२०८१ बैशाख २२, शनिबार | Sat, 04, May, 2024

विदेशि मनहरु….. अबत केही सोचौं


४५२२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर ११, बुधबार मा प्रकाशित ४ साल अघि
  • डि.एन.दाहाल
    मैले सधैं लेखिरहेको भन्दा केही फरक बिषय मा आज कलम चलाउन लागिरहेको छु।मेरो मुलुक धेरै अघि धर्म निरपेक्ष राज्य घोषणा भैसकेको आजको अबस्था मा आजको मेरो लेख ले कसैको भावना मा ठेस पुग्नगयमा माफी माग्न चाहन्छु।परिबर्तन को सोच बदलेर मेरो यो लेखाइको चाहना आफ्नो संस्कार अनि संस्कृती जोगाउनको लागि हो भन्न चाहन्छु।

    मैले मुलुक छोडेको पनि केही महिना बितिसकेछ यो बिचमा मैले आफुबसेको मुस्लिम मुलुकमा रहेका मुस्लिम हरुको धार्मिक आस्था र लगन देख्दा केही नलेखी बस्न सक्ने अबस्था नै रहेन।सम्पुर्ण धर्महरुको जेठोधर्म भनेर चिनिने हिन्दु धर्मावलम्बीको संस्कार र संस्कृती आज किन धरापमा छ आजको मेरो लेख त्यही बिषय केन्द्रित छ।

    मेरो हजुरबुबा ले सुकामाना घिउ खाँनुभाको थियो नपत्याय मेरो हात सुँघेहुन्छ भन्नू र आजको समयमा हामी हिन्दु भनेर घमन्ड गर्नु एकै हो जस्तो लाग्छ मलाइ। हामी समय संगै फेरिनु पर्छ भन्दै आफ्ना पुर्खा को संस्कार भुलेर पाश्चात्य संस्कृती लाई अङ्गाल्नेको ठुलै जमात छ हाम्रो मुलुकमा।हामी ले जन्मदिनमा मन्दिर जान पुजापाठ गर्न छोडेर बत्ती निभायर केक काट्नु ,मदिरा पार्टी मा झुम्नु तथा मातातिर्थ औशी मा आमा को मुख हेर्नलाइ केक काट्नु तिन्कै केही उदाहरण हरु हुन् भन्ने लाग्छ मलाइ।संस्कृती लाई परिस्कृत गर्ने बहाना मा हामिले के के भुलेम त आफुले आफुलाइ हेरौँ एक पटक अनि मनन गरौं ।

    १. हिन्दु भयर लगाउनै पर्ने जनै छोडियो ।
    २. ब्राह्मण कुलको भयर टुप्पीपाल्न छोडियो ।
    ३. साँझ विहानको गायत्री मन्त्र जप्न छोडियो।
    ४. तिलक चन्दन लाउन छोडियो ।
    ५.टोपि धोति, दौरा सुरुवा कन्दनी छोडियो ।
    ६.खाना खानुअघी औसानी हाल्न छोडियो।
    ७. रामायण पाठ , गीता पाठ हनुमान चालिसा पाठ गर्न छोडियो !
    ८. महिला दिदीबहिनीले फरियाचोली छोड्नु भो।
    ९.नाक छेड्न छोड्नुभो छेडेकाले पनि फुली लगाउन छोड्नु भो।
    १०.सिरमा सिन्दुर गलामा पोते छोड्नु भो
    तिलहरी अनि नौगेडी लगाउन छोड्नु भो।
    (जस्ले गर्दा बिबाहित र अविवाहित बिचको फरक आजको मितिमा केही पनि देखिन्न )
    ११.कपाल बाट्न छोड्नुभो त्यसैलेको धागो छोड्नुभो।
    १२. संस्कृत पढ्न छोडियो, नेपाली भाषालाई हेला गर्न थालियो ।
    १३. श्लोक छोडियो, भजन गाउन छोडियो।
    १४. बच्चाको लागि गरिने सबै संस्कार छोडियो जम्मा न्वारन भने जेनतेन गरिँदै छ त्यो पनि ब्राह्मण ले फुर्सत मा झारो टारेर यो कहिले सम्म चल्ने हो थाहा छैन।
    १५. साँझ विहान भेट भएको बेला राम(राम नमस्कार दर्शन भन्न छोडियो ।
    १६. चरण स्पर्श, दण्डवत गर्न पुरै छोडियो ।
    १७. यिनै कारण हरुले आफ्नो खुसीको लागी बुढेसकालका बाबु(आमा पनि बृद्धआश्रम मा छोडियो।(आफैँले परिवारलाई असल संस्कार दिन नसक्नुको परिणाम हो यो।)
    १८.टेलिभिजन र मोबाइल मा लागेर घरायसी सरसल्लाह गर्न छोडियो साथैमा भयरपनी हाम्रोगफ हुन सक्दैन हामी त्यस्ता भैसकेकाछौँ।
    १९.तिज लगायत का चाडपर्व मा चेलिबेटी लाई लिन उन्को घरमा जान छोडियो जस्ले गर्दा आफन्त कुटुम्ब संग को साइनो छुट्दै गयो।
    २०.पारिवारिक जमघट जस्तै कुलपुजा दिवाली लगायत मा सन्तान लाई सहभागी नगराउनाले संस्कार त सिक्नपायनन् नै अनि आफन्त भेटघाट र चिनजान बाट पनि टाढा हुँदै गय।
    २१.अब त हुँदा हुँदा आमा बाबुको किरिया पनि भाडामा मान्छे खोजेर राख्न थालेको देखेको छु मैले राजधानी मा यो कस्तो र कस्को संस्कार हो अनि त्यस्ताको सन्तानले बाबू आमा प्रती के भक्तीभाब देखाउलान्।भोलिको दिनमा आफू बृद्ध आश्रम जाने बाटो पनि मेट्दै छौँ जस्तै लाग्दैछ आजको समाज अनि आजको हाम्रो व्यबहार र सोच हेरेर त्येस्तो लाग्छ मलाइ।

    यसरीआफ्ना रितिरिवाज परम्परा सबै छोड्दै गयपछी हामी कसरी सनातनी रहन सक्छौं ? कसरी हामी हिन्दु नेपाली हौं हाम्रो आफ्नै परिचय छ भन्न सक्छौं ।हाम्रो अस्तित्व अनि हाम्रो परिचय कता हराउन खोजिरहेको छ।यो प्रश्न आजको समयले हामिलाइ सोधिरहेको छ।
    न्वारन पास्नी अनि ब्रतबन्ध लगायत कर्म मा पन्डित बोलायर अभिमन्तृत गर्ने र आशिष दिने हाम्रो चलन छोडेर मदिरा सहित को पार्टी राख्न हामिलाइ कस्ले सिकायो के यो हाम्रो संस्कार हो एकपटक सोचौं अनि सोच्नु पर्ने बेला भयको छ हाम्रो परिवार आफन्त नातागोता इष्टमित्र संग को समन्ध कस्को कारण टुट्दै गयको हो यदि हैन भने पछी निकै ढिला हुनेछ र समय बितेपछी को पछुतो ले केही हुनेवाला छैन बिचार गरौं।आफ्नो धर्म जोगाउन तपाइँले कुनकुन परम्परालाई निरन्तरता दिनुभएको छ ?बिचार गर्नुपर्ने बेला भैसकेको छ आज जसरी हामी विस्तारै विस्तारै बदलिंदै छौ यहि बाटो हिड्ने हो भने एकदिन परिबर्तन को नाउँमा हाम्रो संस्कार र संस्कृती सङ्गै हामीपनी समाप्त हुनेछौँ ।

    यता मुस्लिम मुलुकमा मुसलमानले न दारी छोडेका छन न दिनमा कम्तिमा ५ पटक नवाज पढ्न छोडेका छन ।नत बेलाबेलामा बसिने रोजा बाहेक रमजान मा एकमहिना उपबास बस्न छोडेका छन।अझै रमजान मा अन्य मुलुक बाट आयका हरुलाइ समेत रमजानको समय नबित्दा सम्म खाना त के पानी समेत पिउन दिइने गरेको छैन चाहे त्यो जुनसुकै जाती वा धर्मको होस।मुस्लिम हरु आफ्नो मस्जिदमा गयर आफ्नो कमाइको केही हिस्सा धर्मको नाममा चढावा चढाउने चलन देखेर खुशी लाग्छ आखिर हामी पनित केही गर्न सक्छौं नि आफ्नो धर्म र मुलुक को लागि भन्ने लागेको छ ।यता मुस्लिम भयर जन्मे पछि जिवनमा एकपटक हज पुगेर आउनुपर्छ भन्ने यिनिहरुको मान्यता देख्दा लाग्छ हामी कुहिरो को काग झैँ भयर कता हरायका छौँ ।हामी आफ्नै संस्कार लाई किन बोझ मानिरहेका छौँ हिन्दु हरुको देबादी देब महादेब को तपोभुमी नेपाल का हिन्दु हामी त्यसैले हामिले अब आफ्नो धर्म र संस्कृती जोगाउन आफ्नो आफ्नो स्थानबाट पहल सुरु गर्नै पर्छ।
    हामिलाइ थाहै छ हाम्रै मुलुकमा पनि बौद्ध धर्म मान्ने लामा पुरोहितहरुले न पहिरन छोडे, न शिर मुण्डन छोडे नत गुम्बा नै छोडेका छन।नेपालमा र यहाँ पनि बसेका ईसाई धर्मावलम्बी हरु हप्तामा एकदिन चर्च अनिवार्य जान्छन।

    आफ्नो कमाइ को केही हिस्सा त्यहाँ चढाउँछन अनि आफ्नो धर्म को प्रचार गर्न कहिले छोड्दैनन ।तर हामी हिन्दुहरु हाम्रो पहिचान र संस्कार बाट किन टाढा हुँदै छौ?हामी के कारण छोड्दै छौँ आफ्नो धर्म अनि किन छोड्दैछौँ आफ्नो संस्कार।गुरुकुल को शिक्षा संस्कृत ज्ञान यज्ञ कर्म, शस्त्र(शास्त्र बिद्या, नित्य मन्दिर जाने कर्म कता हरायो?
    त्योहो हाम्रो संस्कार आज किन लोप भयो ?

    हामी हाम्रो संस्कार बाट विमुख किन भयौँ ? त्यही नै आजको खोज हो अनि प्रस्न हो।
    त्यसैले अब ढिला नगरौं आफ्नो पहिचान बचाउनुको बिकल्प छैन हाम्रो माझमा।त्यसैले एकताबद्ध भयर आफ्नो लागि आफैं केही गरौं।आफ्नो मूल(संस्कारको बाटो अपनायनौँ भने भोलिको पुस्ता ले हामिलाइ सराप्ने छ धिक्कार्ने छ।त्यसैले आफ्ना बिगतका गल्ती लाई सच्यायर भोलिको सुनौलो भबिस्य को मार्ग निर्माणमा लागौं अरु केही गर्न सकिन्न भनेपनी सन्तान सहित बसेर घरसल्हाह गर्ने बानी बसालौ घरका ठुलाको आदर गर्ने संस्कार सिकाउँ अनि सकिन्छ दिनमा एकपटक नसके हप्तामा एकपटक आफ्नो बच्चाको साथमा मन्दिर जान सुरु गरौँ। हामिले आफ्नो हिन्दु धर्म किन मान्ने त्यो कुराको राम्रो जानकारी दिनु हाम्रो दाइत्व हो त्यस बाट पन्छिन नखोजम। सानालाइ प्रेम अनि ठुला लाई सम्मान गरौँ ।जिन्दगीमा सन्तान लाई केही दिन नसकेपनी पितापुर्खा ले छोडेर गयको पबित्र हिन्दु धर्म र त्यसभित्र रहेको आफ्नै मौलिक परम्परा आफ्नै मौलिक संस्कार र संस्कृती दियर जान सबैमा चेतना आवस यहि मेरो कामना ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार