२०८१ बैशाख १५, शनिबार | Sat, 27, Apr, 2024

तरकारीको मुल्य दिनमा दुई पटक तोकीनु पर्छ


३३७४ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २२, बुधबार मा प्रकाशित ४ साल अघि
  • भेषबहादुर दनुवार

    नेपालको संविधानले प्रत्येक नेपालीलाई गुणस्तरीय बस्तु सेवा प्राप्त गर्ने हक उल्लेख गरीएको छ । संविधान २०७२ को धारा ४४ मा सैंबैधानिक हकको व्यवस्था गरेको छ । गुणस्तर हिन बस्तु वा सो बाट व्यक्तिलाइ हुन सक्ने क्षति रोक्न, उपभोक्ताको स्वास्थ, सुविद्या र आर्थिक हित कायम राख्न, उपभोग्य बस्तु वा सेवाको गुणस्तर, परिमाण एवं मूल्यको अनियमितताबाट उपभोक्ता बर्गलाई संरक्षण प्रदान गरी उपभोग्य बस्तु वा सेवाको गुण वा उपयोगिता घटाउन वा झिक्न नपाउने व्यवस्था गर्न एकाधिकार एवं अनुचित व्यपारिक क्रियाकलापद्धारा मूल्य अभिबृद्धि हुन सक्ने अवस्थालाई रोक्न र उपभोग्य बस्तु वा सेवाको सुरक्षित तथा गुण स्तरयुक्त उपभोग्य बस्तु वा सेवाको विक्रि वितरण सम्बन्धि व्यवस्था गर्न तथा उपभोक्ताको हक हित र अधिकार संरक्षण गर्ने व्यवस्था गर्न बान्छनिय भएकोले हरेक स्थानिय सरकारमार्फत सरोकार निकाय संगको सहभागिता अभिबृद्धि गर्दै विकास प्रकृयालाई सस्थागत गर्न स्थानिय सरकार सञ्चालन ऐन, विनियम र ढण्डहिन बातावरणको अन्त गर्ने परिस्थिती निमार्ण गर्नु पर्ने आवश्यक्ता देखिन्छ ।

    तरकारी तथा फलफुल को सामान्य तथा मुल्य निर्धारण गर्दा सामान्य कठिनाइहरु रहेको छन् तरकारीको उत्पादन लागत र ढुवानी भाडा तथा अधिल्लो दिनको थोक खुद्रा मूल्यको विश्ल्ेषण गरी गर्नु पर्ने हुन्छ । समग्रमा तरकारीको मुल्य तोक्ने क्रममा समय तालिका अनुसार विहान ४ बजे देखि ९ बजे र अपरान्ह २ बजे मुल्य तोक्ने व्यवस्था गर्न सम्बन्धित तरकारी व्यसायिक बजारी करण गर्ने निकाय बाट गरिनु पर्छ । नेपालको सन्र्दभमा कालिमाटि तथा फलफु विकास समित मार्फत तरकारी तथा फलफुलको मुल्य निर्धारण गर्ने गरिएको देखिन्छ । यसका साथै सहयोगि निकायका रुपमा कृष् ितथा पशु पंिक्ष विकास मन्त्रालय र आपुर्ति मन्त्रालयले भूमिका निभाउने जनाइएको छ । मुल्य निर्धारण कायको लागी निश्चित माप ढण्ड बनाई गरिनु पछ ।

    तरकारी कारोवारमा विलविजक जारी गर्न सम्बन्धित निकायबाट सुझाव गरिएको पाईन्छ । संकलन कर्ताले केन्द्रमा वा खेतबारीबाट संकलन गर्दा तरकारीको नाम, परिमाण र मुल्य खुलेको प्यान विल जारी गर्ने कृषकलाई दिनु पर्ने व्यवस्था रहेको छ । तरकारी तथा थोक विक्रेताले खरिद गर्दा अनिवार्य रुपमा प्यान विल लिने भनि आपुर्ति मन्त्रालय माफत तरकारी तथा फलफुल बजार व्यवस्थापन सम्बन्धमा प्रतिबेदन उल्लृख छ । थोक विक्रेताले खुद्रा बिक्रेतालाई विक्रि वितरण गर्दा अनिवार्य रुपमा प्यान विल दिनु पर्ने भन्ने छ । खुद्रा बिक्रेताले ५ किलो भन्दा बढि तरकारी विक्रि वितरण गदा अनिवार्य रुपमा प्यान वितरण गदाए प्यान विल दिनु पर्ने भनिएको छ । निगित व्यवस्था जे जस्तो रहेता पनि समग्रमा किसान, संकलन कर्ता, थोक विक्रेता, खुद्रा बिक्रेता कसैले पनि यसप्रकारको अभ्यास अवलम्बन गर्ने गरेको पाईदैन । संकलन कर्ता र थोक बिक्रेताको कारोवार बैंकिङ प्रणलि बाट गर्नु पर्ने नितिगत व्यवस्था रहेको छ । तरकारी तथा फलफुल को व्यवसायिक कारोवार गर्ने व्यक्ति अनिवार्य रुपमा सम्बन्धित निकायमा दर्ता हुनुपने र प्यान नम्बर लिएको हुनु पर्ने भनियता पनि व्यवहारीक रुपमा अवलम्बन गरेको पाईदैन । ढुवानी कर्ताले पनि फर्म वा कम्पनिको रुपमा दर्ता भई अनिवार्य रुपमा प्यान विल माफत कारोवार गर्नु पर्ने प्रतिबेदनको सुझाव पालना गरेको पाइदैन । सरकारले प्रत्येक गाउपालिका नगरपालिकामा संकलन केन्द्र स्थापना गर्ने केन्द्रको स्थापना र सञ्चालन गर्न स्थानिय, प्रादेशिक तथा केन्द्र सरकारले समन्वय गरी आवश्यक व्यवस्था गर्ने संकलन केन्द्रबाट व्यवसायिले थोक विक्रेतालाइ मात्र विक्रि गर्नु पर्ने जस्ता कुरा प्रतिबेदनमा उल्लेख छ ।

    छिटै सडने गल्ने प्रकतिका फलफुल तथा तरकारी एवं माछा जन्य बस्तुको मूल्यमा स्थिरता ल्याउन कोल्डरुम सञ्चालनमा गर्न सरकारी नितिगत व्यवस्था अनुसार सञ्चालन गर्नु पने देखिन्छ । व्यवसायिहरुको व्यापारको अवस्था र नितिगत व्यवस्था अनुसार कायान्वयन भए नभएको अनुगमन गर्न स्थानिय प्रशासनसंग समन्वय गरी प्रहरी परिचालन गर्ने । नेपाल प्रहरीमार्फत विचौलिया नियन्त्रण गर्न आवश्यक सम्पुण सहयोग लिनु पने हुन्छ ।

    काभ्रेमा हुने व्यवसायिक तरकारी खेति समय समयमा सहज विक्रि तथा मुपयुक्त मुल्य नपाउदा कृषक मारमा पर्ने गरेको देखिन्छ ।। अझ नितिगत व्यवस्थाका कारण पनि विचौलिया भन्ने शब्द संग किसान बाट उत्पादीत कृषि उपज उपयाृेग कर्ता सम्म जांदा पांच चरणमा पार गर्नु पर्ने भएको कारण गुण स्तरीयता र उचित मुल्यमा पनि शंका गर्नु पर्ने अवस्था रहेको छ । काभ्रेमा अधिकांश तरकारी जन्य दुग्ध जन्य उपज राजधानि भित्रने गरेको छ । यस क्रममा आयात को क्रममा हुने खुकुलो पनका कारण पनि तल्लो तहमा उत्पादन गर्ने किसान मर्कामा परेको देखिन्छ । काभ्रे बाट उत्पादन हुने अधिकांश कृषि उपज राजधानि भित्रने र पुन काभ्रेकै घर घरमा प्रयोगको लागी खुद्रा बिक्रि वितरणको लागी आउदा उपयोग कर्ता बढि मुल्यमा पर्ने गरेको देखिन्छ भने उत्पादकले भने जस्तो मुल्य नपाउने रहेको छ । कुने समय काभ्रेमा उत्पादन भएको तरकारी जन्य सामग्री विष प्रयोगको कारण विक्रिमा समस्या रहेको पाइएको थियो । पछिल्लो समय ल्याव टेष्ट प्रतिबेदन हेर्ने हो भने १७ प्रतिशत मात्र विष भेटाउन सकिन्छ । कृषि जन्य सामग्रीमा प्रयोग हुने विषा २५ देखि ३० प्रतिशत लाई प्रयोग युक्त मानियएको पाईन्छ । तर पछिल्लो प्रतिबेदन पांचखालको उत्पादनमा मात्र हेर्ने हो भने १५ प्रतिशत विषको मात्रा रहेको छ । यस अर्थमा पांचखाल उपत्यका तरकारी जन्य उत्पादनमा अर्गानिक हुदै गएको पाउन सकिन्छ । पांचखाल सहित कृषिमा निर्भर रहेको पनौति नगरपालिकामा अझ अर्गानिक उत्पादन र स्थानिय रुपमानै जडिबुटि मार्फत विष उत्पादन गरी प्रयोग गर्ने अभ्यास रहेको छ । पनौति र पांचखालको कषि निर्भर निति हेर्ने हो भने अझ व्यवस्था पन गर्न सकिएको खण्डमा काभ्रेमा आयात हुने अधिकांश खाद्यय सामग्री मार्फत काभ्रे आत्म निर्भर छ भनेर गर्भ गन सकिने थियो । बर्तमान अवस्थामा विषको मात्रा कम हुनु र सहज बजारी करण भएको कारण अधिकांश तरकारी जन्य सामग्री उत्पादनमा किसानको उत्साह बढिरहेको छ ।

    काभ्रेमा सरकारी रुपमा तरकारी बजार व्यवस्था गर्ने निकाय नभएतापनि निजि लगानी कर्ता मार्फत सञ्चालन गरिको छ । बनेपा नगरपालि स्थित काभ्रे कृषि बजार मल्टि प्रपोज प्रालि केहि बर्ष अगाडी देखि सञ्चालन मा रहेको छ । निजि स्वामित्वमा निर्माण गरीएको तरकारी बजार १२३ वटा स्टल रहेको छ जसमा तिन करोड पचास लाख लगानी गरी सञ्चालन गरिएको सो प्रालिका अध्यक्ष पुर्णचन्द्र सिग्देलले जानकारी दिनु भयो । नेपालमा तरकारी बजार बाट ३० अर्वको कारोवार हुन्छ । व्यवस्थित रुपमा सञ्चलान गरी कृषकले उत्पादन गरेको तरकारीको सहि मुल्य किसानलाई उपलब्ध गराउन सक्ने हो भने किसानको हित हुने देखिन्छ । यहि किसानको हितको खातिर तथा विचौलियाको कमि गर्न काभ्रे कृषि बजार मल्टि प्रपोज प्रालि सञ्चालन गरिएको छ । यस तरकारी बजार मार्फत काभ्रेको पांचखाल, पनौति, बेथानचोक, धुलिखेल, बनेपा, मण्डन देउपुर को तरकारी संकलन गरि बजारीकरण गर्ने रणनिति रहेको छ । यस बजारमा संकलित तरकारी बजार स्थानि रुपमा पनि खपत गर्ने र काठमाडौंका अधिकांश तरकारी संकलन केन्द्र कालिमाटि बल्खु स्थानमा लग्ने रहेको छ । बर्तमान परिवेशमा देैनिक रुपमा ११ टन तरकारी संकलन हुने गर्छ । काठमाडौंको कालिमाटि तरकाररि विकास समिति मा काभ्रेको संकलन गरि पठाइएको मा १२ प्रतिशत भन्दा माथि निकासि गरेको प्रतिबेदन २०७३÷७४ मा रहेको छ ।

    काभ्रेको हरेक क्षेत्र फरक फरक पहिचानको साथ तरकारी उत्पादन भई बजारी करण गरीउको छ । मौसम अनुसार अधिकांश तरकारी काभ्रेमै उत्पादन भइरहेको पाउन सकिन्छ । काभ्रेमा उत्पादन हुने तरकारी काभ्रेमा सिधै संकलन भई खपत गर्ने प्रकारले विक्रि अभ्यास भएको पाईदैन । काभ्रेमा उत्पादन भएको तरकारी जन्य सामग्री कृषक मार्फत संकलन भई थोक बजार जाने र थोक बजार मार्फत पुन काभ्रेकै खुद्रा बजारमा आउदा उपयोग कर्ता बढि मुल्यमा प्रयोग गर्न बाध्य छन् । व्यवसायिक रुपमा काभ्रेमा उत्वादन भएको तरकारी स्थानिय तहगत रुपमा काभ्रे कृषि बजार मल्टि प्रपोज कै रुपमा निजि तथा साझेदारी अथवा स्थानिय सरकार मार्फत लगानी गरेर कृषि जन्य सामग्री उत्पादन हुने स्थानमा सञ्चालन गर्ने हो भने कृषकको लागी सहज, मुल्य उपयुक्त र कृषिमा आत्म निर्भर काभ्रे बनाउन टेवा पुग्ने देखिन्छ । यसका साथै काभ्रेमा भईरहेको विभिन्न जिव नाशक विषदी, विभन्न प्रकारका विउ, रुख, पशु, पंक्षि आदीमा लागने घातक किटाणु नाश गर्न प्रयोग गरिने जीवनाशक विषादीको आयात निर्यात, तथा उत्पादन र किनबेच का साथै प्रयोग सम्बन्धि स्थानिय सरकार मार्फत कार्यविधि बनाउनु पर्ने आवश्यक्ता बढिरहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार