२०८१ बैशाख १७, सोमबार | Mon, 29, Apr, 2024

“सरकार र कमरेड सङ मनको कुरा”


३२१६ पाठक संख्या

सर्वोत्तम गिरी आदरणीय सरकार र कमरेड अभिबादन। चिनमा कम्युनिस्ट आन्दोलन को ठूलो उपलब्धी सान्स्कृतिक क्रान्तिलाइ

  • नवसंकेत अनलाईन
  • २०७५ पौष ३, मंगलबार मा प्रकाशित ५ साल अघि
  • सर्वोत्तम गिरी
    आदरणीय सरकार र कमरेड अभिबादन। चिनमा कम्युनिस्ट आन्दोलन को ठूलो उपलब्धी सान्स्कृतिक क्रान्तिलाइ मानिन्छ।तत्पश्चात मात्र आर्थिक क्रान्ति सम्भब भयको मानिन्छ र हामिले पनि देखिआयकै कुरा हो । त्यहिका कम्युनिस्ट बाट प्रभावित भएर तपाईहरु नेता बन्नुभयो, शासक बन्नुभयो ।

    कम्युनिस्ट सरकार सधै जनताप्रती उत्तरदायी हुन्छ । जनताको सियोपनी लिदैन भन्नुहुन्थ्यो । यहि कुर बिश्वास गरेर र यहिनै यथार्थता हो भन्ने निस्चय का साथ जनताले तपाइहरुलाइ इतिहास कै शक्तिशाली सरकार को रुपमा उपमा दिलाए । तर जनाताको भावनामाथी ठुलो चोट लागेको छ । इतिहास कै लज्जास्पद सरकार को रुपमा नया परिचय बन्नलागेको परिदृश्य पो देखिदै छ । यसो भनिरहदा कम्युनिस्ट बिरोधी भन्नुहोला । तर माफ गर्नुहोला म तपाइले भनेर कम्युनिस्ट भएको होइन ।

    सरकार छ तर जनताको अनुभुति मा हराएको छ।हिजो दुख थियो । जनता प्रताडित थिए सामन्त र शोषक बर्गबाट । आज पिडा बढेको को छ।सरकार का रुपमा हिजोदेखी नै देखिएको हो तपाइलाइ।अनि तपाइपनी तेहि पिडाको भुमरिमा रुमलिरहेको देखिन्छ । पीडा दिनेका रुप फेरिएको मात्र हो तर पिडा झन बर्बर छ।यो शाशन ब्यवस्थामा दलाल पुजीवादी अर्थतन्त्र ले जनताको दैनिकी अत्यन्तै कस्टकर र समाज कुरुप बन्दैगएको दृश्यहरु प्रश्ट देखिन्छन ।

    तपाईंहरुका कागजमा र बोलिमा सिमित गैरसरकारी संस्था को ब्यवस्थापन का कुरा र नेपाली जाती र यिनको धरोहर र संस्कृति माथिको आक्रमण ले समग्र देश खतराको भुमरिमा रुमल्लिरहेको अनुभूति हुन्छ। सरकार आफ्नो अस्तित्व को लडाइँ मा युद्ध मा घाइते भएको शिपाही जस्तो देखियको छ । बैरि बिदेशी दलाल र दलाल पुजीवाद को चक्रब्युह मा फसेको अभिमन्यु जस्तो देखियको छ । सेना (सेना,प्रहरी,कर्मचारी,कार्यकर्ता) र जनता छन तर अनुसाशन हिन।आदेश पालना गर्ने कोहिनै देखिदैन। धमिराको देवल पो देखिन्छौ त ।

    भ्रस्टचार उस्तै छ सरकार, झन बढेको छ बरु, घटेको छैन सरकार । कालो बजारी, महङ्गी,ठगी,शोषण ,बलात्कार बढेकै छ सरकार।पसलमा सामान किन्न गएका छौ सरकार ? अस्पतालमा उपचार गराउदा लाइन बसेका छौ सरकार ? मालपोत र नापी कार्यालयमा मा जग्गाको काममा गका छौ सरकार?अखाद्य र गुणस्तर हिन बस्तुको उपभोगले थल्लियका छौ सरकार ? उपचार गर्ने पैसा नभयर अकालमै जीवन गुमाएका छौ सरकार?खराब संगत र शिक्षाको अभाब मा बिग्रेको तथाकथित गुन्डाको थर्काइत भोगेकै होलाउ हैन सरकार ! अनि अरु कति अनि कति धेरै।सबै महाभारत देखेकै छौनी हैन ? निरोले बासुरी बजाएको जस्तो नहोस सरकार । समाजआर्थिक शोषण ,सान्स्कृतिक र धार्मिक अतिक्रमण बाट आक्रान्त छन सरकार।सामाजिक अपराधको त कुरै छोडौ ।

    मुल जड अबगतै होला सरकार । बिदेसी हस्तक्षेप को माखेसाङ्लो तोड्न सकेनौ सरकार ।गैर सरकारी संस्था नामक धमिराको देवल भाको कुरो तिमिलेनै बताएका हैनौ?धर्म्निरपेक्षताको नाममा सनातन धर्मधारि मातृभुमी माथी बिचास आत्मा हरु ले बलात्कार गर्दा बिकास को मुल फुटेको देख्ने तिमिलाइ खै के भन ु?! प्रकृति को अनुपम उपहार सुन्दर हिमाल पहाड र थुम्काहरु , समथर र खोचहरु,गाउहरु र सहरहरु मा बिदेसी धर्म र सन्स्कृती को कोठिहरु सन्चालन गर्दा समृद्धिको मुल फुटेको ठान्ने तिमिलाइ……..?! अनि तिनै कोठिमा परमेश्वोर देख्ने तिमी…..?! सायद कम्युनिस्ट सास्कृतिक क्रान्ती ले उसै डोजर लगाएनहोला! धर्मलाइ व्यापार र शोषणको साधन बनाउदा टुलुटुलु हेरदै सघाउछौ तिमी।अनि भन्छौ ईतिहास रच्छौ । बिदेशी ऋण ले सत्ता हाक्छौ ,जनतालाइ आफ्नै मुलको पानी खुवाउन ऋणको भारी बोकाउछौ दासताको सिढी चढाउछौ अनि भन्छौ रास्ट्रीयता अनि कुरा गर्छौ स्वाभिमानके । वहा सरकार । वहा कामरेड ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार