२०८१ आश्विन २२, मंगलबार | Tue, 08, Oct, 2024

दनुवार जाती परम्परा र सस्कृती बोकेको जाती हो


६४०८ पाठक संख्या

भेषबहादुर दनुवार नेपाल जातीइ विविधता भएको देश हो । पछिल्लो तथ्यांक अनुसार नेपालमा १२६ भन्दा

  • नवसंकेत अनलाईन
  • २०७५ पौष २९, आईतबार मा प्रकाशित ५ साल अघि
  • भेषबहादुर दनुवार


    नेपाल जातीइ विविधता भएको देश हो । पछिल्लो तथ्यांक अनुसार नेपालमा १२६ भन्दा बढि जातजातीहरु भएको तथ्यांक २०६८को जनगणले देखाएको छ । तिनै जातीहरु मध्ये दनुवार जाती पनि एउटा सिंगो परम्परा सस्कृती बोकेको जाती हो । नेपाल भर यिनिहरुको जनसंख्या ८६००० (छयासी हजार) हाराहारीमा मात्र रहेको छ । दनुवार जाती पुर्वि तराईमा सिरहा, महोत्तरी, दुन तथा भित्रि मधेश पहाडमा काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, र ललितपुर साथै धेरै थोरै गरी जम्मा ५५ जिल्लामा बसोबास गर्दै आएको पाउन सकिन्छ । तर संख्याको हिसावले हेर्ने हो भने सबै भन्दा धेरै दनुवार सिन्धुलि जिल्लामा र दोस्रो काभ्रे जिल्लाको पनि अझ बढी बस्ती भएको क्षेत्र अन्तर्गत पांचखाल नगरपालिका मुख्य केन्द्र रहेको छ ।

    दनुवार जातीका उत्पति र विकासका सन्र्दभमा विभिन्न मत मतान्तर रहेको पाईन्छ । एकथरी अडकल अनुसार दनुवारहरु चौथो शताव्दिमा सिमरौन गढबाट नेपाल पसेका हुन भन्ने रहेको छ । समाजशास्त्रीहरुको अध्ययन प्रतिबेदनहरुमा दनुवार भाषलाई मगधि भाषबाट आएको भनी उल्लेख गरिएको छ । तर यी सबै कथनपुष्टि गर्ने प्रमाण भने हाल सम्म भेटिएको छैन भन्ने खोज ईतिहासकर्ता बताउछन । त्यसैगरी दनुवार जातीका नामाकरणका विषयमा पनि विभिन्न तर्कहरु पाईन्छ । एक थरीको भनाई अनुसार दलवार शब्दबाट अपभ्रम्श भई दनुवार बनेको हो । अर्काथरी दोणवारबाट अपभ्रम्स भई दनुवार बनेको हो र यसको संयुक्त अर्थ लडाकु हुन्छ । यसैगरी होचा उपत्यका वा दुनमा बस्ने भएकाले दुनवार हुदै दलवार हुन गएको तर्क पनि समाजशास्त्रीहरुको तर्क छ ।

    समुदायको हिसावले दनुवारहरु घर बनाउदा मधेश कछारमा बस्ने फुसको छाना, चित्रोको भित्ता र स साना अलग अलग छाप्रो बनाउछन् । तर महाभारतको खोंच सम्म उक्लेका दनुवारहरुले भने पहाडी तरिकाले ढुंगा र माटोको गाह्रो र खरको छाना हाली बनाएका स साना बस्ति भेटिन्छन । पछिल्लो समयमा घरहरुको प्रकृति पनि मौलिकता हराएको पाईन्छ । विगतमा खरले छाईने घरहरु आधुनिकतामा परिर्वतन भएको छ । शारिरीक बनौटका हिसावले दनुवारहरु पातला तर बलियो एवं सुसंगठित भएका छन्् । अधिकांश दनुवारहरुको अनुहार कालो, आखा सानो, चिउडो गोलो, ठुलो कान, कालो कपाल, दाह्री जुंगा धेरै जस्तोको नआउने, उचाई चार फिट देखि छ फिट सम्म भएको पाईन्छ । महिलाहरुको वर्ण पनि कालो नै हुन्छ । बलियो शारीरिक बनौट भएको यिनीहरु अधिक परिश्रमी खालका हुन्छन् ।

    नेपालभर दनुवारहरुको जनसंख्या ८६००० छयासी हजार हाराहारी भएपनि मातृभाषा दनुवारी (डोने) बोल्नेहरु जम्मा २५ प्रतिशत पनि नभएको पाईन्छ । तराई मुलका दनुवारहरु मैथलि नजिकको भाषा बोल्छन । यस जातीको पहिचानको भाषा छुटै छ, तर लिपि छैन, अझ मातृभाषा बोल्नेहरुको संख्या दिनानुदिन घटदै गएको छ । यसरी डोने भाषा संकट र अतिक्रमणमा परेको छ । धेरै जसो दनुवारहरु एकल परिवारमा बस्छन् । अन्य समुदायका महिलाहरु भन्दा दनुवार जातीका महिलाहरुको सामाजिक स्तर धेरै माथि रहेको देखिन्छ । सम्पतीमा सबै सदस्यहरुको हितमा खर्च गरिन्छ । यिनिहरुको सम्पति प्राय खानेकुरा र परिवारको अन्य व्यवस्थापनमा खर्च हुने गर्छ । खास गरी महिलाहरु खेती कार्यमा व्यस्त हुन्छन् । आजसम्म पनि यस समुदायले शिक्षाको महत्वलाई मनन गरेको पाईन्न । तर थोरै शिक्षाको महत्व जानकारी पाएका कारण हाल आफ्ना बालबालिकालाई विद्यालय पठाउने क्रममा बृद्धि भएको छ ।

    नेपालि परिवेशमा दनुवार समुदाय हिन्दु धर्मावलम्बि हुन तापनि यिनीहरुका देवतामा सबै भन्दा मुख्य बनदेवि र घर भित्रको कुल देवता हुन्छ । शिक्षाको कमीले गर्दा यस जातीका मानिसहरु झारफुक र तन्त्र विद्यामा विश्वास गर्दछन् कुलदेवताको पुजाआजा गर्ने धामिले विधि पु¥याउन सकेमा आफु बाघ र बाघ बाट फेरी मानिस बन्न सक्दछन् भन्ने धारणा यिनीहरुमा अझै छ ।
    यस समुदायको खानेकुरा मुख्यतय दाल, भात, तरकारी, अचार, ढिडो। माछा, मासु, जांड र रक्सि आदी हो । भने भेषभुषा भने हावापानी अनुसार भएको पाईन्छ । खासगरी पहाडी भेगका दनुवारहरु कमिज सुरुवाल पाईन्ट कट्टु आदी लगाउछन् । भने महिलाहरु मुख्यतया यस समुदाय सादा पहिरन मन पराईन्छ । यस समुदायमा विवाह प्रक्रिया सरल छ । उमेर पुगेको खासगरी २४ २५ वर्ष नाघिसकेको लोग्ने मानिस आईमाई मिलि घरजम गरेर एक ठाउमा बस्नेनिधो गरेपछि धेरै जसो काम पुरा हुन्छ । केटि मागेर आमा बाबुको मञ्जुरी लिएर विहे गरेपनि दुई जना मिलेर राजीखुशि मिलेर बसेपनि दुलहीका आमा बाबुलाई दस्तुर नबुझाएसम्म जोईपोईको औपचारीक सम्बन्धको मान्यता नपाउने चलन थियो । यस्तै त्रिशुलि किनार गजुरी तिरकाहरुले केटीको आमाबाबुबाट गाली समेत थालेपछि मात्र स्वास्नी लिन पाईन्छ । यस अर्थमा पनि दनुवार महिलारुको सामाजिक स्तर उच्च सम्मान गरिएको देखिन्छ ।

    नेपालको ५५ जिल्लामा बसोवास गरेका दनुवार जाती खास गरी संगठित रुपमा भने २० जिल्लामा रहेका छन् । नेपालको आदिवासी जनजाती अन्र्तगत अति सिमान्तकिृत जातीका मानिसहरु छिमेकि टाठाबाठा जातिका मानिसबाट ठगिदै आएका हुदा सकभर उनिहरुको सम्पर्कमा आउन डराउछन् । पहाड मधेश, खासगरी खोच उपत्यकामा फैलिएका माझी, दनुवार, दरै सहित अति सिमान्तकृत तथा लोपोन्मुख आदिवासी जनजाती समुहहरुको ईतिहासको खोजि सम्बन्धित बर्ग समुदायबाट त भएन भएन सरकारी निकायबाट पनि खासै महत्व दिएको अवस्था छैन । पर्वतेहरुको सहवासबाट दनुवार सस्कृतीमा केही परिवर्तन आउन थाल्यो । उनिहरुको प्राचिन र राजनीतिक न्यायिक संगठन (मानजनी प्रथा) तत्कालिन राणा शासनबाट मान्यता प्राप्त र प्रभावशालि थियो । तर पञ्चायति व्यवस्थाले त्यसलाई कहिल्यै नउठ्ने धक्का लिई फाल्यो । अहिले दनुवार सामाजिक न्यायिक ढांचा प्रचार वीहिन भएको छ ।

    दनुवार जातीका मानिसहरु परम्परामा अति नै विश्वास गर्ने हुदा बैवाहिक सम्बन्धमा एक प्रकारको समस्या नै भएको पाईन्छ । आफ्नै जातिमा पनि जान्ने सुन्ने तथा पढेलेखेकाले निमुखा र सोझालाई सताउने तथा आफु आफुमा आस्था तथा प्रतिष्ठामा खिचातानि भएको पाईन्छ । मरेपछि डुमै राजा भन्ने यस जातिको निराशाबादी मनोबृती रोक्न र मांसहार तथा मदिरापान आदिमा गरिने फजुल खर्च घटाउन तथा अनियन्त्रित तरिकाले बढदै जाने परिवार बृद्धि रोक्न पनि केही ज्ञान दिलाउन आवश्यक देखिन्छ । शिक्षा, स्वास्थ तथा अनियन्त्रित तरिकाले बढदै जाने परिवार बृद्धि रोक्न पनि केही ज्ञान दिलाउन आवश्यक देखिन्छ । शिक्षा, स्वास्थ तथा विकासका अन्य दृष्टिले दनुवार समाज धेरै पछाडी छ । दनुवार मातृभाषा (डोने) सामाजिक बनोट, राजनैतिक संगठन तथा लोक साहित्य तथा मौखिक ईतिहासको बैज्ञानिक दृष्टिले खोज हुनु आवश्यक छ । बर्षेनी आवश्यक ऋण गरेर खर्च गर्दा जग्गा जमीन विक्रि वितरण गर्नु पर्ने निरन्तर देखिएको पनि पाईन्छ । खास गरी आर्थिक अवस्थाको कमजोरी तथा अशिक्षाको कारणले गर्दा भूमिका मालिक दनुवारहरु भूमिहिन बन्दै गईरहेको कुरा उल्लेख गर्दा पिडा हुन्छ ।
    आजको समयले महिला र पुरुषहरुको हरेका क्षेत्रहरुमा समान हक र अधिकारको अपेक्षा गरेको हुन्छ । यसको निमित्त विभिन्न विकास निमार्णका कार्यहरुमा पुरुष संगै महिलाहरुको सहभागिता बढाउनपर्ने देखिन्छ । किनकि महिला सहभागिता भएको कार्यहरु प्रभावकारी रुपमा सफल भएको उदाहरण भेटिएका छन् । यसरी महिला सहभागिता बृद्धि गर्ने र महिलाहरुलाई विविध दृष्टिकोणबाट सक्षम बनाउनुको लागी सर्वप्रथम उनिहरु हालसम्म कस्तो अवस्थामा छन् भन्ने कुराको ज्ञान हुनु आवश्यक हुन्छ ।

    दनुवार समुदायमा रजहन, जनोधरी र कछारे गरी ३ थरी रहेको जिल्लागत रुपमा परिभाष लगाउने गरिएको पाईन्छ । रजहन वर्गका दनुवारहरु आफुलाई राजपुत तथा क्षेत्रिय वर्गमा राख्दछन् भने जनोधारीहरु आफुलाई ब्रामण सस्कार सस्कृती र परम्परा मान्ने भएकाले उनिहरु आफुलाई माथिल्लो सामुदायिक वर्गमा रहेको ब्याख्या विश्लेषण गर्दछन । कछारे दनुवार सामुदायिक रुपमा सुधारीनु पर्ने सामुदायिक वर्गमा परिभाषा गर्ने चलन छ । जातीय बर्गिकरण जे जस्तो भएतापनि सबै तहका दनुवार अन्य जाति जो सुकैले छोएको खाना नखाने गरी आफ्नो जातलाई चोखो पार्न खोजेको पाईन्छ । तर पछिल्लो आजको पुस्ता परिर्वनमा देखिएको पाईन्छ जसको कारण ब्रामण क्षेत्रि समुदायको भोजमा पनि उपस्थित भई सामुदायिक सदभावको विकास गरेको हेर्न र देख्न सकिन्छ ।

    समग्रमा दनुवार समुदाय भित्र प्रयोग गरिने थरहरु निम्न अनुसार रहेको पाईन्छ । तराई तथा मधेसी जनैधारी रजशन दनुवारका थर तथा उपथरहरु जस्तै १ सप्तरीया २ पकडिया ३ सप्तोरीया ४ बहादुरिया ५ धन्धविया ६ महथा ७ चौरपैत ८ कमरगमिया ९ धोपी १० घटिया ११ बुचाई १२ सलपुरीया १३ ठाकुर १४ भाडवारिया १५ रगरिया १६ सिहुवार १८ रुपैठा १९ कचरिया २० सिंह २१ खॉ २२ राय २३ रैया २४ जेवार २५ चौधरी २६ धनछवयिया २७ सतोटिया २८ रनसिंह २९ डिगरिया ३० रुपनी ३१ कमर ३२ खड्तिलैया ३३ खुर्सेनिया ३४ घरबालीया ३५ बहारबालीया ३६ धामी ३७ जिधरिया हुन । कछारीया दनुवारहरुको थरहरु १ अधिकारी २ रावत ३ खप्तरी ४ महत्तो ५ फनेत ६ कुम‘र ७ कुबर ८ सिंह ९ चौधरी १० खॉ ११ माझी १२ थारु १३ गोराईत १४ फनेर १५सुसिया १६ कच्चा १७ १८ राउत १९ कचरीया २० राजन २१ राय २२ ठाकुर २२ गौरुग २३ कछला २४ नामपुछ रहेको पाईन्छ । काठमाडौं जिल्लाको आसपासमा जोडिएका मकवानपु, धादिङ्ग, नुवाकोट, गोर्खा, चितवन, आदिभूमिमा डोने इृतिहास स्विकार गर्दै आएका देवास राई खाल (थरहरु) १ डुमनपाउरे राई २ गरखारे राई ३ भीमठाने राई ४ गैरेली राई ५ सिपाली राई ६ जरटार राई ७ खाम राई ८ पिपलटार राई ९ मन्दन राई १० भानीगाउ राई ११ डाडागाउले राई १२ कोदारहाङ राई १३ पाङाल्टार राई १४ जागी राई १५ भिगन राई आदी पाईन्छन । डोनेहरुको खालमो विशेषगरी रे र ली जोडीएर खाल बा थर बनेको पाईन्छ । भने देवासहरुमा चाहि राई जोडिएर आएको खाल हुन्छ । डोनेहरुले पनि राई स्विकार गर्दै आएका छन् । देवासको पनि मुल प्रागएैतिहासिक थाकथलो काभ्रे र सिन्धुपाल्चोक नै रहेको हो भनेर समाज शास्त्रिहरुले उल्लेख गरेको पाईन्छ । साथै पुखौलि भूमि मान्दै आएका मध्ये डोने जाती तथा समुदायको खाल (कुल) खस भाषामा थर) को यसरी बर्गिकरण गरिएको छ । जस्तै १ कोदारेहाङग २ पाङगाल्टारे ३ मन्दने ४ सिपाली ५ जर्राटारे ६ तारीगाउले ७ गोरगाउले ८ खट्टारे ९ बोकल्टारे १० डाडागाउले ११ झिगनपुरे १२ भीमटारे १३ नयागाउले १४ पिपल्टारे १५ फेरिगाउले १६ माथोने १७ राम्पुरे १८ सोराली १९ कोदारे २० तामाधारे २१ वीरण्टारे २२ माडीगाउले २३ शेराली २३ खरिगाउले २४ अर्नाली २५ खाम्पुरे २६ फर्सेली २६ थामपुरे २७ भीमपुरे २८ जोगीथरे २९ कमलटारे ३० भिमठाने ३१ खरेली ३२ गंरैली ३३ गरखारे ३४ देउपुरे ३५ सातथरे ३६ झरेली ३७ रन्दने ३८ झिम्पुरे ३९ डुमन पाउरे आदी यो जाती तथा समुदायको खाल (थर) समाज शास्त्रिले उल्लेख गरेको पाईन्छ तर तथ्यांक कार्यालयको तथ्यांकको आधारमा हेर्ने हो भने यि सबै थरहरु पाईदैनन । मात्र शोधकर्ता हरुले आफ्नो शोध पुरा गरी शोध पत्र पुरा गरेको पाईन्छ । यस कार्यमा दनुवार समुदायका विद्धानै अग्रसर रहेका छन । तथ्यांक कार्यालयको तथ्यांकमा उल्लेख नभएको थरहरुपनि उल्लेख गरिएको हेर्दा दनुवार समुदाय अतिसिमान्तकृत समुहमा रहनु पर्ने जस्तो देखिदैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार