२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

साठी–चालिस परिणामको एकता हो ?


३९०८ पाठक संख्या
Thumbnail
  • नवसंकेत अनलाईन
  • २०७६ जेष्ठ २२, बुधबार मा प्रकाशित ४ साल अघि
  • जम्बाला लामा
    बौद्ध जागरण केन्द्र तथा स्तुपा
    फाउडेशन नेपाल, केन्द्रिय सदस्य

    हालै मात्र सत्तारुढदल नेकपाको मुख्य अध्यक्ष भनेको दुई नेताको परिणामले देखाएको छ नेकपाको उघाङ्गको नाटक जनता सामु । जे जो भएको थियो एकताको वेलामा त्यो सबै चमत्कार गरेर देखायो पुर्व गणतान्त्रीत लोकतान्त्रको प्रथम प्रधानमन्त्री पुस्पकमल दाहालले उनमा महिला वर्गको जस्तो रुद्र घण्टी नभएको होकि भन्ने जनविचारहरु आएको छ । अर्थात् चमत्कारी अध्यक्ष ज्युमा त्यस्तै हुन गएको होकि भन्ने २ करोड ८० लाख जनसमुदाय र सामाजीक सञ्जालमा व्यापक हुन आएको छ ।

    अर्थात् जनविचारहरु यस प्रकार आएको छ कि पुर्व एमाले र पुर्व एकिकृत माऔवादीले एकताको समयमा राम्रो संग विचार नै नगरी एकता घोषित नगरी आम निर्वाचनमा होमेको थियो, कि एक कदम अघि वढ्नु भन्दा एक कदम पछि हटेर सोचेको भए अहिले आएर यो अवस्था आउने थिएन भन्ने जनविचारहरु समाजमा आएको छ ।

    कारण निर्वाचन अघि नै ६० र ४० मा सम्झौता भएको भए निर्वाचन लगतै सबै थोक समाधान हुने थियो । तर त्यसो नभएको कारण पुर्व माऔवादिले त्यति नै खेरिपनि ५०–५० को प्रस्ताव राखेर करिवन ३ हप्ता सम्म झुलाएको थियो सरकार गठन गर्न ।

    अनि त्यति खेर नेपाली कंग्रेसको सभापति सेरबहादुर देउवाले पनि चाल खेल गर्न मौका पाएको थियो कि पुष्प कमल दाहललाई छ्याकन हानी ल अब तपाईलाई प्रधानमन्त्री बनाउने नेपाली कांग्रेस तयार छौं, विना सर्तमा भनि देउवाले पाखुरा निमोठेको थियो । तर एकताको आवजहरु फुकिसकेको कारण जनताले कांग्रेसलाई बहिस्कार गर्दै माओवादिलाई सर्थन गरी प्रत्येक्षमा ४० सिट संसद बनाएको थियो । यता दाहालले देउवाकको सर्थनलाई मान्यता दिएन । उनले थुकेको थुक टिपेन, थुकेको थुकेकै पारे अर्थात् देउवाको कुरा मान्ने सुन्ने गरेन, प्रचण्ड दाहालले ।

    अर्थात जनताले अब भर्खरै आएर कुराकानी बुज्योकि त्यति खेरको ६०–४० को अर्थ थियो तिन वर्ष प्रधानमन्त्री केपी ओली र २ वर्ष कार्यकाल पुष्पकमल दाहाल । यसरी जनमतको अपमान हुने गरी पदको लोभमा बस्ने, फस्ने नेताहरुले राष्ट्रको सेवा गर्छ ? मात्र आलो पालो गरी सरकार चलाउने र आफन्त र कार्यकर्तालाई पोस्याउने नीति भन्दा राष्ट्र सेवक अर्थात् जना सेवा होइन रहेछ भन्ने अब आएर जनताले बुझेको छ । मतलब देश विकास नभई आफ्नो कार्यकर्ता र भुमाफिय, भ्रष्टाचारी, अत्याचारी ठेकेदारहरुको सेवामा जुटेको होकि भन्ने सामाजिक सञ्जालमा व्यापक भएको छ ।

    यस्तो दुई तिहाई भएको सरकार कहि नभएको जात्रा हाडी गाँउ भने जस्तो बरिष्ट नेता भएर जहाँ पाए त्यहानै प्याच बोल्ने ? अर्थात् चमतकारी शब्दहरु बोल्दामा एक छिन सोचेर अनि मात्र बोलेका भए अहिले यो भवकाण्ड हुन्थ्यो त । त्यो पनि नेपालको सबै भन्दा टप पत्रकार ऋषि धमलासंग । नेताले भन्दा बढि चमत्कार देखाउन सक्ने क्षमता भएको व्यक्तिमा पर्छ पत्रकार ऋषि धमला । अर्थात् भारतको प्रधानमन्त्री नरेन्द्र मोदिको सपद ग्रहणमा सबै भन्दा प्रथम भारतिय राजदुत मञ्जीब सिंह पुरीको सिफारिसमा विरबल भन्दा चर्तुराई धमला प्रधानमन्त्री भन्दा अघि पुगि भारतमा यो एउटा चमतकारकै विषय बनेको छ ।

    व्यापक जन प्रचार

    व्यापक जन प्रचारहरु यसरी आएको छ कि सरकार, पार्टीले जनताको मार्क र पिडाको भाषा नै नबुझीने आलो पालो सरकार चलाउने देखि लिएर एक व्यक्ति एकपद नगरी एक से एक अब १६ महिना पछि अर्थात् एक वर्ष ४ महिना पछि मेरो पालो भनि घाटिनै सुक्ने गरी बोलेर जनमतको अपमान गरेको ठहर गरेको छ जनसमुदायले ।

    अर्थात् हग्ने लाई भन्दा देख्नेलाई लाज भने जस्तो अबत भोट दिने जनतालाई पो लाज लागेको आभास भएको छ । यो मोल तोल गर्नुभन्दा एकता हुन अघि नै राम्रो संग सोच्नु थियो कि पुर्व माओवादि प्रचण्ड दाहालले केहिन केहि चमत्कार देखाउछ । यि विषयमा विचार नगर्नु ठुलो गलत छ पुर्व एमाले अध्यक्ष हाल वर्तमान प्रधानमन्त्री केपिओलीको । यस्तो अवस्था आउछ पक्कै पनि भन्ने जनसमुदायले सोचेको थियो । परिणाम त्यस्तै आएको जनविचारहरु आएको छ ।

    बाटो हिड्दा खेरी खाल्टा खुल्टी नहेरी हिड्यो भने खुट्टामा ठ्ेस लागेर लड्ने छ जमिनमा । त्यस्तै राजनीतिमा पनि साम, दाम, दण्ड र भेद यी नीति नअप्नाएको कारण वर्तमान प्रधानमन्त्रीलाई तकारोहरु तेर्सेको होकि भन्ने जनअंकलन पनि नआएको होइन तर के भन्ने जनताले, जङ्गलको गैडाले सिदा भन्दा दयाँ बाँया कतै नहेरेको जस्तो हाम्रो सरकार प्रमुख पनि त्यस्तै ढङ्गबाट हिडेको होकि भन्ने जनविचार पनि आएको छ । अर्थात् प्रधानमन्त्री ओली जी ले पनि एकता भै सके पछि एक व्यक्ति एक पदको नियम अपनाउन नसकेको कारण नै एकतामा विकराल आएको जनसमुदायलाई महसुस भएको छ ।

    जनविचार यस्तो छ कि एक पद भएको भए यस्तो तकारोहरु निकाल्न सक्ने शक्ति कुनै हालतमा हुदैन थियो । आफु प्रधानमन्त्री भएको छु भनी दोस्रो ४० को नेता पुष्प कमल दाहाललाई अध्यक्ष पद दिदा के यो आकासै खस्छ, वर्तमान प्रधान मन्त्री आपैm बेपत्ता हुन्छ र ? नत्र एक पद एक व्यक्ति गरी पार्टी एक ढिक्का हुन्छ भने किन नगर्ने ? यहि हो जनविचार तथा सुझाब ।

    गत जेष्ठ १६ गते विहिवार दिएको पुष्पकमल दाहालको अभिव्यक्तिले राष्ट्रको राजनीति संग प्रधानमन्त्री ओली सरकारको वर्तमान सरकारलाई समेत अस्थिर बनाउने संकेत जनसमुदायले गरेको छ ।
    अर्थात् उनि दुई जनाको लडाईको चाल र ताल देख्दामा नेपालको जनताको सोचाई उनीहरुको श्रीमतीको दाईजो अर्थात् निजी सम्पति जस्तो जनतालाई ठानेको होकि भन्ने पनि जनअंकलनहरु आएको छ । कतै भाष्मा सुरको कथा जस्तो हुनेत होइन ? जनगुनासोहरु यस्तै आएको छ ।

    चमत्कारै चमत्कार न्यायापालिकामा

    अर्थात् हाल न्यायालयबाट यस्तै चमत्कारको चलनहरु चलिरहेको जनतालाई महसुस भई रहेको छ कि कस्को विश्वास गरौं कस्को नगरौं । २०७६ जेष्ठ १४ गते १७–४५ बजे सर्वाेच्चको प्रधान न्यायाधिस चोलेन्द्र शंशेर राणाको पैmसालाले अजेय सुमार्गीलाई गद गद भन्ने अखवारहरुमा पढ्न पाए नागरीकले । गत जेठ १४ गतेको कुरा हो उद्योगपति तथा व्यापारी अजेयराज सुमार्गी ले नेपालमा मुक्ति श्री सिमेन्ट उद्योगको लागि भन्दै भित्र्याको बैदेशिक लगानी सम्बन्धीत मुद्दामा उनकै पक्षमा पैmसला भएको थियो ।
    गत मंगलबार प्रधानन्यायाधिश चोलेन्द्र समसेर राणाको पुर्ण इजालसले अजेयराज सुमार्गीको पक्षमा फैसला सुनाएको थियो । राणा र वाम कुमार श्रेष्ठको संयुक्त इजालसले यो फैसला पछी सुमार्गीको ७५ लाख अमेरिकन डलर (करिब करिब नेपाली रुपैया ८३ करोड २५ लाख नेपाली रुपैया) वैधानिक स्रोत बाट भित्र्एिको ठहर हुने देखिन्छ ।

    सर्वोच्चको फैसलासँगै सुमार्गीले अब यो रुपैया चलाउने बाटो खुलेको छन् । प्रधान न्यायधिस राणाको इजालसमा मुद्दा गत चैत्रको ४ गते पेशीमा चढेको थियो । तर निर्णय सुनाउनको लागी पेशी परे पनि सार्दै आएको सूचना नागरिकलाई प्राप्त भएको थियो । यस अघि दुई पटक फैसला मिति सारेको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकमा रहेको रकम विवादमा सर्वोच्च अदालतले सुरुमा झिक्न दिनु भन्दै र पछी फर्काउनु आन्तरिम आदेश गरेको थियो सर्वोच्चले ।

    सर्वोच्चको प्रथम आदेशलाई देखाउँदै सुमार्गीले रकम झिकेपछी फिर्ता भने गरेको थिएन । गत पौष १० गते तत्कालीन न्यायधिस दीपक राज जोशीको इजालसले सुमार्गीको मुक्तीश्री सिमेन्ट उद्योगको नाममा आएको वैदेशिक लगानी रकम नरोक्नु भनी आन्तरीम आदेश जारी गरेको थियो । सर्वोच्चको आन्तरिम आदेश जारी भए लगतै सुमार्गीले दुई अर्व रकम नेपाल इन्भेष्टमेन्ट बैंकबाट पौष २१ गते झिकी सकेको थियो । सुमार्गीले रकम झिकेर लगेपछी वर्तमान प्रधान न्यायधिस राणा सहितको इजालसले इन्भेष्टमेन्ट बैंकमै फर्काएर पुरानै अवस्थामा राख्न अर्को आदेश जारी गरेको थियो ।

    राष्ट्र बैंकले भने सो बैंकलाई पैसा फिर्ता ल्याउन निर्देशन दिएको थियो । त्यस अघि राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखी दिएपछी सुमार्गीले उक्त वैदेशिक लगानी मुक्तिश्री सिमेन्ट उद्योगको लागि आएको भन्दै सर्वोच्चमा पुगेको थियो सुमार्गी ।
    सुमार्गीको खातामा पटक पटक रकम जम्मा हुने भएकोले त्यसै मध्ये २ अर्व रुपैया भन्दा बढी रकम सुमार्गीले निकालेको खुलासा हुन आएको छ । उनले सुर्खेतमा मुक्तिश्री सिमेन्ट उद्योग संचालन गर्न ४ करोड ५० लाख अमेरीकन डलर करिबन ५ अर्ब नेपाली रुपैया खातामा जम्मा पारेको खुलासा हुन आएको छ ।

    यस्तो चमत्कार की आफैले रोक्का गरेको अजेय सुमार्गीको अवैध रकम फेरी आफैले चमत्कार देखाई वैध रुपैया भनी फैसला गर्ने प्रधानन्यायधिस राणालाई कसले सजाय दिने हो भन्ने जनविचारहरु नआएको होइन । के गर्ने कार्यपालिका नै तै चुप मै चुप गरेर बसेपछी सिमेन्ट नै उत्पादन नभएको सुर्खेतको मुक्तिश्री सिमेन्ट उद्योगलाई कहाबाट त्यत्रो रकम वैदेसिक ऋण उपलब्ध भयो भन्नेमा जनसमुदायको सरकारमाथि शंका उब्जेको छन् । यो कस्तो चमत्कारै चमत्कारबाट निर्मित भएको न्यायालय र यो देशको सरकार । विवादित व्यक्ति हुन भन्दा भन्दै मा त्यस्तै व्यक्तिलाई प्रधानन्यायधिस सिफारीस हुन्छ अनि जनतालाई वलिको बोका बनाउने ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार