२०८१ बैशाख १०, सोमबार | Mon, 22, Apr, 2024

विकराल असारे झरी र गुरुपूर्णिमा


२७७९ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ अषाढ ३१, मंगलबार मा प्रकाशित ४ साल अघि
  • –केशव थापा

    १. लामो खडेरीपछि असारको अन्तिम हप्तामा परेको अविरल वर्षाले सिर्जना गरेको विपत्तिको कारण देशभर ६० भन्दा बढीले ज्यान गुमाएका छन् । लाखौं देशबासी बाढी पै¥हो लगायतको समस्याबाट प्रत्यक्ष एवं अप्रत्यक्षरुपमा प्रभावित भएका छन् । बाटो बन्दको कारण तरकारी लगायतको भाउ रकेट गतिमा अक्कासिई रहेको छ । असार अन्ततिरको अविरल वर्षाले काभ्रेमा पनि उल्लेख्य मात्रामा धनजनको क्षति गरायो । आवागमनका अधिकांश नाकाहरु अवरुद्ध हुन पुगे । सञ्चार प्रणाली अवरुद्ध हुन पुग्यो । केही वर्ष यतादेखि सामान्य वर्षाले पनि असामान्य क्षति गर्ने बनेपा नगरपालिकाको नियति बन्दै आइरहेको छ । हरेक वर्षको वर्षाले एकदुई जनाको ज्यान अनिवार्य रुपमा लिएकै हुन्छ । यसपाला पनि काभ्रेपलाञ्चोक जिल्लाबाट शहादत प्राप्त गर्ने ३ जनामध्ये २ जना बनेपा नगरपालिका कै बासिन्दा हुनुहुन्छ । काभ्रेको प्रशिद्ध व्यापारिक केन्द्र, धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्वको पौराणिक नगर र तुलनात्मकरुपमा शिक्षित व्यक्तिहरुको वाहुल्यता रहेको नगरपालिकामा हरेक वर्ष यस्तो घटना दोहोरिई रहनुलाई सामान्य अवस्थामा लिन नसकिने भएका हुँदा हरेक वर्ष दोहोरिने यस समस्याको सही कारणहरु पत्ता लगाई स्थायी समाधानको उपायहरु पत्ता लगाउन अब विलम्ब गर्नु हुँदैन ।

    २. बढ्दो कुशासन, अपराधिक कर्म र दण्डहीनताले आका्रन्त नेपाली जनताले शासकीय कहरका अतिरिक्त प्राकृतिक प्रकोपको मार पनि नियमित खेप्न अभीशप्त छन् । प्राकृतिक प्रकोप टार्नै नसकिने विपत्ति त हो तापनि पर्याप्त तयारीसहितको पूर्व सावधनी, प्रकृतिमैत्री योजनावद्ध विकास, बाटोघाटोमा ढल लगायतको निकास, जोखिमपूर्ण क्षेत्र र स्थानको नियमित निरीक्षण आदिको माध्यमबाट हुन सक्ने क्षतिलाई भने निश्चय नै न्यूनीकरण गर्न सकिन्छ । यसतर्फ संबन्धित व्यक्ति, स्थानीय लगायतका सरकारहरु बढी नै संवेदनशील र जिम्मेवार हुनुपर्ने देखिन्छ । आपत् आइलागी सकेपछि उद्धार मानवीय कर्तव्य र धर्म दुवै हो । आफूले गरेको तीलजतिको उद्धारलाई पहाड जस्तो अजङ्गको बनाएर मुहारपुस्तिका वा अन्य सामाजिक सञ्जालमा प्रस्तुत गर्दा आहात व्यक्तिको कति मानमर्दन हुन पुग्ला पनि कसैले ध्यान पु¥याएको देखिदैन । अझ सरकारी राहतमाथि अधिक बिजक वा परिमाण देखाएर पीडितको भन्दा बढी आफु र आफ्नो सन्तानको उद्धार गर्ने “राष्ट्रसेवक” को परोपकारी कर्मलाई यस धरामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका सक्षम निकायले नदेखे वा नदेखेझै गरे पनि रिठ्ठो नबिराउने चित्रगुप्तले के÷कसरी लेखाङ्कन गरेका होलान् ? अरुलाई सधै आहात पु¥याउनेलाई प्रकृति वा अस्तित्वले पनि सधै राहत प्रदान गरी रहला र ?

    ३. हिजो हामीले सिक्यौं वा सिकाइयो –प्रकृतिमाथिको विजय नै उन्नति वा विकास हो । प्रकृतिको अधिक दोहन गरेर मात्र राष्ट्र अधिक सम्पन्न र शक्तिशाली बन्न सक्छ । तर हालका दिएर उपर्युक्तानुसारका विवेकहीन कामले ल्याउन सक्ने दूष्परिणामलाई ख्याल गर्दै स्रोतसाधनको बुद्धिमत्ता प्रयोगमा जोड दिन थालिएको छ । त्यसैले नेपाली समाजले पनि अनावश्यक विकासप्रेमी हुन छाडेर स्क्याभेटर वा डोजरको चालकलाई नै इञ्जिनियर मानेर मनपरि सडक खन्ने, राजश्व तिरेकै छु वा राज्यबाट ईजाजत प्राप्त गरेकै छु भनेर धर्तिको मुटुसम्म गहिरो प्वाल पारेर चट्टान उधिन्ने प्रवृत्तिलाई आश र त्रासबाट मुक्त भएर आवश्यक नियमन गर्नैपर्छ । त्यसो गर्ने आँट नगर्न हो भने यीभन्दा पनि ठूला दूष्परिणाम झेल्न तयार हुनुपर्छ । आफूमाथि अत्याचार गर्नेलाई प्रकृतिले कहीं पनि क्षमा गरेकी छैनन् भने नेपाल मात्र कसरी अपवाद हुन सक्ला ? यस तथ्यलाई ध्यानमा राख्दै आइन्दा प्राविधिक जनशक्तिबाट वातावरणीय मूल्याङ्कनसहितको न्यून हानी र उच्च प्रतिफलावाला परियोजनामा राज्यका सबै निकायको ध्यान जान जरुरी छ । सस्तो लोकप्रियताका लागि महँगा र दूर्लभ स्रोतसाधनलाई कौडीको मूल्यमा खेर फ्याल्ने गल्ती अब पनि गरिरहनु हुन्न ।

    ४. पूर्वीय धर्म र दर्शनमा विश्वास गर्नेहरुले हिजो गुरुपूर्णिमा भव्यतापूर्वक मनाए । अध्याँरोबाट निकाली उज्यालोतर्फ डोहो¥याउँदै तिमी आफै प्रकाश बनी चम्क, तिमीमा त्यो अन्तक्र्षमता छ भनी उत्प्रेरित गर्ने महानात्मालाई नै गुरु भनिन्छ । साँचो गुरुको गुरुत्व अवर्णनीय थियो, छ र रहने पनि छ । वर्तमान वैश्ययुगमा आफूले अनुभूत, आत्मसाक्षात्कार नै नगरी वृत्तिका लागि घोकेर वा सारेर अरुमा बलात् सूचना हस्तान्तरण गर्ने म जस्तो मनुवा पनि गुरुमा दरिएका छौं । हिजो आफू विश्वविद्यालयको स्नातक वा स्नातकोत्तर तहको प्रमाण–पत्र ग्रहण गरेर आफ्नै खुट्टामा उभिने मनाशयले शिक्षण पेशा रोजेका महानुभावहरु तुच्छ राजनीतिक अभीष्टका लागि आलोचनात्मक चेतको विकास नै नभई सकेका कलिला बालबालिकाहरुलाई वुर्जुवा शिक्षा पढ्न हुन्न, सबै कुरा छाडी निरङ्कुशता विरुद्ध लाग्नुपर्छ, निरङ्कुश सत्तालाई खारेज गरेर जनवादी शिक्षा लागूपर्छ भनी उक्साउनेहरु असल गुरुमा दरिए । अहिले तिमीहरुको बरालिने बेला होइन । राम्रोसँग लेखपढ गरेर शिक्षा हासिल गर्ने र पछि पढाई सिध्याए पछि तिम्रो ब्रम्ह जे देख्छ त्यही गरौला भनी राम्रो अर्ति दिने शिक्षकलाई प्रतिक्रियावादी गुरुमा दर्ता गरी तिनीहरुको बिरुद्ध नाराबाजी पनि गरियो । अझै पनि हामी यस्तो विडम्बनाबाट मुक्त हुन सकेका छैनौं । तसर्थ, गुरुपूर्णिमाको पावन दिनले आइन्दा हामीलाई गुरु शब्दको गुरुत्वमा ¥हास नआउने गरी गुरु पुज्ने विवेक प्रदान गरोस् ।

    ५. हिन्दू धर्मावलम्बीहरुको सर्वश्रेष्ठ ग्रन्थ श्रीमद्भगवद्गीताले श्रीकृष्णलाई भगवानरुपी असल शिक्षक र धर्नुर्धारी श्री अर्जुनलाई सद्गुरुको निगाहा प्राप्त असल शिष्य बताएको छ । निर्भयता, आत्मशुद्धि, ज्ञानको अनुशीलन,दान, आत्मसंयम, कर्मपरायणता, तपस्या, सरलता, सत्यता, क्रोधििवहीनता, त्याग, शान्ति,जीवप्रति करुणा, भद्रता, लोभविहीनता, दृढ सङ्कल्प, तेज, क्षमा, धैर्य,पवित्रता, नियमित अध्ययन, इष्र्या तथा मनका अनेकानेक अवाञ्छित अभिलाषाबाट मुक्त गुणहरुले विभूषित व्यक्ति नै असल शिक्षकको गुण हो । असल शिक्षकको सानिध्यता भाग्यमानी शिष्यको अपूर्व अवसर हो । अतः गुरु छान्ने वा खोज्ने झन्झटमा फस्नुभन्दा पनि अर्जुनको झै जीव के हा े? प्रकृति के हो ? दृश्यादृश्य जगत के हो ? यो सबै समयद्वारा कसरी चलायमान छन्् ? जवीहरुको आधारभूत कर्म के हुन ? म को हूँ ? मेरो मूल कर्तव्य र धर्म के हो ? आदि विषय सिक्ने उत्सुकताका साथ उपयुक्त पात्रता तयार गर्न सकेको खण्डमा गुरुले नै शिष्यलाई समीपमा बोलाई सूर्यले झै चन्द्रमालाई प्रकाश दिएर चम्काए झै नभई शिष्यभित्रकै अन्तर्उmर्जाको अधिकतम उपयोग गरी स्वयम् प्रकाशवान हुन उत्प्रेरित गर्ने छन् ।
    ( पनौती नगरपालिका वडा नं. ८ मल्पी निबासी श्रीथापा काभ्रे सेवा समज, काभ्रेका वर्तमान अध्यक्ष हुन ।)

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार