका विचमा जिल्लामा संर्घष गर्नु र आफूलाई अलगधारमा उभ्याउनु चानचुने कुरा होइन । अहिले पनि जिल्लामा ३ दर्जन भन्दा धेरै पत्रपत्रिकाहरु प्रकाशित छन् । त्यस मध्ये चुनौतीहरुलाई पाखा लगाएर मध्यमार्ग अघि जानु आफैंमा ठूलो कुरा भएको प्रष्टै छ । हुन त मध्यमार्गमा मेरो यात्रा करिव ६ वर्ष जतिको मात्रै भएको छ । त्यस अघि जतिबेला मैले जिल्लाबाट पत्रकारिता शुरु गरेको थिएँ, त्यसपछि मात्र यसको जन्म भएको हो । शुरुवातकै चरणमा पनि मध्यमार्गले अरु भन्दा भिन्न खालको पत्रकारिता गरिरहेको थियो । प्रत्येक हप्ताको आइतबार प्रकाशित हुने पत्रिकालाई अरु भन्दा थप जिम्मेवारी हुन्छ । सबैले आइतबारका पत्रिकाले के लेख्यो भनेर विशेष चासोका रुपमा हेर्ने गरेको पाइएको छ । कतिपय अन्य पत्रिकाले पहिलो समाचारलाई नै अन्तिम सम्म पछ्याउने हुँदा पनि आइतबारको पत्रिकालाई थप चुनौती हुन्छ । यति मात्र होइन , नियमित प्रकाशित हुन नसकेर कतिपय पत्रिकाहरु प्रकाशन नै बन्द भएका छन् । तर मध्यमार्गले आफूलाई यस्तो घिट्घिटे अवस्थामा कहिल्यै पनि उभ्याउनु परेको छैन । यो नै उसको ठूलो सफलता हो ।
    पत्रिका प्रकाशित हुनु मात्र होइन , निष्पक्ष रुपमा र पाठकहरुको रुचि अनुशार प्रकाशित हुन सक्यो भने मात्र त्यो पत्रिका सफल भएको मान्न सकिन्छ । बिगतका वर्षहरु भन्दा यसवर्ष मध्यमार्ग यसअर्थमा पनि फरक छ कि उसले यसवर्ष देखि जिल्लामा आफूलाई क वर्गको साप्ताहिक पत्रिकाको रुपमा मान्यता दिलाएको छ । यसलाई अहिले सम्मकै ठूलो उपलब्धि मान्न सकिन्छ ।
    प्रत्येक दिन देश र जनताले आफूलाई सुसुचित भएको मान्न खोज्नु अनौंठो होइन । यसको अन्त्य गर्न मध्यमार्ग प्रयासरत छ । पाठक र शुभचिन्तकहरुको माग अनुशार नै मध्यमार्ग वेभसाइटमा पनि प्रकाशित हुन थालेको छ । यो अहिलेको प्रविधीको युगमा आवश्यक पनि हो । तर पनि समय अनुशार अझैं यसले आफूलाई फड्को मार्न सक्नुपर्छ । १३ औं वर्षमा प्रवेश गर्दा सम्म मध्यमार्गले जिल्लामा आफ्नो छुट्टै ठाउँ बनाइसकेको छ । यसको विकल्पमा अरु कुनै पत्रिका हुनै सक्दैन । यसको श्रेय पाठक, शुभचिन्तक र विज्ञापनदाताहरु लाई नै जान्छ ।
    चुनौती र समस्या रहँदै पनि मध्यमार्ग साप्ताहिक आज १२ वर्ष पुरा गरि १३ औं वर्षमा प्रवेश गरेको खवर पाठकसामु पु¥याउन पाउँदा गर्व लाग्नु स्वभाविक हो । यस विचमा अरुले भोगेका साझा समस्या मध्यमार्गले पनि नभोगेको होइन तर समस्याहरुलाई पन्छाउँदै अगाडि जाने क्रममा आज यसले एउटा ठूलै फड्को मारेको प्रष्टै छ । प्रकाशन शुरु देखि नै आइतबार निस्किनु प्रत्येक पत्रिकाको चुनौती हो । तर मध्यमार्गले अरुको भर पर्नु परेको छैन । कुनै दिन पत्रिका बन्द गर्नु परेको खबर पनि हामीले अहिले सम्म दिनु परेको छैन । झण्डै ३ दर्जन पत्रिकाहरुको भिडमा यसले आफूलाई अलग्गै पहिचान दिएर आफ्नो साग जोगाएको छ भन्दा फरक पर्दैन ।
    जिल्लामा भएका र हुने गरेका प्रत्येक विषय मध्यमार्गका उठानका विषयहरु भए । यो अवधीमा मध्यमार्गले कृषि, शिक्षा, राजनिती, सामाजिक , आर्थिक , खेलकुद , र महिलाहरुका विषयलाई मात्र उठाएन । जिल्लामा लुकेर बसेका खोजमुलक विषयलाई पनि उत्तिकै प्रस्तुत ग¥यो । भ्रष्ट्राचारका विषय र अनियमितताका खवरलाई पनि निर्भिकतापूर्वक पस्कने प्रयास ग¥यो मध्यमार्गले । त्यसैले त आज मध्यमार्ग साँच्चै को मध्यमार्ग भएको छ । अब आउने दिनमा पनि यसले आफ्नो गतिलाई पटक्कै विश्राम गर्ने छैन । बरु थप नयाँ जोश र जाँगरका साथ अगाडि वढ्ने छ । प्रत्येक पाठकहरु, विज्ञापनदाता र शुभेच्छुकहरुको माया र ममता नै मध्यमार्ग अझ अगाडि जान सक्ने उर्जाहरु भएको कुरा बताइरहनु पर्दैन ।
    बदलिंदो समयसँगै मध्यमार्गले आफ्नो स्वरुप पनि परिवर्तन गर्दै जाने छ । कुनैपनि मान्छे वा अन्य वस्तु आफैंमा पूर्ण हुदैन । मान्छेकै कुरा गर्ने हो भने पनि जन्मिएपछि उसले आफ्नो अस्तित्वलाई बचाउन कति धेरै संघर्ष गर्नुपर्छ । कति चुनौतीको सामना गर्नुपर्छ । गाँस, वास र कपासको लागि जीवनभरि हण्डर खानुपर्छ । यति गरेर मात्र उसले आफ्नो लक्ष्य प्राप्त गर्न सक्छ । त्यस्तै मध्यमार्गले पनि अझ धेरै गर्न बाँकी छ । यसले अहिले सम्म जति ग¥यो त्यो नै सबै थोक अवस्य पनि होइन । आगामी दिनहरुमा कसरी अगाडि जाँदा राम्रो हुन्छ भनेर सुझाव र सल्लाह मध्यमार्गले सधैं यहाँहरुबाट अपेक्षा गरेको थियो विगतमा र गरिरहने छ आगामी दिनहरुमा पनि । प्रतिष्पर्धाको विचमा नयाँआयाम थप्दै अगाडी जान प्रयास गर्नु आज मध्यमार्गका लागि चुनौती बनेको छ । आगामी दिनमा पनि यो एउटा गतिशिल उर्जा बनोस् । यसले पाठकहरुको मन जितोस् र आउँदा दिनमा जिल्लाकै उदाहरणिय पत्रिका बन्न सफल रहोस् । १२ बर्ष पुरा गरेको अवसरमा मध्यमार्गलाई प्रगतीको शुभकामना ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार