२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

मध्यमार्ग’मा नै रहोस्


३३५५ पाठक संख्या

नगेन्द्र अधिकारी एक समय कार्यकारी सम्पादक भएर काम गरेको मध्यमार्ग साप्ताहिक बाह्र बर्ष पुरा गरी

  • नवसंकेत अनलाईन
  • २०७४ श्रावण १०, मंगलबार मा प्रकाशित ६ साल अघि
  • नगेन्द्र अधिकारी

    एक समय कार्यकारी सम्पादक भएर काम गरेको मध्यमार्ग साप्ताहिक बाह्र बर्ष पुरा गरी तेह्र बर्षमा प्रवेश गर्दा मलाई निकै खुशी लागेको छ । विभिन्न आरोह अवरोह पार गर्दै यो अवश्थासम्म आइपुगेकोमा व्यवस्थापन, सञ्चारकर्मी र संलग्न सबैमा हार्दिक बधाई ज्ञापन व्यक्त गर्न चाहन्छु ।मानव विकासको सन्दर्भबाट हेर्ने हो भने, १३ बर्ष टेक्नु भनेको चञ्चले अवश्थामा प्रवेश गर्नु मानिन्छ । चलनचल्तीको भाषामा हामी यसलाई ।।।टिन एज’ भन्छौू । यसलाई नै आधार मान्ने हो भने मध्यमार्ग साप्ताहिक पनि ।।।टिन एज’मा प्रवेश गरेको छ । ।।।टिन एज’ समुहकाहरु चञ्चले स्वभावका हुनुका साथै अपरिपक्व र अल्पकालिन सोच राख्ने हुन्छन् । ।।।टिन एज’मा प्रवेश गरेको मध्यमार्ग साप्ताहिकले त्यसबाट आफुलाई बचाउँदै अघि बढ्न सकोस् भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

    काभ्रेली पत्रकारिता इतिहासमा मध्यमार्ग साप्ताहिकको आफ्नै पहिचान रहदै आएको छ । नामले नै यसको तात्पर्य, उद्धेश्यबारे जानकारी लिन सकिन्छ । जिल्लामा रहेका १९ साप्ताहिक पत्रिकासँग प्रतिस्पर्धा गरेर अघि बढ्नु त छदैछ, राजधानी काठमाडौंबाट निस्कने ब्रोडसिट दैनिकहरुसँग पनि काभ्रेको छापा पत्रकारिताले प्रतिस्पर्धा गर्नुपर्ने अवश्था छ । काभ्रेका साप्ताहिक पत्रिका बजारमा जान नपाउँदै राजधानीबाट प्रकाशित हुने दैनिक पत्रिकाहरु पाठकको हात(हातमा पुगिसकेका हुन्छन् । विज्ञापन, बजार, वितरण सबैमा काभ्रेका साप्ताहिक पत्रिकाले ब्रोडसिट पत्रिकाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । यस अर्थमा जिल्लाबाट प्रकाशित हुने पत्रिकाहरुले आफूलाई फरक ढंगबाट प्रस्तुती दिनु आवश्यक छ । जिल्लावासीका आमचासोका सार्वजनिक विषयहरु हाम्रा प्राथमिकताका बिषयहरु बन्नुपर्छ । मध्यमार्ग साप्ताहिकमा छोटो समय कार्यकारी सम्पादकको रुपमा काम गर्न पाउँदा मैले जिल्लाका सामाजिक, आर्थिक लगायतका बिषयलाई नै मुख्य समाचार बनाए । राजनीतिक बिषयका समाचार कहिल्यै पनि मुख्य समाचारका बिषय बनेनन् । अहिलेको सम्पादकीय टिमले पनि त्यसलाई नै निरन्तरता दिएर अघि बढेको देख्दा खुशी लाग्छ । अब हप्तै भरी एकैनासले आउने औपचारिक र आयोजकले इमेलमा पठाइदिएका ।।।रेडिमेड समाचार’ पाठकको चासोको बिषय हैनन्, विकास निर्माण, सुशासन, कृषि, पर्यटन, रोजगारीसँग जोडिएका खोजमुलक समाचार आम रुचिको बिषय हो । त्यस्ता बिषयबस्तु दिन सकिएन भने हाम्रो पत्रकारिता अब बिक्नेवाला छैन । मध्यमार्ग साप्ताहिक यसबिषयमा चनाखो छ र रहन्छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु । राज्य पुनर्संरचनापछि जिल्लामा १३ स्थानीय तह निर्माण भएको सन्दर्भमा त्यसका विकास निर्माणका सबाल, जनप्रतिनिधीको काम कार्वाही, पारदर्शिता र सुशासन, आर्थिक तथा सामाजिक गतिविधी अब हाम्रा खोजको बिषयबस्तु बन्नुपर्छ । वास्तवमा अब आमचासोको बिषय पनि त्यही नै हो । कुनै दल, संघसंस्थाले आयोजना गरेको औपचारिक कार्यक्रममा प्रमुख अतिथी, अतिथीले के बोले भन्ने कुरामा मान्छेले रुचि र चासो राख्दैनन्, बोलेको कुरा पुरा गरे की गरेनन् भन्ने फलोअपमा चासो राख्छन् । यस अर्थमा हाम्रो समाचारको शैली बदल्नुपर्छ ।
    राजनीतिक संक्रमणकालमा मुलुक रहेका कारण देशमा आर्थिक विकास, उद्योग, कलकारखाना, व्यवसायको स्थापना हुन सकेको छैन । त्यसको प्रत्यक्ष मार मिडिया क्षेत्रमा पनि अवश्य परेको छ । संकुचित विज्ञापन बजारको कारण मिडियाहरुले राम्रो आम्दानी गर्न सकेको छैन । जिल्लामा त बधाई र समवेदना विज्ञापन नै आम्दानीको प्रमुख श्रोत बन्नुपर्ने दयनीय स्थिती छ । यद्यपी, अवश्था परिवर्तन त भइरहेको छ तर हामी अझ व्यवसायिक र प्रतिस्पर्धी बन्न सकिरहेका छैनौँ । हाम्रा समाचारका बिषयबस्तु फेरिनु जरुरी छ । वितरण प्रणाली सुधार गर्दै जिल्लाका सबै कुनाकाप्चा सम्म पत्रिका पुग्ने वातावरण बनाउन जरुरी छ । त्यसो हुँदा सबैमा सञ्चारको पहुँच पनि हुन्छ र हामीले दिएका बिषयबस्तु थप प्रभावकारी पनि हुन्छ ।

    मध्यमार्गको अर्थ बिचको बाटो भन्ने हो । पत्रकारिताको सिद्धान्तमा नै तटस्थता हुनुपर्छ भन्ने छ । मध्यमार्ग नाम आफैमा तटस्थाको पर्याय हो । हामीले दिने बिषयबस्तुकै आधारमा हाम्रो राजनीतिक, सामाजिक आवद्धता बुझिदै आएको छ र त्यही अनुरुपको व्यहार हुँदै आएको छ । समाचारजन्य बिषयबस्तुमा पनि ।।।मध्यमार्ग’ मा रहेर काभ्रेली पत्रकारितामा छुट्टै नाम राख्न सफल होस्, शुभकामना ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार