२०८१ जेष्ठ ३०, बुधबार | Wed, 12, Jun, 2024

प्याज खेती गर्ने उपयुक्त तरिका


६००६ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • आइ.आर.के मैनाली

    कुनैपनि प्रकारको तरकारी वनाउंदा मसलाको रूपमा प्रयोग गरिने प्याज नेपालका पचहत्तरै हरेक ठाउंमा उत्पादन हुन्छ । तर नेपालीहरुले प्याज खेतिमा खासै ध्यान दिननसक्दा परनिर्भर हुनु परेको छ ।
    कृषकहरुले प्याजखेतिमा खासै चासो नदिदा बिभिन्न शहरी क्षेत्रमा बढ्दो माग धान्न आयातमै भर पर्नुपर्ने अवस्थाले व्यवसायकै रूपमा प्याज उत्पादन गरे बजारको खाँचो पदैृन । यतिखेर प्याजको भाउ आकासिनुको प्रमुख कारण नेपालमा उत्पादन नहुने र छिमेकी मुलुकमा पनि यस बर्ष उत्पादनमा कमी भएकोले हो । राजधानी काठमाडौंको बिभिन्न तरकारी बजारमा ९५ प्रतिशत प्याज भारतबाट आयात हुनेगरेको छ । यदि नेपालमा राम्रो उत्पादनहुने हो भने आयात गर्नुपर्ने अवस्था रहन्न ।

    प्याजको उत्पादन प्रति रोपनि कति हुन्छ र गानो प्याज उत्पादन र हरियो सागको लागि लगाइएको कुन बाट वढी फाइदा लिन सकिन्छ ? भन्ने बिषयमा ध्यानदिन जरुरी रहन्छ । प्याज खेती गर्दा यसलाई अपनाउनु पर्ने विधिहरु राम्ररी अपनाएर खेती गर्दा प्रति रोपनी ३ हजार किलो सम्म उत्पादन हुन्छ ।

    प्याज खेति गर्दा कहिले काँही कम उत्पादन हुने गरेको पाईन्छ त्यसो हुनाको कारणको बिषयमा जानकारी हुन आवश्यक छ । प्याजको गानोमा प्रशस्त मात्रामा चिस्यान रहने हुनाले उपयुक्त रुपमा भण्डारण गर्न सकिएन भने छिट्टै नोक्सानी हुन्छ । विशेषत पूर्ण नछिप्पिएका, चोट पटक लागेका र हावाको संचार राम्रो नहुने ठाउँमा भण्डारण गरिएको खण्डमा वढी नोक्सानी व्यहोर्नु पर्ने हुन्छ ।

    प्याज भण्डारण गर्दा सुख्खा, चिसो तथा हावा संचारको पूर्ण संयोजन हुनु पर्दछ ।जो आलु भण्डारणको प्रविधि भन्दा फरक छ । प्याजमा एक किसिमको एलिनोज नामक इन्जाईम हुन्छ जसको माध्यमवाट साइनो प्रोपानेथियल एस अक्साईड नामक ग्यास वन्छ जुन हावा मार्फत आँखामा पुग्छ र पिरो भई आँखा पोल्दछ । प्याज भण्डारणमा छिट्टै उम्रने र टुसाउने बाट बच्न प्याजको गानाहरु जीवित भएकोले स्वास प्रश्वास क्रिया जारी नै रहन्छ र गानोमा पानीको मात्रा रहेकोले सूर्यको प्रकाश पाउनासाथ टुसाउन थाल्दछ । टुसाउनबाट वच्नको लागि सके सम्म अँध्यारो कोठा तथा वाली खन्नु अगावै मेलिक हाइड्राजाईडको प्रयोग गर्न सकिन्छ ।

    प्याज विक्री गर्नु अगाडी हावा छिर्ने जुटको वोरामा प्याकिङ्ग गर्नु उपयुक्त हुन्छ । जलाई सुख्खा, चिसो तथा हावा संचार हुने किसिमको भण्डार घर चाहिन्छ । स्थानीय स्तरमा भने खरको छानो भएको हावा राम्रो संचालन हुने जुटको वोराले छोपिएको भण्डारण संरचनामा भण्डारण गर्न सकिन्छ ।

    प्याजको गाना तयार हुनु भन्दा २ हप्ता अगाडि नै प्याजको वोटमा मेलिक हाईड्राजाईड नामक रसायन २५०० पि.पि.एम.प्रति लिटर पानीमा मिसाई छरेमा भण्डारणमा प्याज उम्रने प्रकृया अवरुद्ध हुन्छ जसले प्याजको भण्डारण अवधि बढाँउदछ साथै प्याजको गुणस्तर निर्धारण गर्न मद्दत गर्दछ । प्याज खनीसकेपछि हावादार, छायाँदार तथा सुख्खा स्थानमा सुकाउन जरुरी हुन्छ जसलाई सुकाउने वा क्युरिङ्ग भनिन्छ । प्याजमा भएको अत्याधिक चिस्यान घट्न गई प्याज खँदिलो, सानो तथा वाहिरको वोक्रा सुख्खा तथा पातलो भई भण्डारण गर्न सहज हुन्छ ।
    प्याजलाई लामो समय सम्म भण्डारण गर्न सकियोस भन्नका लागि खन्नु भन्दा १५–२० दिन अगाडि देखि सिचाई नगर्ने प्याज गानो छिप्याउँछन पात पहेँलिन शुरु भएपछि हात खुट्टा वा ड्रमको सहायताले १०–१५ दिन अगावै वोट मर्काइ दिने तथा खन्दा खेरी चोट पटक नलगाई र राम्ररी सुकाएर भण्डारण गर्नु पर्दछ, जसले गर्दा प्याजलाई लामो समयसम्म भण्डारण गर्न सकिन्छ ।

    प्याज खेतीमा मलखाद व्यवस्थापनको लागि १०००–१५०० क.जी.गोवरमल, १०–१२ के.जी. नाइट्रोजन, ७–८ के.जी.फस्फोरस तथा ३–४ के.जी. पोटासियम प्रति रोपनी आवश्यक पर्दछ । यस वाहेक विरुवा वर्धक रसायनहरु पनि प्रयोग गर्न सकिन्छ । प्याजमा लाग्ने रोगहरु व्यवस्थापन गर्न सर्वप्रथमत घुम्ती वालीमा वढी ध्यान दिनु पर्दछ । प्याज लागएको खेतीवारीमा सिचाई र निकासको राम्रो प्रवन्ध गर्ने र नीम, गहुत बोजो जस्ता वस्तुहरु प्रयोग गरी वनाइएका पदार्थ वेला वेलामा प्रयोग गर्नु धेरै रोगहरु व्यवस्थापन गर्न सकिन्छ ।

    प्याजमा देखा पर्ने थ्रिप्स, लाही जस्ता कीराहरुलाई घरमा तयार गरिएको नीम, वोझो, गाईको गहुत आदिको मिश्रण वेला–वेलामा स्प्रे गर्न सकेमा कीराहरु भगाउन सकिन्छ । यस वाहेक वजारमा निममा आधारित जैविक विषादीहरु पनि उपलब्ध छन । प्याज खेती गर्दा आईपर्ने समस्याको समाधान हेतु सम्पर्क गर्नु पर्ने पहिलो निकाय भनेको स्थानिय तहमा रहेको कृषि विकास कार्यालयन नै हो। त्यस वाहेक पनि सरकारी फार्म केन्द्र, तरकारी विकास निर्देशनालय र नेपाल कृषि अनुसन्धान परिषद जस्ता निकायहरुमा सम्पर्क गर्न सकिन्छ।

    व्याक्टेरियल नरम सडन नामक रोग भण्डारणमा गानाको माथिल्लो भाग सड्न गई दुर्गन्धित हुन्छ । यो रोग वढी आर्दता भएको ठाउँमा फैलन्छ र यसवाट वच्नको लागि भण्डारण गर्नु अगाडि राम्ररी सुकाउने, चोटपटक नलगाउने र चोट पटक लागेका छ भने भण्डारण गर्नु अगाडी नै हटाउनु पर्दछ । भण्डारण घर सुख्खा, चिसो र हावा खेल्ने हुनपर्दछ । प्याजमा लाग्ने डाउनी मिल्डयु रोगले उच्च आद्र्रता भएको क्षेत्र वा वातावरणमा वढी फैलन्छ । यसको आक्रमणबाट पात र फूलको डाँठलाई वैजनी रंगको ढुसी विकास हुन्छ र पछि हरियो, पहेँलो रंगमा परिणत भई पात र डाँठ निस्तेज भई भाचिन्छ र यसको व्यवस्थापन गर्न ०.२ प्रतिशत जिनेव छर्नुपर्दछ ।

    प्याजको वैजनी धब्वा रोगको आक्रमणबाट पातमा वैजनी रंगको केन्द्र भएको साना सेतो दागहरु देखिन्छन् र ती दागहरु विकसित भई पात र फूलको डाँठलाई घेर्दछन् फलस्वरुप पात र डाँठ सुक्दछन् । यसको रोकथाम गर्न ०.२५ प्रतिशत डायथिन एम–४५ स्प्रे गर्न सकिन्छ र प्रभावकारी पाइएको छ । प्याज वालीमा देखा पर्ने मूख्य–मूख्य कीराहरु कुन कुन हुन र यसको व्यवस्थापन गर्न प्याज वालीमा लाग्ने मूख्य कीरा थ्रिप्स नै हो । यसले गर्दा पातमा सेता तथा पहेला धब्वाहरु देखिन्छन् तथा पात खुम्चिने र मर्ने गर्दछन् । यस वाहेक उफ्रने खपटे, लाही, सुलसुले जस्ता कीराले पनि दुःख दिन्छन् । जैविक विषादीहरुवाट रोकथाम हुन नसकेमा मालाथायन रोगर थायोडान, नुभान जस्ता विषादीहरु २ मि.लि. प्रति लिटर पानीका दरले स्प्रे गर्दा यि कीराहरुको ब्यवस्थापन गर्न सकिन्छ ।

    प्याज वालीमा सिचाई र निकासलाई व्यवस्थित गर्न मौसम तथा माटोको चिस्यान हेरी ५–७ दिनको फरकमा सिचाई दिनु पर्दछ । प्याजलाई पानीको आवश्यकता अन्य वालीलाई भन्दा वढी हुन्छ । वाली अवधिभर १०–१२ पटक सिचाई दिनु पर्दछ तर निकासको व्यवस्था पनि त्यतिकै जरुरी हुन्छ । प्याज उखेल्ने १५ दिन अगाडी सिचाई वन्द गर्नु पर्दछ । प्याज खेतीमा आउने झारहरुको व्यवस्थापन गर्न पटक पटक सिंचाई गर्नु पर्ने हुँदा प्याजवालीमा वढीनै झारपात पलाउँदछ । अतः वाली अवधि भरमा ४.५ पटक झारपात उखेल्नु पर्दछ । झारनाशक विषादीको पनि प्याज खेतीमा प्रयोग गर्न सकिन्छ ।

    प्याज खेती गर्दा गोडमेल प्याज हुर्कने वेलामा झारपात नियन्त्रण गर्ने र माटोलाई पनि हलुका पानीको लागि गोडमेलको जरुरत पर्दछ । प्याज सारेपछि ३–४ पटक सम्म गोडमेल गर्नु पर्दछ फलस्वरुप माटो हलुका भई गानो ठूलो हुन्छ । प्याजलाई राम्रो बृद्धि गराउन माटोमा प्रयोग गरिएका मुख्य तत्वहरु वाहेक अन्य विरुवा बर्दक रसायनहरु प्रयोग गर्न सकिन्छ । कृषि प्राविधिकको सिफारिको आधारमा बिषादी बिक्रेता समक्ष गई खरिद गरी ल्याउन उचित हुन्छ ।

    जैविक विषादीको प्रयोगबाट उत्पादनमा बृद्धि हुनाको साथै स्वच्छ रहन्छ । नीम, गहुँत, असुरो वा गन्ध आउने वस्तु प्रयोग गरी घरायसी वा प्रशोधन विधि द्धारा वनाईएको वाली वा पशुहरुमा यिनका शत्रु विरुद्धमा प्रयोग गरिने पदार्थलाई जैविक विषादी भनिन्छ । यसका अवशेषहरु लामो अवधिसम्म नरहने हुँदा मानव स्वास्थ्यको हिसावले लाभदायक हुन्छन् ।
    प्याज खेती गर्दा खाद्यतत्वको ज्यादै महत्वपूर्ण स्थान रहन्छ । जग्गा तयारीको वेलामा लगाएको मलखाद वाहेक विरुवा राम्ररी सरेपछि पहिलो पटक ३०–४० दिन भित्र मल्टिप्लेक्स वा २ एम एल एग्रोमिन प्रतिलिटर पानीमा मिसाई १५–१५ दिनको फरकमा ४ पटक छर्नु पर्दछ । प्याजमा विशेष गरी जिंक र कपरको कमी हुने हुनाले यी तत्वहरु आधा के.जी. जिंक तथा १ के.जी. कपर प्रति रोपनीका दरले प्रयोग गर्न सकिन्छ । प्याजको वीउ छरी वेर्ना तयार गरिन्छ र तीनै वेर्नावाट आवश्यकता अनुसार गाना वा सेट तयार गरिन्छ । सेट तयार गर्न वेर्ना तयार गर्न भन्दा पातलो गरी वीउ छरिन्छ । सेटवाट विशेषत हरियो साग खानको लागि रोपिन्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार