२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

देशद्रोही कस्तोलाई भन्ने


५१४३ पाठक संख्या

सर्वप्रथम त हाम्रो वर्ष पुरुष महाबुद्धि विचारको धनी व्यक्ति प्रधानमन्त्री खड्कप्रसाद ओली जीलाई बधाइ तथा

  • नवसंकेत अनलाईन
  • २०७४ चैत्र २६, सोमबार मा प्रकाशित ६ साल अघि
  • सर्वप्रथम त हाम्रो वर्ष पुरुष महाबुद्धि विचारको धनी व्यक्ति प्रधानमन्त्री खड्कप्रसाद ओली जीलाई बधाइ तथा शुभकामना व्यक्त गर्दछु । भारतको भ्रमणको उपलक्ष्यमा । साथै हालै मात्र भारतमा संयुक्त वक्तव्य पनि राजी गरेको छन् । अर्थात् १० बुँदे सहमतिमा हस्ताक्षर गरी संयुक्त पत्रकार सम्मेलन गरी बक्तव्य निकालेको थियो ।
    बुँदाहरु

    बुँदा नं. १ मा दुई देश बीचका आयामिक सम्बन्ध माथि वृहत समिक्षा नीजि क्षेत्र र जनस्तरमा बढ्दो साझेदारीको स्वागत, समानता आपसी विश्वार र सम्मान लाभका आधारमा दुईपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन मिलेर काम गर्ने सहमति ।

    बुँदा न. २ मा प्रधामन्त्री ओलीद्वारा भारतको प्रगति समृद्धिबाट लाभ लिन सक्ने गरी दुई पक्षीय सम्बन्धलाई विकास गर्ने चाहना व्यक्त । र नेपाल सरकारको प्राथमिकताका आधारमा साझेदारी गर्दै सम्बन्धलाई बलियो बनाउने भारततर्फबाट मोदीद्वारा प्रतिबद्धता ।

    बुँदा नं. ३ मा दुवै पक्षका प्रधामन्त्रीद्वारा आपूmहरुले लिएको मूल्य लक्ष्य सबका साथ सबका विकास समृद्ध नेपाल र सुखी नेपाली बीच समानता रहेको उल्लेख । मोदीद्वारा स्थानी तह, प्रदेश शभा र संघीय संसदको सफलतापूर्वक निर्वाचन सफल गरेकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाईको साथै स्थायीत्व र विकासको लक्ष्य लिएकोमा प्रशंसा ।

    बुँदा नं. ४ मा विरगंज स्थित भन्सार चेकजाँच चौकी (आई.सी.पी.) को दुवै प्रधानमन्त्रीद्वारा उद्घाटन ।

    बुँदा नं. ५ मा दुवै प्रधानमन्त्रीद्वारा बटन थिचेर मोतीहारी अमलेखजगञ्ज अन्तरदेशीय पेट्रोलि पाईपलाइनको सिलान्यास ।
    बुँदा नं. ६ मा नेपालमा रहेको दुईपक्षीय पुरानो र नयाँ परियोजनाहरुलाई कार्यन्वयनलाई तीब्रता दिने र विविध क्षेत्रमा साझा एजेण्टाहरु प्रर्बद्धन गर्ने दुई पक्षिय संयन्त्रहरु सकृय बनाउनमा जोड ।

    बुँदा नं. ७ मा तीन क्षेत्रमा आपसी सहयोग गर्ने कृषिमा नयाँ साझेदारी रक्सौलदेखि काठमाडौंसम्म रेल विस्तार, नेपाल भारत बीच जलमार्ग ।

    बुँदा नं. ८ भ्रमणबाट दुई देश बीचको बहुआयामिक साझेदारी नयाँ चरणमा प्रवेश ।

    बुँदा नं. ९ मा प्रधामन्त्री ओलीद्वारा भारतको प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो । न्यानो आतिथ्यको लागि धन्यबाद ।

    बुँदा नं. १० मा भारतीय प्रधानमन्त्री मोदीद्वारा निम्तो स्वीकार । भ्रमणको तीथि मिति कुटनितिक माध्यमबाट टुंगो लगाइने ।
    जस्तो १० सहमति कार्यन्वयन पक्षमा छ की छैन भन्ने विषय भारतीय प्रधानमन्त्रीको आफ्नो नीजि विचार हुन् । उनले उनी प्रथम प्रधानमन्त्री भएको बेलामा नेपाल भ्रमण गरी संसद अर्थात् ६०१ सभासद र जनसामु कबुल गरेको बाचा त सेलाईदिएको हाम्रो तमाम जनसमुदायलाई याद नै छ । अव दोस्रो पटकको निर्वाचित सरकार केपी ओलीजीसँग भर्खरमात्र भएको बुँदालाई उनले सायद उनको प्रधामन्त्रीको कार्यकाल समाप्त भएपछि मात्र गर्ने हो की भन्ने जनचासोको विषय बनेको छ । अर्थात् मोदीले संसद भवनमा उनले बोलेको थियो २०० करोड अमेरिक डलर सहुलियत ऋण साथै अनुदान । खोइत उनको बोलेको शब्दलाई कसरी विश्वास गर्ने नेपाली जनताले ।

    खुर्सानी हेर्दा रातो राम्रो देखिन्छ । खुर्सानीको बोक्रो तर भित्रीको वियाँले एकदमै पीरो पारी सहनै नसकिने गरी पोल्छ जिब्रो । त्यस्तै नरेन्द्र मोदीको पनि मुखले राम बोल्ने तर बगलिबाट छुरा निकाल्ने प्रवृत्ति भएको कारण नेपाली जनताले विश्वास गर्ने ठाउँ कही कतै देखिएको छैन भन्ने जनआवाजहरु नागरिकलाई प्राप्त भएको छ ।

    मोदीलाई काउसो

    अर्थात् नरेन्द्र मोदीलाई जीउमा काउसो परिसकेको कारणले नै उनले नेपालको बामगठबन्धन सरकारको प्रधानमन्त्री केपीओलीलाई हतार हतारमा उनले चैत्र २३, २४ र २५ गतेको भारत भ्रमणको मिति तय गरेको थियो । उनलाई मात्र काउसो थियो बामसरकार चीन परस्त हुने छ । त्यसो भएको खण्डमा उनले नेपाल भित्र पौडी खेल्न नपाउने डर भएको कारण नेपालीमाथी चिडिएको मनलाई नरम गरी उनी आफै झुकाबमा आएको हुन् की भन्ने नागरिकको विचार हो ।

    किनभने चीनसँग त नेपालले जव संविधान निर्माण भई घोषणा गर्ने वित्तिकै भारतले देखाएको रवाफको कारणले नै प्रथम प्रधानमन्त्री संविधान निर्माणकार केपीओलीले चीनसँग त अढाई वर्ष अघि नै विभिन्न सम्झौता भएको थियो । अर्थात् केरुङ्ग नाकादेखि लुम्बीनी र काठमाडौं सम्मको रेलमार्ग भित्राउने सम्झौता भईसकेको नै छन् । भने भारतले अहिले आएर रक्सौलदेखि काठमाडौंसम्मको रेलमार्ग विस्तार र प्रधानमन्त्री केपी ओलीले भारतले बोल्नु भन्दा पहिले नै नेपालले जलमार्गमा नेपालको झण्डा बोक्ने जहाज चलाउने भन्ने बक्तव्य त पूरानै थियो तर मोदीलाई अहिले आएर सबै व्यवहारमा काउसो भएको अर्थात् नेपाल ल्याण्ड लक होइन ल्याण्ड लिंक मुलुक हो । यसलाई थप सुदृढ गर्ने सीमाबाट काठमाडौं सम्म रेलमार्ग जोड्न भारतले सहयोग गर्नेछ भनि बोल्नेको अर्थ छैन ।

    नागरिकलाई लाग्छ की हगीसकेपछी दैलो देख्ने । भनेजस्तो मोदीलाई लागेको छ की भन्ने जनविचारहरु पनि आएको छ । अर्थात् संविधानको विषयमा मोदीले भनेजस्तो संविधान नभएको भनि अन्तराष्ट्रिय कानूनको नै धज्जी उडाई नेपाललाई नाकाबन्दी गरेको होइन ? अनि के नेपालको छिमेकी देश भारत मात्र हो र ? उनले नेपाललाई पेलान गर्न मिल्छ ? कि नेपाल देश उनको आमाको पेवा हो ? मधेशबादी दुई जना मधेशी नेताको पुच्छर समाती मधेश एक प्रदेश गराउन खोजेको होइन मोदीले ? बल्ल थाहा पायो की मधेशी जनता पनि मधेश एक प्रदेशको चाहाना होइन रहेछ ।

    अर्थात् स्थानीय तह, प्रदेश सभा र संघीय संसदबाट नेपाली जनताले देखएको मतको परिणाम देखि मोदीको सात्तोपुत्लो गएपछि अव नेपाल चीन परास्त हुने भयो भन्ने डरले उनको चलाखी प्रधानमन्त्रीलाई पटक पटक फोनबार्ता साथै तुः भ्रमाणको निम्तो गरेको होइन उनले ?

    खोइत उनले माफी मागेको अर्थात संविधानको बहाना गरी ५ महिनासम्म नेपालको अर्थतन्त्रलाई तहस नहस हुने गरी गरिएको नाकाबन्दीलाई उनले नेपालमाथी माफि आग्नु पर्दैन उनले ? कतिसम्मको लाज पचाएको नरेन्द्र मोदी । जब मोदीको यदि सच्चा मनले यो १० बुँदे सहमति हस्ताक्षर भएको छ भने त्यसको कार्यान्वयन यथासिघ्र हुन जरुरी छ । या यदि छिटो छरितो भएन भने नेपालबाट मोदीको विश्वास टुट्ने सम्भावना धेरै देखेको जनविचारहरु आएको छ ।
    देश द्रोही कस्तालाई भन्छन् ।

    भ्रष्टाचारको मूल नायक नै देशद्रोही हुन् भन्ने जनसमुदायको विचारहरु आएका छन् । अर्थात् पूर्व अख्तियार प्रमुख लोकमान सिंह कार्कीजस्तो भ्रष्ट व्यक्ति, नेपाल आयलनिगमको पूर्व कार्यकारी प्रमुख जग्गा खरिद काण्डमा मुछिएको व्यक्ति गोपाल बहादुर खड्का राजश्व विभागको प्रर्वप्रमुख चुडामणी शर्मा र कीर्ते काम गरी नागरिकता प्रमाण पत्रलाई पटक पटक जन्ममिति सच्याउने र भ्रष्ट व्यक्तिहरुलाई सर्बोच्चमा रिट गराई करोडौं भ्रष्टाचार गर्ने पूर्व प्रधान न्यायधिष गोपाल पराजुली साथै उनले श्रीमति मात्र ४÷४ वटी विवाह गर्ने । आपूm न्यायलयमा हुँदा अरुले दुई श्रीमति विहे गरे बहुविवाह भनी कानून लगायत सजाय तोक्ने । र गोपाल पराजुली चाँही आफ्नो जेठी श्रीमति तनहुँ जिल्ला भानु नगरापालिका वडा नं. १२ रतनपुरमा एकल महिलाको रुपमा गौरी पराजुलीले जीवन वेतित गरिरहेको छ भने हाल उनीसँग भएको कान्छी श्रीमति विमला हाल काजमा अख्तियार दुरुपायोग अनुसन्धान कार्यालयमा कर्मचारीको रुपमा कार्यरत छन् उनी । पराजुली र कान्छी श्रीमति विमला सिसामहल घरमा काठमाडौंमा मोजमस्ती गरिरहेको छ भने जेठी श्रीमति गौरी पराजुली ज्यालामजदुरी गरी एकल महिलाको रुपमा दिन विताईरहेको छ ।

    यस्ता देशद्रोही भ्रष्ट व्यक्तिहरुलाई हालसम्म पनि कुनै पनि उच्च तहको वरिष्ठ नेता, सरकार र प्रशासनहरु मौन रहनु भनेको यी देशद्रोहीहरुको मतियार हो की भन्ने जनआवाजहरु आउन थालेका छन् । यस्तो आतंक मच्चाउने गरी भ्रष्टाचारहरुलाई भ्रष्ट गराउने व्यक्ति कीर्ते काम गर्ने गोपाल पराजुलीले जति आएको भ्रष्टहरुको रिट मुद्दा २४ घण्टा भित्रमा रोक आदेश गर्ने जस्तो की अवैध धन भित्राउने अजेय सुमार्गीको पनि राष्ट्रबैंकबाट रोक्का धन पाराजुलीको मिलोमतोमा झ्वाम र एनसीएलको राजश्व रोक्का अर्वौ रुपैयाँ पनि पराजुलीको मातहतबाट नै झ्वाम ।
    अनि यस्तो देश (राष्ट्र) लाई नै आर्थिक क्षेति पु¥याउने व्यक्तिहरुलाई हालसम्म पनि कारवाही नहुनुको कारण के हो ? भन्ने दुई करोड ८० लाख जनसमुदायले खोज नीति गर्ने सम्भावनाहरु पनि आएको छ । अवको वर्तमान सरकारका प्रमुख वर्ष पुरुष महावुद्धि विचारको धनी प्रधानमन्त्री खड्क प्रसाद ओली जीको यी भ्रष्ट देश द्रोही व्यक्तिहरु माथि कस्तो नजर अन्दाजा गर्छन् वर्ष पुरुष प्रधानमन्त्री नै जानुन् ।

    धर्मशास्त्र भित्र एउटा नीति अध्ययन गरेको थियो चोरलाई सथ दियो भने त्यो व्यक्ति पनि चोर नै हुन्छ भनेको छ । अर्थात् देशद्रोही, भ्रष्टाचारलाई कारवाही गरेन भने त्यसको छुत पनि वर्तमान् सरकारलाई पनि लाग्नेछ भन्ने जनसमुदायको विचारहरु आएको छ ।

    जम्बला लामा
    बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउण्डेशन नेपाल, केन्द्रिय सदस्य

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार