२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

सर्वोच्च न्यायलयको नै अपमान गर्ने पराजुलीको घमण्डीको भण्डाफोर


३४०९ पाठक संख्या

प्रथम त यूएस बंगला विमान दुर्घटना भएको मा धेरै दुःख लागेको छ र सोकाकुलमा डुबेको

  • नवसंकेत अनलाईन
  • २०७४ फागुन २९, मंगलबार मा प्रकाशित ६ साल अघि
  • प्रथम त यूएस बंगला विमान दुर्घटना भएको मा धेरै दुःख लागेको छ र सोकाकुलमा डुबेको सम्पूर्ण परिवारजनहरुलाई समवेदना व्यक्त गर्दछु । साथै ४९ जना मृत्यु भएको व्यक्तिहरुलाई पनि हार्दिक श्रदाञ्जली अर्पण गर्दछु । दुर्घटनामा परी घाइते भएको भाइबहिनीहरुको शिघ्र स्वास्थ्य लाभको कामना व्यक्त गर्दछु ।
    अतः घमण्डी प्रधानन्यायधिस गोपाल पराजुलीले गरेको न्यायलयको मात्र अपमान होइन । पराजुलीले २ करोड ८० लाख जनसमुदाय र ५ वटा राष्ट्रिय पार्टीहरुको पनि अपमान भएको जनसमुदायलाई महसुस भएको छ । अर्थात पराजुलीले आफ्नो श्रीमतीको पेवा झै सम्झी जनता र नेताहरुलाइ नै बेखुप बनाएको हो कि भन्ने जनसमुदायको आंकलन आएको छ । जुन व्यवहार पराजुलीले गरीरहेको छ । यो वास्तवमा भन्ने हो भने नयाँ कुरा (कहानी) भने होइन । पूर्वप्रधानमन्त्री प्रचण्ड दाहाल देखी पूर्वप्रधानमन्त्री सुेरबहादुर देउवाको पालादेखी नै उब्जेको घाउ हो । पूर्वप्रधानमन्त्रीहरुबाट नै मलजल भएको कारण नै गोपाल पराजुलीले संवैधानिक अंगको अध्यक्ष प्रधानमन्त्रीलाई पनि उनले जस्तो की पूर्व अख्तियार प्रमुख लोकमानसिंह कार्किले जस्तो समानान्तर सरकार चलाएको हो भन्ने जनमानसमा खैलीबैली भएको छ ।


    यो सबै प्रकरणहरु पूर्व बर्ति सरकारहरुको कमी कमजोरीको कारण नै भएको हो कि भन्ने जनविचारहरु आएको छ । पूर्ववर्ती सरकारहरुले जनता सामु गणतान्त्रिक लोकतन्त्रको भाषा बोल्ने र भित्रि मनसाय भ्रष्ट कर्मचारीहरुलाई बर्दीको केन्द्र बनाएको कारण नै राष्ट्रको बदनाम भएको हो की भन्ने जनविचारहरु आएको छ ।

    पूर्ववर्ती सरकारको निर्णय

    एक नंम्बरमा अख्तियार दुरुपयोग अनुसन्धानमा २०७० को निर्णय महा बेइमानी व्यक्ति अर्थात २०६२÷०६३ को गणतान्त्रिक लोकतनत्रलाइ नै समाप्त पार्न खोजेको तत्कालीन मूख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार प्रमुख नियुक्ति । क्रमशः नं.२ मा आन्तरीक राजस्व महाशाखामा वर्षौ बार महाशाखामा नै प्रमुखमा नै कार्यरत गराउने निलम्बीत पूर्व प्रमुखचुडामणी शर्मा । नं. ३ मा आयल निगमको गोपाल बहादुर खड्का लाई नियुक्ति, नं.४ मा प्रहरी महानिरिक्षक नियुक्तिमा गोलमाल, नं.५ मा पूर्वप्रधानन्यायाधिस सुशिला कार्की माथि प्रतिशोधको भावना परी पूववर्ती सरकारले महाअभियोग लगाएको तात्तातो नै छ ।

    यस्तो गल्ती पहिले नै अर्थात लोकतन्त्र भएदेखिनै सतर्क गरी सरकार चलाउनेले चलाएको भए देशको अर्थतन्त्र तहसनहस हुनबाट जोगिन्थ्यो । पूर्ववर्ती सरकारहरुले आँखा चिम्म गरी जथाभावी आफ्नो पक्षको न्यायाधिस, कर्मचारीहरु र आफु निकटको व्यक्तिहरुलाई महा प्रवन्ध, महान्यायधिवक्ता, प्रधान्यायाधिस र विभिन्न चालखेल अर्थात् आर्थिकको प्रलोभनको कारणले गर्दा राष्ट्रलाई नै क्षति भएको उनीहरुलाई जानकारी नै भएन ।

    यी सबै प्रक्रियाहरु पूर्ववर्ती सरकारले गरेको कारणले गर्दा हालसम्म पनि प्रधानन्यायाधिसको कुर्सीलाई जुका टासिए जस्तो गरी बस्ने गोपाल पराजुलीले राष्ट्रलाई ६५ अर्ब राजस्व छली र एन्सेल को रोक्का भएको रकम निकासा गर्ने गरी आन्तरीम आदेश जारी गरी आफ्नो पोल्टो भरी आन्तरीम आदेश गरेको होइन ? यस्तो अपराधिक व्यवहार भएको व्यक्ति गोपाल पराजुली अर्थात् नागरिकता प्रमाणपत्र पनि हेराफेरा गर्ने किर्ते व्यक्तिलाई आजसम्म पनि हाम्रो नेताहरुले आँखामा पट्टी बाधि नदेखेको नसुनेको जस्तो गरी लक्ष्मी पुजा नै गरेको हो की भन्ने जनसमुदायलाई शंका उब्जेको छ ।

    नत्र यस्तो कीर्ते काम गर्ने र नागरिक अभियान्ता डा. के.सी. हाल बहालवाला संसद नवराज सिलवाल र कान्तिपुरको अध्यक्ष समेतलाई अदालतको मान हानी अवहेलना जालसाझको मुद्दा हाली दुःख दिने नियत भएको व्यक्ति गोपाल पराजुलीको छायाँदेखि हाम्रो सरकार प्रमुख तथा पूर्वभर्ति सरकारहरु डाराएको हो की भन्ने नागरिकको विचार हो । यस्तो हल्ला भएर देश विदेशमा व्यापक भईरहेको बेलामा पनि वर्तमान् के.पी. वली सरकारले पनि आँखामा सालको पातको चस्मा लाएर वसेको जस्तो २ करोड ८० लाख जनसमुदाय छक्क परेको छ । केपी ओली सरकारसँग जवाफ छ ? सुने पनि नसुनेजस्तो गर्ने र देखे पनि नदेखे जस्तो गरी वस्नु भनेको केपी सरकारले आफ्नो छोराछोरीको घाँटी निमोठी मारे सरह हो भन्ने जनआँकलन आएको छ ।

    किन हालसम्म पनि प्रधानमन्त्री केपी ओली शर्माले गोपाल पराजुली, गोपाल खड्का, चुडामणीजस्तो महाभ्रष्ट व्यक्तिहरुको नाम लिन चाहँदैनन् किन ? त्यस्तै तालले ५ वर्षसम्ममा समृद्धि नेपाल बनाउन सक्छ ? हाल भएको लथालिंग भइरहेको न्यायलय, आयलनिगम र आन्तरिक राजश्व विभाग । यसलाई सहज रुपमा विना भ्रष्टाचारको नियम पालन गराउने र भ्रष्टाचार निर्मुल पार्ने काम अवको सरकारको हातमा छ र जनविश्वास पनि छ की, बाम गठबन्धन सरकारले परिपक्कसाथ भ्रष्टाचारलाई समाप्त गराउने छ भन्ने जनअपेक्षा पनि आएको छ । साथै यी माथि उल्लेख नाम भएको भ्रष्ट व्यक्तिहरुलाई पनि यथासिघ्र कारवाही गर्ने निर्देशन पनि गर्नुहोला भनि नागरिक समाजको आवाज पनि आएको छ । प्रधानमन्त्री आफैले पनि बुझ्नै नै छ भन्ने जनसमुदायलाई विश्वास छ ।

    भ्रष्ट प्रधान न्यायधिश पराजुली

    पराजुलीको नालीबेली साथै रामकहानी यही फागुन महिना को प्रथम अप्तामा नै प्रकाशित भएको नै थियो तर फेरी एक पटक स्मरण गर्न चाहन्छु पाठक वर्गमा । प्रधान न्यायधिश भनि नामुक बद्नाम कमाएको पराजुलीको ४ वटी श्रीमति थिए । उनको जेठी श्रीमतिको फारम नं. ०८९६६४८४ मतदाताको नाम गोरी पराजुली जन्म मिति २०१६।०२।०७ लिंग महिला नागरिकता नं. १७९९५ बाबुको नाम तोयोनाथ ढकाल आमाको नाम कृष्ण कुमारी ढकाल पतिको नाम गोपाल पराजुली प्रदेश नं. ४ जिल्ला तनहुँ प्रपिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश शभा निर्वाचन नं. १ न.पा. भानु नगरपालिका वडा नं. १२ मतदान स्थान सरस्वती मा.वि. घलेछाप उल्लेख भएको प्रमाणको आधारमा नागरिकले ऐ. गाउँकै गौरी पराजुलीको आफ्नो काकाको छोरा प्रेम प्रकाश ढकालसँगको भेट वार्ताको क्रममा प्रधान न्यायधिश पराजुलीको नालीबेली र रामकहानी भएको खुला हुन आ एको थियो ।

    प्रेम प्रकाश ढकालको भनाई

    हामी त गाउँले सिधासाधा व्यक्ति हौं तर हाम्रो ज्वाई प्रधानन्यायधिश गोपाल पराजुली त, नवलपरासीबाट वकालत सुरु गरी न्यायधिश पनि भए । त्यसपछि पुरावेदन न्यायधिश पनि भए र हाल उनी सर्बोच्च अदालतको प्रधानन्यायधिश हुँदासम्म उनले ४–४ वटी विवाह गरेका छन् । अर्थात् बहुविवाह । खोइ त उनलाई बहु विवाहको कानून लागेको ? र हाम्रो वहिनीलाई न्याय पाएको ।
    उनको भनाई बोल्नेको पीठो पनि विक्छ नबोल्नेको चामल पनि नबिक्ने भन्ने उखान सुनेको थियो । हाल त्यस्तै हामीहरुलाई पनि अन्याय भएको छ, प्रधानन्यायधिशबाट उनले भने । कानूनको राजा उनी आफै हुन् । त्यसैकारणले उनले ४–४ वटी विवाह गरेको हो की भन्ने हाम्रो ढकाल परिवारलाई महशुस भएको छ । हामीले हाम्रो ज्वाई प्रधान न्यायधिश गोपाल पराजुलीलाई के चाँही पाप गरेको थियो ? प्रधान न्यायधिश गोपाल पराजुली जिउँदो छदैमा हाम्रो प्यारी वहीनी गौरी एकल महिलाको रुपमा देखिनु परेको छ । एकल महिला हुनुलाई कि त लोग्ने मर्नु प¥यो नत्र भने यस्तो हाम्रो ढकाल परिवारलाई अपहेलना किन ग¥यो ? प्रधान न्यायधिश ज्वाई गोपाल पराजुलीले ।

    प्रेम प्रकाश ढकालको भनाई प्रथम श्रीमति मेरा आफ्नो वैनी गौरी पराजुली, दाश्रो श्रीमति विना पाराजुली क्यान्सरको रोगबाट मृत्यु भइसकेको, तेस्रो श्रीमति विन्दु पराजुली र छोरा समेत प्रधान न्यायधिश पराजुली आफैले चलाएको गाडीमा दुर्घटनामा परी मृत्यु भएको हुन् र चौथो श्रीमति हाल प्रधान न्यायधिष गोपाल पराजुलीको साथमै भएको वसन्त पराजुली अख्तियार दुरुपयोग अनुसन्धानमा काजमा कर्मचारीको रुपमा छन् ।

    जनविचार

    यस्तो ठूलो कर्तुत भएको व्यक्तिलाई सर्बोच्चको प्रधानन्याधिश पदमा नियुक्त गर्नुभन्दा नसोच्नुको दुषित परिणाम अहिले गोपाल पराजुलीले २ करोड ८० लाख जनतलाई देखाईरहेको महशुस भएको छ । गोपाल पराजुलीको दुषित परिणाम १, सर्वप्रथम पराजुलीले एन.सी.एल.को राजश्व छलेको अर्बो रुपैयाँ अर्थात् ५० अर्व रुपैयाँ राष्ट्रलाई क्षेति हुने गरी सर्बोच्च अदालतले आन्तरिम आदेश जारी गरी १ नं. को वैमानी नीति गरे गोपाल पराजुलीले यो गर्नै नुहने निर्णय गरे उनले ।
    २) दोस्रो राजश्वको प्रमुख रही विभिन्न कर छली गर्ने व्यक्तिहरुसँग मिलोमतो गरी राष्ट्रलाई नै क्षेति पु¥याउने व्यक्ति अर्थात चुडामणी शर्मालाई तिहारमा लक्ष्मी पूजा गरेजस्तो गरी एकजना विद्वान अधिवक्ता डा. भिमार्जुनलाई पनि साथ लिई प्रधान न्यायधिषले ३३ अर्व अख्तियारले असुल उपर गरी लिने कार्य गरी हिरासतमा राखी अनसन गरिरहेको बेलामा आन्तरिम आदेश जारी गरे । यो २ नं. वैमानी निर्णय थियो पराजुलीको ।

    ३) तेस्रो कालो धन लिइ आएर सेतो धन बनाउनको लागि ४ वर्षदेखि नै रोकिराखेको अर्बौ रुपैयाँ अर्थात् राष्ट्रबैंकले यो कानून विपरित रकम हामीले दिन मिल्दैन यो वैधानिक नभएकोले यसलाई जनता अर्थात् सरकारको कोषमा जम्मा हुनु पर्छ भनि रोकी राखेको कालो धनलाई पनि महाकुटिल चाल रचि गोपाल पराजुलीले रिट दिएको २४ घण्टा भित्र नै आन्तरिम आदेश दिनु भनेको तेस्रो ठूलो वैमानी निर्णय हो भनि २ करोड ८० लाख जनसमुदायले नै आक्रोस व्यक्त गरेको छ ।
    प्रधान न्यायधिष पराजुलीको घमण्डी

    घमण्डी नं. १) डी.आई.जी. अर्थात् हालै मात्र ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रत्यक्ष तर्फको टिकट पाई १ नं. क्षेत्रबाट उदय संशेर राणा (काँग्रेस) को उम्मेद्वारलाई हराई प्रत्येक्ष तर्फ निर्वाचनबाट विजयी भएको नवराज सिलवालको छाँयालाई नै तर्सेर पराजुलीले सिलवालले पाएको बढुवा नं. नक्कली अर्थात् सच्चाएको भनि सभासद् भएको व्यक्तिलाई रातारात पक्राउ आदेश दिएर घमण्डी पाराले निर्णय गर्नु भनेको प्ररही वृत्तमा नै हलचल भएको समाचार प्राप्त भएको छ ।
    हाईन, प्रधान न्यायधिष जस्तो व्यक्तिले राजनीतिक रुप किन लियौं । बरु, पदबाट राजिनामा दिई नवराज सिलवालसँग चुनाव लडेको भए हुन्थ्यो भन्ने जनआवाजहरु आउन थालेको थियो । नागरिकलाई लाग्छ नपाउनेले केरा पायो बोक्रो समेत चपायो भनेजस्तो प्रधानन्यायधिष गोपाल पराजुलीलाई लागेको हो की भन्ने नागरिकलाई महशुस भएको छ ।

    बच्चाको खेल हो की ?

    अर्थात् हामीले बच्चमा माटोको घर बनाई लात्तीले हानी फोरेकोजस्तो प्रधानन्यायधिश गोपाल पराजुलीले पनि त्यस्तै खेल कानूनलाई खेलेको हो की भन्ने जनविचारहरु पनि आएको छ । अर्थात् उनमा अब, पनि आजिवनको प्रधानन्याधिश हुन् भन्ने सोच गरी मैले जे गरेपनि हुन्छ अर्थात् जुनसुकै पार्टीको अध्यक्षदेखि लिएर सभापतिसम्म मेरो पहुँच छदैछ भन्ने मनस्थितिले गर्दा उनले विभिन्न पार्टी नेताहरुलाई पनि मेरो वायाँ हातको खेल हो भन्ने गरेको हो की भन्ने जनआँकलनहरु व्यापक भएको छ ।

    डा. गोविन्द केसीको बारे

    अर्थात् मेडिकल शिक्षामा जथाभावी सम्बन्धन दिने जथाभावी शुल्क अशुल्ने र सिट संख्यामा भ्रष्टाचार भयो भनि पटक–पटक २ करोड ८० लाख जनसमुदायको स्वास्थ्यको सम्बन्धी विषयलाई लिएर उनी अनसन वस्ने गरेको थियो । तर जुनसुकै सरकारसँग बुँदाबुँदमा छलफल गरी पटक पटक अनसन पनि तोडेको थियो ।
    तर जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो जतिपटक बार्ता गरी सम्झौता गरेता पनि ठोसा निर्णय नआएकोले डा. गोविन्द के.सी. १२औं पटक अनसन वस्ने क्रममा प्रधान न्यायधिश गोपाल पराजुलीले रातारात अदालतको मान हानी गरेको भनि रातको ९ बजे १ जना वरिष्ठ डाक्टरको अपमानजनक पक्राउ गर्नु भनेको गोपाल पराजुलीले आपूmले आफ्नै आत्महत्या गरेसरह हो भन्ने २ करोड ८० लाख जनसमुदयलाई नै महशुस भएको छ ।
    डा. गोविन्द केसीले मेडिकल शिक्षामा आफियातन्त्रको हालीमुहाली हुनबाट रोक्नको लागि आफ्नो जीवनको ख्यालै नगरी २ करोड ८० लाख जनसमुदायपक्ष भई युद्ध गर्ने व्यक्तिलाई चाँही रातको ९ बजे अनसन वस्ने स्थलबाट पक्रेर लाने अदालतको मान हानी ? डा. गोविन्द केसीलाई अपमानजनक पक्राउ चाँही मान हानी होइन । के प्रधान न्यायधिष गोपाल पराजुलीसँग यसको जवाफ छ ? यदि जवाफ छ भने जनताले जवाफको अपक्षा गर्दछौं ।

    यस्तो नालीबेली भएको व्यक्तिलाई किन कसरी कसको दबाबमा परी प्रधान न्याधिश नियुक्ति भयो ? संसदको सार्वजनिक सुनुवाईले पनि विचारै नगरी आँखा छोपी सिफारिस गर्नु भनेको नै आर्थिक चलखेल त होइन भन्ने जनसमुदायको विचार आएको छ ।
    भ्रष्ट व्यक्ति पराजुलीले नागरिक अभियन्ता डा. केसीलाई मात्र होइन उलने ५ वटा राष्ट्रिय पार्टी तथा २ करोड ८० लाख जनसमुदायलाई नै अपहेलनको मुद्दा गरेको हो की भन्ने सामाजिक संजालमा व्यापक भएको छ ।

    पद मुक्त

    सर्बोच्चकै न्यायधिश द्वय चोलेन्द्र शम्शेर जबराले योग्यता र उमेर विवादमा मुछिएको प्रधान न्याधिश गोपाल पराजुली कानूनतः गत साउनमै पदमुक्त भईसकेको घोषणा गरिसकेको अवस्था छ भने पराजुलीलले सर्बोच्चको न्यायधिशहरुलाई आफ्नो गुलामी बनाउन खोजेको हो की भन्ने कानूनविद्हरुमा व्यापक भएको छ । र सर्बोच्चको भार एशोसियसनले हालसम्म पनि भ्रष्ट प्रधानन्याधिश पराजुलीको विषयमा चुँ पनि बोल्न नसकेको कारण के हो ? जनताले बुझ्न चाहेको छ ।

    विवादित गोपाल पराजुलीले २०३० साउन २१ मा लिएको प्रथम नागरिकतामा चाँही जन्म मिति २००९ साउन २१ गते छ भने त्यसपछि संशोधन गरेर उनले २०१० वैशाख १६ गते र कतै २०१० वैशाख १३ गते बनाएको छ । उनको नागरिकता विसयमा मात्र होइन पराजुलीको योग्यता विषयमा पनि उनी फसेको नागरिकलाई आभास भएको छ ।
    अन्तिममा यस्तो भ्रष्ट व्यक्ति थाहा हुँदा हुँदै पनि सरकारले ढिलासुस्ती गर्नुभएकोमा सुरकारलाई नै अब्जस आउने बारे थाहा छैन भन्ने जनविचारहरु आएको छ । त्यसकारण सरकारले पराजुलीलाई यथासिघ्र कारवाही गरी भ्रष्ट उन्मुक्त न्यायलय बनाउन् भन्ने जनसमुदायले अनुरोध गर्दछौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार