२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

सीप परीक्षण के हाे ?


१०९२८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ आश्विन ६, सोमबार मा प्रकाशित ४ साल अघि
  • सीप परिक्षण भनेकाे के हाे ? सीप परिक्षणवाट के-के फाईदा हुन्छ ।
    सीप परिक्षण भन्नाले कुनै पनि व्यक्तिकाे परम्परागत सीप वा कुनैपनि विषयकाे व्यवसायिक ज्ञानकाे प्रमाणिकरण गर्नु गराउनुलाई नै सीप परिक्षण भनिन्छ ।
    नेपालमा सीप परिक्षण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् CTEVT अन्तरर्गत राष्ट्रिय सीप परिक्षण समिति NSTB ले २४ अाेटा क्षेत्रमा प्रारम्भिक तह देखि १,२,३,४ तहसम्म गरि २८६ अाेटा राष्ट्रिय पेसागत सीप प्रमाणिका /प्राेफाईल निर्माण गरेको छ।
    सीप परिक्षणका फाईदाहरू:
    १)परम्परागत सीपयुक्त जनशक्तिहरू प्रमाणिकरण हूने।
    २)तालिमको लागि लगानिविना दक्ष सीपयुक्त जनशक्ति तयार हूने ।
    ३)प्राविधिज्ञकाे स्तर पहिचान भई एकरूपता अाउने ।
    ४)स्वदेशी र वैदेशिक राेजगारकाे अवसर तथा तलव भत्ता र सामाजिक सुरक्षाकाे वृद्धि हुने ।
    ५)गुणस्तरयुक्त सामाग्रीहरू उत्पादन र सेवा गर्नमा सहयाेग मिल्ने ।
    ६)आत्मा सम्मान पाउनुकाे साथै अाफ्नाे पहिचान हुने।
    ७)जाेखिम न्युनिकरण हुने ।
    ८) विधालय शिक्षा नभयकालाई साे सरहकाे हुने प्राविधिक पहिचान हुने प्रमाणपत्र प्राप्त हुने।
    #सीप परिक्षण कसरी गराउने।(यसमा हस्पिटालिटि सम्वन्धि मात्र समावेश गरिन्छ ।)
    सीपरिक्षणकाे लागि चाहिने याेग्यता
    १)तह-१ काे लागि : साधारण लेखपढ गर्न सक्ने तथा सम्वन्धित व्यवसायकाे ज्ञान र सीप भई सम्वन्धित पेशामा कम्तिमा १ वर्षको कार्य अनुभव भएकाे वा सम्वन्धित व्यवसायमा ३९० घण्टाकाे अवधिकाे तालिम पूरा गरेकाे ।
    २)तह-२ काे लागि : साधारण लेखपढ गर्न सक्ने तथा सम्वन्धित व्यवसायकाे ज्ञान र सीप भई सम्वन्धित पेशामा कम्तिमा ३ वर्षको कार्य अनुभव भएकाे वा सम्वन्धित व्यवसायमा कार्यगत र प्रत्यक्ष गरि १६९५ घण्टाकाे अवधिकाे तालिम पूरा गरेकाे वा सम्वन्धित विषयमा तह-१ काे सीप परीक्षण उत्तीर्ण भई एक वर्षको कार्य अनुभव प्राप्त गरेकाे ।
    २)तह-३ काे लागि : साधारण लेखपढ गर्न सक्ने तथा सम्वन्धित व्यवसायकाे ज्ञान र सीप भई सम्वन्धित पेशामा कम्तिमा ५ वर्षको कार्य अनुभव भएकाे वा सम्वन्धित व्यवसायमा १ वर्षको तालिम लिई २ वर्ष अवधिकाे कार्यअनुभव गरेकाे वा सम्वन्धित विषयमा तह-२ काे सीप परीक्षण उत्तीर्ण भई एक वर्षको कार्य अनुभव प्राप्त गरेकाे ।
    #सीप परिक्षणमा सामेल हुन आवश्यक पर्ने कुराहरू :
    १)नेपाली नागरिक्ताकाे प्रमाणित प्रतिलिपि १ थान
    २)पासपोर्ट साईजकाे २ थान फाेटाे
    ३)१६ वर्ष उमेर पुगेकाे
    ४)माथि उल्लेखित न्युनतम याेग्यता पुगेकाे र साेकाे प्रमाणित प्रतिलिपि।
    सीप परिक्षण
    नेपालमा सीप परिक्षण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् CTEVT अन्तरर्गत राष्ट्रिय सीप परिक्षण समिति NSTB ,सानाेठिमि भक्तपुरले नियमित सीप परीक्षण संचालन गर्छ।काठमाण्डौ उपत्यकाको हकमा फाराम वितरण सुरू श्रावण २१,मंसिर १२ र चैत्र १६ मा गरि तीन पटक र उपत्यका बाहिर फाराम वितरण सुरू मंसिर १२ गते वाट १ महिना अवधिमा फाराम भरि पेश गर्ने सुचना राष्ट्रिय दैनिक पत्रिका र कार्यालयकाे वेवसाईट मार्फत जानकारि हुन्छ।
    यदि आफैं निजि खर्चमा सीप परीक्षण गर्न सम्वन्धित व्यक्ति वा संस्थाले राष्ट्रिय सीप परीक्षण समितिकाे कार्यालयलाई अनुराेध लिखित रूपमा पठायपछि नियम अनुसारकाे सुल्क वुझायर सीप परिक्षण गराउन सकिन्छ ।
    हस्पिटालिटि तर्फ सीप परिक्षण
    कमि तह -१,२ र ३
    ईण्डियन कुक तह-१
    कन्टिनेन्टल कुक तह-१
    चाईनिज कुक तह-१
    वेकर तह-१
    वारिस्ता तह-१
    वारटेण्डर तह-१
    हाेटल तथा रेष्टुरां व्यवस्थापन सहायक तह-१
    वेटर /वेट्रेस तह-१,२
    हाउसकिपिङ तह-१ का पेशा तथा व्यवसायहरूमा सीप परिक्षण हुँदै आयकाे छ ।
    सरकारि क्षेत्रमा सीप प्रमाणपत्रको तहगत मान्यता
    १) तह एक नेपाल सरकारकाे राजपत्र अनंङ्कित तृतिय श्रेणि (प्रा) वा साेसरह वा तह व्यवस्था भएकाेमा तेस्रो तह (प्रा)
    २) तह दुई नेपाल सरकारकाे राजपत्र अनंङ्कित द्वितिय श्रेणि (प्रा) वा साेसरह वा तह व्यवस्था भएकाेमा चौथाे तह (प्रा)
    ३) तह तीन नेपाल सरकारकाे राजपत्र अनंङ्कित प्रथम श्रेणि (प्रा) वा साेसरह वा तह व्यवस्था भएकाेमा पाँचौं तह (प्रा)
    स्राेत राष्ट्रिय सिप परिक्षण समिति वाट लिईयकाे।

    माेहन गजुरेल /महासचिव ,ग्लाेवल नेपालिज सेफ फेडरेशन ,कार्यरत CTEVT /NBPI तालिम शाखा

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार