२०८१ जेष्ठ ५, शनिबार | Sat, 18, May, 2024

विदेशिएका मनहरु…. एउटा नलेखियको मुग्लानको कथा


३७६२ पाठक संख्या
  • नवसंकेत अनलाईन
  • २०७६ मंसिर २५, बुधबार मा प्रकाशित ४ साल अघि
  • धनपति दाहाल

        दुईभाइ परदेशी एकआपसमा गफ गर्दै थिए । त्यतै छेउमा बसिरहेको मैले उनिहरुको कुरा अन्जानमै सुनिरहेको थियँ, किनकी मेरो चाहना उनिहरुको कुरा सुन्नु थिएन तर के गरम उनिहरुको आवाजले मेरो ध्यान उनिहरुतिर तानिरहेको थियो । त्यस्तैमा एउटाले खुशी हुँदै प्रफुल्ल मुद्रामा भन्यो “साथी हो जेहोस योसाल मेरो घरको दसैं तिहार  झक्कासभो र अहिले नि सबै निकै खुशी छन“ अर्कोले अचम्म मान्दै सोध्यो किन अनि कसरी ? उस्ले जवाफ दियो,  योपल्ट मैले श्रीमती र भाइको लागि आइफोन अनि छोराको लागी ल्यापटप र छोरीको लागि ट्याब किनेर पठायको छु । त्यसैगरी बाको लागि पनि पुग्नेगरि खर्च पठाइदिएको छु , बुडो मान्छेको लागि अरु के नै चाहियो र चिया चुरोट खर्च र हल्का व्यबहार टरेत भैहाल्यो नि ! अरुत बुहारीले सम्हाली हाल्छे । थाहाछ त्यस्को लागि मैले दैनिक १८ देखि २० घन्टा काम गरेर खर्च जुटाएको हो । बिदेश आएको ऋण चुक्ता गरेपछिको पहिलो उपहार थियो, यो मेरो तर्फबाट सबैको लागि तर थाह छ आज उनिहरुले खुशी भएर फोन गर्दा मैले मेरा ती सबै १८ देखि २० घण्टा सम्म गरेको दुःख कष्ट बिर्सियको छु ।

    त्यस्तैमा अर्कोले भन्यो मैले पनि घरमा पैसा त पठाको हो, तर पनि खै कोहि खुशी हुन्नन । उनीहरुले सोचे जस्तो मेरो काम छैन कमाई पनि छैन । ओभरटाइम काम गर्न पनि पाइन्न अनि खाना आफैं बनाएर खानुपर्छ आएको ऋण अझै तिर्नै बाँकी छ , तैपनी मैले सकेसम्म पैसा जति बचायर घर पठाइदिन्छु तर पनि कोहि खुशी हुन्नन् यार । कस्तो कर्म हो के मेरो केही गर्दा पनि सुख छैन । एकातिर बिरामी भएर उपचार गर्दैमा ठिक्क छ अर्को तिर चिन्ता ले ज्यान लान लागिसक्यो कसरी सबै व्यबहार मिलाउनी होला क्या मैले ।

    त्यस्तै मा अर्को ले बोल्यो किन बुझ्दैनन् के हाम्रो आफ्नो मान्छेहरुले हाम्रो मर्र्म । आखिर हामिले रुख को पात टिपेर पठाउने त हैन नि । परदेशमा आफ्नो ज्यान को बाजि थापेर दिन रात नभनी खुकुरीको धारमा ज्यान राखेर काम गरेको कस्को लागि हो उनिहरुकै लागि त होनि तर पनि बुझ्दैनन कस्तो बिडम्बना । परदेशी सबैको भाग्य एकैनास हुन्न त्यसैले सबैको काम र कमाइ पनि एकैनास हुन्न भन्ने कुरा कहिले बुझ्ने होलान् खै  ती घरमा परदेशीको खबर भन्दा पनि पैसाको  कुरेर बस्ने आफन्त हरुले । दुखको सिरानिमा सुख  खोज्नलाई परदेशमा मिहेनत गरेर बसेका सबै त नभनौँ  केही केही खराब ब्यक्ती लाई छोडेर अरु सबैले परिवार र आफन्त को माँया मुटु भरी सजाएर दुख गरिरहेका हुन्छन् । दाल र भात सङ्ग २ ढिँडि खोर्सानी टोकेर भोलि को सुनौलो भबिस्यको सपना देखेका हुन्छन् ।  त्यो खाना पनि कहिले जुर्छ कहिले त भोक्कै बस्नु पर्छ तरपनी कर्म गर्न छोड्दैनन । देखेको सपना कुन हद सम्म पूरा होला त्यो त आउने समएले बताउला तर  आँसु र पसिना बराबर पिएर जिन्दगी बिताइरहेका हुन्छ्न् आफ्ना हरुको लागि परदेश मा भनेर घरकाले नबुझ्दा सम्म कसैले हाम्रो खुसीमा खासै ध्यान दिँदैनन । आफ्नाहरुले हाम्रो दुख नबुझ्दा सम्म हामी  पराइको मुलुकको दुख र घरतिरको किचकिच दुबै सहेर जिउन बाध्य छौ । हेरम हाम्रो पनि दिन फेरियलानि हैन भन्न मात्र के भ्याएको थियो पर बाट कसैको निकै चर्को अवाजमा बोलावट आयो उ भन्दै थियो “साथी हरु सबै छिट्टै यता आउनुस हाम्रो एकजना नेपाली दाजु हिजो काम सकेर फर्किनु भएको आज बिहान सुतेको स्थानमै स्वर्गीय हुनुभएछ“।

    हत्तेरी जीवन आखिर के नै रहेछर बेलुका एकैसाथ खाना खाएर सुत्नु भएको थियो कति खुशी हुनुहुन्थ्यो हिजो अब अर्को महिना त मेरो भिसा पनि सकिन्छ अनि बिदेश छोडेर आफ्नो मुलुक (घर) जान्छु त्यस्पछी त अब बिदेश फर्केर पनि आइन्न छोरा छोरी सबैलाइ आफ्नो खुट्टामा उभिन सक्ने बनाएको छु ,अनि उन्को लागि पनि गुनासो गर्ने कुनै मौका बाँकि छोडेको छैन । मात्र एउटा गल्ती गरेको छु मैले मेरि बुढिया (श्रीमति) को नजरमा म दोषी भयको छु , उस्को लागी त्यसैले घरपुग्ने बित्तिक्कै पहिले उनिसङ्ग माफी माग्नु छ । जतिबेला उन्लाइ मेरो साथ अनि माँया को खाँचो थियो म मुग्लान मा पैसा कमाउन ब्यस्त थियँ के गर्नु यदी त्यतिबेला दुख नगरेको भय अहिले सुख को सास फेर्न पाइने थिएनँ तर अबको समय भने निकै सुनौलो छ किनकी एउटा घर बजारमा सटर हालेर बनाएको छु , त्यसैमा सानोतिनो किराना पसल खोलेर अब को उमेर आफ्नै मुलुक मा बुडाबुडी केही गरेर गुजारा गर्ने छौँ । तिमिहरु पनि मुलुक फर्केपछी एकपटक मेरोमा जसरी पनि आउनु है । एस्तै एस्तै कुरा गरेर एकसाथ खाना खाएका थियौं हिजो राती हामिले तर बिडम्बना  बिहान त उहाँ स्वर्गीय हुनुभएछ । सबैले मिलेर उहाँको पार्थिब शरीरलाई नेपाल पठाउन सहयोग गरौँ कस्लाइ के थाहा भोलि के हुन्छ । यहाँ भोलि कस्ले देखेको छ र ।

    यस्तै यस्तै गन्थन्मन्थन गर्दै थिए त्यहाँ भएका मानिसहरु आफुले भने मनलाई मुठ्ठी कसेर थाम्न खोज्दा पनि दिमागले त्यतिबेला  यी कुराहरु सोच्न बाध्य बनायो । आखिर कहिले बुझ्लान खै ती घरबसेका आफ्नाहरुले सधैं परदेश बाट परदेशीले कमाएको पैसाको बिटोमात्र आँउदैन कहिले काहीं त्यही पैसा पठाउनि परदेशी आफैं पनि आफ्ना सबै रहर र सपना हरुलाइ तिलान्जली दिँदै बाकसमा प्याक भएर आउँछ । बाचुन्जेल त्यही परिवार भनेर दुख गर्ने त्यो परदेशी को दुख बुझेर उस्को खुसी को लागि भएपनि सबैले सबैलाइ सधैं सधैं माँया बाँडेर बाँच्दा के जान्छर । मीठो बोलिदिए के जान्छर । सबैमा भएको घमण्ड छोडेर मिलेर बसिदिए केनै हुन्छ र बास्तबमा भन्ने होभने परदेश हिनेको दिन देखि परदेशी को कोहिपनि दुश्मन हुँदैनन् । काट्छु भन्ने दुश्मन को दुश्मनी पनि सजिलै बिर्सिन्छ परदेश टेकेपछी एउटा परदेशीले । कहिले बुझ्लानखै सबै आफ्नाहरु लाइ समान प्रेम भाबले हेर्ने परदेशीको बानी हुन्छ भनेर । परिवारको कुनै एक सदस्यलाइ गरेको प्रेम देखेर अर्कोले डाहा हैन खुशी हुनु पर्छ किनकी उस्ले सबैलाइ उत्तिकै प्रेम गर्दछ तर बुझ्नलाइ उस्तै फराकिलो मन चाहिन्छ । परदेशीको जस्तै मन परदेशीको पनि हुनेहो भने कति खुशी हुन्थ्यो होला त्यो परदेशी । सबैले मिलेर घरव्यबहार अगाडि बढाए भने कति आनन्द  मिल्थ्यो होला उस्लाइ ।

    सबैलाइ थाहा छैन आखिर जिन्दगी कति दिनको छ, त्यसैले रिस राग अनि घमन्ड त्यागेर प्रेम बाड्नु पर्छ भन्ने सोच्दै म त्यहाँ बाट आफ्नो बिरक्तिएको मनलाइ सम्हाल्दै मनमनै त्यो खाडिको लाहुरेलाइ श्रद्धाञ्जली दिदै आफ्नो बाटो लागेँ केगरम परदेशमा दुखी बनेर वा दुख मानेर बस्दैमा कुनै एकछाक पनि खाना खान पाइन्न । खानु छ त काममा जानूनै पर्छ हैन भने भोक्कै बस्नु पर्र्छ । परदेशमा जस्लाइ चोट लाग्छनि, हो  दुख्छपनि त्यसैलाइ । कोहि हुन्न अघि पछि बसेर धेरै दुख्यो हो भनेर सोध्नलाइ सबैलाइ आफ्नै पीँडाको अगेनोँमा आफ्नै दुखको आगोले सेकिरहेको हुन्छ,  मुग्लानमा । त्यसैले त परदेशीले घर फोन गर्दा सबैले मीठो बोलेको सुन्ने रहर गर्छ अनि सबै रमाएको खबर सुन्न आत्तिएको हुन्छ । मनमा एस्तै कुरा खेलाउदै हिडिरहेको मलाइ देखेर अलिक पर गाडिमा बसेका मेरा साथिहरु कराइरहेका थिए कता हराएको गाडी झण्डै छोडेर हिनेको तिमि कता गएका थियौ ? ल आउ सिटमा बस म गएर साथिको सिठमा छेउ तिर बसेँ गाडी अगाडि बढ्यो त्यही गाडिमा कसैको मोबाइलमा मधुरो स्वरमा गित बजिरहेको थियो गितले भन्दै थियो

    सुन साँइली परदेश बाट म आउँला

    चालीस कटेसी रमाउँला…………………..

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    बिशेष समाचार