२०८१ अषाढ ११, मंगलबार | Tue, 25, Jun, 2024

रात छिप्पिदै थियो……….


४१७८ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ४, बुधबार मा प्रकाशित ४ साल अघि
  • रात छिप्पिरहेको थियो, म बिस्तरामा पल्टिरहेको थियँ।जिउ निकै गलेको थियो लाग्दै थियो अब शरीरमा शक्ति भन्ने केही रहेन।बिहान ५ बजे उठेर काममा गयको मान्छे म साँझ फर्किनी बेलामा रातिको ११ बजिसकेको थियो । खाना खाने सम्म शक्ति नभयर बिस्तरा मा पल्टियको मेरो शरीरमा लाग्दैछ ज्वरो आयको छ । शरीर निकै तातेको महशुस मैले गरिरहेको छु । मेरो कोठा मा म बाहेक केही पाकिस्थानी अनि केही सुडानी हरु बस्दछन ।

    जस्लाइ न मेरो स्वास्थको बारेमा थाहा थियो न थाहा पायपनी केही गर्नेवाला नै थिय । जिउ गलेर झिँगा पनि धपाउन सक्ने शक्ति शरीरमा थियन । पानी पिउन मनलाग्यो तर पानी लिन कुलर सम्म जाने शक्तिपनि मेरो ज्यानमा थियन । ओठ्मुख सुकेर प्याकप्याक भयको थियो त्यस्तैमा ओठ चिसो भयको अनि केही नुनिलो स्वादको महसुस भयो । थाहै नपाइ आँखा बाट आँसुधाराले ओठलाइ चुमिसकेछन । त्यही आँसुले ओठ भिजायर घर फोनगर्ने मन लाग्यो । जे भयपनी परदेशमा मेरो कोहि नभयपनी घरदेशमा मेरा आफ्नाहरु सबैछन । सितलो वचन सुन्ननपायर बसेको मेरो ज्यानले घर फोन गरेर सान्त्वना पाउने रहर गर्यो । अनि सिरानिमै रहेको फोन निकालेर बुबालाइ कल डाइल गरेँ ।

    तिनघन्टि रिङ्ग बजेपछी फोन उठ्यो मैले बुबा दर्शन भन्ननपाउँदै उताबाट दर्शन दर्शन भन के छ खबर भन्ने आवाज आयो । मैले अब आफ्नो स्वास्थ अबस्थाको विषयमा बताउनु पर्ला भन्दै गर्दा बुबाले अलि कड्कियर बोल्नथाल्नु भयो । बुबा आज मलाइ खै के भयो सन्चो भयन निकै बिरामी छु भनेको बुबाले मलाइ उल्टै गाली गर्न थाल्नु भयो । के के नचाहिने कुराहरु खाइस होला अनि ज्वरो नआयर के आउँछ त अनि तेरो केहो तेरो पारा घर पैसा पठाउन तिर ध्यान छैन हैन तेरो । हेर यो महिना जसरी पनि तल जस्ताघरेको पैसा बुझाउन पुग्नेगरि पैसा पठाउनु अरु मलाइ थाहा छैन । मलाइ त बिरामी पनि भाको होसकि होइनस जस्तो लाग्छ अब मलाइ धेरै तनाब नदिनु । ल ज्वरो आको भय आराम गर भनेर फोन राख्नु भयो । म निसब्द भयर बस्नुको बिकल्प भयन । आँखा बाट बलिन्द्रधारा आँसु बगिसकेका थिय कति बेला सम्हालियछु पत्तै भयन । निकै बेर मनमा कुरा खेलिरह्यो अनि थोरै आफैं मा सम्हालियर जीवन संगीनि लाई फोन डायल गरेँ । कम्तिमा जिन्दगी बिताउने साथी त उनी हुन जस्लाइ मेरो जिन्दगी को महत्व निकै छ भनेर । जब उन्को फोन उठ्यो उन्ले दर्शन भनिन मलाइ निकै आनन्द लाग्यो ।

    अनि शुभ आशिर्वाद छ सानू भनेँ । किन आवाज मलिन छ नि हजुर्को के भयो भनेर सोधिन मलाइ आधा रोग निको भयजस्तो लाग्यो । आखिर अर्धा्ङ्गिनी भनेको आधा शरीरहो उन्ले मेरो आवाज सुनेर मात्रै पनि थाहा पाइन कि म बिरामी छु भनेर । मैले होत सानू हेरन म बिरामी छु मात्र के भनेँ उन्ले उताबाट के के चाहिँदो नचाहिँदो खाको होला अनि कता कता डुल्न हिनेको फोटो पनि देख्छु तालमाल ठिक लागेको छैन है मलाइ हजुर्को त्यही भयर ज्वरो आयो होला । खुरु खुरु आफ्नो काम गर्नु अनि महिना मरेपछी सुरुक्क तलब लियर घर पठाउनु भनेको लाग्दैन भनिन ।

    त्यसपछी मैले त्येस्तो केही हैन सानुअहिले मलाइ ज्वरोले निकै सतायो खै किनहो भनेको उन्ले फेरि के हुनुनी अचेल ढिला ढिला सम्म अनलाइन देख्छु कतै अन्तै तरुणी संग लागेको होला भन्ने लागिराको छ टाइम मा खानु टाइम मा डिउटी जानू अनि फुर्सतमा आराम गर्नु है लौत अहिले फोन राख्छु म पल्लोघरको दिदीसित पार्लर जानलाको अहिले जान्छु । यो पटक पैसा पठाउने बेलामा खोज्खाज गरेर भयपनी अलि बढी पठाउनु है अहिले अलि गार्हो छ अरु यस्तै हो आफ्नो ख्याल राख्नु भनेर फोन राखिन । मेरो मन थामिनसक्नु भयो डाको छोडेर रुन मन लाग्यो तर पराइ हरुको माझमा छु भन्ने कुरा याद आयो आँखामा आँसु थामिने नामै लियन ।

    आमा को सम्झना आयो अनि हत्तपत्त आमालाई कल डाइल गरेको फोन उठिहाल्यो । दर्शन आमा भनेको खै कसरी थाहा पाइहाल्नु भयछ किन रोयको भन्नू भयो । मैले छैन आमा भनेको मलाइ किन ढाट्छस मलाइ तेरो आवाज बाटै सबैथोक थाहा हुन्छ भन्नू भयो । मैले म रोयको हैन आमा म अहिले बिरामी छु मात्र के भनेको थियँ बाबू मलाइ त लागेको थियो केही भयको छ भनेर हिजैदेखी मेरो छाती चर्केको थियो के भयोनी मेरो बाबा भन्दैआमा आफैं रुन थाल्नु भयो । अब फेरि आफैलाइ सम्हालेर नरुनु आमा हल्का बिरामी हो ठिक हुन्छ भनेर सम्झाउन थाले । आमाले बाबू टाइममा खाना खान पाउन्नस होला पायपनी मैले पकायर दियको जस्तो कस्ले दिदोहोला र कठैबरा काम गार्हो छ भन्थिस आराम गर्न पनि पाइन्न होला त्यो बिदेशको गर्मी मा कसरी टिकेको होलास नि मेरो बाबू भन्नुभयो मैले त्येस्तो केही छैन आमा बरु बिरामि भयकोले गर्दा पैसा पनि पठाउन सकेको छैन भनेको मात्र के थिय खाली पैसा पैसा भनेर त ज्यान सक्ने भइस् नि पैसा चाहियको छैन मलाइ तेरो ज्यानै नभय त्यो जाबो पैसाको मलाइ के काम यदि धेरै गाह्रो भयको छ भने यतै फर्की त्यता परदेशमा कस्ले याद गर्छर तेरो हेर बाबू यदि पैसा नभय म यतैबाट खोजेर पठाउँछु ।

    तेरो ज्यान भन्दा ठूलो मेरो लागि केही पनि हुन्न भन्नू भयो । कता कता शरीरको ज्वरो पनि हरायको जस्तो महशुस भयो निकै आनन्द मिल्यो अनि आमै आफ्नो ख्याल राख्नु है भन्दै थियँ उता बेड्मा सुत्ने पाकिस्थानीले तुझे डिउटी नहि जानाहे क्या भन्यो म झसङ्ग भयँ । हत्तेरी बिहानी पख यो कस्तो सपना देखियो सपना मा आमा देखेको भयर होला आफ्नो आमाको निकै याद आयो तर याद आयर के गर्नु आमा नभयका म जस्ताले बिचरी मेरि आमा बित्ने बेलामा मेरो मुख पनि देख्न पाइनन् । अब धेरै सोचेर बस्ने समय पनि थियन । मनमा नानाभाँती कुरा खेलाउँदै छिटो छिटो तयार भयर डिउटी हिन्ने तयारी मा लागियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार