२०८१ बैशाख २१, शुक्रबार | Fri, 03, May, 2024

अविस्मरणीय बीस महिना


३११२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर १८, बुधबार मा प्रकाशित ४ साल अघि
  • श्रमिक नेपाली हरुको हितको लागि बोल्ने र काम गर्ने नेता गोकर्ण बिष्ट को मन्त्रालय बाट बहिर्गमन पछी बिदेशी भूमिमा बसेर आफ्नो मुलुकमा रहेका आफ्नाहरुका लागि दुखगर्ने हरेक नेपालीको मन दुखेको महशुस मैले गरेको छु । वैदेशिक रोजगार क्षेत्र को दिगो व्यवस्थापनका लागी आम श्रमिकलाई सामाजिक सुरक्षामा गतिलो आड भरोसा दिँदै अघि बढिरहेका मन्त्री गोकर्ण विष्ट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीबाट अनायासै बाहिरियपनि अझै भन्नू पर्दा यो दुइतिहाइको नमुना सरकारले र प्रधानमन्त्री के.पि.शर्मा ओलिले हटाय पनि उन्ले गरेका सकारात्मक कामको प्रशंसा कहिले नमेटिने गरेर हरेक नेपालिको मनमुटुमा बसिसकेको छ भन्ने बिश्वास सहित उन्को लगभग २० महिने कार्यकालका केही सकारात्मक काम हरुको विषयमा चर्चा गर्न गैरहेकोछु जो कार्य परदेशी नेपाली हरुकालागी समर्पित थियो छ र रहन्छ ।

    झण्डै २० महिनाको अबधि मन्त्रालयमा बितायका बिष्टले कुनै समय बिचौलियाहरुको ‘अखडा’ भनेर चिनिने अड्डालाई साँचो अर्थमा मन्त्रालय बनायको झैँ प्रत्याभुत गराय छन भन्ने कुराको पुष्टि उन्को बहिर्गमन पछि आम सञ्चार माध्यम र सामाजिक संजाल मा उन्ले पायको स्थानले गर्दछ ।

    विसं २०७४ चैत २ गते विष्टले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै मन्त्रालयले एकाएक बिदेशी भुमिमा आफ्नो पसिना बगाउने निराश नेपाली हरुलाई आशावादी बनायो । उन्ले मन्त्रालयको जिम्मेवारी सम्हाल्न शुरु गर्दासम्म झण्डै ४० लाख बढी युवा विदेशमा रगत पसिना बगाउँदै थिए भन्ने तथ्यांक मन्त्रालयले निकालेको छ जस्मा अझै भारतमा काम गर्नेको त कुनै तथ्याङ्क नै छैन । कुनै न कुनै घर, गाउँबाट वैदेशिक रोजगारीमा नगएको अवस्थै थिएन र आजपनी छैन । मुलुकका सबै नागरिक प्रत्यक्ष अप्रत्यक्षरूपमा प्रताडित त्यतिबेला पनि थिय र भोलि पनि अब त्यस्तै दिन भोग्नु पर्ने होकि भन्ने डर बिदेशी भुमिमा रहेर श्रम बेच्ने हरेक नेपालीलाई छ र रहन्छ पनि । मेरो कुरा बिस्वास नलाग्न सक्छ तर बिगतलाइ हेर्ने होभने यो कुरालाइ पुष्टि गर्नलाइ गाह्रो छैन।

    उन्ले मन्त्रलाय सम्हाल्नु अघि झैँ खुल्लम खुल्ला रुपमा दलाल हरुले पैसाको बार्गे्निङ गर्न पायका थियनन । उन्ले मन्त्रालय सम्हाल्नु अघि नेपाली युवा शक्ति कोही विदेशमा मरिरहेका थिए । कोही अनाहकमा जेलजीवन बिताउन बाध्य थिए । कोही मरीमरी काम गर्दा पनि सेवा–सुविधा नपाएर रित्तो हात जन्मभूमि फर्कँदा पनि जीउँदै नेपाल फर्किन पायकोमा आफूलाई भाग्यमानी ठानिरहेका थिए ।

    विदेशमा मृत्युवरण गरेका कामदारको शव नेपाल ल्याउन सहज थिएन, बिदेशी जेलभित्र जेलजीवन बिताइरहेका नेपाली युवाको पक्षमा वकालत गर्ने कोही थिएन । महिनौँ महिना काम गर्दा पनि पारिश्रमिक नपाएर रित्तो हात फर्कने युवाको पक्षमा बोलिदिने कोही थिएन । म्यानपावर र दलालको बिगबिगी थियो । मृतकका आफन्त, अप्ठ्यारोमा परेका कामदार, तलब सेवा सुविधाबाट वञ्चित तथा वैदेशिक रोजगारीको नाममा लाखौँ ठगिएका नेपाली म्यानपावरको नजिक पुग्न सक्दैनथे ।

    अन्यायमा परेका युवाले न्याय पाउने आशा मारेका थिए । तीन करोड नेपालीको सरोकार रहेको मन्त्रालयको कार्यालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालको भवनको केही भागमा सीमित थियो । थोरै कर्मचारी, मन्त्रालय आफैँमा अलमलमा थियो । झण्डै आधा करोड नेपाली विदेशमा थिए । वार्षिक पाँच लाख युवा श्रम बजारमा प्रवेश गर्ने नेपाली समाजमा बेरोजगारीको समस्या आजपनी जिउँकातिँउ छ । नेपालमै काम गरे पनि अत्यन्त थोरै ज्याला, सामाजिक सुरक्षाको त कल्पनै गर्न नसकिने अबस्थामा बिष्टले दिनरात अभाव, गरीबी र बेरोजगारीसँग जुधिरहेका नेपाली युवालाई भरोसा दिलायको मैले महशुस गरेको छु । विदेशमा रगत पसिना बगाउँदै जीवन व्यतित गरिरहेका युवाको भाग्य र भविष्य बदल्नु उन्को मुख्यसोच थियो भन्नेमा दुबिधा नहोला ।

    केही बर्ष विदेशी भूमिमा रहुञ्जेल पनि नागरिकहरुको जीवनलाई सुरक्षित बनाउनु उनिहरुको सेवा–सुविधाको सुनिश्चिता गर्नु अनि घाइते हुँदा, बिरामी पर्दा उपचार, र अप्रत्याशित रुपमा घट्ने दुर्घटना बाट मृत्यु भएमा सहजै शव नेपाल फिर्ता गरि परिवारको जिम्मा लगाउनु अनि यदि आफ्नो परिवारको कुनैपनी सदस्यको मृत्यु भए बिदा लिएर नेपाल फर्कने व्यवस्थागर्नु उन्को मुख्य उद्देस्य थियो । वैदेशिक रोजगारीमा जानको लागि एक रुपैयाँ पनि खर्च नगर्ने अवस्था सिर्जना गर्नको लागि निकै कसरथ गरेका बिष्टले गन्तव्य मुलुकसँग संवादको ढोका खोलेका थिय । हामिलाइ थाहा छ उन्कै पालामा द्विपक्षीय संवाद बाक्लियो अनि कामदार पठाउने मुलुकको हैसियतमा अन्तरराष्ट्रिय तथा क्षेत्रीय मञ्चमा दह्रोसँग श्रमिकका पक्षमा वकालत गरेको देख्न र सुन्न पाइयो । वैदेशिक रोजगारीका क्षेत्रमा भएका तमाम विकृतिमा सुधारको प्रयास उन्कै कार्यकालमा थालियो । नीति, कानून र संरचनामा सुधारको प्रयत्न गर्दै विष्टकै अग्रसरतामा सातै प्रदेशबाट श्रम स्वीकृति प्रदान गर्ने कार्य को थालनी भयो । श्रम स्वीकृतिकै लागि राजधानी सम्म धायर आउनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भयो ।

    गन्तव्य मुलुक पनि नेपालसँग श्रमिक आदान–प्रदान गर्न सम्झौता गर्न तयार भए । केही मुलुकसँग श्रम आप्रवासनका बदलिँदो आयामलाई सम्बोधन गर्ने गरी सम्झौता भए । विष्टकै पालामा मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई), मरिसस, जापानसँग द्विपक्षीय श्रम समझदारी सम्पन्न भए । ती समझदारी हरुले सम्पुर्ण नेपाली कामदारलाई गन्तव्य मुलुकमा दरिलो कानूनी आधार दिएको आभास दिलायको छ । मन्त्रालय सम्हालेदेखि नै दुनियाँको जुनसुकै कुनामा बस्ने श्रमिकप्रति राज्य जिम्मेवार छ भन्ने मान्यताका साथ कर्तव्य निर्वाह गर्ने कोसिस गरेका बिष्ट यही मान्यतालाई स्थापित गर्ने कोसिस गर्दागर्दै बिदा हुनु पर्यो ।

    नेपाली कामदार कार्यरत मुलुकसँग होस् वा नयाँ गन्तव्य मुलुकसँग धमाधम श्रम समझदारी भइरहँदा बिष्ट माथि नेपाली युवालाई विदेश पठाउन सहजीकरण गरेको भन्दै एदाकदा आरोप पनि लगाइयको थियो । तर ती र त्यस्ता भ्रम चिर्दै उन्ले एकजना पनि नेपाली युवा जुनसुकै नेपाली कामदार कार्यरत मुलुकसँग होस् वा नयाँ गन्तव्य मुलुकसँग धमाधम श्रम समझदारी भइरहँदा बिष्ट माथि नेपाली युवालाई विदेश पठाउन सहजीकरण गरेको भन्दै एदाकदा आरोप पनि लगाइयको थियो । तर ती र त्यस्ता भ्रम चिर्दै उन्ले एकजना पनि नेपाली युवा जुनसुकै मुलुकमा श्रमिकका रुपमा गएको भए पनि उसको सुरक्षाका लागि सम्बन्धित मुलुकसँग सम्झौता गर्ने गरिएको जवाफ दिँदै हिँडेको हामिले देख्यौँ ।

    लाखौँ रुपैयाँ ठगिएर पराइको भूमिमा पसिना बगारहेका एक्एक नेपालीको रक्षा गर्नु लाई आफ्नो कर्तव्य ठानेर सोहीअनुसार गन्तव्य मुलुकलाई जिम्मेवार बनाउन सम्झौताको प्रयास हरुअगाडि बढाए । २० महिनाको अवधिमा जुन प्रकारले कामप्रति केन्द्रित रहेर हरेक नेपालीको मनमा बस्न सफल भय गोकर्ण बिष्ट उन्को जीवनपनि त्यतिकै उर्जावान भयर देसको सर्वाङ्गिण बिकास मा सदैब लागिरहोस । नवनियुक्त मन्त्री ज्यु लाई पनि बिष्टका यिनै सफल कार्यहरुलाइ अनुसरण गर्दै अगाडि बढ्दै हरेक परदेशी हुन बाध्य नेपाली युवाहरुको सपना पुरा गरिदिनु हुनेछ भन्ने आशाका साथ कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्दछु ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार